|
एड्सको पीडा सुडानी महिलामा पनि उस्तै डा. अरुणा उप्रेती
त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किर्एका श्रीमान्हरुले श्रीमती र गर्भको शिशुलाई एचआईभी संक्रमण गराउने क्रम पनि तीव्ररुपमा वृद्धि भएको छ । खासगरी यो समस्याले सदूरपश्चिमाञ्चललाई बढी आक्रान्त पारिरहेको छ । यस्ता घटनाहरु विश्वका गरिब देशहरुमा जताततै देखिन्छन् । हाल सुडानमा काम गर्दा पनि यो समस्या जताततै देखियो । ँयहाँ ९४ प्रतिशत एचआईभी संक्रमणको कारण यौनसम्बन्ध हो । तर संक्रमित र्सर्ुइ र रगतबाट हुने संक्रमण पनि छ’, सुडानस्थित युनिसेफमा कार्यरत डा. पत्ती भन्छन् । सुडानमा पनि धेरै मानिसलाई एचआईभीको बारेमा भ्रम छ । सँगै बस्दा, सँगै हिँड्दा वा खाँदा, खेल्दा लामखुट्टेबाट पनि र्सछ भन्ने धरैलाई भ्रम छ । स्वास्थ्य सेवा कार्यक्रमका सर्न्दर्भमा सुडानका स्थानीय मानिसलाई मैले सोधें- ँतपाईंको गाउँमा कोही एचआईभी रोग भएको मान्छे भेटियो भने के गर्नुहुन्छ -’ गाउँका मानिसले जवाफ दिए- ँउनलाई लगेर एउटा घरमा राखिदिनर्ुपर्छ । बाहिरको मानिससँग हेलमेल गर्न दिनुहँुदैन । किनभने उनले खोक्दा, बोल्दा पनि यो अरुलाई र्सछ ।’ यहाँसम्म कि स्वास्थ्यकर्मीहरुले पनि त्यसमा होमा हो मिलाए । मैले उनीहरुलाई भनें- ँगाउँलेलाई झन् सम्झाउनुपर्नेमा तपाईंहरु पनि बिरामीलाई लगेर कोठामा बन्द गरी राख्ने भन्नुहुन्छ -’ स्वास्थ्यकर्मीहरुको उत्तर यस्तो थियो- ँहो त नि, अब कुन बेला के हुन्छ, कसरी भन्न सकिन्छ । त्यस्ता रोग लागेका बदमासहरु हुन्, उनीहरुलाई कसरी त्यसै छाड्ने त -’ उनीहरुको कुरा सुनेर मैले भनें- ँअनि कतिपय स्वास्नी मानिसलाई त उनको लोग्नेको कारणले लाग्छ नि, उनीहरुलाई पनि बदमासी गरेको भन्न त मिल्दैन नि १’ यो कुरा सुनेर स्वास्थ्यकर्मीहरु चुप त लागे तर एचआईभीको बारेमा उनीहरुको धारणाचाहिँ फरक भएजस्तो लागेन । युद्ध र अशान्तिलेे आक्रान्त भएको दक्षिण सुडानमा भोकमरी, रोग, अशिक्षा चरमरुपमा छ । त्यसमाथि पनि सांस्कृतिक कारणले गर्दा महिलाहरु झन् बढी आक्रान्त छन् । जब युद्ध, रोग र भोक हुन्छ महिला र बालबालिका नै बढी चपेटामा पर्छन् । नेपालको सुदूरपश्चिममा अनेक थरीका अमानवीय संस्कृतिको कारणले गर्दा महिलाहरुको स्वास्थ्य निकै कमजोर अवस्थामा छ । एचआईभी संक्रमणको कारणले महिलाहरुमा समस्या अझ बढेको छ । दुइ वर्षघि अछाम जाँदा त्यहाँका स्थानीय व्यक्तिले एचआईभीका कारण महिलाले भोग्नुपरेको एक हृदयविदारक घटना सुनाएका थिए । सो घटना यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु । श्रीमान्को कारणले गर्दा एचआईभीबाट संक्रमित भएकी अछामकी एक महिला समाजबाट तिरस्कृत हुनुका साथै भोक र शोकको पीडाले आत्महत्या गर्ने निर्ण्र्ााा पुुगेकी थिइन्् । छिमेकीहरुका अनुसार उनले एक दिन बिहान सबै बच्चासहित आफू पनि मर्छर्ुुनेर डोरी तयार पारिन् । नन्दले भाउजू बिहानसम्म नउठ्दा के भयो भनेर ढोकाबाट चिहाउँदा त उनी आफ्ना छोराछोरीको घाँटीमा पासो बाँधेर आफू पनि मर्न तयार भएकी रहिछन् । नन्दले ँभाउजू १’ भनी कराएपछि वरिपरिका मानिसहरु आएर ढोका फोरी ती महिलाको ज्यान बचाएका थिए ।
उनका श्रीमान् साउदी अरेबियाबाट बारम्बार आउने-जाने गर्थे । उनको ८ वर्षो छोरा पनि एचआईभी संक्रमित भइसकेको पाइयो । श्रीमान्को मृत्युपछि हमिदाले र छोराले औषधि खाइरहेका छन् । हमिदा भन्छिन्- ँतर मेरो जिन्दगीमा अब केही खुसी छैन, पहिले-पहिले मेरो घरमा कति महिलाहरु आएर पकाउने, खाने, संगीत बजाउने गर्थे । अहिले म एचआईभी भएपछि कोही आउँदैन । छोरा पनि मदरसामा पढ्न जान्थ्यो तर त्यहाँ उसका साथीहरुले नराम्रो व्यवहार गरेर हैरान गरे । ऊ पढ्न पनि जाँदैन । अब त जिन्दगी र्व्यर्थ छ जस्तो लाग्छ ।’ अछामकी महिला र सुडानकी महिलाका पीडामा प्रायः उस्तै समस्या देखिन्छ । डा. पत्ती भन्छन्- ँसुडानमा सानो उमेरमा विवाह गर्ने, बहुविवाह गर्ने र योनित्वचा छेदन गर्ने चलनले एचआईभीको संक्रमण बढाएको छ । त्यसमाथि पनि यौनका बारेमा त कुरा गर्नै हुँदैन । मानिसलाई यसको बारेमा बुझाउन निकै कठिन छ ।’ महिलाहरुसँग कन्डमको प्रयोगको बारेमा र परिवार नियोजनको अन्य साधनको बारेमा कुरा गर्न सम्भव छैन । कन्डम प्रयोग गर्ने लोग्नेमानिसहरु अति नै कम छन् । त्यसमाथि पनि स्वास्नी मानिसले त लोग्नेमानिसलाई प्रयोग गर भन्नै सक्दैनन् । यौनरोग लागेका लोग्नेसँग पनि सम्बन्ध राख्दा कन्डम प्रयोग गर्न सम्भव छैन । मलाकाल अस्पतालकी नर्स डेबोराह भन्छिन्- ँयहाँ कन्डम कसरी प्रयोग गर्ने भनेर देखाउन सक्ने सम्भावना छैन । केही पढे-लेखेका र शरणार्थी बनेर बसेका केहीले प्रयोग गर्छन् नत्र भने प्रायः शून्य नै छ । मलाकाल स्वास्थ्य चौकीमा राखेको कन्डम त वर्षौंदेखि धूलोमा लटपटिएर बसेको छ ।’ त्यसैगरी विभिन्न अन्तर्राष्ट्रियसंस्थाको सहयोग अस्पतालमा खुलेका एचआईभीका कार्यक्रमहरु पनि मन्दगतिमा चलेका छन् । नर्स आयातुले भनिन्- ँअस्पतालमा ५४ जना महिला गर्भवती हुन आउँदा उनीहरुको एचआईभी जाँच गरियो । दुइ जनाको एचआईभी देखिएपछि उनीहरुका श्रीमान्लाई पनि लिएर आउन भनियो । बच्चालाई र्सन नदिन औषधि खानर्ुपर्छ, श्रीमान्को पनि जाँच गर्नुपर्छ भनेर सल्लाह दिइयो । भोलिपल्ट एक जना महिलाका श्रीमान् त बन्दुक लिएर रिसाउँदै श्रीमतीलाई किन जाँचेको, मलाई पनि जाँच्न किन बोलाएको भन्दै आए । उनी मर्न र मार्न तयार थिए । अर्की महिला त त्यसपछि स्वास्थ्यचौकीमा आउनै छोडिन् ।’ सुडानमा लोग्नेमानिसले आफूलाई कुनै रोग लाग्न सक्दैन भन्ने सोच्छन् । यसले पनि सुडानमा रोग फैलाउन सहयोग गरेको छ । मलाकाल अस्पतालमा ५ वर्षघि एचआईभीको जाँच गर्नर् खोलिएको केन्द्र प्रायः बन्द नै हुन्छ । परामर्शदाताहरु कहिल्यै पनि हुँदैनन् । जाँच गर्ने रसायन छैन, कोही आए पनि फर्केर जानर्ुपर्छ । यहाँका महिलाहरुप्रति गरिने व्यवहार र कुसंस्कृति नबदलेसम्म उनीहरुको स्वास्थ्यमा परिवर्तन गर्न सकिने देखिंदैन । नेपालमा जस्तै यहाँ पनि नेताहरु लड्नमा नै व्यस्त छन् । जनताको वास्ता कसैले गर्दैन । संसारका गरिब राष्ट्रहरुको समस्या प्रायः एकै किसिमको देखिन्छ ।
|
| |
|
| |
Copyright 2003-2010 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |