|
|
|
तैलीय छाला (Oily Skin) सुख्खा छाला (Dry Skin) िमश्रति छाला (Combination Skin) सामान्य छाला (Normal Skin) अहिले गर्मीको मौसम छ, जसले गर्दा तैलीय स्वभावको छाला भएकाहरुलाई बढी नै समस्या हुने गर्छ । सामान्यदेखि तैलीय स्वभावको छालामा गर्मी मौसमको प्रभाव परी तैलीय ग्रन्थिहरु बढी सक्रिय भई चिल्लोे छाला बनाइदिन्छ । चिल्लो छाला त्यसमाथि पनि कीटाणु, पसिना, धूलोमैलो, धूवाँले संक्रमित भई छालामा विभिन्न खालका समस्याहरु देखा पर्छन् ।
स्याहार गर्ने तरिका अयल पी मेकअप रिमुभरको प्रयोगबाट मेकअप हटाउनुपर्छ । यदि आँखाको मेकअप हेभी छ भने क्लिन्जिङ मिल्क (Cleaning Milk) वा क्रिम पनि प्रयोग गर्न सकिन्छ । जिेन्टल फोमिङ जेल फेस वास Gentle Foaming gel face wash को प्रयोग गरी अनुहार र घाँटी धुनुपर्छ । अन्य साधारण साबुनले प्राकृतिक म्वाइस्चर हटाउने डर हुन्छ । तर्सथ तैलीय छालाको प्रकारअनुरुपको फेस वास (face wash) प्रयोग गर्नुपर्छ । एिन्टिब्याक्टेरियल टोनिक वा बकतचष्लनभलत यितष्यल मिसाएर अनुहारलाई टोनिङ ९तयलष्लन० गर्नुपर्छ । यसले तैलीयपना हटाउनुका साथै खुल्ला रोमछ्रि्रहरुलाई खुम्च्याउँछ । अिायल प|mी म्वाइस्चराइजरको प्रयोग गर्नाले अनुहारमा भएको प्राकृतिक म्वाइस्चरलाई सुरक्षित राख्छ । जसले गर्दा छाला नरम, कोमल, सफा र सुन्दर हुन्छ । यसका लागि वाटर बेस म्वाइस्चराइजरको प्रयोग उपयुक्त हुन्छ । ििदउँसो घाम लागेको समयमा सन स्त्रिmन लोसनको प्रयोग गर्नुपर्छ । यसको प्रयोगले छालालाई र्सूयको खराब किरण र वातावरणीय दुष्प्रभावबाट सुरक्षित राखी स्वस्थ, सुन्दर र सफा बनाउँछ । किस्मेटिकको प्रयोग आयल (Oil Free )र वाटर बेस (Water Base) मा गर्नुपर्छ । डन्डिफोर, खिल आदि कोट्याउने, फुटाउने गर्नुहुँदैन । अन्यथा दाग बस्ने, संक्रमित हुने डर हुन्छ । दाग, पोतोजस्ता अन्य समस्या भएमा सोअनुरुप ब्युटी एक्र्सपर्टबाट उपचार गराउनुपर्छ । गिर्मीमा साह्रै थकान, तनावबाट बच्नको लागि सागसब्जी, फलफूल पानीको सेवनमा बढी ध्यान दिनर्ुपर्छ । पानी, फलफूल र सागसब्जीको प्रयोगबाट ताजापन र आनन्दको अनुभूति प्राप्त गर्न सकिन्छ । िचसो पानी वा आइस क्युब रुमाल वा कटनको सहायताले अनुहार वा शरीरमा दलेर शीतलता र ताजापना प्राप्त गर्न सकिन्छ । कागतीको रस र चिसो पानीले अनुहार एवम् शरीर पखाल्नाले दुगन्ध, चिल्लोपनाबाट मुक्त हुन सकिन्छ । काँक्रो, गोलभेंडा, स्याउ, अंगुर, वाटरमिलन, मेवालाई अनुहारमा हल्का रगडेर छालाको सफाइको साथै पोषण पनि दिन सकिन्छ । बाबरी र पानी उमाली प्रिmजमा राखेर प्रयोग गर्नाले ताजापन प्राप्त गर्न सकिन्छ । साथै तनावबाट पनि मुक्ति मिल्छ । मुल्तानी माटो, हर्बल फेस प्याक वा तैलीय प्रकारको छालाको फेसप्याक हप्तामा एक पटक लगाउनु राम्रो हुन्छ । अिनुभवी सौर्न्दर्यविज्ञबाट हप्ता, दुइ हप्ता वा महिनामा समस्या हेरी क्लिन्जिङ (Cleaning), स्क्रबिङ (Scrobing), ओजोन टि्रटमेन्ट (Ozone Treatment) वा ओइली स्किन टि्रटमेन्ट (Oily Skin Treatment) गराउन सकिन्छ । चिल्लो छाला हुँदैमा डराउनुपर्दैन तर यसको सही स्याहार गर्नु जरुरी हुन्छ, जसले गर्दा सुखद परिणाम प्राप्त गर्न सकिन्छ । |
||
|
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd No content available in newsofnepal may be reused in anyway without written permission. |