यस अंकमा

सौर्न्दर्य के हो ?

किन राम्री देखिन्छिन् उषा पौडेल ?
महिलाहरुमा बढी देखिने छालाको एलर्जी
तयारी खाना र बालबालिकाको स्वास्थ्य
के हो त यो ग्यास्टि्रक रोग ?
छालाको सौर्न्दर्य
च्याउ- कस्तो खाने, कस्तो नखाने ?
गर्मी मौसममा तैलीय छालाको स्याहार
सावधानःकेटाकेटीले इन्टरनेट दुरुपयोग गर्दै छन
महिलामा मधुमेहको बढी सम्भावना र अपनाउनुपर्ने र्सतर्कता

मस्तिष्कघातबाट बच्न जीवनशैली परिवर्तन

स्वाइनफ् लुः डराउने होइन, र्सतर्क हुने
  तपाईंको घरमा हाम्रा डाक्टर
 महिला यौनसुख
   हेल्थ न्युज
   राशीफल

 

 

 

 

 

मस्तिष्कघातबाट बच्न जीवनशैली परिवर्तन

  डा. प्रकाशराज रेग्मी

 खतरनाक नर्सर्ने रोगहरुमध्ये मस्तिष्कघात ९क्तचयपभ० पनि एक हो । यसको सम्बन्ध जीवनशैलीसँग रहेको छ । हृदयघातपछि विश्वको हत्यारा नम्बर दुइ रोग मस्तिष्कघात हो । एक तथ्याड्ढअनुसार नेपालमा प्रत्येक वर्ष५० हजार व्यक्तिलाई मस्तिष्कघात हुने गरेको पाइन्छ, जसमध्ये १५ हजारको मृत्यु हुन्छ ।

हृदयघातबारे जति प्रचारप्रसार र जनचेतना अभिवृद्धि भएको छ, मस्तिष्कघातबारे त्यति भएको पाइँदैन । मस्तिष्कघातबाट मृत्यु भएकामध्ये धेरैको मृत्युको कारण खुल्ने गरेको पाइन्न । दर्ुघटनाबाहेक अन्य कारणबाट भएका आकस्मिक मृत्युहरुलाई हृदयघातको समूहभित्र राख्ने गरेको पाइन्छ । कसैको आकस्मिक मृत्यु भयो भने हार्ट अट्याक भयो भन्ने गलत धारणा आज पनि विद्यमान छ ।

  मस्तिष्कघातका कारण पनि धेरैको आकस्मिक मृत्यु हुने गरेको छ । जो मृत्यु हुनबाट जोगिन्छ, उसको कुनै न कुनै अ·मा शिथिलता अर्थात् पक्षघात भएको भेटिन्छ । पक्षघात भएर हात वा खुट्टा नचल्ने अवस्थामा रहेका धेरै मानिस हाम्रो समाजमा देखिन्छन् ।

मस्तिष्कघातको नतिजा हो आकस्मिक मृत्यु वा पक्षघात । यस रोगबारे जानकारी भएको खण्डमा मस्तिष्कघात हुनबाट, साथै आकस्मिक मृत्यु हुनबाट बच्न सकिन्छ ।

मस्तिष्कघात के हो ?

दिमाग अर्थात् मस्तिष्कको कुनै भागमा रक्तनलीभित्र अवरोध उत्पन्न भई रगतको आपर्ूर्ति बन्द हुँदा उत्पन्न हुने अवस्थालाई मस्तिष्कघात अर्थात् ब्रेन अट्याक भनिन्छ । यस्तो अवस्थामा रगतको आपर्ूर्ति बन्द भएको दिमागको भागमा भएका स्नायुहरु मर्छन्, फलस्वरुप ती स्नायुहरुले सञ्चालन गरेका कार्यहरु जस्तै- हातखुट्टा चलाउने, बोली फ्ट्ने, सोच्ने शक्ति आदिमा आघात पुग्छ ।

