Index

एचआईभी पीडा खप्दै महिला र केटाकेटी
अण्डकोषको नसा फुल्ने समस्या र बाँझोपन
घर-परिवारमा हुने चरम यौन दुर्व्यवहार
महिनावारीमा गडबडी हुने कारण
गर्मीयामको शृगार

आयुर्वेदिक उपचारप्रति विदेशीहरुको आकर्षा

नर्सर्ने रोगहरु- धेरै नेपालीको समस्या दम-खोक
लागूपदार्थः तहसनहस गर्दै छ जिन्दग
खानाका कारणले हुने रोगबाट बच्ने उपाय

मानसिक रोगी र तिनका परिवार

मोटोपन नियन्त्रण गर्न सकिन
नेपालमा मिर्गौला प्रत्यारोपण
स्वाइन फ्लुको महामारी
तपाईंका घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
 

यौनशिक्षा अण्डकोषको आकार परिवर्तन

 डा. राजेन्द्र भद्रा

म १८ वर्षो अविवाहित युवक हुँ । मेरो दाहिने अण्डकोष बेला-बेलामा सुन्निने गर्छ । प्रायः जाडोमा सुक्ने र गर्मीमा बिस्तारै सुन्निने गर्छ । यस्तो भएको एक वर्षभयो । अण्डकोष सुक्दै जाँदा बिरामी भएजस्तो हुने र फुक्दै जाँदा स्वस्थ भएको अनुभव हुने गर्छ । यसरी अण्डकोष सुन्निदा दुख्दैन । हातले थिच्दा बिस्तारै सुक्दै जाने र थिच्न छाडेपछि फेरि बढ्दै जाने गर्छ । यस प्रकारको समस्याको समाधानको उपाय बताइदिनुभए मलगायत मेरा साथीहरु पनि आभारी हुने थियौं ।

- विश्वकुमार अधिकारी, रामेछाप

अण्डकोष र अण्डकोष थैली 

कतिपय व्यक्तिले अण्डकोष र अण्डकोष थैली वा स्क्रोटम (Scrotum) दुवै एकै कुरा हुन् भन्ने ठान्छन् तर वास्तवमा कुरा त्यसो होइन । अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कुरा थाहा नभएको कारणले स्क्रोटममा भएको समस्यालाई पनि अण्डकोषको समस्या ठान्ने गर्छन् । तर कुरा त्यसो नहुन सक्छ ।

 

 अण्डकोष पुरुषमा भएको एक प्रमुख प्रजनन अंग हो । शुक्रकीट र पुरुषत्व प्रदान गर्ने हर्मोनको उत्पादन यहीँ हुन्छ । यो लिंगको फेदनिर झुन्डिएको छालाको पातलो थैलीभित्र हुन्छ । लगभग १०-११ वर्षो उमेरबाट अण्डकोषको विकास सुरु हुन्छ र यसको विकासले व्यक्ति किशोरावस्थामा प्रवेश गरेको संकेत गर्छ । किशोरावस्थाभरि नै यो निरन्तर बढ्ने क्रम चल्छ ।

यसको आकार अलि चेप्टो अण्डाकारको हुन्छ । सालाखाला १० देखि १४ ग्राम तौल भएको यो अंगको आयतन सरदर ४X३X२.५ सेन्टिमिटर हुन्छ । यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य कुरा हो । मानिसको स्वरुप र उचाइ फरक-फरक हुने भएझैँ अण्डकोषको आयतन तथा आकार व्यक्तिअनुसार फरक-फरक हुन्छ । दुबै अण्डकोष पनि समान आकार वा आयतनको नहुन सक्छ र यसमा केही भिन्नता हुनु सामान्य कुरा हो । त्यसैगरी दुवै अण्डकोष पनि समानरुपमा झुन्डिएको नभई एक अण्डकोष केही माथि र अर्को केही तल हुन सक्छ । यो पनि अस्वाभाविक होइन ।

अण्डकोष एक पातलो छालाको थैलीमा हुन्छ । यही थैलीलाई नै अण्डकोष थैली अर्थात् अंग्रेजीमा स्क्रोटम (Scrotum)  भनिन्छ । मूलतः अण्डकोष थैलीको काम भनेको अण्डकोषलाई सुरक्षा प्रदान गर्नु हो । त्यसको अलावा यसको एक विशेष कार्य हुन्छ, त्यो हो अण्डकोषको तापमानलाई नियन्त्रण गरेर राख्ने अर्थात् वातानुकुलित पार्ने ।

 अण्डकोषले तापक्रम मिलाउँछ

अण्डकोष थैलीका काममध्ये अण्डकोषको तापक्रम मिलाउनु एउटा विशेष काम हो । त्यसैले यसले एयर कन्डिसन ( Air Condition) को जस्तो काम गर्छ । अर्थात् यसले वातानुकुलित पार्ने कार्य गर्छ । जाडो समयमा खुम्चिएर यसले अण्डकोषलाई न्यायो बनाइराख्छ भने गर्मीमा लत्रक्क परी झोल्लिएर शीतल राख्न मद्दत गर्छ ।

तपाईंले केहीबेर अण्डकोष थैलीलाई हेरिरहनुभयो भने यो बिस्तारै भए पनि चलायमान हुन्छ, ताकि चिसो बनाइराख्न सकियोस् । यो एक सामान्य प्रक्रिया हो । कतिपयले यसैलाई पनि कुनै खराबी हो कि भनेर चिन्ता लिने गर्छन् तर चिन्ता गर्नु आवश्यक छैन । यो सामन्य अवस्था हो ।

यसलाई किन वातानुकुलित बनाउनु आवश्यक हुन्छ भन्ने जिज्ञासा पनि हुन्छ । वास्तवमा शुक्रकीट उत्पादनको लागि अण्डकोषको तापक्रम हाम्रो शरीरको भन्दा केही कम हुनु उत्तम हुन्छ । त्यसैले यसलाई केही कम तापक्रममा राख्न प्रकृतिले नै यस किसिमको विशेष व्यवस्था अपनाएको हुन्छ । त्यसैले अण्डकोष थैली -अण्डकोषलाई छोपेर राख्ने छालाको थैली) सधैँ एकै आकारको भने हुँदैन भन्ने कुरा बुझनर्ुपर्छ ।

 अण्डकोष थैली किन ठूलो हुन्छ ?

तपाईंले बेला-बेलामा दाहिने अण्डकोष सुन्निने कुरा उल्लेख गर्नुभएको छ । कुन-कुन बेला वा कस्तो शारीरिक अवस्थितिमा यो बढी वा कम सुन्निने गर्छ भन्नेबारेमा बढी जानकारी भएको भए जवाफ लेख्न सजिलो हुने थियो । तपाईंले अण्डकोष भनेर उल्लेख गर्नुभए पनि अण्डकोष नै सुन्निएको कुरा गर्नुभएको हो वा अण्डकोष थैली ठूलो भएर आएको हो भन्ने कुरा छुटयाउनु एकदमै आवश्यक छ । तपाईंको पत्रमा भएको स्थितिलाई केलाउँदा अण्डकोष थैली सुन्निएको जस्तो बुझिन्छ र विशेष गरेर तलका अवस्थामध्ये कुनै एक भएको हुन सक्ने सम्भावना भएकोले त्यसैको बारेमा चर्चा गरौं ।

जन्मजात नै हुने हाइड्रोसिल (Congenital hydrocele) उभिँदा ठूलो भएर आए पनि सुतेपछि बिस्तारै सानो हुँदै जान्छ । तर हातबाट केही दबाब दिँदैमा तुरुन्तै सजिलै यसमा भएको रस निख्रिँदैन ।

यस किसिमको अवस्थामा अण्डकोष थैलीको छाला हर्ेदा वा छाम्दा खुजमुज परेको स्थिति ९च्गनयकष्तथ० कम भएको अनुभव गर्न सकिन्छ । तर यसमा कुनै नसा सुन्निएको जस्तो भने हुँदैन । यदि निकै सुन्निई ठूलो भएको अण्डकोष थैलीमा अँध्यारो स्थानमा बसेर सानो र्टच बाली हर्ेदा अर्धपारदर्शी देखिन्छ ।

भ्यारिकोसिल (Varicocele) भएको अवस्था अर्को स्थिति हो । यसो हुँदा रक्तनसा सुन्निन गई अण्डकोष थैली नै केही बढ्न गएको हुन सक्छ । अण्डकोषबाट रगत फर्काउने रक्तनसाहरु फुल्न गई यस्तो हुने गर्दछ । यो प्रायजसो तरुण तथा नव वयष्कहरूमा हुने गर्छ । यो प्रायः बायाँतिर हुने गर्छ ।

यसले ठण्डा मौसममा बस्नेे व्यक्तिलाई भन्दा गर्मी मौसममा बस्ने व्यक्तिलाई बढी पिरोल्ने गर्छ । पुड्का मानिसको तुलनामा अग्ला तथा पातला मानिसमा यस्तो अवस्था बढी देखिन्छ । कतिपय अवस्थामा कुनै खास लक्षण नै अनुभव गर्न सकिंदैन । तर केही व्यक्तिले अण्डकोषको क्षेत्रमा केही तानिएको जस्तो महसुस गर्न सक्छन् । यसलाई छाम्दा ँगडयौलाको पोका’ जस्तै अनुभव हुन्छ । यो उभिएको अवस्थामा देखिए पनि पल्टिँदा वा सुतेको अवस्थामा हराउँछ ।

अण्डकोष थैलीलाई भरथेग गर्ने विधि सुरुमा अपनाउन सकिन्छ । पीडा भइरहेमा, सन्तान प्राप्तिमा यसैले नै असजिलो पारेको वा अण्डकोष सुक्न थालेको स्थितिमा भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ ।

के यसले यौनजीवनमा असर पार्छ ?

अण्डकोष थैली केही मात्रामा ठूलो हुँदैमा यौनजीवनलाई कुनै नकारात्मक असर गर्दैन । तर अण्डकोष थैली निकै ठूलो भएको स्थितिमा र शारीरिक रुपमा दैनिक जीवनयापन गर्न नै गाह्रो हुने स्थितिमा यौनजीवनमा पनि त्यसको केही असर पर्ने कुरा नकार्न सकिन्न ।

भ्यारिकोसिलकै कुरा गर्ने हो भने पनि सामान्यतया समस्या चर्को छैन भने यसले यौनजीवनमा असर गर्दैन । तर अण्डकोष थैलीको कार्य अण्डकोषलाई शीतल बनाइराख्नु हो । सामान्यतया अण्डकोषमा मलद्वारको भन्दा २.५ ड्रि्री सेल्सियस कम तापक्रम हुने गर्छ । तर भ्यारिकोसिल भएको स्थितिमा यो तापक्रमको फरक निकै कम अर्थात् ०.१ ड्रि्री सेल्सियस हुन सक्छ । यसो भन्नुको अर्थ लगभग शरीरको तापक्रमको हाराहारीमा नै अण्डकोषको तापक्रम पुग्न सक्छ ।

यस्तो स्थितिमा शुक्रकीटको   उत्पादनको लागि वातावरण उत्तम हुँदैन र त्यसको नकारात्मक प्रभाव शुक्रकीटको उत्पादनमा पर्न सक्छ । यस्तो स्थितिमा प्रजनन क्षमतामा ह्रास आउन सक्छ । प्रजनन क्षमता यौनजीवनको महत्त्वपूर्ण पक्ष हो ।

 समाधानको उपाय

पत्रमा उल्लेख गरिएका सीमित जानकारी र शारीरिक तथा अन्य परीक्षणको अभावमा तपाईको समस्या यही नै भनेर यकिन गर्न गाह्रो हुन्छ । समस्याको निदान नगरी उपचार वा समाधानको कुरा गर्न त्यसै मिलेन ।

यहाँ सम्भावित स्थितिका बारेमा मात्रै चर्चा गरिए पनि अण्डकोष थैली सुन्निने अन्य अवस्थाहरू अनि  अण्डकोष आफैं नै ठूलो हुने विभिन्न अवस्थाहरू पनि हुन्छन् । अण्डकोषको विभिन्न संक्रमणदेखि टयुमरहरूसम्म यसका कारक हुन सक्छन् भन्ने कुरा बुझनु जरुरी छ ।

समस्याको समाधानको लागि र्सवप्रथम चिकित्सकसँग परीक्षण गराउनुहोस्, ताकि समस्याको सही पहिचान हुन सकोस् । शल्यचिकित्सकलाई जँचाउनुभए बेस हुन्छ । समस्याको पहिचान भएपछि त्यसैअनुरुप उपचारको क्रम अघि बढाउन सकिन्छ ।

अन्त्यमा एक प्रश्न तपाईंलाई- किन तपाईलगायत तपाईंका साथीहरू पनि आभारी हुने लेख्नुभएको होला ?

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.