प्रजनन क्षमता प्राप्त भएको संकेतस्वरुप किशोरीहरुमा नियमितरुपमा महिनावारी सुरु हुन थाल्छ । प्रायः सामान्य खालको महिनावारी प्रत्येक २१ देखि ३५ दिनमा तीनदेखि सात दिनसम्म र बढीमा ८० देखि १०० मिलिलिटरसम्म मात्र रगत प्रवाह हुने गर्दछ । यसरी पाठेघरबाट हुने नियमित तथा सामान्य प्रकारको महिनावारीभन्दा तल-माथि -फरक) हुनासाथ असामान्य मानिन्छ । केटी, किशोरी वा महिलाको उमेर-समूहअनुसार महिनावारी असामान्य हुनुका कारक तत्त्वहरु भने फरक-फरक हुन सक्छन् । असामान्य महिनावारी विभिन्न प्रकारको हुन्छ । नियमित अन्तरालमा हुने तर महिनावारी हुँदा बढ्ता रगत जाने वा धेरै दिनसम्म रगत जाने वा दुवै स्थितिलाई मेनोरेजिया भनिन्छ । पाठेघरमा मासु पलाउनाले, पाठेघरको मध्य तह वा वरिपरि इन्डेमेटि्रओसिस हुनाले, कपर-टी प्रयोगले, डिम्बवाहिनी नली वा डिम्बाशयमा डल्लो -पानी वा रगत भरिएको) बन्नाले तथा पाठेघर मलद्वारतिर फर्किनाले महिनावारी हुँदा रगत बढी जाने वा धेरै दिनसम्म जान सक्छ । त्यसैगरी कलेजो, मुटुमा खराबी उत्पन्न भई उच्च रक्तचाप, थाइरोइड ग्रन्थिको काम घटबढ हुनाले एवम् रगत नजम्ने समस्या तथा रगतको क्यान्सरले पनि मेनोरेजिया हुन सक्छ । यसको अलावा महिनावारी हुनको लागि टाउकोभित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थिदेखि डिम्बाशय एवम् पाठेघरको भित्री तहबीच सामञ्जस्य हुनुपर्नेमा कतै खराबी उत्पन्न भयो भने पनि मेनोरेजियाको समस्या उब्जिन सक्छ ।
अर्को थरी असामान्य महिनावारीमा नियमित अन्तरालमा हुने तर छिटो-छिटो हुने -२१ दिनको अन्तरालभन्दा कम) लाई पोलिमेनोरिया भनिन्छ । प्रायः कुनै कारणविना हुने यस्तो समस्यामा किशोरी अवस्था, ढल्कँदो उमेरसँगै महिनावारी सुक्नुअगाडि तथा सुत्केरी वा गर्भपतनपछि पोलिमेनोरियाको समस्या देखा पर्दछ । पिट्युटरी ग्रन्थिको बढ्ता काम गराइले बढ्ता हर्मोन उत्पादन भएर यस्तो समस्या उत्पन्न हुन्छ । तर स्त्री जननेन्द्रियको माथिल्लो भागको संक्रमण एवम् डिम्बाशयमा हुने इन्डोमेटि्रओसिसले पनि यस्तो हुन सक्छ । विनाकारण हुने पोलिमेनोरिया हर्मोनयुक्त औषधिले निको पार्न सकिन्छ भने संक्रमण र इन्डोमेटि्रओसिसको लागि क्रमशः प्रतिजैविक औषधिहरु तथा शल्यक्रियाको जरुरत पर्न सक्छ । यदि नियमित अन्तरालमा हुने महिनावारी ३५ दिनभन्दा बढ्ता अन्तरालमा (ढिलो-ढिलो) हुने परिस्थितिलाई ओलिगोमेनोरिया भनिन्छ । किशोरी अवस्थामा, महिनावारी सुक्नुअगाडि, अत्यधिक मोटोपना, मानसिक तनाव, अत्यधिक अभ्यास -जस्तै- खेलकुदमा लागेका), इन्डोक्राइन ग्रन्थिमा गडबडी -मसिना तर धेरै डिम्ब परिपक्व हुने समस्या, शरीरमा प्रोल्याक्टिनको मात्रा बढ्ता हुने समस्या, थाइरोइड ग्रन्थिले बढ्ता काम गर्ने अवस्था), एन्ड्रोजेन उत्पादन गर्ने खालको डिम्बाशय वा एडि्रनल ग्रन्थिको ट्युमर वा पाठेघरको भित्री तहको क्षयरोग आदि कारणले ओलिगोमेनोरिया हुन सक्छ । असामान्य महिनावारीकै सिलसिलामा यदि हल्का मात्रामा रगत जाने एवम् दुइ दिनभन्दा कम समयसम्म मात्र जाने अवस्थालाई हाइपोमेनोरिया भनिन्छ । पाठेघरको भित्री तह एक-आपसमा टाँसिने, भित्री पाठेघरको क्षयरोग, पिल्स चक्कीको प्रयोग, थाइरोइड ग्रन्थिको गडबडी, महिनावारी सुक्नुअगाडि एवम् कुपोषणको कारणले यस्तो हाइपोमेनोरियाको अवस्था सिर्जिन सक्छ । माथि उल्लिखित अवस्थाहरु असामान्य नै भए पनि नियमित अन्तरालमा हुन्छ तर एक-अर्काबीचको मासिकश्रावको अन्तराल पनि अनियमित हुने परिस्थितिलाई मेट्रोरेजिया भनिन्छ । यस समस्यामा महिनावारी हुँदाको रगतको मात्रा पनि फरक-फरक हुन सक्छ । यसको अलावा पाठेघरको मुख छुनासाथ एवम् महिनावारीको बीच-बीचमा हुने रक्तस्रावलाई पनि मेट्रोरेजियामा समेटिएको छ । विनाकारण पाठेघरबाट हुने अधिक रक्तस्राव (डीयुबी ) कुनै प्रस्ट कारणले बाहेक विनाकारण पनि महिनावारीको गडबडी हुने अवस्थालाई मेडिकल भाषामा विनाकारण पाठेघरबाट हुने अधिक रक्तस्राव -डीयुबी अर्थात् डिस्फङ्सनल युटेराइन ब्लिडी) भनिन्छ । विनाकारण पाठेघरबाट हुने अधिक रक्तस्राव -डीयुबी) पनि एक प्रकारको असामान्य महिनावारी हो । यस अवस्थामा स्त्रीजननेन्द्रियको माथिल्लो भाग वा तल्लो भागमा सुजन, संक्रमण, क्यान्सर, मासु पलाउने -ट्युमर हुने) तथा गर्भवतीसम्बन्धी कुनै खराबी हुँदैन । महिनावारी सुकिसकेकी महिलामा रक्तस्राव अधिकांश महिलामा आफ्नो जीवनकालभरि नियमितरुपमा भइरहेको महिनावारी निश्चित उमेर पुगेपछि -नेपालको पर्रि्रेक्षयमा प्रायः ४० वर्षनाघेपछि) डिम्बाशयमा डिम्ब निख्रिनाले तथा टाउकोभित्रको हाइपोथालामसदेखि पाठेघरको भित्री तहको आ-आफ्नो काममा शिथिलता आउनाले सुक्छ । पाठेघरको भित्री तह चाउरिनाले, पाठेघरको मुख, डिम्बवाहिनी नलीको क्यान्सर हुनाले, पाठेघरमा मासु पलाउनाले, आङ खसी पाठेघरको मुखमा अल्सर हुनाले, कपर-टी पाठेघरमा लामो समय राख्नाले वा बिर्सनाले तथा विनाकारण पनि पाठेघरबाट रक्तस्राव हुन सक्छ । अनियमित महिनावारी हुने कारण िकशोरी अवस्थामा । सुत्केरी तथा गर्भपतनपश्चात् । मिहिनावारी सुक्नुअगाडि विनाकारण । पाठेघरको भित्री तहमा मासु पलाउनाले । पाठेघरको मुख वा पाठेघरको क्यान्सर । पाठेघरको मुख छुनासाथ हुने रक्तस्रावको कारण - पाठेघरको मुखको क्यान्सर । - पाठेघरको मुखमा मासु पलाउनाले । - गर्भावस्थामा पिल्स चक्कीको प्रयोगका कारण रक्तप्रवाह बढ्नाले । - पाठेघरको मुखमा क्लाइमाइडिया संक्रमण वा क्षयरोग लाग्नाले । - पाठेघरको मुखमा इन्डोमेटि्रओसिस हुनाले । महिनावारीको बीच-बीचमा हुने रक्तस्राव - पिसाब खुल्ने प्वालमा मासु पलाउनाले । - कपर-टी तथा पिल्स चक्कीको प्रयोग गर्नाले । - डिम्ब निष्कासन हुनाले । - आङ खस्ने समस्या भएकामा । - पाठेघरको मुखमा वा मुखको वरिपरि घाउ (अल्सर) हुनाले । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |