|
हेल्थ न्युज राष्ट्रिय एचआईभी/एड्स कार्ययोजना र्सार्वजनिक एचआईभी/एड्स तथा यौनरोग नियन्त्रण समितिले राष्ट्रिय एचआईभी/एड्स कार्ययोजना २००८-२०११ एक कार्यक्रमका बीच हालै र्सार्वजनिक गरेको छ । सो कार्ययोजना र्सार्वजनिक गर्दै समितिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक डा. शरद वन्तले उक्त कार्ययोजनामा संक्रमण रोकथामका लागि अति जोखिममा परेका समूह, लागूऔषध प्रयोगकर्ता, महिला यौनकर्मी, समलिंगी तथा तेस्रो लिंगीहरु र कामको खोजीमा देशबाहिर जाने कामदारहरुमा सेवालाई विस्तार गरिने र संक्रमितहरुको पहिचान गरी सेवा प्रदान गर्न परामर्श र रगत परीक्षण सेवालाई विशेष प्राथमिकता दिने कार्यक्रम रहेको उल्लेख गर्नुभयो । सो तीनबर्सर्ेेार्यक्रमका लागि करिब १२ करोड ८० लाख डलर लाग्ने, दातृ संस्थाहरुबाट ५ करोड ८ लाख डलर उपलब्ध हुने र करिब ७ करोड डलर अपुग भएको पनि डा. वन्तले जानकारी दिनुभयो । सो कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका डा. श्रीकृष्ण श्रेष्ठ र डिल्लीरमण अधिकारीले नेपालमा एचआईभी र एड्ससम्बन्धी राष्ट्रिय वकालत योजना -२००८-०११) प्रस्तुत गर्दै उक्त अवधिभित्र संविधान र कानुन, नेतृत्व, बहुपक्षीय संलग्नता, रोकथाम, मानवअधिकार र लैंगिकता तथा उपचार रेखदेख र सहयोगसम्बन्धी रणनीति वकालतको ढाँचा प्रस्तुत गर्नुभयो । त्यस्तै सो कार्यक्रममा एचआईभी/एड्स तथा यौनरोग नियन्त्रण बोर्डका सदस्य महेश शर्माले राष्ट्रिय एड्स खर्चको लेखाजोखा प्रस्तुत गर्दै सन् २००७ मा एचआईभी/एड्स नियन्त्रणका लागि नेपाललाई करिब २ करोड २६ लाख ८१ हजार डलर प्राप्त भएकोमा करिब १ करोड ७६ लाख ६१ हजार डलर खर्च भएको र खर्च भएको रकममध्ये नेपाल सरकारले ३ प्रतिशत बेहोरेको जानकारी दिनुभयो । उहाँले सो खर्चमध्ये करिब ४६ प्रतिशत एड्स रोकथामसम्बन्धी कार्यक्रममा खर्च भएको र करिब १६.६३ प्रतिशत हेरचाह तथा उपचारमा खर्च भएको जानकारी दिनुभयो । िवश्व औलो दिवस मनाइयो ँऔलो रोग हटाउन दिनगन्ती गर्न सुरु गरौंै’ भन्ने नाराका साथ अप्रिल २५ मा विश्व औलो दिवस मनाइयो । नेपालमा बर्सर्ेे करिब ५ हजार प्रयोगशाला प्रमाणित औलोरोगी भेटिने गरेका छन् । अाँखा अस्पतालको भवन उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’ले तिलगंगा आँखा अस्पतालको विस्तारित नवनिर्मित भवन तिलगंगा आँखा प्रतिष्ठानको गत महिना एक समारोहबीच उद्घाटन गर्नुभयो । करिब ३५ करोड रुपियाँको लागतमा निर्मित सो पाँचतले भवनले १ लाख ३० हजार वर्गफिट क्षेत्रफल ओगटेको छ भने यहाँ अप्रेसन कक्ष, विशिष्ट कक्ष, पुस्तकालय, प्रतीक्षालयलगायतका सुविधासम्पन्न कक्षहरु रहेका छन् । पाँचवटा शल्यकक्षमा सात जना बिरामीलाई एकै पटक अप्रेसन गर्न सकिने सुविधा रहेको नेपाल आँखा कार्यक्रमका अध्यक्ष जगदीश घिमिरेले बताउनुभयो । अमेरिकी सहयोग नियोग, प|mेड हलोज फाउन्डेसन, हिमालयन क्याटरेकट प्रोजेक्ट, अस्ट्रेलियन सहयोग नियोगलगायत १५ भन्दा बढी दातृ निकायको समझदारीमा निर्माण सम्पन्न सो अस्पताल दक्षिण एसियाकै नमुना अस्पतालका रुपमा प्रख्यात भएको अध्यक्ष घिमिरेले बताउनुयो । पेमिली, धारा र शक्तिमा मिसावट फेमिली, धारा र शक्ति नामको विभिन्न आकार र ब्रान्डमा बजारमा पाइने तेल प्रयोग नगर्न उपभोक्तालाई सचेत गरिएको छ । फेमिली तथा धारा ब्रान्डको तोरीको तेलमा भटमासको तेल मिसावट भएको र उक्त ब्रान्डको तेलमा नेपाल सरकारले तोकेको गुणस्तरअनुरुप नपाइएकोले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो तेल उपभोग नगर्न उपभोक्तालाई सचेत पारेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गरी तेल प्रयोग नगर्न उपभोक्तालाई आग्रह गरेको छ । नुनको बढी प्रयोगले रक्तचापमा समस्या ँउच्च रक्तचाप र नुन अदृश्य मृत्युका कारक’ भन्ने नाराका साथ मे १७ का दिन नेपालमा पनि उच्च रक्तचाप दिवस मनाइएको छ । २५ वर्षगाडि १५ प्रतिशत नेपालीमा उच्च रक्तचाप पाइने गरिएकोमा हाल सो अवस्था ३० देखि ३३ प्रतिशतभन्दा बढी पुगेको एक तथ्याड्ढले देखाएको छ । नेपाल रक्तचाप नियन्त्रण समाजले जनाएअनुसार नेपालमा २० वर्षन्दा माथिका झन्डै ३० प्रतिशत व्यक्तिमा उच्च रक्तचाप पाइएको छ । एक व्यक्तिलाई दैनिक ५ ग्राम नुन आवश्यक हुनेमा सोभन्दा बढी मात्रा प्रयोग गर्नाले उच्च रक्तचापको रोगीको संख्या क्रमशः बढ्दै गएको समाजले उल्लेख गरेको छ । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |