यस अंकमा

सौर्न्दर्य के हो ?

किन राम्री देखिन्छिन् उषा पौडेल ?
महिलाहरुमा बढी देखिने छालाको एलर्जी
तयारी खाना र बालबालिकाको स्वास्थ्य
के हो त यो ग्यास्टि्रक रोग ?
छालाको सौर्न्दर्य
च्याउ- कस्तो खाने, कस्तो नखाने ?
गर्मी मौसममा तैलीय छालाको स्याहार
सावधानःकेटाकेटीले इन्टरनेट दुरुपयोग गर्दै छन
महिलामा मधुमेहको बढी सम्भावना र अपनाउनुपर्ने र्सतर्कता

मस्तिष्कघातबाट बच्न जीवनशैली परिवर्तन

स्वाइनफ् लुः डराउने होइन, र्सतर्क हुने
  तपाईंको घरमा हाम्रा डाक्टर
 महिला यौनसुख
   हेल्थ न्युज
   राशीफल

 

 

 

 

 

किन राम्री देखिन्छिन् उषा पौडेल ?

  िवदुर गिरी

नायिका उषा पौडेललाई चलचित्रको पर्दामा जतिसुकै सुन्दर देखिए पनि उनको निखारिएको सौर्न्दर्यका पछाडि कति धेरै सम्झौता र धर्ैय छन् भन्ने कुरा कमैलाई थाहा छ । स्वास्थ्य र सौर्न्दर्य फिट अवस्थामा राखे मात्र चलचित्रको क्षेत्रमा टिकिरहन सकिन्छ भन्ने कुरा उषालाई राम्रैसँग थाहा छ । त्यसैले चलचित्रको पर्दाभित्र अभिनय र नृत्यका लागि उनी जति मेहनत गर्छिन्, स्वस्थ शरीर र निखारिएको सौर्न्दर्यका लागि पर्दाबाहिर त्योभन्दा बढी मेहनत गर्छिन् ।

कुनै बेला मनिषा कोइरालाको झल्को दिने नायिकाका रुपमा चर्चा पाएकी उषा सुटिङमा जान परेको दिन त त्यस्तै हो, सुटिङ नपरेको बेला घण्टौंसम्म योगाभ्यास गरेर बिताउँछिन् । ँसुटिङ नपरेको दिन त योगा गर्छर्ुुर्छर्ुुसुटिङ परेको दिन पनि भ्याएसम्म योगाभ्यास गर्छर्ुु यसले शरीरमा ताजगी भर्नुका साथै सौर्न्दर्यका लागि पनि लाभ पुग्ने महसुस गरेकी छु’, उषा भन्छिन्- ँयोगा गरेको दिन शरीर छरितो भएको महसुश हुन्छ । यसले सौर्न्दर्य बढाउन वा कायम राख्न पनि मद्दत गरिरहेको छ ।’

उषाको अनुभवमा स्वास्थ्य र सौर्न्दर्य दुवैका दृष्टिकोणले प्रशस्त पानी पिउनु लाभदायक  छ । त्यसैले उनी जति सक्दो बढी पानी पिउँछिन् । भन्छिन्- ँपानीले मानिसको शरीरमा भएका विकारहरु फालिदिन्छ र स्वस्थ बनाउन सघाउँछ । यसबाहेक अनुहारमा एक किसिमको चमक  आउँछ र मुहार चम्किलो हुन्छ । पानी धेरै खायो भने अनुहारको थकान पनि मत्थर हुन्छ ।’

स्वास्थ्य र सौर्न्दर्यका लागि उषा डाइट कन्ट्रोलमा पनि ध्यान दिन्छिन् । स्वास्थ्य र सौर्न्दर्य कमजोर होला भन्ने पिरले गर्दा उनी आफूलाई मन पर्ने कतिपय खानेकुरा खानबाट अलग राख्छिन् । जस्तो कि उषालाई भुजा (भात) खूब मन पर्छ । तर आफ्नो शरीरलाई सौर्न्दर्यशाली र छरितो राख्नका लागि उनी भुजासम्म खान्नन् । ँहिरोइनले आफ्नो शरीर फिट अवस्थामा राख्नर्ुपर्छ । यसका लागि म सकेसम्म भुजा अभाइड गर्छर्ुु उषा भन्छिन्- ँसुटिङका लागि बाहिर गएको बेला अर्कै कुरा हो, थोरै भए पनि भुजा नै खानर्ुपर्छ । तर घरमा छु भने च्याँख्लाको भात खान्छु । बेलुका पनि थोरै चिउरा र तरकारी खाएर सुत्छु ।’

उनलाई यो पनि थाहा छ- फेस ब्युटिनेसका लागि डाइटिङ राम्रो होइन । डाइटिङ गरिसकेपछि फेसका लागि पानी धेरै पिउनुपर्छ । जुस र फलफूल धेरै खानर्ुपर्छ । यसले फेसमा एक प्रकारको चमक  ल्याइदिन्छ ।’

सौर्न्दर्य वृद्धिका लागि उषा हेरक दिन बिहान नुहाउनुमा विश्वास राख्छिन् । जाडो होस् या गर्मी, हरेक दिनजसो ननुहाई उनलाई चित्तै बुभ\mदैन । ँनुहाएपछि सधैँ प|mेस देखिन्छ, शरीरमा जाँगर पनि भरिएर आउँछ’, उनको ठम्याइ छ ।  नुहाउने क्रममा उषा सधैँ हेड एन्ड सोर्ल्र्डस सेम्पू प्रयोग गर्छिन् । ँमेरो कपालका लागि हेड एन्ड सोर्ल्र्डस नै सुट गर्छ । यसले मेरो कपाल झर्दैन, चायाँ पर्दैन’, उनको अनुभव छ ।

नुहाउनु एक घण्टाअगाडि उनी जाडोमा तताएको र गर्मीमा चिसै तोरीको तेल प्रयोग गर्छिन् । उषाको भोगाइमा तोरीको तेलले कपाललाई मजबुत बनाउँछ । तर कपालको सौर्न्दर्य बढाउने नाममा उनी कहिल्यै पनि कन्डिसनर लगाउँदिनन् । ँमलाई कन्डिसनर सुट गर्दैन, यसको प्रयोगले मेरो कपाल र्झछ’, उषा भन्छिन्- ँबरु ब्युटी क्लब गएर महिनामा एक पटक कपालको टि्रटमेन्ट भने गर्छर्ुु महिनामा एकचोटि फेसियल पनि गराउँछु ।’

सौर्न्दर्य प्रशाधनका मामलामा उषा सचेत भए पनि साह्रै सौखिन र चुजी छैनन् । एक-दुइ कम्पनीका सामग्रीमै उनी चित्त बुझाउँछिन् । उनी केही सौर्न्दर्य प्रशाधन ब्रान्डेड नै खोज्छिन् तर सबै प्रशाधन ब्रान्डेड नै चाहिन्छ भन्ने छैन । लोकल प्रशाधनले पनि उनलाई आकषिर्त गर्ने गर्छ । खासगरी बडी सप र ल्यामकमका सौर्न्दर्य प्रशाधनले उनलाई आकषिर्त गर्ने गर्छ । यसबाहेक जुनसुकै कम्पनीका साधन भए पनि उनलाई आपत्ति छैन । उषा लोसन र कोल्ड क्रिम बडी सपका प्रयोग गर्छिन् । घरबाहिर निस्कँदा र सुटिङको मेकअप गर्दाबाहेकका दिनमा उषा सन ब्लक क्रिम लगाएर आफूलाई घामले डढ्नबाट सुरक्षित बनाएको महसुस गर्छिन् । घामबाट सुरक्षित राख्नमा जसरी बडी सपको सन ब्लक क्रिमप्रति उनलाई अगाध विश्वास छ, त्यसरी नै डे र नाइट क्रिममा एलोभेराप्रति उनलाई अत्यन्त बढी विश्वास छ । पफर््युमका मामलामा भने उनी ब्रान्डको पछि लाग्दिनन् । ँबजारमा गएर पफर््र्युमको स्मेल टेस्ट गर्छर्ुु मन परेपछि लिइहाल्छु, यही नै बेस्ट भन्ने छैन’ -उनी भन्छिन् ।

उनी फाउन्डेसन पनि म्याक र बडी सपको प्रयोग गर्छिन् । सुटिङको सिलसिलामा युनिटकै मेकअप सेट अनुहार र हातखुट्टामा प्रयोग गर्न उनलाई आपत्ति छैन। उनी भन्छिन्- ँहिजोआज सुटिङको मेकअप सेटमा सबै जर्मनी सामग्री प्रयोग हुन्छ, त्यसले कुनै हानि गर्दैन ।’ सुटिङको मेकअपले अनुहारमा एलर्जी भयो भन्ने भनाइ आइरहेको बेला उषाको भनाइ भने बेग्लै छ- ँखराब पानी वा कोल्ड क्रिमले बिगार गर्नु अर्कै कुरा हो तर सुटिङको मेकअप सेटमा कमेन्ट गर्ने ठाउँ छैन ।’ सुटिङमा प्रयोग गर्ने मेकअपको साधनप्रतिको विश्वासले नै उनी सुटिङमा जाँदा छुट्टै सेट बोक्दिनन् रे ।

उनी सुटिङबाहेकको समयमा एलिजा बेटआरडेन र ग्लेरेनको लिप ग्लस अनि सुटिङका लागि चाहिँ एलिजा बेटआरडेन, बडी सप र म्याकको लिपस्टिक प्रयोग गर्छिन् । मस्कारामा भने ग्लेरेन, बडी सप र म्याकमै विश्वास छ उनको । नेल पोलिसमा भने विशेष गरी ल्यामकमप्रति झुम्मिन्छिन् । उनलाई पानी कलरको नेल पोलिसले मोहित बनाउँछ ।

 

 

 

 

 

 

   
 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd
No content available in newsofnepal may be reused in anyway without written permission.