|
|
|
धेरै केटाकेटीहरु साइबर क्याफेका अनलाइनमा अश्लील दृश्य र यौन संवादमा लिप्त हुने, हेपाइ र भेदभावको सामना गर्ने र परिवारका आन्तरिक जानकारीहरु अरुलाई दिएर असुरक्षाको खतरा बढाउने कार्यमा पनि संलग्न हुने गरेको पाइएको छ । तर यसतर्फबाबुआमाहरुको ध्यान प्रायः पुग्ने गरेको पाइँदैन । बालबालिकाको व्यक्तित्व विकास, शैक्षिक विकास, सुरक्षा र सामाजिक दृष्टिले यो निकै चिन्ताको विषय बनिरहेको छ । इन्टरनेटको चरम दुरुपयोग
काठमाडौं तथा पोखराका साइबर क्याफेहरुमा पसेर हर्ेदा स्कुल पढ्ने उमेरका कुनै न कुनै केटाकेटीहरु एडल्ट साइटमा जाने गरेको पाइएको छ । इन्टरनेटको यस किसिमको दुरुपयोगले नेपाली समाजमा पनि विभिन्न किसिमका समस्याहरु सिर्जना गर्न थालिसकेकाले बाबुआमाहरुले यसतर्फविशेष ध्यान पुर्याउनै पर्ने देखिएको छ । इन्टरनेटले बालबालिकालाई अपर्ूव ज्ञान र अवसरहरु दिन सक्छ र धेरै नेपाली बालबालिकाले वरदानका रुपमा रहेको यो प्रविधिको सदुपयोग गरेर लाभ लिइरहेका छन् भने केही बालबालिकाले यसको दुरुपयोग गरेर प्रविधिलाई नै अभिशाप बनाउँदै छन् । दुरुपयोगका केही घटना काठमाडौंका किशोर-किशोरीका नामबाट अमेरिकाका विभिन्न व्यक्तिको ठेगानामा एकै किसिमको इमेल गयो । त्यसमा लेखिएको थियो- ँहामी १५/१६ वर्षा किशोर-किशोरीको एउटा समूह छ । अंकल/आन्टीहरु नेपाल घुम्न आउँदा गिफ्ट -कपडा, चकलेट) लिएर आउनु, हामी यौनसर्म्पर्कका लागि तयार छौं ।’
एसएलसी जाँच दिएर कम्प्युटर सिक्न गएकी एक किशोरी त्यहाँ पुगेपछि च्याट गर्न सिकेर लतमा फसी । ओपन च्याट रुममा नचिनेको मानिससँग च्याट गर्दागर्दै एउटा अपरिचित केटाले आफ्ना दुःखका कुरा गर्दै सहानभूति लिन थाल्यो । केटाले फोटो पठाएर भेट्न आग्रह गर्यो । साथै उसले म फोटोमा जस्तोचाहिँ राम्रो छैन भनेर भेट्न बोलायो । रिङरोडको एउटा पार्कमा भेट्न जाँदा भनेकै ठाउँमा बूढो मानिस उभिएको थियो । लुकेर केटीले फोन गर्दा बूढो मानिसले फोन उठाएपछि केटी नभेटी टाप कसी । उसले केटीलाई अर्कै कम उमेरको केटाको फोटो पठाएको रहेछ । अर्को एक अधबैंसेले १७ वर्षो केटा बनेर प्लस टु पढ्ने केटीसँग च्याटिङ गर्न थाल्यो । केटीले थाहा पाएपछि सर्म्पर्क गर्न छोडी । अधबैंसेले बदलास्वरुप किशोरीसँग भएका आन्तरिक कुराहरु शिक्षकहरुलाई इमेल/एसएमएसमार्फ पठाइदिँदा किशोरीको पढाइ र पारिवारिक जीवन नै धरापमा पर्यो । र् भर्खर एसएलसी दिएको १५ वर्षो किशोर कम्प्युटर सिक्ने बहानामा २४ वर्षी युवतीसँग नचिनीकन च्याटिङ गर्न थाल्यो । च्याटिङकै क्रममा उनीहरुले एक-अर्कालाई भेटे । त्यसको केही समयपछि नै उनीहरु गर्भपतन गराउन अस्पताल पुगे । काठमाडौंकै एउटा नाम चलेको बोर्डिङ स्कुलका एक कम्प्युटर शिक्षकले १३ वर्षो विद्यार्थीलाई यौनसम्बन्धी साइट उपलब्ध गराए । किशोरले पछि त्यो साइट खोलेर हर्ेदा यौनसम्बन्धी गतिविधि देखेपछि ऊ मानसिक रुपमा विचलित भयो र उसलाई काउन्सिलिङ नै गर्नुपर्ने अवस्था आयो । कम्प्युटर सिक्ने इन्टरनेटमा अध्ययन गर्न साइबर क्याफेहरुमा जाने धेरै केटाकेटीहरु अहिले यस्तै गलत गतिविधिहरुमा पनि लाग्ने गरेको पाइएको छ । चाहेर वा नचाहेर उनीहरु गलत बाटोतिर लाग्दै छन् तर यसतर्फबाबुआमाहरु त्यति सचेत भएको पाइँदैन । इन्टरनेट रमाइलोको लागि !
अनुसन्धानमा सहभागी कुल बालबालिकामध्ये ८२ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेको बताएका थिए । यस्ता बालबालिकामध्ये ११ प्रतिशत बालबालिकाले अनलाइनमा आफूले नचिनेको व्यक्तिसँग यौनजन्य कुराकानी गर्ने गरेको, करिब ३६ प्रतिशतले इन्टरनेटमा जानी-जानी यौनजन्य सामग्री हेरेको र त्यसमध्ये १८ प्रतिशत बालबालिकाले इन्टरनेटमा दिनहुँ यौनजन्य सामग्री हेरेको बताएका छन् । सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार इन्टरनेटको प्रयोगसम्बन्धमा विभिन्न समूहमा छलफल पनि गरिएको थियो । सो छलफलको निष्कर्षनुसार बालबालिकाले इन्टरनेट प्रयोग गर्नुको मुख्य उद्देश्य च्याटिङ र गेमिङ -हिंसात्मक गेमहरु) भएको पाइएको छ । यसरी च्याटिङ गर्नेहरुले नचिनेका मानिससँग खुला च्याट रुममा कुरा गर्छन् । यसरी च्याटिङ गर्दा बढी उमेरका मानिसले उमेर ढाँटेर कुरा गर्ने, छाडा र असभ्य भाषा प्रयोग गर्ने, किशोरीहरुलाई तिमीले ब्रा, पेन्टी लगाएको छ कि छैन, कस्तो लगाएको छ - भनेर सोध्ने, नाम, उमेर, लिंग ठेगाना, फोन नम्बर सोध्ने गरेको बताएका छन् । साथै घरमा को-को छन्, कसले के गर्छन् भनेर सोध्ने गरेका र २६ प्रतिशत बालिका र ७४ प्रतिशत बालकहरुले यस्ता जानकारीहरु च्याटमार्फ आफूले नचिनेको व्यक्तिलाई दिने गरेको बताएका छन् । जुन सुरक्षाका दृष्टिले जोखिमपर्ूण्ा छ । अश्लील र यौन कुराकानीमा लिप्त हुन थालेपछि बालबालिकामा पढाइमा ध्यान नजाने, उमेर नपुगी यौन क्रियाकलापमा लिप्त हुने, बलात्कार तथा यौनशोषणको सिकार हुने, अपहरण, चोरी, डकैतीको सिकार हुनेजस्ता खतराहरु बढ्छन् । केही महिनाअघि मुर्म्बईमा १६ वर्षी एक किशोरीले आफ्नो फेस बुकमार्फ आफू घरमा एक्लै भएको सूचना राखेकी थिइन् । यो सूचना राखेको एक घण्टाभित्रै उनलाई चार जना अपरिचितहरुले बलात्कार गरेका थिए । अनुसन्धानअनुसार इन्टरनेट प्रयोग गर्ने बालबालिकामध्ये ५.४ प्रतिशतले आफ्नो फोटो वेभ क्यामरामार्फ अरुलाई देखाएका छन् । यस्ता सामग्रीहरु केही घण्टामै कैयौं व्यक्तिको हातमा पुगिसकेका हुन्छन् र त्यस्ता सामग्रीलाई आपराधिक मनोवृत्तिका मानिसले दुरुपयोग गर्न सक्छन् । सिविनको अध्ययन अनुसार इन्टरनेट प्रयोग गर्ने स्कुले बालबालिकाहरुले प्रोनोग्राफीहरु मोबाइल फोन वा मेमोरी स्टिकमा डाउनलोड गरी मोबाइलमार्फ साथीहरुलाई पठाउने, एकै ठाउँमा बसेर हर्ेर्ने गरेको पाइएको छ । सरकारी स्कुलभन्दा निजी स्कुलका विद्यार्थीले यस्ता सामग्रीहरु बढी हर्ेर्ने गरेको पाइएको छ । कतिपय अवस्थामा म्युजिक, मुभी डाउनलोड गर्ने क्रममा तथा जंकमेलमा अचानक अश्लील फोटोहरु आउँदा सुरुमा हर्ेन असजिलो लागे पनि पछि रमाइलो हुने भएकाले साथीहरुसँग पनि छलफल गर्ने गरेको उनीहरु बताउँछन् । किशोर-किशोरीहरुले च्याटिङबाट विवाह गरेको सुनेका छन् । त्यसैले राम्रो जीवन साथी पाइने लोभमा पनि कतिपयले अन्जान व्यक्तिसँग च्याटिङ गर्ने गरेको तर झुक्याएर च्याटमा कुरा गर्ने, छाडा भाषाहरु प्रयोग गर्ने गरेको उनीहरुको अनुभव छ । १७ देखि २६ वर्षउमेर समूहका इन्टरनेट प्रयोग गर्ने धेरैजसो युवाहरु प्रोनोग्राफी साइटसम्बन्धमा परिचित छन् । उनीहरु नियमितरुपमा हर्ेर्ने गर्छन् र मेमोरी स्टिकमा डाउनलोड गरी साथीहरुलाई वितरण गर्छन् र मोबाइलबाट पनि पठाउने गर्छन् । दाजुदिदीका मेमोरी स्टिकबाट भाइबहिनीहरुले पनि कहिलेकाहीँ अश्लील सामग्री हर्ेर्ने गरेको पाइएको छ । यस्ता केटाहरु च्याटमार्फ केटीहरुसँग कुरा गर्ने र व्यक्तिगत जानकारी लिएर साथीहरुबीच उडाउने, हेप्ने गर्छन् । बालबालिकाले असुरक्षा बढाउँदै छन
अहिले भारतमा फेस बुकमार्फ जानकारी लिएर अपहरण गर्ने अपराध निकै वृद्धि भएको छ । नेपालमै पनि यस किसिमका घटना फाटफुट सुरु भएका छन् । केही हप्ताअघि युवतीले एसएमएस गरी २० वषर्ीय एक युवकलाई स्वयम्भूमा बोलाएर अपहरण गरी ७० लाख रुपियाँ तिराएर मुक्त गरेको कुरा प्रकाशमा आएको थियो । इन्टरनेटको प्रयोगसम्बन्धमा उनीहरुलाई राम्रो निर्देशन तथा जानकारी नभएका कारण पनि यस किसिमको समस्या भोग्नुपरिरहेको छ । धेरैजसो साइबर क्याफेमा जाँदा उन्मुक्त भएर इन्टरनेटको प्रयोग गर्ने, बाबुआमाले कुनै अनुगमन नगर्ने, निर्देशन पनि नदिने, साइबर सञ्चालकले पनि व्यापारिक हिसाबले सञ्चालन गरेकाले नियन्त्रणको साटो जस्तो माग्छन् त्यस्तै वातावरण बनाइदिने गरेको पाइएको छ । पछिल्लो समयमा बनेका अधिकांश साइबर क्याफे क्याबिन र पर्दा भएका छन् । साप-इन्टरनेसनलले केही महिनाअघि विभिन्न २४ जिल्लाका साइबर क्याफेमा इन्टरनेटको प्रयोगसम्बन्धमा र्सर्वेक्षण गरेको थियो । सो र्सर्वेक्षणमा ३० वटा टेलिसेन्टर र ४३ वटा साइबर क्याफेलगायत लाइब्रेरीहरु समावेस गरिएको थियो । र्सर्वेक्षणसम्बन्धमा उक्त संस्थाका प्राविधिक अधिकृत विभूषण विष्ट भन्नुहुन्छ- ँर्सर्वेक्षणमा टेलिसेन्टरमा प्रोनोग्राफी हेरेको पाइएन तर प्रोनोग्राफी हर्ेनकै लागि साइबर क्याफे धाउनेहरु थुप्रै पाइए । अधिकांश साइबरहरु क्याबिनका रुपमा र पर्दा भएका पाइयो, जुन सामान्य सूचना प्राप्तिका लागि आवश्यक छैन । बाँकेको नेपालगन्जमा त क्याबिनमा लक गरेर नै बस्ने गरेको पाइयो । यस्तोमा इन्टरनेट प्रयोग गर्नेभन्दा डिभिडीबाट प्रोनोग्राफी हर्ेर्ने गरेको र साइबर सञ्चालकले नै उपलब्ध गराउने गरेको पाइयो ।’ उहाँका अनुसार ६/७ कक्षामा पढ्नेहरु घरमा कम्प्युटर भए पनि साइबर क्याफेमा यस्तै प्रयोजनका लागि जाने गरेका छन् । साप इन्टरनेसनलले गरेको अध्ययनअनुसार इन्टरनेट हर्ेर्नेमध्ये २३ प्रतिशतले इमेल गर्ने, २३ प्रतिशतले च्याट गर्ने, १५ प्रतिशतले इन्टरनेट ब्राउज गर्ने -प्रोनोग्राफीसमेत), २ प्रतिशत सोसियल नेर्टवर्कमा जाने ९द्ययिन०, २ प्रतिशतले व्यापारिक प्रयोजनका लागि हर्ेर्ने, १७ प्रतिशतले फोन तथा वेभ क्यामेरा प्रयोग गर्ने र ८ प्रतिशतले अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । अन्य वर्गबाट भन्दा पनि जानी-नजानी विद्यार्थीबाट इन्टरनेटको बढी दुरुपयोग भएको पाइएको छ । विद्यार्थीले छाडा शब्द, छाडा भाषा इन्टरनेटमा च्याटिङ गर्दा सिकिरहेका छन् । यसले उनीहरुको दैनिक बोलिचालीमा छाडापन देखाउने, उत्ताउलो बन्ने प्रवृत्ति बढ्दै गएको छ । स्कुलका छेउछाउमा अहिले हलिउड, बलिउड फिल्मका आडमा यौन चलचित्रका सिडीहरु बेच्ने काम भइरहेको छ । इन्टरनेटमा अश्लील दृश्य हर्ेर्ने बानी परेकाहरुले घरकै कम्प्युटरमा पनि सिडीमार्फ यस्ता यौन चलचित्र हर्ेन थालेका छन् । यस्ता प्रोनोग्राफीले किशोर-किशोरीको उत्तेजना बढाउँछ, असुरक्षितरुपमा प्राक्टिस गर्न पुग्छन् र सामाजिक तथा शैक्षिक जीवन बरबाद हुन पुग्छ । बाबुआमा नै सचेत बननर्ुपर्छ नेपालमा मात्र होइन, इन्टरनेटको दुरुपयोग भई समस्याहरु सिर्जना हुने क्रम विश्वभर नै चलेको छ र यसको नियन्त्रणका लागि अर्बाैं रुपियाँ खर्च गर्न थालिएको छ । युरोपेली संघले इन्टरनेटको सुरक्षित प्रयोगको योजनाका लागि सन् २००९ मा ५ करोड ५० लाख युरो छुट्याएको छ । युरोपेली संघले इन्टरनेटमा हुने अश्लील कार्यलाई रोक्ने कार्यमा प्रहरीलाई सहयोग पुर्याउन विशेष सचेतना प्रणालीको विकास गरेको छ । युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरुमा इन्टरनेटमा यस्ता सामग्री राख्ने कार्यमा अवरोध उत्पन्न गराउन सञ्जाल खडा गरेको छ । यस्तै अमेरिकाले पनि इन्टरनेटको दुरुपयोग नियन्त्रणका लागि कतिपय कार्यक्रम अघि सारिसकेको छ । इन्टरनेटको दूरुपयोगबाट खासगरी बालबालिकाहरु जोखिममा पर्दै गएपछि यसको नियन्त्रणका लागि यस्ता सेवाप्रदायकहरुको विश्व संघ ९क्ष्त्ग्० ले मे १७, २००९ देखि वर्षरि नै विभिन्न कार्यक्रम गर्ने उद्देश्यले ँप्रोटेक्टिङ चिल्डे्रन इन साइबर स्पेस’ भन्ने नारासहित कार्यक्रम अघि सारेको छ । नेपालमा पनि सञ्चार मन्त्रालयको पहलमा कमिटी बनाएर विभिन्न कार्यक्रम गर्ने तयारी हुँदै छ । केही महिनाअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले साइबर क्याबिनहरु भत्काउन निर्देशन दिए पनि यो कार्य सफल हुन भने सकेन । नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले पनि साइबर स्पेसको दुरुपयोग हुन नदिन प्रयास सुरु गरेको बताएको छ । सो कम्पनीको सूचना तथा प्रविधि निर्देशनालयका प्रबन्धक लोचनलाल अमात्य भन्नुहुन्छ- ँइन्टरनेटको अनुत्पादक प्रयोग भएको, मनोरञ्जन तथा अनवान्टेड साइट र केटाकेटीले जान नहुने एडल्ट साइटमा उनीहरु गएको पाइएको छ । त्यसैले इन्टरनेटको सुरक्षित प्रयोगका लागि के गर्न सकिन्छ, कस्तो उपकरण उपयुक्त हुन्छ भनेर कम्पनीले अध्ययन सुुरु गरेको छ । तर कानुन र उपकरणले नियन्त्रण गर्ने भनेको ५० प्रतिशत मात्र हो, बाँकीका लागि बाबुआमा नै सचेत हुनर्ुपर्छ ।’ इन्टरनेट सेवाप्रदायक एसोसिएसनका अध्यक्ष पवन शाक्य पनि उपकरण र कानुनभन्दा बाबुआमा बढी सचेत हुनुपर्ने धारणा राख्नुहुन्छ । उपकरण राखेर घरमा नियन्त्रण गर्न सकिन्छ । खास दुरुपयोग हुने भनेको बाबुआमा नभएका साइबर क्याफेहरुमा हो । त्यस्ता ठाउँमा सुरक्षित प्रयोग गर्न उपभोक्ता नै सचेत हुनर्ुपर्छ, जसका लागि बाबुआमाकै भूमिका महत्त्वपर्ूण्ा हुन्छ । उहाँ भन्नुहुन्छ- ँस्पष्ट नीति र कानुन बनाई साइबरहरुमा पनि राउटर आदि उपकरण राख्ने बाध्यता पारे धेरै नियन्त्रण हुन सक्छ । साइबर क्याफेहरुले पनि सामाजिक दायित्व सम्झेर केटाकेटीहरु कस्तो साइटमा गइरहेका छन् भनेर निरीक्षण गर्न सक्छन् । साइबरहरुले क्याबिन बनाएर राख्नुको कुनै औचित्य पनि छैन ।’ इन्टरनेट सेवा उपभोक्ताहरुको संख्या दैनिकरुपमा वृद्धि भइरहेको छ र सेवा पनि दिनदिनै विस्तार भइरहेको छ । यसको दुरुपयोगबाट हुने समस्या पनि स्वाभाविक रुपमा वृद्धि हुन्छ । इन्टरनेटको प्रयोगलाई रोक्ने र नियन्त्रण गर्ने भन्ने कुरा आउँदैन, किनभने आजका बालबालिकाका लागि सम्पर्ूण्ा सम्भावनाका ढोका यसैले खोल्न सक्छ तर यसको दुरुपयोगले उनीहरुको भविष्य बरबाद हुन सक्ने भएकाले यसको सदुपयोग र सुरक्षित प्रयोगका लागि बाबुआमा, प्रयोगकर्ता र अन्य सम्बन्धित निकायले बेलैमा गम्भीरतापर्ूवक सचेतना अपनाउन जरुरी छ । विश्व तथ्यांक र गोप्य संकेत अिहिले विश्वका करिब १ अर्ब ५० करोड मानिसले इन्टरनेट प्रयोग गर्छन् । एक दशकअघि यो संख्या करिब २० करोड थियो र विकसित देशमा केन्द्रित थियो । हाल एसियाली देशका करिब ६० करोडले इन्टरनेट प्रयोग गर्छन् । इिन्टरनेट प्रयोग गर्ने केटाकेटीमध्ये दैनिक ६० प्रतिशतले च्याट रुममा कुरा गर्छन् । इिन्टरनेट प्रयोग गर्ने ४ जना केटाकेटीमध्ये ३ जनाले अनलाइनमा व्यक्तिगत सूचना आदानप्रदान गर्न रुचाउँछन् र वस्तु तथा सेवाको सट्टामा उनीहरुको व्यक्तिगत र परिवारको सूचना दिन्छन् । इिन्टरनेट प्रयोग गर्ने ५ जना केटाकेटीमध्ये १ जनालाई हत्याराहरुले आफ्नो पञ्जामा पार्न लक्षित गरेका हुन्छन् । चियाट रुममा च्याटिङ गर्ने किशोर-किशोरीहरुमध्ये ३० प्रतिशतले च्याट रुममा यौन दर्ुर्व्यवहार खेपेका छन् । अनलाइन सुविधा कटौती हुने डरले धेरैले यो कुरा भन्दैनन्, ७ प्रतिशतले मात्र यस्तो कुरा अभिभावकलाई भन्ने गरेका छन् । ९२ प्रतिशत बाबुआमाहरु च्याटमा धेरै प्रयोग गरिने गोप्य भाषा बुझ्दैनन् । जस्तो- A/S/L = Age/Sex/Location - उमेर/लि·/ठेगाना) Pos = Parent Over Shoulder-अभिभावक सँगै उभिइरहेको छ) P911 . Parent Alert - अभिभावक र्सतर्क अवस्थामा छन्) किशोर-किशोरीहरुले च्याट गर्दा अर्को व्यक्तिलाई सचेत गराउन यस किसिमको गोप्य संकेत प्रयोग गर्ने गरेको पाइएको छ । अनलाइनका मुख्य जोखिमहरुमा प्रोनोग्राफी हिंसा, अनलाइन गेमको लत, अनलाइन ठगी, साइबर हेपाइ र जातीय भेदभावको खतरा मुख्य हुन् । -स्रोतः आईटीयू वेभ) अनलाइन र्सतर्कताका उपाय इन्टरनेट रमाइलो र ज्ञानवर्द्धक छ र यसको प्रयोगबाट आनन्द लिनर्ुपर्छ तर सुरक्षित तवरले बालबालिकाले इन्टरनेटबाट धेरै राम्रा कामहरु गर्न सक्छन् । उपयोगी सूचना प्राप्त गर्न, नयाँ साथी बनाउन इन्टरनेट अत्यन्तै उपयोगी छ । डिजिटल वर्ल्डले दिएको सुविधा उपयोग गरेर ज्ञान आर्जन गर्नु, आनन्द लिनु बालबालिकाको अधिकार पनि हो तर इन्टरनेटमा पाइने अनेक अप्रिय कुराहरुबाट जोगिन पनि तयार हुनर्ुपर्छ । इन्टरनेट राम्रा मानिसले मात्र नभई नराम्रा, आपराधिक मनोवृत्ति भएका, अश्लील सामग्री मन पराउने, यौनलिप्त, अरुलाई हानि पुर्याउने मानिसहरुले पनि प्रयोग गर्छन् । त्यसैले इन्टरनेट प्रयोग गर्दा केही सीमितताभित्र रहनर्ुपर्छ । वेभ क्यामेराको दुरुपयोग इन्टरनेट तथा वेभ क्यामेराको प्रयोग गरी मानिसहरु कति क्रुर व्यवहार गर्न पुग्छन् भन्ने उदाहरण दिने घटना केही महिनाअघि ललितपुरमा घटेको छ । ललितपुरको एक जना युवककहाँ अमेरिकाबाट अचानक साथीको फोन आयो । उसले फोनमा भन्यो- ँतुरुन्तै मेरो गर्ल प|mेन्डलाई गएर एक पटक भेट, अति जरुरी छ ।’ युवक अर्काको मोटरसाइल मागेर ललितपुरमै रहेकी ती युवतीको घरमा पुग्यो । युवतीकी आमा बैठक कोठमा बसेकी थिइन् । उसले युवतीको बारेमा सोध्दा उसकै कोठामा भएको जानकारी पायो । युवतीको ढोका नखुलेपछि ढोका फोरेर हर्ेदा उनी झुन्डिएर मरिसकेकी थिइन् । वेभ क्यामेरा अन थियो । अमेरिकाको ब्वाइ प|mेन्डसँग कुरा गर्दै वेभ क्यामेराबाट प्रत्यक्ष देखाएर उनले आत्महत्या गरेकी थिइन् । यो इन्टरनेट तथा वेभ क्यामेराको चरम दुरुपयोगको एउटा नमुना मात्र हो । आफ्नो गोपनीयताबारे सचेत हुनुपर्छ अनलाइनमा कुनै कुरा अरुसँग शेयर गर्नुभन्दा पहिले कम्तीमा दुइ पटक सोच्नर्ुपर्छ । अनलाइनमा फोटो, सूचना राखेपछि हटाउन सकिन्न । त्यसैले धेरै विचार गरेर राख्नर्ुपर्छ र कस्तो राख्ने भन्ने पनि सोच्नर्ुपर्छ । अिरुले दिएको सूचनामा तत्काल विश्वास गर्नुहुन्न । अनलाइनमा कैयौं नयाँ मानिस भेट हुन्छ तर उनीहरुलाई वास्तविक जीवनमा भेट्ने बारेमा धेरै सोच्नर्ुपर्छ । अभिभावकलाई जानकारी नदिई र एक्लै नयाँ मानिसलाई भेट्नुहुन्न । इिमेलमा तर्सर्ााे, नराम्रो व्यवहार गर्ने, छाडा तथा धम्कीको भाषा प्रयोग गर्नेजस्ता व्यक्तिको इमेल ब्लक गर्न सकिन्छ । सेक्सको बारेमा कुरा गर्ने, आन्तरिक सूचना माग्नेसँग र्सतर्क हुनर्ुपर्छ र यसबारे अभिभावकलाई पनि जानकारी गराउनुपर्छ । बिालबालिका तथा किशोर-किशोरीले सुरक्षित रुपमा अनलाइनको प्रयोग गर्न पाउनु अधिकार हो र यसको संरक्षण अभिभावक र स्कुलले गरिदिनुपर्छ । त्यसैले घरको कम्प्युटर कमन रुममा राख्नुपर्छ । सकिन्छ भने अनावश्यक साइटहरु ब्लक गर्ने व्यवस्था गर्नुपर्छ । केटाकेटीले प्रयोग गर्ने साइटका बारेमा बाबुआमा जानकार हुनर्ुपर्छ । के गर्ने, के नगर्ने भन्ने बारेमा बालबालिकालाई बराबर निर्देशन दिनर्ुपर्छ । साइबरमा जाँदा पनि उनीहरु के गर्दै छन् भन्ने बारेमा अनुगमन गर्नुपर्छ । स्िकुलहरुले पनि आफ्ना विद्यार्थीलाई इन्टरनेटको खतरा तथा नराम्रा पक्षबारे जानकारी दिनर्ुपर्छ । इन्टरनेटमा पूरा नाम प्रयोग नगर्न, उमेरअनुसारका साइट प्रयोग गर्न विद्यार्थीलाई सचेत गराउनर्ुपर्छ । विद्यार्थीले मेमोरी स्टिकमा डाउनलोड गरेर बोकेका सामग्री आवश्यक हुन् कि होइनन् भन्नेबारे अभिभावक र शिक्षकले निरीक्षण पनि गर्नुपर्छ ।
|
||
|
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |