उनी अब आफ्नो अध्ययनलाई निरन्तरता दिने बताउँछन् ।त्यसैगरी त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जले पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको काठमाडौं बुढानीलकण्ठका ३७ वषर्ीय हेमराज श्रेष्ठ प्रत्यारोपणपछि स्वस्थसँग जीवनयापन गरिराखेका छन् । ँसंक्रमणबाट जोगिने र प्रत्यारोपणपछि नियमित औषधि खाने गरेको छु’ -उनी भन्छन् । आजकल आफ्नै ट्याक्सी चलाउँदै श्रेष्ठ व्यवसाय बढाउने प्रयत्न गर्दै छन् ।
यसैबीच विगत एक दशकको अवधिमा नेपालमा मिर्गौलारोगीको संख्या अत्यधिक बढेर गएको देखिन्छ । मिर्गौला बिग्रिएपछि डायलिसिस वा प्रत्यारोपणबाहेकको विकल्प संसारभर छैन । राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौं वनस्थलीमा डायलिसिस गराउनेहरुको संख्या र अवधिको पछिल्लो १० वर्षो आंकडाले मिर्गौलारोगीहरु सयौं गुणाले बढिरहेको देखाउँछ । सन् १९९८ मा सो उपचार केन्द्रले ७ सय २९ पटक डायलिसिस सेसन चलाएकोमा सन् २००८ मा यो अवधि बढेर १९ हजार १ सय १८ पुग्नुले मिर्गौला रोगीहरुको संख्या निकै वृद्धि भएको देखिन्छ । मिर्गौला रोग लाग्नुको कुनै निश्चित कारण नभए पनि मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, रक्तनलीसम्बन्धी दोष भएकाहरुलाई मिर्गौलासम्बन्धी रोग लाग्ने गरेको वीर अस्पतालका नेप|mोलोजी युनिट प्रमुख डा. राजेन्द्रकुमार अग्रवाल बताउँछन् । यी बाहेक मिर्गौलामा पत्थरी भएमा र बढी मात्रामा एन्टिबायोटिक र पेनकिलर औषधिहरुको सेवनले पनि मिर्गौला रोग लाग्ने गरेको पाइएको छ । यो रोग जुनसुकै उमेरका जो-कोहीलाई पनि लाग्न सक्छ । वाकवाकी लाग्नु, खान मन नलाग्नु, पिसाब थोरै हुनु, टाउको दुख्नु, शरीरका विभिन्न भागहरु सुन्निनुलगायतका लक्षण देखिने सम्भावना मिर्गौलारोगमा हुन्छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका मिर्गौलारोग विशेषज्ञ डा. अशोक प्रधान लक्षण देखुन्जेलसम्म मिर्गौर्लाको अवस्था बिग्रिसक्ने बताउँछन् । ँत्यसैले सबैभन्दा राम्रो उपाय भनेको वाषिर्क रुपमा पिसाब र रगतको जाँच गर्नु नै हो’ -उनी भन्छन् ।
मिर्गौला बिग्रिएपछि गरिने डायलिसिस हप्तामा दर्ुइ पटक गर्ने गरिएको पाइन्छ । रगतलाई शुद्धीकरण गर्राई मिर्गौला ब्रि्रेकाहरुलाई अस्थायी जीवन दिने काम डायलिसिसको माध्यमबाट हुँदै आएको छ । तर सस्तो मानिएको सरकारी अस्पताल -वीर र त्रि.वि. शिक्षण) मा डायलिसिस मेसिन थोरै हुनुले मिर्गौलाका बिरामीले निजी अस्पतालबाट महँगो शुल्क तिरेर डायलिसिस गराउनुपरिरहेको छ । वीर अस्पताल र त्रि.वि. शिक्षण अस्पतालमा डायलिसिस गराएबापत मासिक १० हजारको हाराहारीमा खर्च आउने भए पनि निजी अस्पतालमा २५-३० हजार खर्च हुने गरेको पाइएको छ । वीर अस्पतालमा हाल आठ र त्रि.वि. शिक्षण अस्पतालमा चार वटा डायलिसिस मेसिन सञ्चालनमा रहेका छन् । यसैबीच नेपालमै मिर्गौला प्रत्यारोपण कार्यको सुरुआत हुनुले मिर्गौला बिग्रिएकाहरुलाई लामो जीवन जिउने आधार पलाएको छ । त्रि.वि. शिक्षण अस्पतालकी हेल्थ इनिस्पेक्टर सरला शेरचन प्रत्यारोपणपछि विभिन्न संक्रमणबाट बच्न र औषधि नियमित खान जरुरी भएको बताउँछिन् । प्रत्यारोपणपछि जिन्दगीभर खाइने औषधिहरुले शरीरको आत्मरक्षा प्रणाली कमजोर बनाउने भएकाले संक्रमणबाट बच्नुपर्ने उनको भनाइ छ ।
