|
|
|
नेपालको पर्रि्रेक्षमा डा. एमडी भट्टर्राई र डा. डीएल सिंहले गरेको अध्ययनअनुसार ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा मधुमेहको प्रतिशत अपेक्षाकृत बढी देखिएको छ । ग्रामीण क्षेत्रमा महिला मधुमेहीको संख्या पुरुषको भन्दा धेरै कम भएको तर सहरी क्षेत्रमा रोगीको संख्या बढी हुनुको साथै महिला र पुरुष दुवै यसबाट समानरुपमा पीडित भएको कुरा उल्लेख गरिएको छ । मधुमेहको प्रमुख कारकको रुपमा रहेको शरीरको उच्च तौल, मोटोपनबाहेक प्रजनन उमेरका महिलाहरु -२० देखि ३९ वर्षम्म) यसबाट बढी ग्रसित देखिन्छन् । यसबाहेक गर्भवती अवस्थामा महिलामा देखिने एक प्रकारको ग्यास्टेसनल मधुमेह (Gestational Diabetes) ले पनि पछि उनीहरुमा मधुमेह देखिने प्रबल सम्भावना हुन्छ ।
वंशाणु, उच्च तौल, वर्ग, शारीरिक क्रियाकलाप आदि मधुमेहका कारण भए तापनि ग्यास्टेसनल मधुमेह (Gestational ) र (Poly Cystic ovarian Syndrome (PCOS)जस्ता स्वास्थ्यसमस्याले गर्दा महिलाहरु पछि गएर टाइप २ मधुमेहबाट पीडित हुन सक्छन् । गर्भवती अवस्थामा ग्यास्टेसनल मधुमेह भएका महिलाहरु ५ देखि १० वर्षा करिब २० प्रतिशतदेखि ५० प्रतिशतमा टाइप २ मधुमेह हुन सक्ने कुरा अध्ययनले देखाएको छ । हरेक मधुमेहका बिरामीमा सबै प्रकारका लक्षणहरु नदेखिन पनि सक्छ तर मधुमेहमा देखिने लक्षण महिला र पुरुषमा प्रायः समान हुन्छ । खासगरी महिलामा मधुमेहीमा मुटुसम्बन्धी समस्या तथा हृदयघातको प्रबल सम्भावना हुने तर पुरुषको दाँजोमा महिलामा त्यति जटिल लक्षण नदेखिने हुनाले यस्तो स्थितिमा उनले बढी र्सतर्कता अपनाउनुपर्ने हुन्छ । यसैगरी गर्भवती र सुत्केरी अवस्थामा बढेको शरीरको तौल घटाउन नसक्नु पनि मधुमेहको कारण हुने भएकोले यस स्थितिमा पनि र्सतर्कता अपनाउनुपर्ने हुन्छ । पोषिलो, गुणात्मक, सन्तुलित खाना नै लामो समयसम्म रगतमा चिनीको परिमाण नियन्त्रण गर्ने प्रमुख माध्यम भएकोले दैनिक खाने खानालाई व्यवस्थित गर्नुपर्छ । विशेषतः दैनिक प्राप्त गर्ने क्यालोरीको परिमाण र क्यालोरीको स्रोतलाई प्राथमिकता दिनर्ुपर्छ । सम्बन्धित डाक्टर वा डाइटिसियनको सल्लाहअनुरुप दैनिक भोजनको व्यवस्था गर्नुको साथै शारीरिक क्रियाकलाप, व्यायामको पनि जरुरत पर्छ । साधारणतया महिलामा देखिने मधुमेह पनि शरीरको उच्च तौल भएकोले दैनिक खाने कुल क्यालोरीको परिमाण र क्यालोरी दिने चिल्लो पदार्थको परिमाण सन्तुलित हुनर्ुपर्छ । कुल क्यालोरीको परिमाणमा झन्डै ३० प्रतिशत मात्र क्यालोरी चिल्लोबाट प्राप्त हुनर्ुपर्छ भने त्यसमध्ये पनि १० प्रतिशत मात्र तृप्त फ्याटी एसिड ९क्बतगचबतभम ाबततथ बअष्म० बाट उपलब्ध हुनर्ुपर्छ ।
कुल क्यालोरी र सोहीअनुरुप चिल्लो पदार्थबाट प्राप्त क्यालोरीको परिमाण कुल क्यालोरी चिल्लो पदार्थ तृप्त फ्याटी एसिड १५०० ५० ग्रा. १५ ग्रा. १८०० ६० ’’ १८ ’’ २००० ६५ ’’ २० ’’ २५०० ८० ’’ २५ ’’ खाना तथा अन्य कुरामा र्सतर्कता दैनिक खानाको व्यवस्था गर्दा ५ खाद्यसमूहबाट सन्तुलित अनुपातमा भोजनको छनोट गर्नुपर्छ । किर्बोहाइड्रेटयुक्त खाद्यपदार्थको छनोट गर्दा मनोस्याकराइड कार्बोहाइड्रेट -चिनी, सुक्रोज) भन्दा पोलिस्याकराइडयुक्त -स्र्टार्च, फाइबर) खाद्यपदार्थलाई प्राथमिकता दिनर्ुपर्छ । पुरुषको दाँजोमा महिलालाई फाइबरको परिमाण कम मात्र आवश्यक परे तापनि उनीहरुको दैनिक भोजनमा पनि प्रशस्त फाइबरयुक्त खाद्यपदार्थ जस्तै- गेडागुडी, हरियो सागसब्जी, पूरै अन्न समावेश गर्नुपर्छ । मिधुमेहका बिरामीको शरीरमा पानीको मात्रा कम भई रगतमा ग्लुकोजको मात्रा बढ्न सक्ने हुनाले प्रतिदिन कम्तीमा पनि ८ गिलास पानी पिउनु आवश्यक हुन्छ । पुरुषको दाँजोमा महिलाहरु पीरो, अमिलो, नुनिलो बढी खान रुचाउने हुनाले उच्च रक्तचापको बढी सम्भावनाको कारण भोजनमा नुन तथा सोडियमयुक्त खाद्यपदार्थको समावेशलाई कम गर्नुपर्छ । िवशेषगरी गर्भवती र सुत्केरी अवस्थापछि बढी तौलको कारण महिलाहरुमा मधुमेह देखिने हुनाले शरीरको तौल ठीक राख्नमा विशेष ध्यान दिनुपर्छ । यस अवस्थामा तोकिएअनुरुपको मात्र थप क्यालोरी दिंदा बेस हुन्छ । एक साधारण स्वस्थ गर्भवती महिलालाई प्रतिदिन थप ३०० क्यालोरी र सुत्केरी महिलाको लागि थप ५०० क्यालोरी आवश्यक पर्ने हुन्छ । खानामा हप्ताको ३ पटकसम्म माछाका परिकार समावेश गर्न सकेमा मधुमेही महिलामा मुटुसम्बन्धी समस्यालाई कम गर्न सकिन्छ । िचल्लोरहित दही भोजनमा समावेश गर्दा बेस हुन्छ । किनकि यस अवस्थामा योनिमा संक्रमण हुने सम्भावना भएकाले दही सेवनबाट यो समस्या कम हुन सक्छ । कोलेस्टेरोलको परिमाण पनि नियन्त्रण गर्नुपर्ने भएकोले भोजनमा फाइबरयुक्त खाद्यपदार्थको समावेश गर्नुको साथै मनो अनस्याचुरेट (Mona unsaturated) र पोलि-अनस्याच्युरेट (Poly unsaturated) फ्याटी एसिड जस्तैः वनस्पति तेल- ओलिभ तेल, साफोला तेल, सन फ्लावर तेल, माछा आदि भोजनमा समावेश गर्नुपर्छ । सिमय-समयमा ठीक परिमाणमा भोजन गर्नुपर्छ । सकेसम्म हरेक पटकको भोजन ठीक समयमा, उचित परिमाणमा खानर्ुपर्छ । िचन्ता तथा मानसिक तनावबाट मुक्त हुनुको साथै आवश्यक मात्रामा सुत्नुपर्छ । सिकेसम्म सम्बन्धित विशेषज्ञले सिफारिस गरेअनुरुपको शारीरिक व्यायाम वा क्रियाकलाप गर्नुपर्छ । गिर्भवती हुने योजना छ भने डाक्टरको सल्लाहअनुसार मधुमेह पूरै नियन्त्रण गरेर मात्र गर्भवती हुँदा बेस हुन्छ । किनकि गर्भमा रहेको शिशुको स्वास्थ्यको लागि प्ूवर्सतर्कता अपनाउनुपर्छ । मिधुमेहको कारणबाट नसासम्बन्धी रोग तथा रगतमा ट्राइग्लिसिराइडको मात्रा बढी छ भने मद्यपान गर्नुहुँदैन । साधारण अवस्थामा ६० मि.लि.सम्म लिन सकिन्छ तर खाली पेटमा कहिल्यै लिनुहुँदैन । िनयमित र लामो समयसम्म शिशुलाई स्तनपान गराउँदा टाइप २ मधुमेहको सम्भावना कम हुन्छ । पुरुषमा भन्दा महिला मधुमेहीमा बढी देखिन सक्ने समस्या - मुटुसम्बन्धी रोगः पुरुषभन्दा महिलाहरु मुटुसम्बन्धी रोगबाट चाँडै मर्ने गर्छन् । - किटोएसिडोसिसः मधुमेहमा किटो-एसिडोसिसको समस्या छ भने पुरुषभन्दा ५० प्रतिशत बढी डायबिटिक कोमा (Diabetic Coma )महिलामा हुन सक्छ । मधुमेह नियन्त्रण गर्न नसकेमा हाइपर-ग्लाइसिमिया (Hyperglycmia ) हुनुको साथै किटोनसजस्ता खराब पदार्थ जम्मा भएर किटोएसिडोसिस (Ketoacidosis) हुन्छ । - अन्धोपनाः साधारणतया मधुमेही पुरुषमा भन्दा मधुमेही महिलामा अन्धोपनको समस्या बढी हुन सक्छ । - अस्टोपोरोसिसः साधारण अवस्थामा त पुरुषमा भन्दा महिलामा अस्टोपोरोसिसको समस्या बढी देखिन्छ भने मधुमेह हुँदा अझ महिलामा यो समस्या हुन सक्छ । यसैगरी आर्थराइटिस(Arthritis), थाइराइड गडबडी मधुमेही महिलामा बढी हुन सक्छ । - क्यान्सरः मधुमेही महिलामा युटेरिन (Uterine), र्सर्भिकल (Cervical) ,ि स्तन क्यान्सरको साथै ट्युमरको प्रबल सम्भावना हुन्छ । - पिसाबनलीमा संक्रमणः खासगरी पिसाबनलीमा संक्रमण हुने भएकोले पिसाब गर्न गाह्रो हुने, पिसाब नियन्त्रण नहुनेजस्ता समस्या विशेषतः प्रौढ महिलामा हुन सक्छ । प्यान केक रोल आवश्यक सामग्री (चार जनाका लागि) अण्डा १ वटा चिल्लोरहित दही डेढ कप ओलिभ तेल २ टेबल चम्चा पीठो १ कप चिनी १ टेबल चम्चा बेकिङ पाउडर डेढ चिया चम्चा नुन एक चौथाइ चिया चम्चा जौको पीठो आधा कप दालचिनीको धूलो एक थौचाइ चिया चम्चार् भर्नका लागि आवश्यक सामग्री पानी २ कप सफा प्राउन(Shrimp)८ वटा सेलोफेन नूल्डस १०० ग्राम उमालेको पानी २ कप कोरेको गाजर आधा कप कोरेको काँक्रो (बियाँरहित) आधा कप कोरेको बन्दा आधा कप मसिनो काटेको धनियाँ २ टेबल चम्चा टुसा निकालेको सानो केराउ आधा कप नुन स्वादअनुसार बनाउने विधि र्सवप्रथम ब्लान्डरमा अण्डा, दही, तेल हालेर चलाई नरम भएपछि पीठो, चिनी, बेकिङ पाउडर, नुन, दालचिनी र जौको पीठो हालेर राम्ररी मिक्स्चर बनाउनुपर्छ । त्यसपछि ल्यलकतष्अप प्यानमा, एउटा प्यान केकको लागि ३ टेबल चम्चा जति दबततभच गोलो हुने गरी फैलाएर मधुरो आँचमा करिब २-३ मिनेट पकाई आगोबाट हटाउनुपर्छ । भरुवा बनाउने विधिर् र्सवप्रथम एउटा भाँडोमा २ कप पानी उमालेर त्यसमा प्राउन ९क्जचimउ० हालेर तुरुन्तै आगोबाट हर्टाई करिब ३ मिनेट जति छोपेर राख्नर्ुपर्छ । त्यसपछि निकालेर पुनः आइस पानीमा हाल्नर्ुपर्छ र यसबाट निकालेर लम्बाइतिरबाट आधा पार्नुपर्छ । उमालेको पानीमा सेलोफेन नूडल्स करिब १० मिनेट जति हालेर छोप्नर्ुपर्छ र त्यसपछि अर्को सफा, सुक्खा बावलमा नूडल्स निकाली यसमा अगाडि काटेको गाजर, काँक्रो, बन्दा, धनियाँ, टुसा उमारेको सानो केराउ, प्राउन र स्वादअनुसार नुन हालेर हलुकासँग चलाउनर्ुपर्छ । यसरी सबै मिलाई बनाएको मिक्स्चरलाई अगाडि तयार गरेको प्यान केकभित्र हाली बेरेर रोल बनाई खान सकिन्छ । यसरी दही, टुसा उमारेको केराउ गाजर, काँक्रो, बन्दा, जौको पीठो मिलाएर बनाएको प्यान केक रोलबाट फाइबर पाउन सकिन्छ भने क्यालोरी र चिल्लो पदार्थ कम मात्र पाउने हुन्छ । स्वस्थमा भन्दा मधुमेही महिलामा हुन सक्ने स्वास्थ्यसमस्या - मधुमेही महिलामा भास्कुलर रोग (Vascular Disease ) स्वस्थ महिलामा भन्दा ८ गुणा बढी देखिन्छ । - मधुमेही महिलाको औसत आयु स्वस्थ महिलाको भन्दा कम हुन्छ । - मधुमेही महिलामा दृष्टिशक्ति कम हुने र अन्धोपनको सम्भावना बढी हुन सक्छ । यसैगरी टाइप १ मधुमेह भएकी महिलामा ७ देखि १२ गुणा बढी अस्टोपोरोसिस हुन सक्ने र हाड (हिपको हाड) भाँचिने प्रबल सम्भावना हुन्छ । - प्रौढ मधुमेही महिलामा स्मरणशक्ति कमजोर हुने र कहिलेकाहीँ पागलपनजस्तो व्यवहार हुन सक्छ । - मधुमेही महिलामा परिवार नियोजनको लागि प्रयोग गर्ने पिल्सले पनि रगतमा चिनीको परिमाण सन्तुलित गर्न सक्ने भएकाले सम्बन्धित डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ । - यसैगरी महिनावारी रोकिने अवस्था (Menopause) मा पनि ग्लुकोज नियन्त्रण नहुन सक्छ । - मधुमेहबाट ग्रसित महिलाहरुमा योनि सुक्खा हुने, उत्तेजनामा नआउने र सम्भोग गर्दा गाह्रो तथा दुख्ने हुनाले सम्भोग क्रियामा रुचि कम हुन्छ ।
|
||
|
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd No content available in newsofnepal may be reused in anyway without written permission. |