|
|
|
सौर्न्दर्य त्यो वस्तु हो, जुन तस्वीरमा उतार्न सकिन्न । सौर्न्दर्य नाम नभएको सुगन्धित वस्तु हो । सौर्न्दर्य भन्ने कुरा केवल देखेपछि मात्र थाहा हुन्छ । सौर्न्दर्य हर्ेर्ने व्यक्तिमा भर पर्छ । ...आदि । सौर्न्दर्यका विभिन्न आयामहरु छन् । जस्तै- आत्मिक, मनोगत, इन्द्रियजन्य, अनि शारीरिक । आधुनिक समाजमा सौर्न्दर्यको कुरा गर्दा हामी बढी दृष्टिगत सौर्न्दर्यलाई बुझ्ने गर्र्छौं अर्थात् त्यो सौर्न्दर्य जुन हाम्रा आँखाले देख्छन् वा बुझ्छन् । आत्मिक, मनोगत र इन्द्रियजन्य सुन्दरतालाई एकछिन् छोडी यदि हामीले दृष्टिगत मानव शारीरिक सौर्न्दर्यको परिभाषा खोज्ने हो भने प्रायः निम्न निष्कर्षा पुगिन्छ । ँसौर्न्दर्य त्यो हो, जुन आफूलाई हर्ेदा राम्रो लाग्छ, जति हेरे पनि हेरिरहन मन लाग्छ र आनन्दको अनुभव हुन्छ ।’ हो, यहाँ उल्लिखित सौर्न्दर्यको दृष्टिगत परिभाषालाई यदि नियालेर हर्ेर्ने हो भने यसमा मानिसको व्यक्तिगत रुचि, इच्छा र चाहनालाई प्राथमिकता दिइएको छ । हाम्रो रुचि, इच्छा र चाहना वास्तवमा परिवर्तनशील छ । यो सदा एकै खालको रहँदैन । यसमा हाम्रो सामाजिक परिवेश, रीतिरिवाज र बहुसंख्यक समाजका व्यक्तिहरुको मतको पनि भूमिका रहने गर्छ । यही मतले नै सौर्न्दर्यको बजार डोर्याएको हुन्छ ।
व्यक्तिको बोली, व्यवहार, चरित्र, ज्ञान, सीप र विवेकलाई प्रायः पछाडि राखेर हाम्रा आँखाले मानव शारीरिक सौर्न्दर्यलाई नियाल्ने गर्दछन् । हाम्रा आँखाले जे देख्या छौं हामी त्यही मूल्यांकन गर्दछौं । एकफेर विचार गरौं त, हामीले कुनै व्यक्तिलाई पहिलो पटक देख्दा र्सवप्रथम हाम्रा आँखा केमा जान्छन् र उक्त व्यक्तिप्रति हाम्रो आकर्षा पैदा हुन शरीरको कुन अंग-प्रत्यंगको कति-कति भूमिका रहन्छ - यसबारे पश्चिमी मुलुकमा धेरै अध्ययन-अनुसन्धान भएका छन्् र धेरै अध्ययनले के देखाएको छ भने हाम्रो ९० प्रतिशत नजर र्सवप्रथम कुनै पनि व्यक्तिको मुहारमा जान्छ । यदि त्यही व्यक्तिलाई पछाडिबाट देखिएको छ भने उसको शारीरिक बनोट, उचाइ अनुपात आदिलाई हाम्रा आँखाले नियाल्न थाल्छन् र यो अनुपात हाम्रा आँखालाई राम्रो लागेमा उसको अगाडिको भाग हर्ेन लालायित हुन्छौं अनि हामी उसको उचाइ र शरीरमा सुहाउने सुन्दर मुहारको कल्पना गर्र्छौं । वैज्ञानिक अनुसन्धान र व्यवहारले के देखाउँछ भने मुहारको सुन्दरता नै मानव सौर्न्दर्यताको पहिलो कडी हो । अब कसैको मुहारलाई नियाल्दा पनि हाम्रा आँखा पहिले केमा तानिन्छन् - हाम्रा आँखाले पहिले आँखामा त्यसपछि मुस्कानमा र ओठमा अनि दाँत, नाक, कान र मुहारका विभिन्न भागको आकार, रंग, बनोट एवम् स्वस्थताको मूल्यांकन गर्न थाल्छन् । शारीरिक सौर्न्दर्यको कुरा गर्दा मुहारपछि उसको उचाइ, छातीको चौडाइ, स्तनको आकार, नितम्बको नाप र शारीरिक रोगनलाई प्राथमिकता दिइन्छ । त्यसैले व्यक्तिको शारीरिक सौर्न्दर्यको कुरो वा व्याख्या गर्दा तीन किसिमबाट गरिन्छ । (१) शारीरिक तथा अंग-प्रत्यंगहरुको स्वास्थ्य (२) अंग-प्रत्यंगको आपसी अनुपात (३) तिनलाई हर्ेर्ने बहुसंख्यकको मत
सौर्न्दर्यको सम्बन्धमा वेदलगायतका धर्मग्रन्थहरुले धेरै कुरा पहिल्यै व्याख्या गरिसकेका छन् तर प्राचीन ग्रन्थमा लेखिएका कुरा आधुनिक सौर्न्दर्य विज्ञानको ठूलो बजार भएका मुलुकबाट हामीकहाँ भित्रिएपछि मात्र हामी त्यसको प्रसंशा गर्दछौं । शायद संसारको कुनै पनि धार्मिक ग्रन्थ आदिमा हिन्दू धर्मग्रन्थमा जस्तो मानिसको खुट्टाको नङदेखि शिरको रौंसम्म वर्ण्र्ाागरिएको दस्ताबेज पाइँदैन । हिन्दू धर्मग्रन्थहरुमा सौर्न्दर्य सम्बन्धमा सूक्ष्मरुपमा व्याख्या गरिएको छ, जुन ज्यादै रोचक र उपयोगी पनि छ । क्रमशः |
||
|
|
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal Newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd No content available in newsofnepal may be reused in anyway without written permission. |