|
|
|
तपाईंका घरमा हाम्रा डाक्टर डा. हरिहर खनाल फिजिसियन/मुटुरोग विशेषज्ञ विवेक अर्याल, सुरु-३, झापा -म ३० वर्षभएँ । विगत १० वर्षेखि कहिलेकाहीँ मुटु हल्लिने, डर लाग्ने, सिरि· हुने गरेको छ । ३-४ पटक इकोर्,र् इसीजी गराइसकें तर रिपोर्ट नर्मल छ । सिप्लार अथवा इन्दिरल औषधि दिने गरिएको छ तर औषधि सेवन गर्दागर्दै पनि कहिलेकाहीँ यो रोग पुनः देखा पर्छ । रोग निर्मूल पार्ने उपाय के होला ? विवेकजी, तपाईंको समस्या मुटुको भन्दा पनि बढी मनोवैज्ञानिक खालको हो । जब धेरै कुराले पिरोल्छ तर आफ्नो हातमा समाधान हुँदैन भने कमलो मनको मान्छेलाई डरको भावना आउँछ । त्यससँगै अन्य लक्षणहरु पनि देखा पर्छन्- मुटु हल्लिने, सिरि· हुने आदि । यसको मुख्य औषधि भनेको आफूले आफैंलाई आत्मशक्ति बढाउनु हो । साथै म ठीक छु भन्ने भावना जाग्रित गर्ने, सम्पर्ूण्ा कुराहरु व्यवहारको कसीमा दाँजेर सुझबुझ विकास गर्ने, ध्यान-योग गर्ने, सकारात्मक सोचका साथ मानवीय शक्तिका किताब-लेखहरु पढ्ने गर्नुपर्छ । मुटु हल्लिएको अनुभूति भएपछि मुटुको सम्पर्ूण्ा परीक्षण गर्नु जरुरी हुन्छ र त्यो गर्नु पनि ठीक हो । यो रोग नभएर आफ्नो असुरक्षित सोचाइको व्यक्त लक्षण हो । त्यसैले आत्मबल बढाउने र औषधिको सेवनसहितले शरीरलाई यो लक्षणको सम्झना हराउने गराउनर्ुपर्छ । पछि नयाँ दृष्टिकोण र नयाँ परिवेशले फेरि यस्ता लक्षण देखा पर्न नसक्ने उद्देश्य राख्नर्ुपर्छ । यो भावनात्मक समस्या भएकोले भावनात्मक रुपमै नियन्त्रण गर्नु आवश्यक हुन्छ । निमा गुरुङ, कुलेश्वर, काठमाडौं- म ३७ वर्षो भएँ । मलाई मधुमेहको लक्षण देखा परेकोले उपचारपछि स्वस्थ भएको छु । डाक्टरको सल्लाहअनुसार बेलुका आधा चक्की क्लोनाज सेवन गर्ने गरेको झन्डै एक वर्षभयो । यस्तो औषधि लामो समयसम्म सेवन गर्नु राम्रो होइन भन्ने सुनेकोले यसबारे प्रस्ट पारिदिनुहुन्छ कि ? निमाजी, तपाईंको मधुमेहको उपचारमा क्लोनाज नभएर मधुमेहकै निश्चित औषधि चलाइएको होला । जहाँसम्म अहिले रगतमा चिनीको मात्रा नियन्त्रित भएर स्वस्थ हुनुभएको भए तापनि नियमित चिनी परीक्षण तथा नियमित औषधि सेवन र नियमित चिकित्सकको सल्लाह अत्यावश्यक र्ठहर्छ भन्ने कुरा ख्याल गर्नुहोला । जहाँसम्म क्लोनाज लामो समयसम्म खान हुने वा नहुने भन्ने कुरामा आवश्यक भएमा खाइरहने र आवश्यक नभएमा नखाने नै हो । चिकित्सकले बोलाएको बेलामा जानुस्, औषधि सेवन गर्नुपर्ने भनेको समयमा सेवन गर्नुस् तर आफैंले निर्ण्र्ाागर्ने नगर्नुस् । अर्को कुरा, जिम्मेवार चिकित्सकले किन, कुन औषधि, कसलाई, कति समय चलाउने भन्ने स्पष्ट विचार बोकेको हुन्छ, त्यसैले सल्लाहअनुसार लिनुभएको भएमा अन्यथा सोच्नु आवश्यक नपर्ला । केशव बानियाँ, बनेपा, काभ्रे- म उच्च रक्तचापको रोगी भएकाले औषधि सेवन गरिरहेको छु । अहिले ३२ वर्षो मात्र भएँ । सबै कुराबाट स्वस्थ महसुस भए पनि उकालो चढ्दा स्वाँ-स्वाँ हुने र छातीमा अप्ठ्यारो हुने गर्छ तर ओरालोमा केही हुँदैन । किन यस्तो भएको र मैले के गर्नुपर्ला ? केशवजी, तपाईंले रक्तचापको औषधि सेवन गरेको कुरा त भन्नुभयो तर मुख्य कुरो औषधि सेवनभन्दा पनि रक्तचाप नियन्त्रणमा छ कि छैन भन्ने हो । स्वस्थ महसुस गर्नुको साथै प्रमाणित रुपमै स्वस्थ हुन रक्तचाप नियन्त्रणको साथै अन्य कुराहरु पनि स्वास्थ्यको दायरामा रहनुपर्ने हुन्छ । तपाईंको उकालो चढ्दा स्वाँ-स्वाँ हुने कुरा दमको कारण हो । जुन फोक्सोको वा मुटुको दम दुवैमा देखिन सक्छ । उच्च रक्तचाप नियन्त्रण नभएर भएको दम भएमा त मुटुकै दम भन्ने निश्चित हुन्छ । त्यस्तै छातीमा अप्ठेरो पनि नहुनुपर्ने हो । एक पटक मुटुरोग विशेषज्ञ भेटेर सम्पर्ूण्ा परीक्षण गर्नुभएमा सबै कुरा थाहा हुने थियो । किनभने रक्तचापकै अन्तरसम्बन्ध तथा नतिजास्वरुप जे पनि हुन सक्छ । तर्सथ धुलीखेल अस्पताल वा वीर अस्पतालमा आएर मुटुरोग विशेषज्ञलाई भेट्ने सल्लाह दिन चाहन्छु । उमेशलाल श्रेष्ठ, मन्थली, रामेछाप-मेरो खुट्टा पोल्ने, झमझमाउने गरेको झन्डै २ वर्षभइसक्यो । अहिलेसम्म जँचाएको छैन । यस्तो लक्षण हुनु कुन रोगको संकेत हो - उपचारका लागि सुझाव चाहन्छु । उमेशलालजी, तपाईंलाई २ वर्षेखि खुट्टा पोल्ने एवम् झमझमाउने गरेको रहेछ, उपचार पनि गराउनुभएन र आफैं पनि ठीक भएन । त्यस्तै अत्यधिक पोल्ने भएर असह्य पनि भएन । यदि त्यस्तो भएको भए छिट्टै परीक्षण गराइन्थ्यो होला । सीधै कारण वा प्रमाणित नभईकन यही रोगको लक्षण भन्न हाम्रो चिकित्सा विज्ञानमा मिल्दैन र भन्नु पनि हुँदैन । एक पटक शिक्षण अस्पताल महाराजगन्ज वा वीर अस्पतालमा आई फिजिसियनलाई देखाउनुस् भन्ने सल्लाह दिइन्छ । हाललाई फलफूल ज्यादा उपयोग गर्नुस् र धूमपान, रक्सी सेवन गर्ने बानी छ भने छाडिहाल्नुस् । त्यसपछि भिटामिन र्ँइ’ ४०० मि.ग्रा. दिनको एक चक्की खानापछि खाँदै गर्नुस् र छिटोभन्दा छिटो चिकित्सकलाई देखाउनुस् । सबिना, पोखरा - म २१ वषर्ीय अविवाहित युवती हुँ । १७ वर्षघि बायाँ मिर्गौला अप्रेसन गरेर फालियो । अहिलेसम्म समस्या छैन तर ढाड दुख्ने गर्छ । बिहे गर्ने तयारीमा छु । एउटा मिर्गौला हुनेले बच्चा जन्माउँदा असर पर्छ कि - मिर्गौलालाई कसरी स्वस्थ राख्न सकिन्छ - साथै खान हुने/नहुने कुरा के-के हुन् - सल्लाह चाहन्छु । सबिनाजी, विवाहको योजना भएकोमा बधाई छ । तपाईंको ढाड दुख्ने एउटा मिर्गौलाको कारण होइन । त्यस्तै एउटा मिर्गौला हुँदैमा तपाईंले कुनै कुरा पनि हुने/नहुने सोच्न आवश्यक छैन । त्यसैले तपाईंको प्रणालीमा कुनै कुराको कमी हुँदैन । वैवाहिक जीवन तथा बच्चा जन्माउने बारेमा कुनै नकारात्मक पक्ष सोच्न पर्दैन । साधारण सन्तुलित भोजनले हाम्रो मिर्गौलालाई नराम्रो प्रभाव पार्दैन । मिर्गौला दुइवटा वा एउटा भए पनि रगत सफा गर्ने साझा काम भएकोले त्यस्तो फरक पर्दैन । बरु एउटा मिर्गौला भएकाले कामको भारको अध्ययन र नियमित परीक्षण गर्नु राम्रो हुनेछ । अधिकतम र गुणात्मक सल्लाहको लागि मिर्गौला विशेषज्ञसँग सल्लाह गर्नुभएमा अरु ढुक्क हुन सक्नुहुनेछ । विकास ँबन्धन’, हालः भीमसेनगोला, बानेश्वर, काठमाडौं - म १९ वर्षो भएँ । मेरो बोली अलि-अलि भकभके भएकाले कलेजका साथीहरु जिस्क्याउने गर्छन् । कुनै शब्द उच्चारण गर्दा कहिलेकाहीँ पहिलो अक्षर दुइ पटक उच्चारण हुने गर्छ । जति सुधार्ने कोशिश गर्दा पनि सकिएन । यसको कुनै उपचार होला कि ? विकासजी, तपाईंको जन्मजात भकभके बानीप्रति कुनै ग्लानि महसुस नगर्नुस् । जिस्क्याउनेहरुलाई धिक्कार तिनीहरुको मानवजीवन भन्ने मान्नुहोस् । यस्तो बानी सुधार्न मिल्ने वा नमिल्नेबारेमा विज्ञको राय-सल्लाहपछि मात्र यकिन हुन सक्छ । तैपनि वैज्ञानिक हिसाबले प्रयास गरे सुधार्न नसकिने भन्ने हुँदैन, जसमा सुधार्ने र सुध्रिने दुवैको इच्छाशक्ति उच्च हुनुपर्यो । तर्सथ तपाईंले बोली विशेषज्ञ ९क्उभभअज त्जभचबउष्कत० सँग भेटेर आफ्नो समस्या, समाधानको सम्भावना तथा इच्छा व्यक्त गर्नुभएमा स्पष्ट हुनेछ । एउटा कुरामा विश्वस्त हुनुहोस् कि प्रयास गरेमा र सही बाटो पहिचान भएमा समाधान नहुने समस्या कुनै हुँदैन । कमल बुढाथोकी, लैनचौर, काठमाडौं - प्रायजसो बिहान उठ्ने बेलामा देब्रे हातको माझीऔंला झमझमाइरहेको हुन्छ । कहिलेकाहीँ अन्य समयमा पनि खुट्टाको बूढीऔंला झमझमाउने गरेको छ । किन यस्तो हुन्छ र उपचार कसरी गर्न सकिन्छ । कमलजी, तपाईंको देब्रे हातको माझीऔंला झमझमाउने त्यो पनि बिहान उठ्ने बेलामा, त्यस्तै खुट्टाको बूढीऔंलासमेत झमझमाउने भन्नासाथ कुनै रोगको लक्षण भन्न मिलेन । यी दुवै समस्याको अलग-अलग वा संयुक्त सम्भावित कारणको लेखाजोखा गर्दा या त स्नायुको समस्या, या स्नायुको लक्षण देखिने भिटामिनको कमी अथवा रक्तसञ्चारमा हुने कमीको सुरु-सुरुको लक्षण हुन सक्छ । यदि धूमपान गर्ने बानी छ भने त्यो पनि हुन सक्छ रक्तनलीको घातको सुरुको लक्षण । तर्सथ हाललाई भिटामिन र्ँइ’ क्याप्सुल र नसाको भिटामिन न्यूरोबियन वा त्यही खालका अन्य भिटामिन दैनिक एउटा-एउटा लिंंदै गर्नुस् र समय मिलाएर एक जना फिजिसियन देखाउनुभएमा उचित सल्लाह मिल्नेछ । निर्जला, सिमरा, बारा - कपालको चाया सधैँका लागि निर्मूल हुने उपाय बताइदिनुभए आभारी हुने थिएँ । निर्जलाजी, चायाँ निर्मूलभन्दा पनि नियन्त्रण हुने औषधि प्रयोग गर्ने गरिन्छ । जहाँसम्म यसको निर्मूल हुने, नहुने कुरा तथा पद्धतिको बारेमा छालारोग विशेषज्ञ भेटेर गुणात्मक सल्लाह र सहयोग लिन सकिन्छ । हाललाई नियमितरुपमा सेलसुन भन्ने स्याम्पू प्रयोग गरी नियमित सफा पानीले नुहाउने गर्नुस् । साझा का·यिो, रुमाल उपयोग नगर्नुस् । एक पटक छाला विशेषज्ञ भेटेर सहयोग लिनुहोस् । निश्चल बस्नेत, काठमाडौं- म २३ वर्षभएँ । विगत दुइ वर्षेखि कब्जियतको समस्या भएको छ । खानाको पेलाइपछि मात्र साह्रो दिसा हुने, त्यो पनि प्रायः दिन बिराएर हुने गर्छ । शायद यसकै कारणले होला पेट पनि अप्ठ्यारो हुन्छ । आयर्ुर्वेदिक औषधि त्रिफला चर्ूण्ा सेवन गर्दा दिसा पातलो हुन्छ तर यो खान छोडेपछि पुनः पहिलेको जस्तै समस्या हुन्छ । समस्या समाधानका लागि के गर्नु उपयुक्त होला ? निश्चलजी, तपाईं २३ वर्षै उमेरमा औषधि खाएर दिसा गराउने, कब्जियत बढाउँदै जाने अवस्थामा पुग्नुभयो भनेपछि मांसपेशीको शक्ति कम हुँदै गएपछि के हाला - त्यसैले प्राकृतिक उपायहरु नै अपनाउन प्रयासरत रहनुस् । त्यसले नभएमा औषधि नै पनि उपयोग गर्नुपर्ने हुन्छ । तपाईंलाई नयाँ बानी, नयाँ उपायको सुरुआत गर्नु राम्रो हुनेछ । सजिलै पच्नेभन्दा ज्यादा झाम्टा-छोक्राजस्ता चपाउनुपर्ने, फाइबरले पर्ूण्ा खाना खान थाल्नुस् । आलु, चामल, मैदाभन्दा आँटा, च्याँख्लाजस्ता खस्रा खानेकुरा खाने बानी गर्नुस् । त्यस्तै भुटेको मकै, भटमास आदि लिने गर्नुस् । फलफूलहरुमा रेसाहरु नछुट्याएको सुन्तला, बोक्रा नताछेको स्याउ, नासपाती आदि लिन सकिन्छ । छिप्पिएको सिमी, बोडी, परबरजस्ता तरकारी पनि लिन सक्नुहुन्छ । यिनीहरुको साथमा पानी प्रशस्त पिउने गर्नुस् । उठ्नेबित्तिकै वा चिया पिउनेबित्तिकै वा एक गिलास पानी पिउनेबित्तिकै शौचालय जाने आदत बसाउनुस् । धेरै कुरा आफैंले बानी सुधारेर सुरक्षित हुन सकिन्छ । अरु गुणात्मक सल्लाह चाहिएमा पेटरोग विशेषज्ञ भेटेर सल्लाह लिनुभएमा राम्रो हुनेछ । |
|
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd No content available in newsofnepal may be reused in anyway without written permission. |