दिमागले हाम्रो शरीरका अ·हरुको कार्यलाई नियन्त्रण गरी राखेको हुन्छ । दिमागका विभिन्न भागहरु शरीरका विभिन्न अ· र यिनका कार्यहरुसँग सम्बन्धित हुन्छन् । हाम्रो दिमागमा करोडौंको संख्यामा स्नायुकोषहरु हुन्छन् । यी स्नायुकोषहरुको कार्य सञ्चालनका लागि अक्सिजन र ग्लुकोज आवश्यकता पर्छ । यी तत्त्वहरु रक्तनलीहरुभित्र बग्ने रगतमार्फ स्नायुकोषहरुलाई प्राप्त हुन्छ । अक्सिजन र ग्लुकोजविना दमागका स्नायुकोषहरु ५ मिनेटभन्दा बढी बाँच्न सक्दैनन् । यी स्नायुकोषहरुको मृत्यु भएको अवस्था मस्तिष्कघात हो ।

बायाँ हात र खुट्टा चलाउने स्नायुकोषहरुको मृत्यु भएमा बायाँ हात र खुट्टा नचल्ने हुन्छ । यस्तै बोलीलाई नियन्त्रण गर्ने स्नायुकोषहरुको मृत्यु भएमा बोली नफुट्ने हुन्छ । श्वासप्रश्वासलाई नियन्त्रण गर्ने स्नायुकोषहरुको मृत्यु भएमा उक्त रोगीको श्वासप्रश्वास बन्द हुन जान्छ र उसको मृत्यु हुन्छ । यस्तै मुटुको धड्कन नियन्त्रण गर्ने स्नायुकोषको मृत्युसँग मुटुको धढ्कन पनि बन्द हुन सक्छ । मस्तिष्कघातको नतिजास्वरुप धेरैजसो अवस्थामा हात-खुट्टा नचल्ने अर्थात् पक्षघात -प्यारालाइसिस) हुने भएको हुनाले मस्तिष्कघातलाई पक्षघात पनि भन्ने चलन छ । तर यी दुइ फरक-फरक अवस्था हुन् ।

मस्तिष्कघात र हृदयघात

मस्तिष्कमा र हृदयमा पर्ने आघात दुवै अत्यन्तै खतरनाक हुन् । दुवै अवस्थामा रोगीको आकस्मिक मृत्यु हुन सक्छ । यी दुवै रोगहरु उत्पन्न गराउने कारणहरु समान छन् । यसकारण यी दुइ रोगबारे अध्ययन, अनुसन्धान र रोकथामका प्रयासहरु एउटै थलोमा बसेर गर्ने गरिन्छ । हृदयघात गराउने प्रमुख कारणहरु सर्ुर्ती, उच्च रक्तचाप, मधुमेह, उच्च रक्तकोलेस्टेरोल, मोटोपना, मानसिक तनाव, व्यायामको कमी आदि हुन् । मस्तिष्कघात पनि यिनै कारणहरुबाट हुन्छ ।

वैज्ञानिकहरुले अध्ययन-अनुसन्धानबाट यो तथ्य पत्ता लगाएका छन् कि मस्तिष्कघात र हृदयघात गराउने कारक कत्त्वहरुले दिमाग र मुटुमा रक्तसञ्चार गराउने रक्तनलीहरुको भित्री भित्तामा रोग उत्पन्न गराउँछन्, त्यहाँ कोलेस्टेरोल जम्मा हुन जान्छ, रक्तनली साँगुरिन थाल्छ, त्यहाँ चिरा पर्छ, रगतको थेग्रा जम्छ अनि रक्तनली पर्ूण्ारुपमा बन्द हुन गई रक्तसञ्चालन अवरुद्ध हुन्छ, जसको फलस्वरुप मस्तिष्कघात र हृदयघात हुन्छ ।

रोगका कारणहरु र रोग उत्पन्न हुने प्रक्रिया समान भएको हुनाले मस्तिष्कघात र हृदयघातको उपचार एवम् रोकथाम विधिसमेत मिल्दाजुल्दा छन् । दुवै खतरनाक छन् र दुवैबाट रोगीको आकस्मिक मृत्यु हुन सक्छ । यसकारण समयमै रोग चिन्ने र उपचार गर्नेतर्फअग्रसर हुनु जरुरी छ ।

मस्तिष्कघात र जीवनशैली

मस्तिष्कघात जीवनशैलीसँग सम्बन्धित रोग हो । यस रोगको प्रत्यक्ष सम्बन्ध मानिसको आहार, बिहार र विचारसँग रहेको छ । चिल्लो, बोसो र बढी नुन भएको आहार, धेरै चिनी, हरियो सागपात कम भएको आहार अस्वस्थकर मानिन्छ । यस्तै आवश्यकभन्दा बढी आहार लिने बानी पनि नराम्रो हो । यसले मोटोपन बढाउँछ, कोलेस्टेरोल र रक्तचाप बढाउँछ । धूमपान साह्रै नराम्रो बानी हो । सर्ुर्ती एक प्रकारको विष नै हो ।

यस्तै प्रकारले आलस्यता, व्यायामको कमी, मानसिक तनाव र नकारात्मक चिन्तन जीवनशैलीका अर्का नराम्रा पक्षहरु हुन् । मस्तिष्कघात यस्तै अस्वस्थकर जीवनशैलीको नतिजा हो । जीवनशैलीलाई स्वस्थ राख्न सके मस्तिष्कघात हुनबाट बच्न सकिन्छ ।

मस्तिष्कघात कसरी हुन्छ ?

मुख्य रुपमा मस्तिष्कघात दुइ प्रकारले हुन्छ । पहिलो प्रकार हो- मस्तिष्कको कुनै रक्तनलीभित्रबाटै बन्द हुने -ब्लक हुने) । यस्तो हुँदा दिमागमा रगत सञ्चालन बन्द हुन्छ र मस्तिष्कघात हुन्छ । दोस्रो प्रकारको मस्तिष्कघात दिमागको रक्तनली अत्यधिक रक्तचाप वा रक्तनलीको कमजोरीका कारण फुट्न गई दिमागमा रक्तस्राव भएर हुन्छ । यसलाई ब्रेन हेमोरेज भनिन्छ । ८० प्रतिशत मस्तिष्कघात रक्तनली बन्द भएर हुन्छ ।

कसलाई मस्तिष्कघात हुने खतरा छ भन्नेबारे स्वास्थ्य परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यसकारण नियमित स्वास्थ्य परीक्षण मस्तिष्कघातको रोकथामका लागि महत्त्वपर्ूण्ा छ । मुख्यतया पाँच समूहका व्यक्तिहरुलाई मस्तिष्कघात हुने ठूलो खतरा रहन्छ । ती हुन्- ६५ वर्षउमेर पुगेका वृद्धहरु, उच्च रक्तचापद्वारा पीडितहरु, मधुमेहद्वारा पीडितहरु, मुटुरोगीहरु र धूमपान गर्ने वयष्कहरु । मस्तिष्कघात गराउने कारक तत्त्वहरु धेरै छन् । तीमध्ये उच्च रक्तचाप र धूमपान प्रमुख हुन् ।

र्सतर्कताका लक्षणहरु

केही व्यक्तिहरुलाई मस्तिष्कघातले झ्याप्पै पार्छ । तर धेरैजसो अवस्थामा ठूलो मस्तिष्कघात हुनुभन्दा अगाडि केही लक्षणहरु देखा पर्छन् । यी र्सतर्कताका लक्षणहरुबारे थाहा पाइराख्नर्ुपर्छ । यी लक्षणहरु देखिनेबित्तिकै परीक्षण गर्राई उपचारको थालनी गरिहाल्नर्ुपर्छ । समय जति बित्यो त्यति खतरा बढ्दै जान्छ । मस्तिष्कघातको र्सतर्कताका  लक्षणहरु यसप्रकार छन् ।

       अनुहार, हात, खुट्टा आदिमा आकस्मिक रुपमा केही दिनका लागि कमजोरी उत्पन्न हुने -आकस्मिक र क्षणिक शारीरिक कमजोरी) ।

       क्षाणिक रुपमा बोली बन्द हुने, स्वर अस्पष्ट हुने वा अरुले बोलेको नबुझ्ने ।

       अकस्मिक र क्षणिक रुपमा आँखा नदेख्ने वा दृष्टि धमिलो हुने -विशेष गरी एउटा आँखामा) ।

       क्षाणिक रुपमा कुनै वस्तु दुइ वटा देखिने ।

       अत्यधिक टाउको दुख्ने अथवा टाउको दुखाइको प्रकृति परिवर्तन हुने ।

       क्षाणिक रुपमा चक्कर लाग्ने र शरीर अस्थिर हुने ।

       अकस्मिक रुपमा मानसिक क्षमता र व्यवहार परिवर्तन हुने ।

इमर्जेन्सी अवस्था, उपचार र रोकथाम

मस्तिष्कघात एक इमर्जेन्सी अवस्था हो । टाउकोमा कुनै पनि प्रकारको असजिलोपना उत्पन्न भई शरीरमा शिथिलता छायो अथवा मस्तिष्कघातका र्सतर्कताका लक्षणहरु देखा पर्‍यो भने यसलाई इमर्जेन्सी अवस्थाका रुपमा लिनर्ुपर्छ । मस्तिष्कघात भएर हात-खुट्टा नचल्ने, बोली नफुट्ने, स्मरणशक्ति गुमाउने आदि भयो भने यो झन् ठूलो इमर्जेन्सी हो ।

उच्च रक्तचाप भएकाहरुले अत्यधिक मात्रामा रक्सीको सेवन गर्‍यो भने ब्रेन हेमोरेज भएर इमर्जेन्सी अवस्था उत्पन्न हुने सम्भावना एकदमै बढी हुन्छ । यस्तै प्रकारले उच्च रक्तचाप भएकाहरुले औषधिको सेवन गरेन भने मानसिक तनावको अवस्थामा ब्रेन हेमोरेज हुन सक्छ । औषधि नखाने उच्च रक्तचापद्वारा पीडित रोगीहरुले मस्तिष्कघातका कारण ज्यान गुमाएका धेरै उदाहरणहरु छन् । यस्ता रोगीहरुमध्ये जो बाँच्छन्, उनीहरुको या त हातखुट्टा चल्दैन, या बोली फुट्दैन अथवा आँखा देखिँदैन । यसकारण यस्तो नहोस् भनी समयमै ध्यान पुर्‍याउनर्ुपर्छ ।

हिजोआज मस्तिष्कघातको उपचारमा धेरै प्रगति भएको छ । सुरुकै अवस्थामा उपचार गराउन सके बढी लाभ प्राप्त हुन्छ । दिमागको बन्द भएको रक्तनलीलाई खोलेर रक्तसञ्चारको अवरोध खुलाउने प्रविधि आइसकेको छ । दिमागमा रक्तस्राव भएको रहेछ भने औषधिबाट रक्तस्रावलाई सुकाउन पनि सकिन्छ । शल्यक्रियाबाट रगत झिक्न पनि सकिन्छ । हाल यस्ता उपचार सुविधाहरु काठमाडौंमा पनि उपलब्ध छन् । बिरामी जति सक्यो चाँडो अस्पतालको इमर्जेन्सी विभागमा जानर्ुपर्छ ।

मस्तिष्कघातको रोकथामका लागि धेरै उपायहरु जानकारीका लागि उपलब्ध छन् । मस्तिष्कघात हुने सम्भावना भएका व्यक्तिहरुले विशेष ध्यान दिनर्ुपर्छ । यस्ता व्यक्तिहरुले उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, मोटोपन, धूमपान, अत्यधिक रक्सी सेवन, व्यायामको कमी आदि कारक तत्त्वहरु आफूमा छ भने यसलाई नियन्त्रण गर्नुपर्छ । यो कार्यलाई मस्तिष्कघातको प्राथमिक रोकथाम भनिन्छ ।

मस्तिष्कघातको खतरा भएकाहरुले यसको रोकथामका लागि विभिन्न औषधिहरुको सेवन पनि गर्नु आवश्यक छ । यसबारे सम्बन्धित चिकित्सकले सल्लाह दिनेछन् । एक पटक मस्तिष्कघात भएपछि यो दोहोरिने सम्भावना एकदमै धेरै रहन्छ । मस्तिष्कघात फेरि भयो भने गरिने उपाय द्वितीय रोकथाम हो । यसका लागि विभिन्न औषधिहरुको सेवन आवश्यक छ । यसका साथै प्राथमिक र द्वितीय रोकथामका लागि सबैभन्दा महत्त्वपर्ूण्ा कुरा जीवनशैली व्यवस्थापन हो । स्वस्थ आहार, विहार र विचार नै मस्तिष्कघात नियन्त्रणको मूल आधार हो ।

मस्तिष्कघातका कारक तत्त्वहरु

उच्च रक्तचाप    २५-४० प्रतिशत

धूमपान २०-४०  ’’

कोलेस्टेरोल     ६-५०   ’’

अत्यधिक रक्सी सेवन    ५-३०   ’’

मुटुरोग  १०-२०  ’’

मधुमेह  ४-८    ’’

उमेर ६५ वर्षन्दा बढी

वंशाणुगत

जन्मदा कम तौल हुनु

मोटोपना

व्यायामको कमीर्

गर्भनिरोधक चक्की

मस्तिष्कघात र उमेर

       ६५ वर्षउमेर काटेपछि मस्तिष्कघातबाट मृत्यु हुने सम्भावना ७ गुणाले बढ्छ ।

       दिर्ुइ तिहाइ मस्तिष्कघात ६५ वर्षउमेर काटेका व्यक्तिहरुको समूहमा हुन्छ ।

       विृद्धावस्थामा स्मरणशक्ति घट्ने प्रमुख कारण मस्तिष्कघात हो ।

मस्तिष्कघात हुँदा देखिने प्रमुख लक्षण

पक्षघात

-एकापट्ट िहातखुट्टा नचल्ने)      -      ९० प्रतिशत

बोली लरबराउने  -      ३३ प्रतिशत

बेहोस हुने      -      २९ प्रतिशत

टाउको दुख्ने      -      २३ प्रतिशत

मुख बा·निे      -      २२ प्रतिशत

-त्रि.वि.वि. शिक्षण अस्पतालको एक अध्ययन प्रतिवेदन)

मस्तिष्कघात र्सतर्कता लक्षणहरु देखिएमा केमा ध्यान दिने, कुन-कुन परीक्षण गराउने ?

       सिवास्थ्य परीक्षण गर्राई मस्तिष्कघात गराउने कारक तत्त्वहरु जस्तै- उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, मोटोपना, मुटुरोग आदि भए/नभएकोबारे पत्ता लगाउने र आवश्यक उपचार गर्ने ।

       मुटु र मुटुबाट दिमागमा जाने रक्तनलीको विस्तृत परीक्षण गराउने ।

       रगत पातलो पार्ने औषधि सेवन गरिरहेका व्यक्तिले रगतको पातलोपना बढी-घटी के छ, तुरुन्त जाँच गर्राई आवश्यक उपचार गराउने ।

       धूमपान, अत्यधिक रक्सी सेवन बन्द गर्ने, सिटी, एन्जियोग्राफी आदि परीक्षणहरु डाक्टरको सल्लाहअनुसार गराउने ।

       तिुरुन्त स्नायुरोग विशेषज्ञ -न्यूरोलोजिस्ट) र मुटुरोग विशेषज्ञसँग परामर्श गर्ने ।

 

 

 

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications (P) Ltd
No content available in newsofnepal may be reused in anyway without written permission.