यस्तै प्रकारको रोग हालै अप्रिल २५) मेक्सिकोमा मानिसमा देखा परेकाले यसलाई सँुगुरबाट सरेको ँस्वाइन फ्लु’ भनी प्रचार भएको छ । तर जनस्वास्थ्यविज्ञहरुले यसलाई स्वाइन फ्लु भन्नुभन्दा ए एच१ एन१ भन्नु नै ठीक हुने बताएका छन् । मानिसमा देखा परेको यो भाइरस नयाँ किसिमको भएको र सुँगुरबाट मानिसमा सरेको कुनै प्रमाण नपाइएको अनुसन्धान विज्ञहरुले जानकारी दिएका छन् । विशेष गरेर कुखुराहरुमा एकदमै छिटो फैलिने बर्ड फ्लु (एच५एन१) भाइरस कुखुरालगायतका पन्छीबाट मानिसमा कमै मात्रामा सरेको पाइएको छ र मानिसबाट मानिसमा त अति विरलै मात्र र्सर्ने गरेको छ । तर पनि यो भाइरसले छिटो-छिटो रुप परिवर्तन -म्यूटेसन) गर्ने भएकाले इतिहासको कालखण्डमा जस्तै मानिसबाट मानिसमा रोग सार्ने भाइरस उत्पन्न भई महामारीका रुपमा फैलिएर धेरै मानिसको मृत्यु गराउने खतराचाहिँ रहेको छ । अहिले देखा परेको र ँस्वाइन फ्लु’ भनिएको एच१ एन१ भाइरस पनि हालको लागि नयाँ किसिमको भाइरस हो । यसको प्रतिरोध गर्ने क्षमता मानिसमा कति छ भन्ने अनुसन्धान हुँदै छ । यसका विरुद्ध कुनै खोप पनि तयार भएको छैन । तर विश्व स्वास्थ्य संघले छिट्टै यसको खोप तयार हुने अपेक्षा गरेको छ ।र्
विश्व स्वास्थ्य संघका अनुसार मे १९ सम्ममा मेक्सिकोमा ३ हजार ६ सय ४८ जनालाई संक्रमण भई ७२ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा ५ हजार १ सय २३ जनालाई संक्रमण भएको र यसमध्ये ५ जनाको मृत्यु भएको छ भने क्यानडामा ४ सय ९६ जनालाई रोग संक्रमण भई १ जनाको मृत्यु भएको छ र कोस्टारिकामा ९ जनालाई रोग संक्रमण भई १ जनाको मृत्यु भएको छ । रोग संक्रमण भएका अन्य मुलुकहरुमा अर्जेन्टिना (१), अस्टे्रलिया (१), ब्राजिल (८), चीन 9७), कोलम्बिया -११), डेनमार्क (१), एल साल्भाडोर (६), फ्रान्स (१४), जर्मन (१४), ग्वाटेमाला (३), आयरल्यान्ड (१), इजरायल -७), इटली (९), जापान (१५९), नेदरल्यान्ड (३), न्यूजिल्यान्ड -९), नर्वे (२), पानामा -५९), पोल्यान्ड (१), पोर्चुगल (१), दक्षिण कोरिया (३), स्पेन (१०३), स्वीडेन (३), स्वीट्जरल्यान्ड (१), बेलायत -१०२), अस्टि्रया -१), बेल्जियम (५), चिली (४), क्युबा (३), इक्वेडर (१), फिनल्यान्ड (२), भारत (१), मलेसिया (२), पेरु (२), थाइल्यान्ड (२) र र्टर्की (२) छन् । सन् २००३ देखि २००९ मे ६ सम्मको रेकर्ड हेदा बर्ड फ्लु करिब ६८ देशमा फैलिएर ४२३ जनालाई संक्रमण भई २५८ जनाको मृत्यु भएको छ । बर्ड फ्लु मानिसमा कम र्सर्ने भए पनि मृत्युदर यसको निकै बढी (६२ प्रतिशत) छ भने स्वाइन फ्लु संक्रमण दर निकै बढी भए पनि मृत्युदरचाहिँ अपेक्षाकृत निकै कम -२ प्रतिशतभन्दा कम) छ । स्वास्थ्यमा भन्दा पनि यसको मुख्य असर विश्वको आर्थिक क्षेत्रमा निकै ठूलो परिरहेको छ । बर्ड फ्लुले दक्षिण-पर्ूर्वी एसियाको अर्थतन्त्रमै ठूलो प्रभाव पारेको छ । २०६५ सालमा नेपालमा बर्ड फ्लु देखिंदा झन्डै २ अर्ब रुपियाँ नोक्सानी भएको ह्याचरी व्यवसायीहरु बताउँछन् ।
