|
आकर्ष कसरी बन्ने ? िबनु श्रेष्ठ ब्युटिसियन
विभन्न व्यक्तिको जमघट, सभा-समारोह, भीडभाड आदिमा आफूलाई सबैभन्दा भिन्न देखाउन निम्न कुराहरुमा ध्यान दिनुपर्छ । अनुहारको छालाको स्वाभाविक सुन्दरतालाई अझ आकर्ष र सुन्दर बनाउन छालाको प्रकृतिअनुरुपको फाउन्डेसन प्रयोग गर्नुस् । आवश्यकता छ भने कन्सिलरको प्रयोगबाट दागहरु छुपाउनुस् । अाफ्नो पहिरनको रंगलाई ध्यानमा राखेर ब्लसरको प्रयोग गर्नुस् । साथमा छालाको प्राकृतिक रंगलाई पनि मेल खाने रंगको ब्लसर सेड प्रयोग गर्नुस् । अरेन्ज रंगको पहिरन छ भने ब्रोन्ज, कपर आदि सेड उपयुक्त हुन्छ । यदि पिंक रंगको पहिरन छ भने ब्लम, वाइन, पिंकिस सेडहरुको प्रयोग गर्नु राम्रो हुन्छ । तर तपाईं कालो वर्ण्र्ााे हुनुहुन्छ भने पिंकिस सेडहरु उपयुक्त हुँदैन । अाँखाको मेकअपमा विशेष ध्यान दिनुपर्छ । फरक-फरक कार्यक्रम वा समारोहका लागि गाजल, लाइनर, मस्कारा पनि फरक रंगमा लगाउन सकिन्छ । पहिरनसँगै मेल खाने आई स्याडो सेडहरु लगाएर आँखालाई सुन्दर बनाउन सकिन्छ । तर्सथ रातो, कालो वा गाढा रंगको पहिरन छ भने गोल्डेन, कपर, ब्रोन्ज आदि सेडमा र लाइट कलरको पहिरन छ भने सिल्भर, क्रिस्टल कलरका लाइट सेडका हाइलाइटर प्रयोग गर्न सकिन्छ । गोल्डेन, सिल्भर, कपर, ब्रोन्ज आदि हेभी र मेटालिक लुकको लागि अनुहारका विभिन्न भागहरु जस्तै- निधारको केन्द्रमा, गालाको हार्ड चिक बोन एरियाहरुमा, चिउँडोको केन्द्रमा र नोज ब्रिजमा पहिरनअनुसार यीमध्ये कुनै एक सेड हल्कारुपमा प्रयोग गर्नुस् । साथै यी सेडहरु आई मेकअपमा पनि प्रयोग गर्न सकिन्छ । ग्लिटरिङ सेडलाई आइबलको केन्द्रमाथि आँखाको ढकनीमा लगाउनाले अति नै सुन्दर देखिन्छ, लाइनरको रुपमा र मस्काराको रुपमा हल्का टच दिन सकिन्छ । िलपिस्टिकको प्रयोग गर्दा र्सवप्रथम ओठको सेपलाई लाइनरको प्रयोग गरी बनाउनुस् । त्यसपछि लिपिस्टिक ब्रसबाट ओठमा रंग भर्नुस् । टिस्युपेपरले हल्का दबाएर एक्स्ट्रा कलर निकाल्न सकिन्छ । त्यसमाथि ग्लस वा ग्लिटरिङ सेड टच गर्नुस् । यसले एकदमै नरम र प|mेस लुक प्रदान गर्छ । डिइमन्ड वा साइनिङ स्टोनलाई मिलाएर टीका बनाई लगाउन सकिन्छ । यसको तेजबाट तपाईं त्यस समारोहमा सबैभन्दा आकर्षाको केन्द्र बन्न सक्नुहुनेछ ।
हात-खुट्टाका नङलाई आकर्ष डिजाइन वा सादा पलिस मात्र लगाएर सुन्दर बनाउन सक्नुहुन्छ । किपाललाई सुहाउँदो किसिमबाट खुल्ला, बाँधिएको वा जुरोको रुपमा बनाउन सक्नुहुन्छ । यसमा फूल, ग्लिटर स्प्रे (Glitter Spray), कलर स्प्रे, कलरफुल हेयर एक्सटेन्सन, साइनिङ थ्रेडको प्रयोग गरी वा स्टोन, हेयर स्टिकर आदि टाँसेर सजाउन सकिन्छ । पिरफ्युमको सही प्रयोग गरी सुगन्धित र सौर्न्दर्यमय बन्न सक्नुहुन्छ । मेकअप, हेयर स्टाइल, पहिरन, ज्वेलरीको मेल सही हुनुपर्छ । अनि मात्र तपाईं सबैको नजरमा सुन्दर बन्नुहुनेछ । सौर्न्दर्यका साथ शरीरमा स्फूर्ति, मनमा आत्मविश्वास र अनुहारमा हँसिलोपन लिएर ऐनामा आफूलाई नियाल्नुस्, भोजभतेर-समारोहमा जानका लागि तयार छ भन्ने जवाफ पाउनुहुनेछ ।
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |