यस अंकमा

सौर्न्दर्य के हो ?

किन राम्री देखिन्छिन् उषा पौडेल ?
महिलाहरुमा बढी देखिने छालाको एलर्जी
तयारी खाना र बालबालिकाको स्वास्थ्य
के हो त यो ग्यास्टि्रक रोग ?
छालाको सौर्न्दर्य
च्याउ- कस्तो खाने, कस्तो नखाने ?
गर्मी मौसममा तैलीय छालाको स्याहार
सावधानःकेटाकेटीले इन्टरनेट दुरुपयोग गर्दै छन
महिलामा मधुमेहको बढी सम्भावना र अपनाउनुपर्ने र्सतर्कता

मस्तिष्कघातबाट बच्न जीवनशैली परिवर्तन

स्वाइनफ् लुः डराउने होइन, र्सतर्क हुने
  तपाईंको घरमा हाम्रा डाक्टर
 महिला यौनसुख
   हेल्थ न्युज
   राशीफल

 

 

 

 

 

के हो त यो ग्यास्टि्रक रोग ?

 डा. सुनिता पराजुली

अस्पतालको ओपीडीमा आएकी २७ वषर्ीया एक महिलाले आफ्नो गुनासो पोख्दै भनिन्- ँमलाई पेट दुख्यो, ग्यास्टि्रक पो भयो कि - त्यस्तै अर्का ४५ वषर्ीय एक पुरुषले पेटमा केही हिँडेको जस्तो अनुभव भयो, ग्यास्टि्रक पो हो कि भनेर सोधे ।  यस्ता धेरै बिरामी आफ्नो समस्या पोख्दै  कोही मुटु पोल्यो त कोही छाती पोल्यो भन्छन् । कोही भने आफूलाई मुखमा अमिलो पानी आउने, अमिलो डकार आउने समस्या पोख्छन् ।

यी सबै लक्षणहरुलाई नेपालमा र्सवसाधारणले ग्यास्टि्रकको संज्ञा दिने गरेको  पाइन्छ ।सामान्यतया अस्पतालको ओपीडीमा आउने लगभग ४० प्रतिशत बिरामीहरु ग्यास्टि्रकको समस्या लिएर आएको पाइन्छ । वास्तवमा भन्ने हो भने ग्यास्टि्रक नेपालीहरुको राष्ट्रिय रोगकै रुपमा चिनिन थालेको छ । ग्यास्टि्रक भन्ने शब्दले कुनै रोगतिर लक्षित नगरे पनि नेपालीहरुमाझमा सामान्यतया कुनै पनि पेटको समस्या भएमा यो शब्द प्रयोगमा आएको पाइन्छ । ग्यास्टि्रकको वास्तविक अर्थ कुनै रोगको नाम नभई पेटसम्बन्धी समस्या भन्ने बुझिन्छ ।

नेपालीले ग्यास्टि्रक भनेर बुझने शब्दलाई प्राविधिक भाषामा अपच  (Indigestion) हुनु भन्ने बुझिन्छ । अपच हुनुका धेरै कारणहरु हुन्छन् । तीमध्ये पेटमा वा आन्द्राको पहिलो भागमा घाउ (अल्सर) हुनु, पेट वा आन्द्रालाई भित्रबाट छोप्ने झिल्ली सुन्निनु, पेटको क्यान्सर वा खाने नलीको (Oesophagus) को क्यान्सरजस्ता रोगहरु प्रमुख हुन् । यस्तै प्रकारको लाग्ने तर यीबाट छुट्याउनुपर्ने उस्तै खालको रोग ँरिफ्लक्स’ (Gastroesophageal reflux Disease ) हो ।

पेटमा पचाउनको लागि ग्यास्टि्रक एसिड उत्पादन हुन्छ । यो एसिड यति कडा हुन्छ कि यसले हाम्रो पेटलाई छिया-छिया पार्न सक्छ । तर प्रकृतिले यसो हुनबाट बचाउनका लागि आवश्यक पर्ने तत्त्वहरु पनि पेटमा  नै उत्पादन गर्छ । अपच हुनुमा पेटमा एसिडको उत्पादन बढाउने र पेटलाई एसिडबाट बचाउने तत्त्वहरुको कमी गराउने तत्त्वहरुले भूमिका खेल्छन् । त्यस्ता तत्त्वहरुमा धूमपान, मद्यपान, धेरै चिल्लो, पिरो, अमिलो पदार्थको सेवन, पोलेको खानेकुराको सेवन, धेरै खाली पेट बस्ने बानी, धेरै चिया-कफी र पेयपदार्थ -पेप्सी, कोकाकोला)को सेवन आदि रहेका छन् । यसबाहेक बाथको लागि वा कुनै पनि दुखाइ कम गर्न प्रयोग गरिने औषधिको लामो प्रयोग गरेमा पनि एसिडिटी हुने गर्दछ । त्यस्तै एच पालोरी (H. pylori ) नामक एउटा परजीवीको संक्रमणले पनि पेटमा एसिडको उत्पादन बढाउने काम गर्छ । यस्तै खालको रिफ्लक्स रोग (Reflux Diesase) मा भने पेटको र खाने नली (Food Pipe ) बीचको ठाउँ कमजोर भएर एसिड माथि आई छाती पोल्ने, अमिलो पानी आउने गर्दछ ।

पेटमा घाउ (Gastric Ulcer) हुँदा पेट पोल्ने र मुख्यतयाः खाना खाएलगत्तै दुख्ने गर्दछ भने आन्द्राको घाउ हुँदा (Duodenal ulcer) खाना खाएको २-३ घण्टापछि पेट दुख्ने गर्दछ । पेटको र खाने नलीको क्यान्सर हुँदा पेट दुख्ने, पोल्नुका साथै अरु लक्षणहरु पनि देखा पर्दछन् । त्यस्तै रिफ्लक्स रोग हुँदा मुखमा अमिलो पानी आउने, डकार आउने, पेट पोल्ने, छातीको बीच भाग पोल्ने र यी लक्षणहरु सुत्दा, निहुरिंदा बढी हुने गर्दछन् ।

यी सबै रोगका लक्षणहरुले नेपाली जनमानसमा ग्यास्टि्रकको पहिचान पाएको छ । सामान्यतया पेटको रोग हो भनी डाक्टरको सल्लाहविना नै ग्यास्टि्रकको औषधि दिनुस् भन्दै मेडिकलहरुबाट अपूरो र अनियमित औषधि खाने गरेको पाइएको छ । तर ती लक्षणहरु सामान्य रोगका लक्षणहरु मात्र नभई क्यान्सर रोगको लक्षण पनि हुन सक्छन् । त्यस्तै समयमै उपचार नगरेमा आन्द्रामा प्वाल पर्ने, रक्तश्राव हुनेजस्ता जटिलता हुन सक्छन् ।

क्यान्सर हुन सक्ने खतराका चिह्नहरु देखा परेमा चिकित्सकको सल्लाह लिन अति आवश्यक छ । ती खतराका लक्षणहरुमा पेट पोल्ने, दुख्ने, धेरै दुब्लाउँदै जाने, खानामा रुचि कम हुँदै जाने, कालो अलकत्राजस्तो दिसा जाने, बान्ता हुने, रगत बान्ता हुने, सेतोपन र कमजोरी देखिने, निल्न गाह्रो हुने, पेट छाम्दा डल्लो भेटिने हुन् ।

यस्ता लक्षण देखिएमा सामान्यतया मुखबाट पाइप छिराएर खाने नलीको घाउ, मासुको जाँच गरिन्छ । यदि मासु पलाएको भेटिएमा त्यसको प्रयोगशालामा क्यान्सरको लागि जाँच गरिन्छ र समयमै  उपयुक्त उपचार गर्न सकिन्छ । खतराका संकेतहरु नभेटिए पनि माथि भनिएका अपचका लक्षणहरु यदि ५५ वर्षउमेरभन्दा माथि  देखिएमा क्यान्सर हो कि भनी इन्डोस्कोपी गराउनु जरुरी हुन्छ ।

यदि बिरामीको उमेर ५५ वर्षन्दा कम छ भने एच पालोरी नामक कीटाणुको संक्रमणको लागि जाँच गर्नर्ुपर्दछ । यदि त्यसको संक्रमण पाइएमा समयमै कीटाणुनाशक औषधिको प्रयोग गर्नर्ुपर्दछ । एच पालोरी पेटको क्यान्सर गर्न भूमिका खेल्ने कारणहरुमध्येको एउटा प्रमुख कारण हो । यदि पालोरीको संक्रमण नपाइएमा लक्षणअनुसारको औषधि ४ देखि ६ हप्तासम्म  खानर्ुपर्दछ ।

बजारमा मेडिकलहरुबाट ग्यास्टि्रकको औषधि भनी १-२ हप्ताको लागि औषधि मात्र दिइएको पाइन्छ । यसले औषधि खाउन्जेल मात्र लक्षण कम गर्छ, रोगको निदान गरी निर्मूको बाटो खोज्दैन । अपच भएका बिरामीहरुलाई औषधि मात्र नभई आफ्नो जीवनशैलीमा पनि परिवर्तन गर्नु जरुरी छ । धूमपान-मद्यपान नगर्ने, चिल्लो-पिरो खान कम गर्ने, नदुख्ने औषधि डाक्टरको सल्लाहविना प्रयोग नगर्ने, व्यायाम गर्ने, तौल घटाउने आदि प्रमुख उपायहरु हुन् ।

नेपालीहरुले ग्यास्टि्रक भनेर सम्बोधन गर्ने शब्द चिकित्साशास्त्रको अर्थमा गलत भए तापनि धेरै लक्षणहरु बुझाउने शब्दको रुपमा यसलाई प्रयोग गरिंदै आएको छ । यसलाई परिवर्तन गर्न गाह्रो छ तर ग्यास्टि्रक त हो नि भनी सामान्य मनसायले हेलचेक्रयाइँ गरी मेडिकल अर्थात् औषधि पसलमा गएर आफूखुशी औषधि सेवन गरिरहँदा एकैचोटि खतरनाक रोगको सामना गर्नर्ुपर्ने हुन सक्ने भएकोले यसलाई ध्यान दिई समयमै चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

 

 

 

 

   
 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.