स्वाइन फ्लु के हो
इन्फ्लुएन्जा खास श्वासप्रश्वाससम्बन्धी एक प्रकारको सरुवा रोग हो । भाइरसका ए, बी र सी तीन समूहमध्ये ए समूहको भाइरसको एच१ एन१ उपसमूहबाट स्वाइन फ्लु हुन्छ भने एच५ एन१ उपसमूहको इन्फ्लुएन्जाबाट बर्ड फ्लु हुन्छ । यसबाहेक यी हानिकारक भाइरसका अरु थुप्रै उपसमूहहरु (h1 N2, H3N1, H3N2) पनि छन् । यी भाइरसले खासगरी नाक, घाँटी र फोक्सोमा आक्रमण गर्छन् । एच१एन१ भाइरस खासगरी सुँगुरमा फैलिन्छ । कहिलेकाहीँ सुँगुरको प्रत्यक्ष सर्म्पर्कमा आएका मानिसमा यो र्सन सक्छ र आफैं हराएर जान्छ । तर मानिसको शरीरमा रहेका बेला यसले मानिसको शरीरमा मिल्ने गरी आफ्नो संरचनामा परिवर्तन गर्न सक्छ । यस्तो अवस्थामा मानिसबाट मानिसमा यो रोग र्सन सक्छ र अहिले यही भएको अनुमान गरिएको छ । यो इन्फ्लुएन्जा भाइरस मानिसमा सरेपछि रुघाखोकी लाग्नु यसको मुख्य लक्षण हो । जीउ दुख्ने, ज्वरो आउने, अल्छी लाग्ने, खान मन नलाग्ने, छाती दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षणहरु देखिछन् । केटाकेटीहरुलाई चाहिँ र्याल-सिंगान निस्कने, सास फर्ेन अप्ठ्यारो हुने, छाला नीलो देखिने, झोल खानेकुरा पनि निल्न कठिन हुनेजस्ता समस्या देखिन्छन् । यसको रोकथामका लागि अहिलेसम्म कुनै औषधि नबनेकाले रोग लाग्ने सम्भावित भीडभाड क्षेत्रमा नजानु, मास्क लगाउनु, हाच्छ्यूँ गर्दा रुमालले छोप्नु, हात राम्रोसँग साबुन-पानीले धुनु र विनाकाम नाक, आँखा, मुख नछुनु रोगबाट बच्ने आधारभूत उपायहरु हुन् । मानिसबाट मानिसमा तीव्ररुपमा फैलिएर खासगरी हवाई यातायातमार्फ संसारका कुना-कुनामा यो रोग फैलिन थालेपछि हरेक देशका सरकारलगायत विश्व स्वास्थ्य संघले यस रोगको नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाएका छन् । नेपालमा पनि यो रोग फैलिन नदिन र रोग देखा परेमा उपचार तथा नियन्त्रण गर्नका लागि विभिन्न उपायहरु अपनाइएका छन् । रोगबाट बच्ने उपाय एभिएन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाका संयोजक डा. मानसकुमार बनर्जी भन्नुहुन्छ- ँरोग भित्रिन सक्ने प्रमुख नाका अन्तर्राष्ट्रिय विमानस्थल नै भएकाले सम्भावित मुलुकबाट रोग लागेका शंकास्पद मानिस आएमा परीक्षण गरी उपचार गर्ने र अरुमा फैलन नदिने व्यवस्था गरिएको छ ।’ उहाँका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी रोग -एच१ एन१) देखा परेका विभिन्न मुलुकमा विगत ७ दिनभित्र भ्रमण गरेका मानिसहरुलाई हेल्थ डेस्कमा सर्म्पर्क गर्न सूचना गरिएको छ । उनीहरुले भर्ने फारमका आधारमा रोगको लक्षण देखिएमा वा शंका लागेमा मुख र घाँटीको बीचको तरल वस्तु ९कधबद० लिएर परीक्षण गर्ने व्यवस्था गरिएको छ । बिरामी भेटिएमा उनीहरुलाई उपचार गर्न शिक्षण अस्पताल महाराजगन्जमा छुट्टै १४ र टेकु अस्पतालमा ६ बेड छुट्याइएको छ । त्यस्तैगरी रोग देखा परेका मुलुकबाट आएका तर रोगको लक्षण नदेखिएकालाई