त्यसो त मिर्गौला प्रत्यारोपणपश्चात् आजीवन ठूलो खर्च बेहोर्नुपर्ने हुन्छ । लामो समय मासिक १० देखि १५ हजारको महँगो औषधि खानुपर्ने, नियमित डाक्टरसँग चेकअप गराउनुपर्ने र छुट्टै कोठा, ट्वाइलेट, बाथरुमको सुविधामा रहनुपर्ने बाध्यता मिर्गौला प्रत्यारोपण गराएकाहरुलाई छ । साथै संक्रमणजन्य रोगबाट मिर्गौला जोगाउन निकै गाह्रो पनि हुन्छ । मिर्गौला प्रत्यारोपण प्रक्रियाले पनि लामो समय लिने गरेको पाइएको छ । प्रत्यारोपणका लागि मिर्गौला दिने व्यक्तिको शरीरको सम्पूर्ण चेकअप कार्यले समय धेरै लिने गरेको हो । मिर्गौलारोग विशेषज्ञ डा. अशोक प्रधानका अनुसार मिर्गौला दिने र लिनेको ब्लड गु्रपदेखि लिएर टिस्यु मेचिङलगायतका कुरा मिलेपछि मात्र प्रत्यारोपण गर्न सकिन्छ । मिर्गौला दिने व्यक्तिको चेकअपमा पनि करिब १ लाख रुपियाँबराबरको खर्च लाग्ने गरेको मिर्गौलारोगीका आफन्तहरु बताउँछन् । ँबल्लतल्ल मिर्गौला दिने आफन्त फेला पर्छ तर चेकअपमा नमिल्ने भएपछि मन अमिलो हुन्छ, लाख रुपियाँ पनि खर्च भइसकेको हुन्छ’, मिर्गौला रोगी यादव फुँयाल बताउँछन् । मिर्गौला प्रत्यारोपण कार्यका लागि मानवअंग प्रत्यारोपण ऐन २०५५ जारी गरिएको छ । मिर्गौला किनबेच नहोस् र यसमा अन्य विकृति नआओस् भनेर ल्याइएको यस ऐनले आफन्तबीचमा मात्र प्रत्यारोपण कार्य गर्न मिल्ने उल्लेख गरेको छ । तर कानुनमा आफन्तहरुको दायरा फराकिलो नबनाइदिनाले प्रत्यारोपण कार्यमा चाहेर पनि नजिकका आफन्तले सहयोग गर्न सकिरहेका छैनन् । त्रि.वि. शिक्षण अस्पतालकी हेल्थ इनिस्पेक्टर सरला शेरचनका अनुसार मामा, फुपूजस्ता नातासम्बन्धलाई कानुनमा नसमेटिदिनाले मामा र फुपूले चाहेर पनि मिर्गौला दिन पाइरहेका छैनन् । ँआफन्तबाहेककाले दिन नपाउने नियम बनाउने अनि आफन्तको दायरा पनि साँघुरो राखिदिनाले धेरैलाई समस्या परिरहेको छ’ -उनी भन्छिन् । मिर्गौला प्रत्यारोपण गर्नलाई मिर्गौला बिरामीका आफन्त विनाहिच्किचाहट अघि र्सर्ने गरको पनि भेटिएको छ । काठमाडौं लाजिम्पाट बस्ने एक परिवारमा सासूले बुहारीलाई मिर्गौला दिने तरखर गर्दै छन् । सासूको बुहारीप्रतिको सद्भाव देखेर नतमस्तक भएकी हेल्थ इनिस्पेक्टर सरला शेरचन यस प्रकारको धारणाले सामाजिक परिवर्तन आउने विचार व्यक्त गर्छिन् । यसरी मिर्गौलारोगीको संख्या बढ्न नदिन समयमै यस रोगको नियन्त्रण गर्नु जरुरी भइसकेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका मिर्गौलारोग विशेषज्ञ डा. अशोक प्रधान डाक्टरसम्म आइपुग्ने मिर्गौलारोगी ज्यादै कम भएको आंकलन गर्छन् । ँअधिकांश त अस्पताल नै नदेखी मर्ने गरेका छन्’ -उनी भन्छन् । यो विकराल स्वास्थ्यसमस्यालाई क्षयरोग, क्यान्सर जति नै महत्त्व दिएर जनचेतना जगाउनुपर्ने डा. प्रधानको धारणा छ । कम्तीमा पनि वर्षो एक पटक सबैले ५०-६० रुपियाँ खर्च गरेर आफ्नो पिसाबमा प्रोटिनको अवस्था कस्तो छ भनी जाँचेमा मिर्गौला बिग्रिनबाट जोगाउन सकिने डा. प्रधान बताउँछन् । प्रत्यारोपण कार्यलाई निरन्तरता दिन अंग प्रत्यारोपण ऐन २०५५ मा संशोधन गर्नुपर्ने डाक्टरहरुको धारणा छ । यसैगरी सरकारले स्वास्थ्य मन्त्रालयबाट प्रत्येक मिर्गौलारोगीलाई ५० हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ । तर लाखौं खर्च हुने मिर्गौलारोगमा ५० हजार रुपियाँ हात्तीको मुखमा जीरा भएको बिरामीका आफन्तहरुको भनाइ छ । मिर्गौलारोगीहरु सरकारले डायलिसिसको आधा रकम बेहोर्ने र प्रत्यारोपणपछि खानुपर्ने औषधिहरु निःशुल्क उपलब्ध गराउनुपर्ने माग गर्छन् । मिर्गौलारोग साना बालकदेखि वृद्धसम्मलाई हुने भएकाले यस रोगको गम्भीरतालाई सबैले बुझ्न जरुरी भइसकेको विज्ञहरुको धारणा छ । रोगसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम समय-समयमा आयोजना गरी र्सवसाधारणलाई सचेत गराउन जरुरी छ । स्कुल एवम् कलेजमा पाठ्यक्रममा समेत मिगौर्ैलारोगसम्बन्धी जानकारी समेट्न सकेमा केही हदसम्म भए पनि यस रोगको निवारण हुन सक्ने जानकारहरु बताउँछन् । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |