Index

एचआईभी पीडा खप्दै महिला र केटाकेटी
अण्डकोषको नसा फुल्ने समस्या र बाँझोपन
घर-परिवारमा हुने चरम यौन दुर्व्यवहार
महिनावारीमा गडबडी हुने कारण
गर्मीयामको शृगार

आयुर्वेदिक उपचारप्रति विदेशीहरुको आकर्षा

नर्सर्ने रोगहरु- धेरै नेपालीको समस्या दम-खोक
लागूपदार्थः तहसनहस गर्दै छ जिन्दग
खानाका कारणले हुने रोगबाट बच्ने उपाय

मानसिक रोगी र तिनका परिवार

मोटोपन नियन्त्रण गर्न सकिन
नेपालमा मिर्गौला प्रत्यारोपण
स्वाइन फ्लुको महामारी
तपाईंका घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
 

मानसिक रोगी र तिनका परिवार

 डा. पुष्पप्रसाद शर्मा

मानसिक रोग विशेषज्ञ

कुनै पनि रोग मानसिक होस् या शारीरिक, त्यसको पीडा रोगीले मात्र नभई उसको परिवार र नजिकका अरु व्यक्तिहरुले पनि भोगिरहेका हुन्छन् । रोग लाग्नुको असर रोगी र उसका परिवारलाई आर्थिक, सामाजिक र मानसिकरुपमा त पर्छ नै, साथै कहिलेकाहीँ यसले सूक्ष्मरुपमा पनि प्रभाव पार्न सक्छ । यसको पीडाको अनुभव खालि सरोकारवाला पक्षले मात्र गरिरहेका हुन सक्छन् । क्यान्सर, पक्षघातजस्ता ठूला मानिएका शारीरिक रोगहरुमा रोगी र उसका परिवारलाई सहानुभूतिपर्ूवक हर्ेर्ने गरिन्छ ।

यसले रोगी र उसका परिवारलाई मानसिक रुपमा निकै राहत महसुस गराउँछ । तर शारीरिक रोगमध्ये पनि एड्सजस्ता यौनजन्य रोगमा रोगी र उसका परिवारलाई समाजले उति सहानुभूतिपर्ूवक हर्ेर्दैनन् । साथै रोगप्रति पनि परिवारकै नकारात्मक भूमिका हुने हुँदा यसबाट हुने क्षति अत्यन्तै ज्यादा हुन्छ ।समाज, परिवार र स्वयम् रोगीकै पनि रोगप्रतिको दृष्टिकोण भिन्न हुने हुँदा यसले शारीरिक, मानसिक र आर्थिक समस्याहरु ल्याउन सक्छ । साथै यस्ता कुराले रोग छिटो निको हुनुको साटो लम्बिंदै जाने सम्भावना पनि हुन्छ । रोग लुकाउने वा गोप्य राख्नाले रोगकै कारण शारीरिक, मानसिक अपा·ता हुने र त्यसको प्रभाव परिवारमा समेत पर्न सक्छ ।

त्यसैले मानसिक या शारीरिक कुनै न कुनै रुपमा रोगीको परिवारलाई असर पारिरहेको हुन्छ । मानसिक रोगीका परिवारलाई शारीरिक रोगीका परिवारलाई भन्दा पनि बढी असर पर्न सक्छ । यसको सबभन्दा पहिलो कारण हो समाज र व्यक्तिहरुको मानसिक रोगीहरुप्रतिको धारणा । यसले परिवारहरु एक किसिमको संकुचित ९क्तष्gmब० भावनाको सिकार हुन्छन् र कुनै न कुनै रुपमा प्रताडित हुन्छन् ।

सबभन्दा पहिले परिवारमा मानसिक रोगी भएमा त्यसले आर्थिक क्षति हुन्छ । आर्थिक क्षति शारीरिक रोगमा जस्तो सरासर नदेखिए पनि घुमाउरो पाराले अत्यन्त धेरै भएको हुन्छ । बिरामीको कार्यक्षमतामा ह्रास हुँदै जान्छ । उत्पादनशीलतामा कमी हुने हुनाले यसले ल्याउने आर्थिक क्षति नदेखिने र धेरै हुन्छ । झन् समाजमा रहेको कुरीति र चेतनाको कमीले यो रोगका बिरामीहरुले अवैज्ञानिक उपचार पद्धति अपनाउन पुग्छन् । यसले रोगीलाई फाइदाको सट्टा रोग निको नहुने र आर्थिक बोझ पनि बढ्दै जाने सम्भावना हुन्छ । मानसिक रोग कति कडा र कस्तो किसिमको छ, यसमा पनि रोगीको परिवारलाई पर्ने असर निर्भर गर्छ । कडा र दर्ीघ मानसिक रोगमा यो असर निकै हुन्छ ।

मानसिक रोगलाई उपचार नगराउने, बीचैमा उपचार अवरुद्ध गर्ने, रोग र रोगीप्रति अत्यन्त नकारात्मक धारणा राखी सामाजिक र व्यावसायिक रुपमा रोगीलाई वञ्चित गराउने कार्यले पनि परिवारमा थप आर्थिक बोझ पर्न सक्छ । मानसिक रोगी परिवारमा भएपछि परिवारको कार्यतालिकामा हुने हेरफेरले पनि रोगी र उसको परिवारको आयआर्जनमा कमी आई आर्थिक बोझ बढ्न सक्छ ।

आर्थिक मात्र नभएर मानसिक रोगीका परिवारहरु मानसिक र मनोसामाजिक पीडाबाट पनि ग्रसित हुन्छन् । कडा किसिमका मानसिक रोगीहरुले फरक व्यवहार र धेरैजसो समाजले अपनाउने व्यवहारहरु देखाउने हुँदा परिवारका सदस्यहरुले आत्मग्लानिको महसुस गर्न सक्छन् । कतिपयले त यसको जिम्मेवार आफू अथवा अरु कुनै परिवारका सदस्यलाई बनाउन सक्छन् । यसले परिवारमा झन् मानसिक तनाव बढ्न जान्छ । अझ भन्ने हो भने मानसिक रोग लाग्नेबित्तिकै यसको जिम्मेवारी घरमूली अथवा अरु कुनै परिवारको सदस्यमाथि लगाइन्छ । यसले उक्त सदस्यमाथि अरु मनोसामाजिक प्रभाव अत्यन्त धेरै पर्छ ।

मानसिक रोगी र यसले परिवारको सदस्यलाई पार्ने असर परिवार संख्या, परिवारबीच रहेको अन्तरसम्बन्ध, आर्थिक स्रोत र सबभन्दा महत्त्वपूर्ण कुरा यसको उपचार र निरन्तरतामा भर पर्छ । रोगले परिवारमा बोझ त थप्छ तर सो बोझलाई न्यूनीकरण गर्न मनोचिकित्सकहरुले पनि उपचारको क्रममा रोगीबाहेक उसका परिवारलाई पनि उचित सल्लाह र बीच-बीचमा दिएको आत्मीयताले केही हदसम्म रोगको बोझलाई कम गर्न मद्दत पुग्न सक्छ ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.