मअति मोटोपन अहिले सारा संसारकै समस्या भएको छ । त्यसमा पनि खासगरी धनी देशहरुमा यो एउटा ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएको छ । अमेरिकामा हरेक ३ अमेरिकीमध्ये १ जनामा अति मोटोपन देखिन थालेको छ । एक अध्ययनअनुसार त्यहाँ करिब ६ वर्षो अवधिमा अति मोटोपन भएकाहरुको संख्या झन्डै दोब्बरले वृद्धि भएको पाइएको छ । मोटोपनसँग सम्बन्धित स्वास्थ्य समस्या मोटोपनले शरीरको सुन्दरता बिगार्ने मात्र होइन, यसले व्यक्तिको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ । इन्सुलिन ९क्ष्लकगष्लि० शरीरका विभिन्न कोषहरुमा ग्लुकोज ९क्गनभच० पुर्याउने कामका लागि अति आवश्यक हुन्छ । यसरी विभिन्न कोषहरुमा ग्लुकोज पुर्याउने सर्न्दर्भमा इन्सुलिनले ब्लड ग्लुकोजको मात्रालाई सामान्य अवस्थामा राख्छ । तर इन्सुलिन रेसिस्टेन्स (Insulin Resistance ) भएमा इन्सुलिनले शरीरका कोषहरुमा ग्लुकोज पुर्याउने कार्य प्रभावकारी रुपमा गर्न सक्दैन । इन्सुलिन रेसिस्टेन्स हुनुको एउटा प्रमुख कारण अति मोटोपन हुनु हो । इन्सुलिनले प्रभावकारी रुपमा काम गर्न नसकेपछि ब्लड ग्लुकोज लेभल बढ्छ । त्यसपछि मानिसमा डायबिटिज रोग देखा पर्छ । यो डायबिटिज देखा पर्नुमा मोटोपनको मात्रा र मोटोपन भएको अवधिले प्रमुख भूमिका खेल्छ । अति मोटोपन भएका वयष्कमा उच्च रक्तचाप देखिनु सामान्यजस्तो नै हो । जुन मानिसमा बोसोको मात्रा कम्मर तथा पेटवरिपरि छ त्यस्ता मानिसमा उच्च रक्तचाप छिटो र बढी देखा पर्छ । जसको शरीरमा मोटोपन -बोसो) छरिएर हिप, पाखुरा र शरीरको अन्य भागमा रहेको हुन्छ त्यस्ता व्यक्तिमा अपेक्षाकृत उच्च रक्तचाप अलि ढिलो देखा पर्छ । जुन व्यक्तिहरुको पेट स्याउ आकारमा वृद्धि हुँदै जान्छ उनीहरुलाई रोगको खतरा पनि वृद्धि हुँदै जान्छ । उनीहरुमा पक्षघात हुने, कोलेस्टेरोल बढेर जाने समस्या पनि बढ्छ । एक अध्ययनअनुसार अधिकतम तौल भएका महिलालाई मुटुरोगसम्बन्धी स्वास्थ्य समस्या अरुलाई भन्दा ४ गुणासम्म बढी हुन्छ । यस्तैगरी फिनल्यान्डमा भएको अर्को एक अध्ययनअनुसार शरीरको हरेक एक किलोग्राम बढी तौल वृद्धि हुँदा सम्बन्धित रोगबाट मृत्यु हुने सम्भावना एक प्रतिशतले बढ्छ । यस्तै जसलाई एक पटक हृदयघात भइसकेको छ त्यस्ता व्यक्तिलाई पुन हृदयघात हुने सम्भावना वृद्धि गर्न पनि बढी तौलले अधिकतम भूमिका खेल्छ । अधिकतम तौल भएका व्यक्तिको मुटु फेलियर हुनेलगायत विभिन्न किसिमका मुटुसम्बन्धी रोगका कारण अकालमै मृत्यु हुन सक्ने भएकाले शरीरको तौल उचित रुपमा कायम गर्नुपर्छ । अति मोटोपनका कारण पुरुषको ठूलो आन्द्रा (Colon) प्रोस्टेटमा क्यान्सर हुने खतरा रहेको हुन्छ । त्यस्तै महिलामा पनि ठूलो आन्द्रा, गल ब्लाडर र पाठेघरमा क्यान्सर हुने सम्भावना रहेको हुन्छ । यस्तै रजोनिवृत्ति भएकी महिलामा बढी तौल भएमा स्तन क्यान्सर हुने सम्भावना हुन्छ । अधिक तौल भएका मानिसलाई जोर्नीहरु दुख्ने समस्या, बाथ (Govt) तथा अर्थराइटिस हुने सम्भावना पनि अधिकतम रहन्छ । कम्मर दुख्ने, फिला-घुँडा दुख्ने समस्या पनि हुन्छ । बढी मोटा मानिसहरु सुत्दाखेरि घुर्ने त सामान्य समस्या नै हो । मोटोपनका कारण खासगरी शरीरले खानाबाट प्राप्त गरिरहेको शक्ति (Calorie) र त्यो शक्तिको खर्चबीचको सन्तुलनमा नै मानिसको तौल निर्भर गर्छ । यदि मानिसले बढी शक्ति -क्यालोरी) भएका खाना खान्छ र शक्ति कम खर्च गर्छ -शारीरिक क्रियाकलापबाट शक्ति खर्च हुन्छ) भने बाँकी शक्ति शरीरमा बोसोको रुपमा जम्मा भएर बस्छ । र, बोसो बढ्दै गएपछि मानिस मोटो देखिन थाल्छ । यदि कुनै व्यक्तिले थोरै शक्ति भएका खानेकुरा खान्छ र बढी शक्ति खर्च गर्छ भने उसको तौल कम हुँदै जान्छ । त्यसकारण मानिसको मोटोपनको मुख्य कारण नै बढी खानु र शारीरिक निष्कृयता हुनु नै हो । तौल बढ्नुमा वंशाणुगत ९न्भलभतष्अ० लगायत अन्य विभिन्न कारणहरु हुन्छन् । यदि बाबु वा आमा वा दुवै अति मोटा छन् भने सन्तानको मोटोपन हुने सम्भावना पनि बढी हुन्छ । बोसोको नियमिततामा हर्मोनको सहभागितालाई वंशाणुगत गुणले पनि असर गर्छ । जस्तो- अति मोटोपनको एउटा वंशाणुगत कारण लेप्टनको क्षमता (Leptin Deficiency) ह्रास हुनु हो । लेप्टन बोसोको कोषमा उत्पन्न हुने हर्मोन हो । लेप्टनले तौल नियन्त्रण गर्छ । जब शरीरमा अधिकतम बोसो सञ्चित हुन्छ, त्यस्तो अवस्थामा लेप्टनले मस्तिष्कमा कम खाने संकेतहरु पठाएर तौल नियन्त्रणमा योगदान पुर्याउँछ । यदि कुनै कारणले शरीरले पर्याप्त मात्रामा लेप्टन उत्पादन गर्न सकेन भने अथवा लेप्टनले कार्यक्षमता ह्रासका कारण मस्तिष्कलाई कम खाने संकेत पठाउन सकेन भने बोसो वृद्धिमा नियन्त्रण गुम्छ र तौल वृद्धि हुन्छ । लेप्टनको उत्पादन र यसको कार्यक्षमता सम्बन्धी गुण वंशाणुगतरुपमा पनि आएको हुन्छ । अहिले तौल घटाउने उपचारको सर्न्दर्भमा लेप्टन पुनर्स्थापना गर्ने कार्य पनि अघि सारिएको छ । चिल्लोको मात्रा बढी भएको खाना बढी खाइन्छ भने यसले मोटोपन वृद्धि गर्छ । चिल्लो बढी भएका खासगरी फास्ट फूड, तारेका खाना र गुलियो बढी भएका मिर्ठाईहरुमा थोरै मात्रामा पनि धेरै शक्ति -क्यालोरी) हुन्छ । यस्ता खानाले मानिसको तौल छिटो बढाउन मद्दत गर्ने कुरा अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ । तर यस्ता खानाको साथै शारीरिक क्रियाकलाप पनि अधिकतम भएमा तौल नियन्त्रण हुन सक्छ । पुरुषमा भन्दा महिलामा कम मांसपेशी (Muscle) हुन्छन् । अन्य कोषहरुको तुलनामा मांसपेशीले क्यालोरीलगायत बोसो बढी खर्च वा नष्ट ९द्यगचलक० गर्छ । महिलाले खाएको खानाबाट प्राप्त शक्ति वा क्यालोरी कम खर्च हुन्छ । त्यसले गर्दा पुरुषको भन्दा छिटो तौल बढ्छ । घटाउने प्रयास गर्दा पनि शरीरमा भएको बोसो घट्न पुरुषलाई भन्दा महिलालाई बढी समय लाग्छ । कतिपय औषधिहरुको प्रयोगले पनि तौल बढाउन भूमिका खेलिरहेको हुन्छ । ड्रि्रेसनको उपचारमा प्रयोग हुने केही औषधिले तौल बढ्न मद्दत गर्छ । केही हर्मोनयुक्त औषधि -खाने गर्भनिरोधक चक्की), उच्च रक्तचापको उपचारमा प्रयोग गर्ने केही औषधिलगायत अन्य कतिपय औषधिको प्रयोगले तौल बढाउन भूमिका खेलेको पाइएको छ । कतिपय मानिसहरु मनोवैज्ञानिक कारणले गर्दा बढी खाना खान्छन् । जस्तो कि कतिपय मानिसहरु खाने समयमा अति उदास हुने, निरास हुने, रिसाउने भावनामा बग्ने, तनावमा हुने भएमा पनि खाना बढी खान्छन्, जसले गर्दा तौल वृद्धि हुन जान्छ । केही रोगहरुका कारण पनि तौलमा वृद्धि हुन सक्छ । हाइपोथाइरोइडज्म, इन्सुलिन रेसिस्टेन्स, पोलिसाइस्टिक ओभरी सिन्ड्रोमजस्ता स्वास्थ्य समस्याले पनि तौल वृद्धिमा भूमिका खेल्छ । कुनै व्यक्तिको केटाकेटी अवस्था, किशोरावस्था र पर्ूववयष्क अवस्थामा भएको शरीरको तौलले पनि तौलवृद्धिमा प्रभाव पार्छ । महिलाहरुको शरीरमा हर्मोनको प्रभावले पनि तौल वृद्धि हुन्छ । महिलाहरु गर्भवती भएको अवस्थामा, रजोनिवृत्ति भएपछि र गर्भनिरोधको खाने चक्की प्रयोग गर्दा पनि शरीरको तौलमा वृद्धि हुन्छ । तौल नियन्त्रणका उपाय
तौल वृद्धि दर्ीघरोग नै भएकाले यसलाई त्यही रुपमा उपचार गरिनर्ुपर्छ । डायबिटिज तथा उच्च रक्तचापजस्ता दर्ीघरोगहरुजस्तै अति मोटोपनको उपचार पनि जीवनभर नै गरिरहनर्ुपर्छ । तौल नियन्त्रणका कारक तत्त्वहरुबाट जीवनभर नै बच्ने प्रयासले तौल नियन्त्रणमा सहयोग पुर्याउँछ । तौल नियन्त्रण गरेपछि उच्च रक्तचाप कम हुने, डायबिटिजको खतरा कम हुने, कालेस्टेरोल कम हुने हुन्छ । शारीरिक क्रियाकलाप तथा एक्सरसाइजले शरीरको शक्ति वा क्यालोरी खर्च गर्न मद्दत गर्छ । क्यालोरीको मात्रा नष्ट हुने कुरा शरीरको तौल, शारीरिक क्रियाकलापको स्तर, अवधिमा भर पर्छ । कुनै व्यक्तिको तौल १५० किलोग्राम छ र ऊ दैनिक दर्ुइ किलोमिटर दगर्ुछ भने त्यति नै कुद्ने एक सय किलोग्राम तौल भएको मानिसको भन्दा उसको बढी छिटो तौल घट्छ । किनभने उसले थप ५० किलो तौल लिएर दगर्ुदा शरीरको शक्ति बढी खर्च भएको हुन्छ । तौल घटाउनका लागि शारीरिक क्रियाकलाप सबैभन्दा उत्तम प्रमाणित भएको छ । तर खानाको मात्रा पनि त्यहीअनुसार मिलाए मात्र प्रभावकारी हुन्छ । बढी क्यालोरी भएका खाना धेरै खाएर थोरै एक्सरसाइज गर्दा परिणाम राम्रो आउँदैन । खानाको भाग कम गरेर तौल घटाउने प्रयासले शरीर गठिलो, फर्ूर्तिलो नहुने बरु कुपोषण हुने र रोग-प्रतिरोधात्मक क्षमता पनि कम हुँदै जान सक्छ । त्यसकारण ठीक मात्रामा क्यालोरी भएका -गुलियो, चिल्लो कम भएका) खानाहरु खाने र सोही अनुपातमा एक्सरसाइज लगायतका शारीरिक क्रियाकलाप गर्नाले शरीरको आवश्यक मात्रामा तौल कायम हुनुका साथै स्वस्थ र स्फर्ूत पनि रहन सकिन्छ । कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले एक्सरसाइज सुरु गर्नुभन्दा पहिले सम्बन्धित डाक्टरको सल्लाह लिनु राम्रो हो । खासगरी ४० वर्षनाघेका पुरुष र ५० वर्षनाघेका महिलाले डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ । त्यस्तैगरी फोक्सो, मुटुका बिरामी, अर्थराइटिस तथा अस्टियोपोरोसिसका बिरामीले चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । एक्सरसाइज गर्दा छाती दुख्ने, बढी स्वाँ-स्वाँ हुने व्यक्तिले पनि चिकित्सकको सल्लाह लिन आवश्यक छ । ठीक्कको एक्सरसाइज २० देखि ३० मिनेटसम्म गर्न सकिन्छ र यस्तो एक्सरसाइज हप्तामा ५ देखि ७ दिनसम्म गर्दा हुन्छ । एक्सरसाइजका मुख्य प्रकारहरुमा हिँड्ने, साइक्लिङ गर्ने, बिस्तारै कुद्ने, ट्रेड मिलमा हिँड्ने वा कुद्ने, भर्याङ चढ्ने, पौडी खेल्ने आदि गर्न सकिन्छ । यस्तो एक्सरसाइज गर्दा बीचमा १० मिनेटसम्मको विश्राम पनि लिन सकिन्छ । चोटहरुबाट बच्न थोरैबाट सुरु गरेर धेरै एक्सरसाइज गर्न सकिन्छ । पछि गएर दैनिक ३० मिनेटदेखि एक घण्टासम्म एक्सरसाइज गर्दा राम्रो हुन्छ । धेरै बूढो उमेरमा एक्सरसाइज सुरु गर्नु राम्रो हुँदैन । तौल नियन्त्रणमा खानाको भूमिका तौल बढी भएका मानिसले कम क्यालोरी भएका खाना छान्नर्ुपर्छ । शरीरको आकारअनुसार एक जना मानिसलाई एक दिनमा १२ सय देखि २८ सय क्यालोरीसम्म आवश्यक पर्छ । तौल बढी भएका मानिसले दर्ीघकालीन रुपमा तौल नियन्त्रण गर्नका लागि सन्तुलित आहार खानर्ुपर्छ । कुपोषण हुन नदिन पोषणयुक्त आहार, भिटामिनको कमी हुन नदिन भिटामिनयुक्त आहार खानर्ुपर्छ । कम शक्ति भएका पोषणयुक्त खानाको छनोट गर्नुपर्छ । यस्ता खानाहरुमा तरकारी, फलफूल, माछा, सिमी, गाजर आदि खान सकिन्छ । बढी शक्ति भएका खानाहरु जस्तो- रातो मासु, अण्डा, तारेको खाना, बढी चिल्लो-गुलियो भएका तयारी खाना, मिर्ठाई पेस्टि्रज, बटर, बढी चिल्लो राखिएका सलाद खानु हुँदैन र खाए पनि थोरै मात्र खानर्ुपर्छ । त्यस्तै पोषण कम तर क्यालोरी बढी भएका खानेकुरा जस्तो- मदिरा, सफ्ट डि्रंक्स र धेरै क्यालोरी भएका स्न्याक्सहरु पनि खान घटाउनर्ुपर्छ । खानाको छनोट गर्न वा डाइटिङ गर्नका लागि आफ्नो डाक्टर वा डाइटिसियनसँग परामर्श गर्नु राम्रो हुन्छ । कुनै पनि विधिबाट तौल घटाउँदा एक महिनामा शरीरको तौलको १० देखि १५ प्रतिशत मात्र घटाउनर्ुपर्छ । स्वस्थता र सुन्दरताका लागि शरीरको तौल ठीक मात्र कायम गर्नु आवश्यक छ । यसका लागि शक्तिदायक तथा क्यालोरीयुक्त खाना कम र शारीरिक क्रियाकलाप बढी गर्नु आवश्यक छ । स्रोतः हेल्थ नेट |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |