|
|
|
पाकेटबन्द खानामा प्रयोग गरिने विभिन्न किसिमका रसायन भविष्यमा क्यान्सरलगायत रोगका कारण पनि बन्न सक्छन् । त्यसकारण बालबालिकालाई सकेसम्म यस्ता खानाबाट टाढै राख्न जरुरी छ । स्वास्थ्य उपचार कार्यक्रम सञ्चालनका क्रममा सल्यानमा पुग्दा एक जना महिला स्वास्थ्य स्वयंसेविकाकै ५ वर्षो बच्चा कुपोषणले ग्रस्त भएको पाइयो । ती स्वास्थ्य स्वयंसेविकालाई सोध्दा उनले भनिन्- ँयो त अहिले तङ्ग्रिंदै छ, कुपोषणले बिरामी भएपछि दुइ महिनासम्म नेपालगन्ज अस्पतालमा राखेर ल्याएको हो ।’ उनका अनुसार सुरुमा बच्चालाई खुशी पार्न बजारका खानेकुरा खान दिइयो । पछि बानी परेपछि घरका खानेकुरा छोडेर तिनै बजारका पाकेटबन्द खाना मात्र खान थाल्यो र बच्चा दिनदिनै रोगी बन्दै गयो । बजारका विभिन्न किसिमका पाकेटका खानेकुरा तथा सस्ता चकलेटहरु मात्रै खाने गर्नाले बिस्तारै ऊ सुस्त हुँदै गयो ।
पाकेटमा राखेका खानेकुराको स्वाद बढाउने कुरा भनेको विभिन्न किसिमका रासायनिक पदार्थ र चिल्लो पदार्थ नै हुन् । यस्ता रसायन खानेकुराका पाकेटमा राखेपछि त्यसले खानेकुरा लामो समयसम्म ब्रि्रन दिंदैन । त्यसैले पाकेटमा भएका खानेकुरा सधैँ ताजाजस्तै त देखिन्छन् तर वास्तवमा यी त्यति स्वस्थ र लाभदायक हँुदैनन्, बरु हानिकारक नै हुन्छन् । यस्ता खानेकुराको अधिक प्रयोगले बालबालिकामा कुपोषण बढ्नुका साथै विभिन्न रोगसमेत देखा पर्न सक्छ । प्रायः आजको भोलि नै कुनै समस्या नहुने भएकाले घर-परिवारका मानिसले यसरी खाना खाँदैमा केही खराबी हुँदैन भन्ने ठान्छन् । तर यसको असर आजको भोलि नै नपरी दर्ीघकालीन रुपमा पर्छ । जसरी चुरोट र रक्सीले आजको भोलि नै नराम्रो प्रभाव पार्दैन र दर्ीघकालमा घातक असर पार्छ, त्यसैगरी लामो समयसम्म बजारीया तयारी खानेकुरा अधिक मात्रामा खाएमा यस्ता खाद्यवस्तुले पनि स्वास्थ्यमा असर पार्छ । खासगरी बालबालिकाको स्वास्थ्यमा यसले बढी असर पार्ने देखिएको छ । चुरोट र रक्सीचाहिँ बच्चाले माग्यो वा झगडा गर्यो भन्दै आमाबाबुले सामान्यतया दिदैनन् । केही समुदायमा बच्चालाई राम्रोसँग निदाउने बनाउनका लागि एक-दुइ चम्चा जाँड खुवाइदिने गरेको प्रकाशमा आएकोे छ । यो पनि राम्रो होइन । यसले बच्चाको कलेजोलगायत विभिन्न कलिला अंगहरुमा घातक असर पुर्याउँछ । साथै यसलाइ पछि बच्चाले लतको रुपमा सेवन गर्न पनि सक्छ । प्रायः महिलाले पाकेटबन्द तयारी खानेकुरा बढी स्वस्थकर हुन्छ भन्ने भ्रममा आफ्ना बालबालिकालाई दिएको बताउँछन् । उनीहरुको बुझाइमा यस्ता खानाको बारेमा विज्ञापन आउँदा ती खानेकुरा बढी स्वस्थकर हुन्छन् भनेर आउने भएकाले साँच्चै स्वस्थ र असल हुन्छ भन्ने लाग्छ । त्यस्तैगरी बालबालिकालाई खाना बनाएर दिने समय नभएकोले पनि यस्ता तयारी खानेकुरा किनेर दिने गरेको पाइन्छ । साथै एक पटक खाएपछि बच्चालाई एकदम मन पर्छ र खान्छु भनेर झगडा गरेपछि बाबुआमाले इज्जतका रुपमा पनि यस्ता खानेकुरा दिने गरेको पाइन्छ । अझ अहिले यस्ता खानाको विज्ञापनमा सित्तैमा उपहार पाइने भनेर जोडिएकाले बालबालिकाहरु झन् होमिएर किन्छन् र उनीहरुको खाजा, खाना सबै त्यही बन्छ ।
यस्ता तयारी खानेकुराले विभिन्न किसिमका नकारात्मक असरहरु पर्ने बालरोग विशेषज्ञहरु डा. पुष्पराज शर्मा र डा. रमेशकान्त अधिकारीको पनि धारणा छ । अहिले विश्वका धेरै डाक्टरहरु बच्चाले खाने तयारी खानेकुराको विज्ञापनको विरोधमा बोलिरहेका छन् । तयारी खानेकुरामा रहेको नुन, बोसो, चिनी आदिले बच्चालाई सानैदेखि क्यान्सर रोगको जग बसाउँछ भन्ने उनीहरुको धारणा छ । तयारी खानेकुराले बालबालिका तथा वयष्कलाई पनि क्यान्सरको खतरा निम्त्याउँछ । त्यस्तै तयारी र पाकेटमा राखिएका खानेकुराले महिलाको शरीरमा चिनीको मात्रा बढाउँछ, तौल बढाउँछ, स्तन क्यान्सर, पाठेघरको क्यान्सर र मूत्रनलीको क्यान्सरको सम्भावना पनि बढाउँछ । तयारी खानेकुराहरुमा बोसो र रासायनिक पदार्थ मिसिएको हुनाले यस्ता समस्या आउने देखिन्छ । बालबालिकालाई यस्तो खाना खान हुँदैन भनेर स्कुलमा शिक्षकले वा घरमा आमाबाबुले भन्दैनन् । कतिपयलाई त यस्ता खानेकुरा खाएर नराम्रो के हुन्छ र - भन्ने धारणा हुन्छ । कतिपय आमाबाबुले चुरोट खाने बालबालिकालाई गाली गर्छन्, सम्झाउँछन् तर तयारी खानेकुरा बढी प्रयोग गर्ने बालबालिकालाई यसबारे सचेत गराउँदैनन्, बरु किनेर खान दिन्छन् । अभिभावक तथा बाबुआमाहरु बच्चाको स्वास्थ्यलाई भन्दा उनीहरुको खुशीलाई बढी महत्त्व दिन्छन् । यो र्सवदा गलत हो । कतिपय आमाबाबुलाई यस्ता खानेकुराले पछि जीवनभरको रोग निम्त्याउँछ भन्ने थाहा पनि हुँदैन । ँबालबालिकालाई हात धोएर खाना खाऊ नत्र बिरामी भइन्छ’ भन्ने आमाबाबुले पनि ँपाकेटका खानेकुरा नखाऊ, बिरामी भइन्छ’ भन्दैनन् । किनभने उनीहरुलाई यसबारे कसैले पनि जानकारी दिएको हुँदैन । यस्ता खानेकुराको बढी प्रयोगले हुने क्यान्सर त एउटा समस्या मात्र हो । यसबाहेक हड्डीहरु कमजोर हुनु, मुटुका अरु रोगहरु हुनु पनि मुलतः यस्तै खानेकुरासँग जोडिएका समस्या हुन् । सानोको जग नै गलत बसेपछि शरीर सानैदेखि कमजोर हुन्छ र ठूलो भएपछि अनेक थरीका रोगहरु हुन थाल्छन् । बालबालिकालाई तयारी खाना खान बानी बसाउनका लागि विभिन्न किसिमका आकर्ष विज्ञापनहरुले प्रेरित गर्ने गरिन्छ । विज्ञापनमा बालबालिकाले त्यस्ता खाद्यवस्तु खाएको देखेर त्यस्तै नक्कल गर्ने हुनाले केही देशमा चिकित्सकहरुले कतिपय खानेकुराको विज्ञापन गर्न नै प्रतिबन्ध लगाउन माग गरेका छन् । यस किसिमको आवाज नेपालमा पनि उठाउनुपर्ने देखिएको छ ।
|
||
|
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |