यस अंकमा

सौर्न्दर्य के हो ?

किन राम्री देखिन्छिन् उषा पौडेल ?
महिलाहरुमा बढी देखिने छालाको एलर्जी
तयारी खाना र बालबालिकाको स्वास्थ्य
के हो त यो ग्यास्टि्रक रोग ?
छालाको सौर्न्दर्य
च्याउ- कस्तो खाने, कस्तो नखाने ?
गर्मी मौसममा तैलीय छालाको स्याहार
सावधानःकेटाकेटीले इन्टरनेट दुरुपयोग गर्दै छन
महिलामा मधुमेहको बढी सम्भावना र अपनाउनुपर्ने र्सतर्कता

मस्तिष्कघातबाट बच्न जीवनशैली परिवर्तन

स्वाइनफ् लुः डराउने होइन, र्सतर्क हुने
  तपाईंको घरमा हाम्रा डाक्टर
 महिला यौनसुख
   हेल्थ न्युज
   राशीफल

 

 

 

 

 

महिलाहरुमा बढी देखिने छालाको एलर्जी

  जनु भट्टर्राई

बालुवाटारकी अनिता मिश्रको एक्कासि घाँटी चिलाउन थाल्यो र  बिस्तारै खस्रो हुँदै आयो । गर्मीलेे भएको होला भन्ने सोचेर उनले चिसो पानी छ्याप-छ्याप पारिन् तर केही कम भएन । झन्-झन् चिलाउन थालेपछि महाराजगन्जस्थित शिक्षण अस्पतालमा जँचाउन पुगिन् । ३५ वषर्ीया मिश्रलाई डाक्टरले घाँटीमा लगाउने गहनाको बारेमा सोधे । उनले नक्कली गहना लगाउने गरेको बताएपछि डाक्टरले सोही गहनाको एलर्जी (Allergy) भएको हुन सक्ने अनुमान गरे । वर्षौंदेखि लगाइआएको गहनाले अहिले आएर एलर्जी हुन्छ भन्ने अनितालाई लागेको थिएन तर एलर्जी टेस्ट गराउँदा त्यही प्रमाणित भयो ।

त्यस्तै गत जेठ महिनामा बत्तीसपुतलीकी रेश्माको ओठवरिपरि एक्कासि सुक्खापन देखिन थाल्यो । बागबजारस्थित पद्मकन्या क्याम्पसमा अध्ययनरत उनलाई साथीहरुले पानीको कमीले गर्दा यस्तो भएको बताएपछि नियमित रुपमा पानी पिउने गरिन् तर पनि कम भएन । बिस्तारै माथिल्लो ओठबाट बढ्दै माथि नाकतिरको भागमा र्सन थाल्यो । त्यसपछि उनले आफूले प्रयोग गरिरहेको लिपकेयरको कारणबाट हो कि भनेर अर्को लिपकेयर प्रयोग गर्न थालिन् ।

  करिव १०/१५ दिनपछि त्यसबाट पनि सोही समस्या दोहोरिन थाल्यो । लिपकेयरहरु धेरै परिवर्तन गरे पनि उनलाई यस्तो समस्याले सताउन छोडेन ।

अन्त्यमा डाक्टरको सल्लाहमा औषधि प्रयोग गरी एलर्जी टेस्ट गराइन् । सबै प्रकारका लिपकेयरले एलर्जी हुन सक्ने देखिएपछि डाक्टरको सल्लाहमा लिपकेयरकै प्रयोग गर्न बन्द गरिन् । अहिले पनि कहिलेकाहीँ केही समस्या आएर सताउने गर्दछ उनलाई ।

वरिष्ठ चर्मरोग तथा एलर्जी विषेशज्ञ डा. अनिलकुमार झा भन्नुहुन्छ- ँएलर्जी वस्तुको खराबीले आउने होइन बरु छालाले वस्तुप्रति देखाउने प्रतिक्रियाबाट हुन्छ, तर वस्तुले इरिटेसन पैदा गराउँछ ।’ उहाँका अनुसार इरिटेसन र एलर्जी दुइ फरक कुरा हुन् । ँधेरै कस्मेटिक्स वस्तुको प्रयोगले पनि उस्तै प्रतिक्रिया देखाइरहेमा ती कस्मेटिक्स सामग्री प्रयोग नै नगर्नु सबैभन्दा सुरक्षित उपाय हो’, अर्का वरिष्ठ छालारोग तथा एलर्जी विशेषज्ञ डा. अनिलकुमार दास भन्नुहुन्छ ।

के हो छालाको एलर्जी ?

एलर्जी एक असामान्य प्रतिक्रिया (Abnormal Reaction) हो, जुन छालामा देखिने गर्दछ । डा. झाका अनुसार नेपालीमा यसलाई ँउकवतँ भन्ने गरिन्छ तर पनि व्यावहारिक रुपमा यसलाई  अंग्रेजी नामबाटै चिनिने गरिन्छ । शरीरभित्र कुनै पनि बाहिरी तत्त्वको प्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्ति (Antibody) ले प्रतिक्रिया देखाउने गर्दछ ।

अज्ञानता तथा यसप्रतिको विस्तृत जानकारीको कमीले एलर्जी भन्नेबित्तिकै सरुवा रोग, साथै फोहोरको कारणले उत्पन्न भएको रोग भन्ने गलत धारणा समाजमा रहेको पाइन्छ । डा. अनिलकुमार झा भन्नुहुन्छ- ँएलर्जीलाई सरुवा रोग भन्न मिल्दैन । कुनै पनि एलर्जी र्सर्ने हुँदैन, न त यसमा कीटाणु नै हुन्छ ।’

डा. अनिलकुमार दास पनि डा. झाको कुरामा सहमति जनाउँदै भन्नुहुन्छ- ँकहिलेकाहीँ एलर्जीसँगै अन्य इन्फेक्सनहरु मिसिएर प्रतिक्रिया देखाउन सक्छ । त्यसका लागि एलर्जी पीडितले नै सबैभन्दा बढी र्सतर्कता अपनाउनर्ुपर्छ ।’ हेलचेक्रयाइँ भएमा जटिल समस्या पनि बन्न सक्ने डा. दासको कथन छ ।

वरिष्ठ छालारोग तथा एलर्जी विशेषज्ञ डा. महेश शाहका अनुसार सामान्य मानिसलाई असर नगर्ने दैनिक प्रयोग भइरहेका वस्तुहरु पनि एलर्जी भएकाहरुका लागि खतरनाक हुन सक्छन् । उहाँ भन्नुहुन्छ- कसलाई, कति बेला, केको एलर्जी देखा पर्दछ - त्यो थाहा नै हुँदैन ।’ सामान्य अर्थमा एलर्जी एक असंक्रमित ९ल्यल ष्लाबअतष्यल० रोग हो । अन्य रोग शरीरमा लागेपछि लामो समयपछि मात्रै त्यसको असर देखिन्छ भने एलर्जी तुरुन्तै प्रतिक्रिया ९ज्थउभच Immगलभ च्भबअतष्यल० देखाउने रोग भएको डा. शाह बताउनुहुन्छ ।

थरी-थरीका छालाको एलर्जी

सामान्य बुझाइमा शरीरको बाहिरी छाला चिलाउनु, डाबर हुनुलाई मात्र एलर्जी भन्ने गरिन्छ । तर यस्ता खालको लक्षण मात्र एलर्जी नभएर भित्री र बाहिरी दुइ रुपमा एलर्जी हुने बताउनुहुन्छ डा. अनिलकुमार दास । बाहिरी कारणबाट जे-जति एलर्जीका समस्या देखा पर्छन् ती सबै एलर्जीलाई कन्ट्राक्ट एलर्जी भनिन्छ । यो एलर्जीमा एलर्जी कन्ट्राक्ट र इरिटेट कन्ट्राक्ट गरी दुइ किसिमका एलर्जी पर्दछन् । छालामा देखिने एलर्जी कन्ट्राक्ट र इरिटेट कन्ट्राक्ट लगभग उस्तै-उस्तै देखिए पनि दुइ फरक प्रकारका एलर्जी हुन् । एलर्जी कन्ट्राक्टभन्दा इरिटेट कन्ट्राक्टले छिटो प्रतिक्रिया देखाउने गर्दछ ।

कुनै पनि कीराले शरीरको कुनै पनि अ·मा बिस्ट्याउँदा होस् या नक्कली गहनाको प्रयोगबाट भएको एलर्जी होस्, छालाले छिटो प्रतिक्रिया देखाउने गर्दछ । त्यति मात्र नभएर बोट-बिरुवा छोएर हुने एलर्जी पनि इरिटेट एलर्जीभित्र नै पर्छ । यस्ता वस्तुबाट हुने एलर्जी छिटो प्रतिक्रिया (Fast Process) मा हुने गर्दछ । घामको कारणबाट, कस्मेटिक्स सामग्रीको प्रयोगबाट, विभिन्न प्रकारका खानेकुराको कारण हुने एलर्जी एलर्जी कन्ट्राक्टभित्र पर्छन् ।

आज घाममा निस्किँदा त्यही समयमा मात्रै घामको एलर्जी हुन्छ भन्न सकिँदैन, त्यसको असर केही समयपछि पनि देखा पर्न सक्छ भन्नुहुन्छ डा. अनिलकुमार झा । त्यति मात्र होइन, वर्षौवर्षेखि खाइरहेको खानेकुराले जुनसुकै समयमा प्रतिक्रिया देखाउन सक्छ । कसैलाई अण्डा, केक, पाउरोटीजस्ता खानेकुराले एलर्जी हुने गर्छ भने कसैलाई माछा, मासु, दाल आदि कारणले एलर्जी हुने गर्छ । यी सबै बाहिरी कारणले देखा पर्ने एलर्जीहरु हुन् ।

ँसमय परिवर्तनसँगै विभिन्न रोगहरु दिनानुदिन देखिने क्रम जारी छ । यसकारण एलर्जी पनि बढ्दो छ’, डा. अनिलकुमार दास भन्नुहुन्छ । उहाँको भनाइअनुसार परिवारिक इतिहास अथवा आफूसँग भएका भित्री रोग जस्तै- दम, रुघा खोकी आदिको कारणबाट बाहिरी छालामा समेत एलर्जी देखा पर्ने गर्छ । खोकीको समस्या भएको अवस्थामा छातीमा स-साना बिमिरा (Papuls) आउने, चिलाउनेजस्तो एलर्जीको समस्या देखा पर्ने गर्छ ।  यो भित्री कारणबाट हुने एलर्जी हो ।

के-के कारणले हुन्छ एलर्जी ?

शरीरमा भएको रोग-प्रतिरोधात्मक क्षमता असामान्य भएर एलर्जी हुने गर्दछ र यो जुनसुकै कारणबाट पनि हुन सक्छ । प्रायजसो दैनिक रुपमा प्रयोग भइरहने सामान्य वस्तुहरुबाट एलर्जी हुने गरेको पाइन्छ । घाम, पानी, नक्कली गहना, निकेलजस्ता धातुहरुको कारणले पनि दिनानुदिन एलर्जी बढ्दो रुपमा रहेको पाइन्छ ।

डा. अनिलकुमार दास धूलोका कणहरु, कार्पेट, कटन कपडाहरुको प्रयोगले, चिसो, तातो यी सबै कारणले एलर्जी हुन सक्ने र शरीरलाई क्षति नगर्ने वस्तुले पनि एलर्जी हुन सक्ने बताउनुहुन्छ । उहाँका अनुसार बोट-बिरुवामा भएका कतिपय रसायनहरु संवेदनशील छालासँग सर्म्पर्क भएमा -छोएमा) शरीरले सहन सक्दैन । त्यस कारणले पनि एलर्जी हुन्छ ।

गर्मी मौसममा धेरैजस्तो घामको साथसाथै कपडाको कारणले पनि एलर्जी हुने गर्दछ । डा. दासका अनुसार सुतीको कपडाको तुलनामा ऊनीको कपडाले छालालाई संवेदनशील (Sensitive) बनाउने गर्दछ । सवेदनशील छालामा विभिन्न प्रकारका एलर्जीहरु देखा पर्छन् । यसको कारणले दिनानुदिन एलर्जीका रोगीहरुको संख्या बढ्दो क्रममा रहेको छ ।

बढ्दो सहरीकरण र औद्योगिक विकासका कारण उत्पन्न धूवाँ, धुलोका साथै कृत्रिम सामग्रीहरुको बढ्दो प्रयोग र प्राकृतिक वस्तुहरुको कम प्रयोग गर्ने परिपाटीले एलर्जीका बिरामीहरु दिनानुदिन बढिरहेको डा. झा बताउनुहुन्छ । डा. महेश शाहका अनुसार राम्रो बन्ने बहानामा प्रयोग हुने कृत्रिम सामग्रीहरुले गर्दा शरीरमा विभिन्न किसिमको समस्या दिनानुदिन बढिरहेको छ । नेपालको परिपे्रक्षमा बढी देखिने १० रोगहरुमध्ये एलर्जी पनि एक भएको विशेषज्ञ डाक्टरहरुको भनाइ छ ।  

खतराजनक बन्न सक्छ छालाको एलर्जी

सामान्यतया एलर्जी भन्नेबित्तिकै चिलाउने, डाबर आउने, पोल्ने आदि लक्षणहरु भएको रोग भन्ने बुझिन्छ । तर कतिपय अवस्थामा एलर्जी सोचेभन्दा बढी नै जटिल बन्ने गर्छ । डाक्टरहरुका अनुसार सुरुमा चिलाउने, डाबर आउने एलर्जीको समयमा रोकथाम गर्न नसकेको खण्डमा डाबरहरु पाकेर पूरै शरीरलाई नै बिगार्ने एवम् अति नै क्रोनिकसमेत बन्न सक्छ । कतिपय एलर्जीका कारण आएको पानीका फोकाहरु फुटेर पानी बगिरहने समस्या पनि आउने गरेको पाइन्छ । प्रायजसो यस्तो पानीको फोकाजस्तो भएर उठ्ने, छाला बाक्लिने समस्या कन्ट्याक्ट एलर्जी (Contract Allergy) मा देखिने गरेको पाइन्छ ।

डा. अनिलकुमार झा भन्नुहुन्छ- ँकतिपय एलर्जी भएका बिरामीलाई उनीहरुले रोकथामको लागि खाएका औषधिको कारणले पनि झन् एलर्जी बढाउन सक्छ ।’ उहाँका अनुसार एलर्जीका बिरामीहरु डाक्टरसँग समेत आक्रोशित हुने गर्छन् । कोही-कोहीको छाला यति संवेदनशील हुन्छ कि बाहिरी तत्त्व शरीरमा प्रवेश गर्दा सहन सक्ने प्रतिक्रिया ज्यादै न्यून हुन्छ । त्यस्तो खालको छाला भएका व्यक्तिहरुका लागि एलर्जीले बाँचुन्जेल सताउन सक्छ ।

विशेष गरी पातलो छाला भएका व्यक्तिहरुलाई विभिन्न किसिमका एलर्जीले सताइरहने डाक्टरहरुको भनाइ छ । त्यस्तो व्यक्तिले कुन कुराले एलर्जी छ भन्ने कुरा सुरुमा थाहा पाएर त्यस्ता वस्तुबाट टाढै रहन सके एलर्जीको खतराबाट बच्न सकिन्छ ।

पुरुषभन्दा महिलालाई बढी एलर्जी हुने

राम्रो बन्ने चाहना सबैमा हुन्छ । यो अस्वाभाविक कुरा होइन, तर राम्रो बन्ने चाहनामा शरीरलाई हानि पुर्‍याउने विभिन्न कृत्रिम कस्मेटिक्सको प्रयोगबाट पुरुषको तुलनामा महिलालाई एलर्जीले बढी सताउने गरेको पाइन्छ ।

शिक्षण अस्पताल महाराजगन्जका अनुसार पुरुषको तुलनामा एलर्जीको कारणले जँचाउन आउने महिलाको संख्या दुइ गुणाले बढी देखिएको छ । हुन त महिलालाई भान्छाको काम, सरसफाइ, भाँडा-कपडा धुन प्रयोग गरिने र्सपm आदिबाट पनि एलर्जी बढी हुने र विभिन्न देशबाट आयातित कस्मेटिक सामान प्रयोग गर्दा पनि क्रस रियाक्सन ९ऋचयकक चभबअतष्यल० हुने गरेको देखिन्छ । पुुरुषमा भने केमिकलहरु, सिमेन्ट, रोडा, बालुवा, दूषित पानी, हावा आदिको कारणले बढी एलर्जी हुने गरेको पाइएको छ ।

बच्चालाई हुने एलर्जी

डाक्टरहरुका अनुसार भर्खरै जन्मिएको शिशुदेखि जुनसुकै उमेरका मानिसलाई पनि एलर्जी हुन सक्छ । विशेष गरेर ४० वर्षन्दा कम उमेरमै एलर्जी देखा परिसक्ने हुन्छ । बच्चाहरुको छाला अति नै संवेदनशील हुने हुनाले जाडो महिनामा सुख्खा खालको एलर्जी देखिने गर्छ भने गर्मी मौसममा जस्तोसुकै कपडा लगाए पनि पाछ्ने, पोल्ने खालको एलर्जी देखिने गर्छ ।

कीराहरुको टोकाइबाट हुने एलर्जीले त झन् पोलेर खप्नै नसक्ने गरी असह्य बनाउँछ । विभिन्न किसिमका कीराले एक ठाउँमा टोकेमा १० ठाउँमा समस्या देखिने गर्छ । उनीहरुको छाला बढी संवेदनशील हुने भएकोले कीराले टोकेको ठाउँमा पाक्नेसमेत सम्भावना रहन्छ ।  यस्तो एलर्जीबाट बच्न बच्चालाई गर्मीमा घामबाट जोगाउने, जाडोमा चिसोबाट जोगाउने, साथै कृत्रिम रंग र केमिकलबाट टाढै राख्न सकेमा यस्तो एलर्जी केही हदसम्म कम हुने डाक्टरहरु बताउँछन् ।

एलर्जीबाट बच्न सकिन्छ

एलर्जी आफैंमा अति नै संवेदनशील रोग हो । एक पटक एलर्जी भएको मान्छेलाई पुनः बल्भिmने सम्भावना रहन्छ । आफ्नै हेलचेक्र्याइँले गर्दा कतिपय एलर्जी पीडितहरु एलर्जीकै दर्ीघरोगी बन्न पुगेका छन् । मुख्यतया औषधिको कारणले भन्दा पनि आफूलाई एलर्जी हुने वस्तुबाट र्सतर्क रहेर केही हदसम्म यसबाट बच्न सकिन्छ ।

कुन कुराले आफूलाई एलर्जी भएको हो, सो कुरा पत्ता लगाई त्यस्ता बस्तुबाट समयमै टाढा रहन सके एलर्जीको खतरा न्यून गर्न सकिन्छ । नियमित सरसफाइ गर्ने, स्वस्थ खानापानबाट क्षमता बढाउनाले पनि वस्तुप्रति छालाले देखाउने प्रतिक्रिया कम हुँदै जान्छ । प्राकृतिक वातावरणसँग घुलमिल रहनाले छालालाई स्वस्थ राख्न सकिन्छ । हावाको राम्रो प्रवाह भएको ठाउँमा बस्ने, सुतीका कपडा प्रयोग गर्ने, कस्मेटिक सामानहरुको कम प्रयोग गर्ने गर्नाले केही हदसम्म एलर्जीबाट बच्न सकिने डाक्टरहरुको भनाइ छ ।

 एलर्जी वंशाणुगत पनि हुन सक्छ

अन्य रोगहरुजस्तै एलर्जी पनि वंशाणुगत हुने गरेको डाक्टरहरु बताउँछन् । डाक्टरहरुका अनुसार आमाबाबुमध्ये एकमा एलर्जी छ भने उनीहरुका छोराछोरीमा २५ प्रतिशत र्सर्ने सम्भावना रहन्छ । यदि आमाबाबु दुवैमा भएमा त ठीक दोब्बर हुने सम्भावना रहन्छ । वंशाणुगत रहने एलर्जीमा भित्री एलर्जी बढी हुने गर्छ । तर अभिभावकमा जुन एलर्जी छ छोराछोरीहरुमा त्यो नभएर अरु कुनै एलर्जीले सताउन सक्ने डाक्टरहरुको भनाइ छ ।

कतिपय अवस्थामा कुनै पनि वस्तुलाई नछोएर परैबाट देख्दा पनि एलर्जी हुन सक्छ तर यस्तो खालको एलर्जी भएमा एलर्जी पीडितले त्यस्तो कुरामा बेवास्ता गर्नु नै सबैभन्दा राम्रो उपाय हो । डा. झा भन्नुहुन्छ- ँयदि कसैले मलाई यसको एलर्जी छ भन्ने सोचाइ पटक-पटक राख्छ भने उसलाई परैबाट सो वस्तु देख्नासाथ एलर्जी हुन सक्छ । त्यसैले आफूले बेवास्ता नगरेसम्म यसमा कुनै पनि कमी आउँदैन, बरु बढ्न सक्छ ।’

गाउँभन्दा सहरमा बढी

डाक्टरहरुको भनाइअनुसार ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी एलर्जी हुने गर्दछ । बढ्दो जनसंख्याले बढेको शहरीकरण, मिसावटयुक्त खानेकुरा, दूषित पानी आदि कारणले धेरैजसो एलर्जी सहरी क्षेत्रमा हुने गरेको पाइएको छ ।  ग्रामीण भेगका महिलाभन्दा सहरी भेगका महिलाले कस्मेटिक्सको बढी प्रयोग गर्ने र दुइ देशबाट ल्याएका सामानको प्रयोग गर्ने भएकाले क्रस रियाक्सन ९ऋचयकक च्भबअतष्यल० भई सहरी क्षेत्रमा एलर्जी बढी देखिन्छ । यसबाहेक कार्पेटिङ, ऊनीको कपडा, हावाको राम्रो प्रवाह हुन नसक्ने कोठा, प्रदूषित वातावरण, मिसावटयुक्त खानेकुरा आदिबाट एलर्जीले विकराल रुप लिइरहेको छ ।

 

 

 

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd
No content available in newsofnepal may be reused in anyway without written permission.