पाँच दिनभित्रमा ज्वरो, रुघालगायतका लक्षण देखिएमा सर्म्पर्क गर्न सम्बन्धित अस्पतालको टेलिफोन नम्बर पनि उपलब्ध गराइएको छ । डा. बनर्जीका अनुसार अहिले रोग बढी फैलिएका मेक्सिको, क्यानडा र अमेरिकाबाट आउनेलाई बढी निगरानी गरिएको छ । रोगका लक्षण देखिएमा रोग लागेको ४८ घण्टाभित्र टाइम फ्लु औषधि खाएमा ५ दिनभित्रमा रोग निको हुन्छ तर उपचार नगरेमा मानिसको मृत्यु पनि हुन सक्छ । डा. बनर्जीका अनुसार रोग र्सन वा फैलिन नदिनका लागि मास्क लगाउनु, एक मिटर टाढै बसेर कुरा गर्नु, हूलमा नजानु, हाच्छ्यूँ गर्दा रुमाल नभए पाखुराले नाक छोप्नु, हात धुँदा ५० सेकेन्ड -एउटा राष्ट्रिय गान गाउने अवधिसम्म) साबुन-पानीले राम्रोसँग हात धुनर्ुपर्छ । त्यस्तैगरी सन्चो नभएको बेला अनावश्यक भ्रमण नगर्नु नै बेस हुन्छ । श्वासप्रश्वास, मिर्गौला, छातीरोग, क्षयरोग, एचआईभीलगायतका दर्ीघरोग भएमा पनि भीडभाडमा जानुहुँदैन । रुघासँगै बच्चालाई ज्वरो आएमा बाहिर जान दिनुहुँदैन र रोगका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सर्म्पर्क गर्नर्ुपर्छ । इन्फ्लुएन्जा भाइरस परीक्षण गर्ने मेसिन तथा प्राविधिज्ञहरु नेपालमा उपलब्ध भए पनि परीक्षणका लागि आवश्यक पर्ने किट नेपालमा उपलब्ध छैन । डा. बनर्जीका अनुसार बर्ड फ्लु देखिएका बेला इन्फ्लुएन्जा परीक्षणका लागि सम्पूर्ण पर्ूवाधारहरु तयार गरिए पनि हाल देखिएको भाइरस -ए१ एन१) नयाँ भएकाले सो परीक्षणका लागि आवश्यक किट नेपालमा छैन । तर अमेरिकाले विश्व स्वास्थ्य संघमार्फ आवश्यक किट उपलब्ध गराउने बचन दिएकाले छिट्टै परीक्षणको काम पनि सुरु हुने डा. बनर्जीले जानकारी दिनुभएको छ ।र् बर्ड फ्लु, स्वाइन फ्लुजस्ता रोगले स्वास्थ्यमा पार्ने असरभन्दा आर्थिक क्षेत्रमा पार्ने असर निकै ठूलो छ । स्वास्थ्यमा पर्ने असरमा पनि शारीरिकभन्दा मानसिक असर बढी पर्ने खतरा हुन्छ । त्यसकारण यस रोगलाई नियन्त्रण गर्न सबै क्षेत्रबाट गम्भीरतापर्ूवक पहल गर्न आवश्यकता छ । रोगका बारेमा अनावश्यक सन्त्रास फैलाउनुभन्दा रोग नियन्त्रणतर्फबढी गम्भीर हुन जरुरी छ ।
ँस्वाइन फ्लु गराउने भाइरस -एच१एन१) फैलिएका बेला यात्रा बन्द गर्नु, शंकास्पदलाई सिमानामा रोक्नु एउटा उपाय त हो तर धेरै फैलिएका बेला यो सम्भव हुँदैन । यसका लागि सरसफाइ नै महत्त्वपूर्ण कुरा हो । तातो पानी र साबुन वा खरानीले बराबर हात धोइरहनुपर्छ । खोक्दा हातले छोप्दा, हात मिलाउँदा अरुलाई र्सर्ने, आफ्नै आँखाबाट भाइरस प्रवेश गर्ने हुन्छ । यस्तो अवस्थामा मास्क लगाएर पनि केही हुँदैन । त्यसैले बराबर हात धोइरहनु रोगबाट बच्ने एउटा राम्रो उपाय हो’, अमेरिकी जनस्वास्थ्य सञ्चारविज्ञ डानियल रुज भन्छन् । उनी अगाडि भन्छन्- ँयस्ता संक्रामक रोग महामारीका रुपमा फैलिएका बेला आमसञ्चारमाध्यमले समाचारलाई सनसनीपर्ूण्ा बनाउँदा गरिब र साना उद्योगलाई बढी मार पर्ने, मानिसहरु अनावश्यक मानसिक तनावमा पर्ने, रोगले भन्दा त्रासले बढी क्षति पुग्ने भएकाले यस्ता समाचारलाई यकिनका साथ सावधानीपर्ूवक संप्रेषण गर्नुपर्छ । न्युजपेपर बिक्ने हिसाबले मात्र समाचारलाई सनसनीपूर्ण् बनाउनुहुँदैन ।’ अमेरिकी जनस्वास्थ्य सञ्चारविज्ञ डानियल सी रुजले केबल न्युज नेर्टवर्क (CNN) लगायत विद्युतीय आमसञ्चारमाध्यममा ३० वर्षन्दा बढी काम गरिसकेका छन् । हाल उनी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (CDC) अर्न्तर्गतको संक्रामक रोगका लागि तयारी पहिचान र नियन्त्रणसम्बन्धी अमेरिकी राष्ट्रिय केन्द्रका सह-सञ्चार निर्देशक छन् । साथै उनी साझेदारी तथा रणनीतिक सम्बन्ध विभाग र स्वास्थ्य बजारीकरणका लागि अमेरिकी राष्ट्रिय केन्द्रका कायममुकायम निर्देशक पनि हुन् । हालै उनी नेपालस्थित अमेरिकी दूतावासको निमन्त्रणामा संक्रामक रोग बर्ड फ्लु, स्वाइन फ्लु -एच५एन१, एच१एन१)को महामारी फैलिरहेको सर्न्दर्भमा नेपालका जनस्वास्थ्य आमसञ्चारकर्मीहरुसँग अनुभव आदानप्रदान गर्न नेपालको तीनदिने भ्रमणमा आएका थिए । साधना प्रतिनिधिसँगको भेटमा उनले स्वाइन फ्लु नियन्त्रणका लागि नेपालले अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको तयारी निकै राम्रो भएको र यसलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । उनले रोगग्रस्त मानिस आउने सम्भावित स्थानमा बस्नेहरुले एन९५ मास्क प्रयोग गर्नु उपयुक्त हुने सुझाव दिए । स्वाइन फ्लु सुँगुरबाट मानिसमा सरेको आशंकामा हाल सुँगुरको मासु खान नहुनेजस्ता भ्रम फैलिइरहेको सर्न्दर्भमा उनले सुँगुर पाल्न नहुने, खान नहुने र मार्नुपर्नेजस्ता गलत सन्देशहरु गइरहेको तर सुँगुर पाल्न कुनै खतरा नरहेको र स्वस्थ सुँगुरको मासु खान कुनै खतरा नरहेको जानकारी दिए । तर कुखुरा-हाँसमा बर्ड फ्लु देखिएमा समूहका सबै कुखुरा-हाँस मारेर नष्ट गर्नु उपयुक्त हुने उनको सुझाव छ । जनस्वास्थ्य विज्ञसमेत रहेका रुजले भने- ँस्वाइन फ्लु, बर्ड फ्लुजस्ता रोग गराउने इन्फ्लुएन्जालाई ६ वटा चरणमा विभाजन गरिएको र जति चरण बढ्दै गयो उति खतरा पनि बढ्दै जाने हुन्छ । एच५एन१ अर्थात् बर्ड फ्लु अहिलेसम्म तेस्रो चरणमा प्रवेश गरेको छ भने एच१एन१ अर्थात् स्वाइन फ्लु तुरुन्तै पाँचौं चरणमा प्रवेश गरेको छ । यो तुरुन्तै निकै खतरनाक अवस्थामा पुगेकाले यसमा अझ बढी र्सतर्कता अपनाउन जरुरी भएको उनले बताए । उनले नेपालको स्वास्थ्य पत्रकारिताबाट आफू प्रभावित भएको बताउँदै जनस्वास्थ्यसम्बन्धी समाचार भ्रम पर्ने, द्विविधा हुने, राम्रोसँग अर्थ लगाउन नसक्ने गरी लेख्दा त्यसको परिणाम प्रत्युत्पादक हुने भएकाले स्वास्थ्यसम्बन्धी समाचार एकिन गरेर ठीक र अर्थपर्ूण्ारुपमा मात्र प्रस्तुत गर्नुपर्ने सुझाव दिए । साथै जनस्वास्थ्यमा असर पर्ने गरी समाजमा भइरहेको गलत प्रवृत्तिको उजागर गर्न आमसञ्चारकर्मी चुक्न नहुने उनको सुझाव थियो । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |