यस अंकमा

सौर्न्दर्य के हो ?

किन राम्री देखिन्छिन् उषा पौडेल ?
महिलाहरुमा बढी देखिने छालाको एलर्जी
तयारी खाना र बालबालिकाको स्वास्थ्य
के हो त यो ग्यास्टि्रक रोग ?
छालाको सौर्न्दर्य
च्याउ- कस्तो खाने, कस्तो नखाने ?
गर्मी मौसममा तैलीय छालाको स्याहार
सावधानःकेटाकेटीले इन्टरनेट दुरुपयोग गर्दै छन
महिलामा मधुमेहको बढी सम्भावना र अपनाउनुपर्ने र्सतर्कता

मस्तिष्कघातबाट बच्न जीवनशैली परिवर्तन

स्वाइनफ् लुः डराउने होइन, र्सतर्क हुने
  तपाईंको घरमा हाम्रा डाक्टर
 महिला यौनसुख
   हेल्थ न्युज
   राशीफल

 

 

 

 

 

च्याउ- कस्तो खाने, कस्तो नखाने ?

 िशव देवकोटा devkotashiva@yahoo.com

धान रोप्ने चटारोमा जुट्दै गरेको पाँचथर जिल्ला लुम्फाबुङ गाविसको लावतीे परिवार यतिखेर ठूलो शोकमा डुबेको छ । गत असार ११ गते नजिकैको ज·लबाट टिपेर ल्याएको च्याउ अज्ञानतावश खान हुने सम्dmेर खाएपछि परिवारका सदस्यहरुमध्ये चार जनाको मृत्यु भयो । साथै साढे तीन वषर्ीय बालक र २६ वषर्ीय खडक सुन्दर बीपी अस्पताल धरानमा यो लेख तयार गर्दासम्म उपचार गराइरहेका छन् ।

 पाँचथरको लावतीे परिवार मात्र नभई धनकुटा तेलिया गाविसका तामाङ परिवारको अवस्था पनि उस्तै छ । विषालु च्याउ खाएपछि एकै परिवारका ६५ वषर्ीय फूलमाया तामाङ र ४५ वषर्ीय अमृतमाया तामाङले गत असार २४ गते ज्यान गुमाए भने अमृतमायाका अबोध ११ वषर्ीया छोरी र १० वषर्ीय छोरा बिरामी परेका छन् ।

नेपालमा मात्र नभई विश्व इतिहासमा  पोप रिक्लिमेन्ट सातौं, फ्रान्सका राजा चार्ल्स छैटौं र रोमन सम्राट क्लाउडिस सेसरको मृत्यु विषाक्त च्याउको सेवनबाट भएको हो भन्ने भनाइ छ । छिमेकी राष्ट्र चीनको दक्षिण-पश्चिम युनान प्रान्तमा केही वर्षहिले विषालु च्याउ खाएर ४८ जनाको मृत्यु भएको थियो ।

नेपालको सर्न्दर्भमा जंगली च्याउको सेवनबाट पुगेका ठूला क्षतिहरुको आधिकारिक विवरण पाइँदैन । जंगली च्याउको बढी प्रयोग दर्ुगम बस्तीहरुमा हुने हुँदा बिरामी र मृत्युका सबै खबरहरु प्राप्त नभएका हुन सक्छन् । यी घटनाहरु प्रतिनिधि घटनाहरु मात्र हुन् र वषर्ात्का समयमा नेपालमा प्रत्येक वर्षऔसत ४० देखि ५० जनासम्मको ज्यान गएको अनुमान गर्न सकिन्छ ।

नेपाली समाजमा च्याउको उपभोग गर्ने मुख्य रैथाने जातिहरुमा तामाङ, नेवार, शर्ेपा, भोटे, गुरुङ, र्राई, लिम्बू, थकाली, दनुवार, चेपाङ, थारु आदि हुन् । नेपालमा पाइने १ हजारभन्दा बढी जंगली च्याउका प्रजातिहरुमध्ये लगभग २ सय २८ प्रजाति मात्र खानयोग्य मानिन्छन् । खानयोग्य र विषालु च्याउ छुट्याउने तरिका आफैंमा जटिल छ । यस्तै च्याउ खान हुन्छ भनेर किटानीका साथ भन्न नसकिने वर्तमान अवस्थामा परम्परागत ज्ञान र त्यससँग जोडिएका मौलिक धारणाहरु नै पहिचानका आधारहरु हुन् ।

यस पंक्तिकारले नेपालका २० भन्दा बढी जिल्लाहरुमा विगत ५ वर्षेखि गरेको अनुसन्धानको अनुभवको आधारमा भन्ने हो भने धेरैजसो च्याउ मन पराउने र वषर्ात्को समयमा जंगली च्याउको संकलन गर्ने संकलनकर्ताहरुमा खानयोग्य च्याउ चिन्ने  आफ्नै अनुभवहरु छन्, जुन ठाउँ विषेशले र समुदायअनुसार फरक-फरक छन् । चितवनका चेपाङ जाति हुन् वा मुस्ताङका थकाली जाति, सबैका आफ्ना छुट्टाछुट्टै मौलिक धारणा र तरिकाहरु छन् ।

च्याउ चिन्ने तरिका

नेपालको सर्न्दर्भमा हर्ेर्ने हो भने गाईवस्तुले घाँस खान हुने रुखमा उम्रेको र मीठो बास्नादारयुक्त च्याउ खानको लागि उपयुक्त मानिन्छ । त्यस्तै च्याउको छाताको पातलो पत्र सजिलै उक्किने, साथै डाँठमा औंठी वा काँजोजस्तो भएको र डाँठ सजिलै चुँडाउन सकिने च्याउ पनि खानको लागि संकलन गर्ने गरिन्छ ।

कतिपय अवस्थामा कमिला, झिँगा, मुसा, लोखर्के, बिरालोजस्ता जनावर च्याउमाथि बस्ने र तिनीहरुले पनि त्यो च्याउ खाने गरेको पाइएमा त्यस्तो च्याउ पनि खानको लागि योग्य मानिन्छ ।  यसैगरी तामाङ समुदायहरु कतिपय च्याउ टिपेर दुइ-तीन दिनसम्म घाममा सुकाएमा खान हुन्छ भन्ने विश्वास राख्छन् ।

विषालु च्याउ चिन्ने आधार यही न्ौ हो भन्न जटिल छ तर पनि नमीठो गन्ध र तीतो स्वाद भएको, प्रायजसो माटो र गोबरमा उम्रेको र ज्यादै रातो, सेतो, पहेँलो, कालो रंगको च्याउ खानको लागि राम्रो मानिंदैन ।  चिप्लो छाता र डाँठमा काँडा, गिर्खा र कत्ला भएमा, लामो डाँठ अनि डाँठको फेदमा डल्ल्ाो वा थैलोजस्तो भएमा, च्याउलाई दूध वा अण्डामा राख्दा केही समयपछि दूध, अण्डा फाटेमा

-जमेमा) च्याउ विषालु हुन सक्ने सम्भावना धेरै हुन्छ । च्याउ पकाउँदा चाँदीको चम्चा, प्याज र अदुवाको रंग परिवर्तन हुन्छ कि हुँदैन भनी जाँचेर हर्ेर्ने, यदि रंग परिवर्तन भयो भने त्यस्तो च्याउ विषालु हुन्छ भन्ने विश्वास नेपाली समाजलगायत युरोपेली समाजमा पनि रहेको पाइन्छ ।

माथि उल्लिखित धारणाहरुजस्तै अन्य धेरै धारणाहरु नेपालभरि छरिएर रहेका हुन सक्छन् । यिनलाई मात्र आधार मानेर च्याउको सेवन गर्नु बुद्विमानी हँुदैन । समाजमा जे-जस्ता धारणाहरु भेटिए पनि यसका कुनै वैज्ञानिक आधारहरु हालसम्म भेटिएका छैनन् । यसकारण यस्तो भनाइ छ भनेर यसको पछि लाग्नु भनेको दर्ुघटनालाई निम्त्याउनु हो । देख्दा उस्तै-उस्तै देखिए पनि एउटा च्याउ खानयोग्य र अर्को विषालु हुन सक्छ । जैविक तथा अजैविक धेरै कारक तत्त्वहरुका कारणले एक ठाँउमा खानयोग्य च्याउ अर्को ठाँउमा विषाक्त पनि हुन सक्छ । जस्तै- तिल च्याउ नेपालमा खानयोग्य छ भने यही प्रजातिलाई जापान र युरोपियन मुलकहरुमा विषालुरुपमा पनि हेरिन्छ ।

विषालु च्याउका असरहरु

विषालु च्याउको उपभोगपछि देखा पर्ने लक्षणहरु असमान र फरक प्रकृतिका हुन्छन् । च्याउ सेवन गर्ने मानिसको उमेर, च्याउको प्रजाति, सेवन गरेको मात्रा आदिको आधारमा लक्षणहरु देखा पर्दछन् । कुनै-कुनै च्याउ खाएलगत्तै असर देखा पर्न सुरु हुन्छ भने कुनै प्रजाति खाएको तीन-चार दिनपछि मात्र असर देखा पर्छ ।

प्युठानको पकला गाविसका देवेन्द्रराज रावलको परिवारमा जंगली च्याउ खाएको तीन दिनपछि मात्र लक्षण देखा परेको थियो भने एक हप्तापछि परिवारका चार जनाको मृत्यु भएको थियो । सेवनपश्चात् देखा पर्ने साधारण लक्षणहरुमा पेट कराउन सुरु हुने, बान्ता हुने, र्‍याल चुहाउने, कमजोरी महसुस हुने, पखाला लाग्ने, दिसामा रगत देखा पर्ने, मांसपेशी बाउँडिने, मानसिक सन्तुलन गुमाउने, शरीर काँप्न सुरु हुने, लामो न्रि्रामा पर्ने र मुख एवम् ज्रि्रोमा एलर्जी हुने मुख्य हुन् ।

जोखिम कम गर्ने उपाय

च्याउका पारखीहरु वर्षो एक पटक त च्याउ खानर्ुपर्छ भन्ने धारणा राख्छन् । घरमै परालमा उमार्न सकिने च्याउभन्दा प्राकृतिक रुपमा ज·लमा पाइने च्याउ स्वादिलो मानिन्छ । विषालु च्याउ हुन सक्ने सम्भावनालाई केलाउन सक्यो भने ज·ली च्याउबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ । यसका लागि सडेका, कीराले खाएर बाँकी रहेका, धेरै कलिलो अनि फक्रिसकेका च्याउ खानुहुँदैन ।

यस्तै दुइ वा सोभन्दा बढी प्रजातिको च्याउ एकै पटक खानुहँुदैन । खान हुने च्याउ नै पनि यदि कसैले पहिलो पटक खान लागेको हो भने धेरै मात्रामा खानुहुँदैन । खान हुने च्याउको आसपासमा अन्य कुनै विषालु च्याउ उम्रेको हुन सक्छ, जसले गर्दा विभिन्न माध्यमद्वारा विषाक्त कणहरु खान हुने च्याउसम्म पुग्न सक्छन् । यसकारण कुनै पनि ज·ली च्याउ खानुपर्ूव लगभग १० मिनेट नुन-पानीमा बफाउनुपर्छ । प्लास्टिकको झोला, टिनको बाकसजस्ता गुम्सने भाँडामा कहिल्यै पनि च्याउ संकलन गर्नुहुदैन । 

च्याउ पकाउँदा दुइ-चार थोपा अमिलो, आँखे टिमुरको धूलो राख्नुपर्छ । विषालु च्याउ खाएको शंका लागेमा प्रशस्त मात्रामा मनतातो नुन-पानी पिउनर्ुपर्छ । अमिलो, सातु, आँखे टिमुर र लसुन मिर्साई पिँधेर खानर्ुपर्छ र जति सक्दो छिटो स्वास्थ्य केन्द्र जानर्ुपर्छ ।

अठारौं शताब्दीबाट सुरु भएको नेपाली च्याउको अध्ययन-अनुसन्धान हालका दिनसम्म आइपुग्दा पनि प्रायः सुस्त  छ । सीमित विज्ञहरु मात्र यस क्षेत्रमा संलग्न रहेको वर्तमान पर्रि्रेक्षमा जिम्मेवार सम्बन्धित निकायहरुले यस्ता प्रकारका जैविक विविधताको अध्ययन र अनुसन्धान गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । यसले गर्दा च्याउको कारणले हुने मृत्युदरमा कमी आउन सक्छ । साथै उपभोग र सर्ंवर्द्घनसम्बन्धमा जनचेतना जगाउन र महत्त्वपर्ूण्ा रैथाने प्रजातिहरुको जगर्ेना गर्न पनि सकिन्छ ।

(लेखक च्याउ अनुसन्धानकर्ता हुनुहुन्छ ।)

 

 

 
 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd
No content available in newsofnepal may be reused in anyway without written permission.