|
|
|
डन्डिफोर (Pimples) डन्डिफोर (Pimples) विभिन्न प्रकारका (Acne, Vulgaris Conglobata,Acne Incognito)हुन्छन् । डन्डिफोर छालामा हुने चिल्लो बनाउने ग्रन्थि (Sebacesus) को समस्याबाट उत्पन्न हुने रोग हो । ग्रन्थिले बढी चिल्लो बनाउँदा ती चिल्लो निस्कने प्वाल एवम् नली टालिन्छन् र त्यसमा सुजन उत्पन्न भई कीटाणुको संक्रमण हुनाले यो समस्या उत्पन्न हुन्छ । यसमा हाम्रो शरीरमा उत्पादन हुने विशेष प्रकारको हर्मोन (Sex Hormone) ले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्दछ । यसकारण केही डन्डिफोरको उपचारका सर्न्दर्भमा हर्मोनको जाँच पनि आवश्यक पर्न सक्छ डन्डिफोर नवजात युवा अवस्थामा मात्र आउने सामान्य समस्याको भनेर बुभ\mनु गलत हो । यो भर्खरको नवजात शिशुदेखि ८०-९० वर्षा वृद्धवृद्धालाई समेत आउन सक्छ ।
लक्षण एवम् प्रकार डन्डिफोर विभिन्न प्रकारमा देखा पर्छन् । डन्डिफोर कालो वा सेता खिल (Black & white Head) मात्र देखिने, रातो दाना र बिमिरायुक्त रुपमा देखिने, पाकेको दाना, बिमिरा, गिर्खाहरुका रुपमा पनि देखिन्छ । त्यस्तै ठूला गिर्खादार स्वरुपमा र मासु पलाएर साह्रो भएको अवस्थामा पनि डन्डिफोर देखा पर्छ । डन्डिफोरको उपचार गर्न यसका प्रकार जान्नु अनिवार्य छ । यी समस्याहरु मुख, छाती, ढाड र कानपछाडि पनि देखा पर्छन् । कुनै डन्डिफोर धेरै चलाएर वा हात, निधार वा गाला अड्याएर राख्ने बानीले पनि आउन सक्छ । डन्डिफोरजस्तै देखिने रोगहरु सबै दाना, बिमिरा, गिर्खाहरु डन्डिफोर होइनन् । छालाका अन्य जटिल समस्याहरु पनि डन्डिफोरजस्तै हुन्छन् । जस्तै- रोजेसिया (Rosacea), डेमोडेक्स इन्फेक्सन(Demodex Infection), पसिना ग्रन्थिको समस्या सिरि·ोमा (Syringoma), विभिन्न फोलिकुलाइटिस (Folliculotis) आदि । केही क्रिम वा औषधि लगाउँदा पनि डन्डिफोरजस्तै देखिने साना-साना बिमिराहरु देखिन्छन् । सौर्न्दर्यमा प्रभाव डन्डिफोरले केवल शारीरिक मात्र नभएर मानसिक रुपमा समेत गहिरो प्रभाव पार्दछ । सबैको प्रत्यक्ष नजर अनुहारमा पर्ने भएकोले कतिपय बिरामीहरु साधारण भोजभतेर र कार्यक्रममा समेत जान रुचाउँदैनन् । ठूला-ठूला खत, गिर्खा, काला दागहरु र चाउरीपनले सौर्न्दर्यमा नकारात्मक अवस्था पैदा गर्छ । यसले बिरामीलाई जसले जे भन्यो त्यही गर्ने अवस्थामा लान्छ ।
दक्ष चिकित्सकलाई रोग पहिचानमा त्यति ठूलो समस्या नभए पनि उपचार चुनौतीपूर्ण् रहन्छ । त्यसकारण कहिलेकाहीँ हर्मोनको जाँच, पेटको भिडियो एक्स-रे, बिरामीले सेवन गरिराखेका औषधिहरु -जस्तै- Steraid, क्षयरोगविरुद्धका औषधिहरु) बारे राम्रो जानकारी लिनु आवश्यक छ । कुनै-कुनै अवस्थामा छालाको टुक्रा जाँच्नुपर्ने पनि हुन सक्छ । उपचार विश्वव्यापीरुपमा यो समस्याको उपचारको लागि विभिन्न औषधि, प्रविधिहरु विकसित भइरहेका छन् । डन्डिफोरको उपचार यसको प्रकार र अवस्थाअनुसार गरिन्छ । यसको उपचारको सर्न्दर्भमा लगाउने, सेवन गर्नेलगायत फोटोडाइनामिक उपचार पनि गरिन्छ । लगाउने औषधिहरुमा पाकेको दानाको उपचारमा विभिन्न एन्टिबायोटिक क्रिमहरु, खिलजन्य प्रकारको डन्डिफोरका लागि रेटिनोल औषधिहरु, सुजन रोक्न प्रयोग हुने कोसिक एसिड तथा पेरोक्साइडहरु र प्वाल खुलाउने विभिन्न मलमहरु प्रयोग गरिन्छ । यस्तैगरी सेवन गर्ने औषधिहरुमा विभिन्न एन्टिबायोटिकहरु, रेटिनोइक एसिड र हर्मोन प्रयोग गरिन्छ । त्यस्तै फोटोडाइनामिक उपचार (pdt) सबै भन्दा पछिको धेरै प्रभावकारी उपचार पद्धति हो । यसमा एभिनालेभोलिनिक एसिड भन्ने मलम समस्या भएको ठाउँमा लगाएर विशेष मेसिनबाट रातो विकिरणले १०-१५ मिनेट सेकिन्छ । यो हप्ताको २-३ पल्ट ४-६ हप्तासम्म प्रयोग गरिन्छ । यसबाट डन्डिफोर धेरै समयसम्म नियन्त्रण हुन्छ । यो अन्य उपचार विधिको वैकल्पिक उपाय हो । डन्डिफोरका जटिलताहरुको उपचार साना प्वाल, दाग, खतहरु लगाउने औषधि एवम् लेजर प्रविधिबाट पर्ुन सकिन्छ । ठूला दाग र गिर्खाहरु सामान्य शल्यचिकित्सा र विशेष इन्जेक्सनबाट उपचार गर्न सकिन्छ । यस्तैगरी काला दाग, चाउरी, छ्याकाहरुलाई पिलि·, र्डभएब्रेसन, लेजर विधिबाट उपचार गर्न सकिन्छ । डन्डिफोरको चाँडो र सही उपचार सुरु गरेमा यी जटिलताहरु रोक्न सकिन्छ ।
|
|||
|
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal Newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd No content available in newsofnepal may be reused in anyway without written permission. |