|
|
|
राशिफल साउन १५-भदौ १४ - ज्यो. रामानन्द शर्मा मेष साउनसम्म गोचर प्रतिकूल अवस्थामा बित्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले अन्य क्षेत्रमा समेत प्रतिकूल असर पर्नेछ । निर्रथक घुमफिरमा धन र समयको नोक्सानी हुने, प्रोपर्टर्ीीबन्धी समस्याले दुःख दिनेछ । व्यवहार कुशलतामा ह्रास आउने, नजदिकी सम्बन्धमा दरार उत्पन्न हुनेछ । भदौ लागेपछि समय सप्रिनेछ । व्यापारर्ीवर्गलाई अपेक्षित सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक एवम् राजनीतिक सक्रियता बढ्ने, बेरोजगारहरुलाई रोजगार प्राप्तिको अवसर मिल्ने, प्रतिस्पर्धामा सफलता मिल्नेछ । वृष साउनपर्यन्त गोचर लाभप्रद छ । रोग-व्याधिबाट मुक्ति मिल्नाले जीवनदायिनी शक्तिको विकास हुने, विचाराधीन कार्यको टुंगो लाग्ने, विरोधीहरुको सातोपुत्लो उड्ने, कसै-कसैलाई पदप्राप्तिको योग छ । व्यवहार कुशलताबाट काम बन्ने, लेनदेनसम्बन्धी कारोबार सफल हुने, मित्रवर्गबाट सम्मान मिल्ने, उच्च विचार पलाउनेछ । भदौ लागेपछि संर्घष्ामा बित्ने देखिन्छ । शारीरिक एवम् मानसिक व्यथा बढ्ने, दुःख दिनेहरुको संख्या नबढ्ला भन्न सकिन्न । अस्वस्थ प्रतिस्पर्धा बढ्ने, कार्य-व्यवसायमा व्यवधान आउने, घरेलु समस्या बढ्नेछ । मिथुन साउनपर्यन्त समय आरोह-अवरोहमा बित्नेछ । घरेलु सुख-सुविधाबाट वञ्चित हुनुपर्ला । कार्यक्षमतामा ह्रास आउने, उदरजन्य विकार बढ्ने, मान-सम्मानमा क्षति पुग्ने, वैदेशिक रोजगारको सिलसिलामा ठगिनुपर्ला । नजदिकी व्यक्तिहरुसँग मनमुटाव उत्पन्न हुनेछ । भदौ लागेपछि समयमा सुधार आउनेछ । रोगबाट मुक्ति मिल्ने, विरोधीमाथि विजयश्री मिल्ने, सामाजिक-राजनीतिक प्रतिष्ठा मिल्ने, विचाराधीन कार्यको टुंगो लाग्ने, वैचारिक परिपक्वता बढ्ने, रोजगारसम्बन्धी समस्याको टुंगो लाग्नेछ ।र् कर्कट साउनसम्म ग्रह-गोचर शुभ भएकोले हरेक क्षेत्रमा सफलता मिल्ने, व्यापार-व्यवसायबाट पर्याप्त आम्दानी हुने, आरोग्य लाभ मिल्नाले जैविक ऊर्जा बढ्ने, रियलस्टेट, ठेक्कापट्टा आदि व्यवसायबाट पर्याप्त आम्दानी हुने, विपरीत लिंगीसँग घनिष्टता बढ्ने, साहस-पुरुषार्थ बढ्ने, अचल सम्पत्ति वृद्धि हुनेछ । भदौ लागेपछि प्रतिकूल परिस्थितिसँग जुझ्नुपर्ला । खराब व्यक्तिहरुसँगको संगतले घाटा हुने, परिचित जनबाट धोका नमिल्ला भन्न सकिन्न, सुख-सुविधाबाट वञ्चित हुनुपर्ला । सिंह महिना शुभ छ । प्रभावशाली व्यक्तित्वको विकास हुने, राजनीतिककर्मीहरुलाई वाञ्छित सफलता मिल्ने, रोजगार-व्यवसायमा वाञ्छित उपलब्धि हासिल हुने, आरोग्य लाभ मिल्नाले शारीरिक-मानसिक क्षमता बढ्नेछ । आर्थिक क्षेत्रमा विशेष सुधार हुने, कतिपय व्यक्तिहरुलाई अचल सम्पत्ति वृद्धि हुने योग छ । हितैषी जनबाट सहयोग पाइने, रोजगार प्राप्ति तथा विदेश यात्राको लागि गरेको प्रयास र्सार्थक हुनेछ । स्वतन्त्र व्यवसायमा विशेष उन्नति हुने, मान-प्रतिष्ठा बढ्नेछ । कन्या साउनसम्म गोचर शुभ फलदायक छ । विरोधीहरु परास्त हुनेछन् । साहस-पुरुषार्थ बढ्ने, रोग-व्याधिबाट मुक्ति मिल्ने, कामकाजप्रति लगनशीलता बढ्ने, सिजर्नशील कार्यमा सफलता मिल्नेछ । यस्तै मान-मर्यादा बढ्ने, बन्धुबान्धबबाट लाभ मिल्ने, प्रतिष्ठित जनबाट सहयोग मिल्ने, कसै-कसैलाई पदप्राप्तिको योग छ । राजकाज, न्याय, सम्पादन आदि क्षेत्रमा सफलता पाइनेछ । भदौ लागेपछि प्रतिकूल परिस्थितिसँग जुझ्नुपर्ला । विशेष मौकामा धोका मिल्ने, नैराश्यता पलाउने, यात्रामा अवरोध नआउला भन्न सकिन्न । तुला महिना सप्रिएको छ । स्वास्थ्य लाभ मिल्नाले जीवनको वास्तविक आनन्द मिल्नेछ । हरेक खाले व्यापार-व्यवसायबाट पर्याप्त आम्दानी हुने योग छ । एकमुष्ट रकम संकलन हुने, मित्रजनबाट सुख-सहयोग पाइने, सज्जनवर्गबाट लाभ मिल्ने, पदोन्नतिको अवसर मिल्न सक्छ । विपरीत लिंगीसँग घनिष्टता बढ्ने, वैचारिक परिपक्वता बढ्ने, सांसारिक सुख-समृद्धि बढ्ने, लेनदेनसम्बन्धी कारोबार सफल हुने, प्रभावशाली व्यक्तित्वको विकास हुने, साहस-पराक्रम बढ्ने, लामो दूरीको यात्रा हुनेछ । वृश्चिक साउनसम्म गोचर अशुभ भएकोले किर्ंकर्तव्यविमूढको स्थिति नआउला भन्न सकिन्न । झुटो आरोप लाग्नाले सम्मानमा चोट पुग्न सक्छ । कार्य-व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने, नकारात्मक सोचले गर्दा आफ्नै घाटा हुने, इन्फेरियरिटी कम्प्लेक्स बढ्ने, साहस-उत्साहमा कमी आउनेछ । भदौ लागेपछि समयमा सुधार आउनेछ । विद्याध्ययनमा प्रगति हुने, स्वतन्त्र व्यवसायबाट पर्याप्त आम्दानी हुने, स्वास्थ्यले साथ दिने, विशेष कार्य सम्पन्न हुनेछ । सेवाक्षेत्रमा पदोन्नति हुने, मान, गौरव तथा प्रताप बढ्नेछ । व्यापार-व्यवसायबाट पर्याप्त आम्दानी हुनेछ । धनु साउनसम्म समय-परिस्थिति अनुकूल छ । स्वास्थ्यले साथ दिनेछ । महत्त्वाकांक्षा पलाउने, स्वतन्त्र व्यवसायबाट आशातीत धनलाभ मिल्ने, विरोधीमाथि विजयश्री मिल्ने, कसै-कसैलाई वाहन लाभ मिल्ने, भौतिक सुख-समृद्धि बढ्ने, रोजगार प्राप्तिका लागि गरेको प्रयास र्सार्थक हुनेछ । सुन, चाँदी आदि धातुसम्बन्धी व्यवसायबाट पर्याप्त आम्दानी हुने, मनोबल बढ्नेछ । भदौ लागेपछि समय आरोह-अवरोहमा बित्नेछ । नैराश्यता पलाउने, आयको तुलनामा खर्च धेरै हुने, उदर विकार बढ्ने, सम्मानमा चोट पुग्न सक्छ । मकर साउनसम्म अशुभ गोचरको प्रभावले गर्दा समय आरोह-अवरोहमा बित्नेछ । कार्यक्षमतामा ह्रास आउने, रोग-व्याधिको प्रकोप बढ्ने, सन्तान पक्षबाट कष्ट मिल्ने, खराब संगतबाट घाटा हुने, शत्रुबाट पीडा नमिल्ला भन्न सकिन्न । आयको दाँजोमा खर्च धर्ेरै हुनाले आर्थिक पक्ष निकै कमजोर हुनेछ । भदौ लागेपछि समयमा सुधार आउनेछ । कृषि, पशुपालन, खाद्यान्न आदि व्यवसायबाट पर्याप्त आम्दानी हुनेछ । प्रभावशाली व्यक्तित्वको विकास हुने, दर्ीघकालीन कार्यक्रम बन्नेछ । कुम्भ साउनसम्म गोचर शुभ छ । महत्त्वपर्ूण्ा कार्य सम्पन्न गर्न पाउँदा मन आनन्दित हुने, खाद्यान्न कारोबारबाट पर्याप्त आम्दानी हुने, रोग-व्याधिबाट उन्मुक्ति मिल्ने, कार्यक्षमताको विकास हुने, लाभदायी योजनामा लगानी हुने, विद्याध्ययनमा प्रगति हुने, सेवाक्षेत्रमा सफलता मिल्ने, लामो दूरीको यात्रामा लाभ मिल्ने, उद्यमशीलता बढ्नेछ । भदौ लागेपछि गोचर कष्टप्रद छ । अस्वस्थ प्रतिस्पर्धा बढ्ने, वैवाहिक जीवनमा असमझदारी बढ्ने, सरुवा रोगबाट पीडित भइएला । प्रयासअनुसार सफलता नमिल्दा दिक्क लाग्नेछ । मीन महिना सप्रिएको छ । व्यापार-व्यवसायबाट सोचेअनुसारको लाभ मिल्नेछ । आकस्मिक यात्रामा लाभ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । साहस-पराक्रम बढ्नेछ । जीवनदायिनी शक्तिको विकास हुनेछ । घरेलु समस्याको समाधान हुनेछ । बेरोजगारहरुलाई रोजगार प्राप्तिको अवसर मिल्नेछ । तार्किक क्षमताको विकास हुनेछ । सोचेको काम बन्ने, व्यापारिक लगानी लाभांशमा परिणत हुनेछ । राजकाज, न्याय, सम्पादन आदि क्षेत्रमा सफलता मिल्नेछ । प्रभावशाली व्यक्तित्वको विकास हुनेछ । |
|
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd No content available in newsofnepal may be reused in anyway without written permission. |