नेपाली समाजमा बाल यौन दुर्व्यवहारका घटना अति धेरै नभए पनि समाजमा एउटा समस्याको रुपमा देखा परिरहेको छ । ँघरमा काका, मामा, काकाका छोराहरु वा अन्य कुनै पुरुषहरु छन् भने बालिका र किशोरीहरुलाई उनीहरुबाट हुन सक्ने यौन दुर्व्यवहारको बारेमा सचेत गराउनै पर्छ’, मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ । डा. शर्मा भन्नुहुन्छ- ँस्कुलमा शिक्षकहरुले, घरमा बुबा वा दाजुका साथीहरु वा काकाहरुबाट यौन दुर्व्यवहार हुँदा कति जना बालिका र किशोरीहरुले पहिले त डराएर आमा वा बज्यैलाई भन्दैनन् । किनभने हाम्रो समाजमा प्रायः घरका मानिसले दिदीबहिनी वा भतिजीलाई यौन दुर्व्यवहार गर्दैनन्, उनीहरुको बीचमा पवित्र सम्बन्ध हुन्छ भन्ने भावना पाइन्छ । तर यस्ता समस्या समाजमा बारम्बार देखिएका छन् । यस्ता कुराहरु समाजमा बेइज्जत हुन्छ भन्ने डरले कसैले बाहिर ल्याउन पनि चाहँदैनन् । बालिकाहरु कलिलो अवस्थामै यौन दुराचारबाट पीडित हँुदा उनीहरुलाई आफूलाई के भइरहेको छ भन्ने नै थाहा हुँदैन । पछि बिस्तारै बुझेपछि त्यही अवस्था नै ठीक हो भनेर स्वीकार गर्दै जान्छन् । जब ती किशोरीको आफ्नो सामाजिक जीवन सुरु हुन्छ तब पो उनलाई आफूलाई के भइरहेको छ भन्ने यथार्थता थाहा हुन्छ र कति नकारात्मक प्रभाव परेको छ भनेर महसुस हुन्छ ।’ सबै घरमा यस्ता समस्या हुन्छन् भन्ने होइन तर बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार घरका मानिस र रगतको नाताबाट पनि हुन सक्छ । यस्तो सम्बन्ध हुँदा कति पटक किशोरीहरु गर्भवती भएर स्त्रीरोग विशेषज्ञकहाँ आएका पनि छन् । काठमाडौंकी एक वरिष्ठ स्त्रीरोग विशेषज्ञ आफ्नो अनुभव सुनाउँदै भन्छिन्- ँकेही महिनाअघि मकहाँ १५ वर्षी किशोरीलाई गर्भपतन गर्न ल्याइयो । उनको ५ महिनाको गर्भ रहेछ । उनलाई उनकी दिदीले ल्याएकी थिइन् । किशोरी साह्रै उदास देखिन्थिन् । दिदीलाई बाहिर पठाएर मैले किशोरीसँग कुराकानी गरें । उनका फुपाजुले बलात्कार गर्ने गरेको थाहा भयो । बाहिरबाट फुपाजुले ती किशोरीलाई निकै माया गरेको देखाउने र घरका मानिसले पनि ऊ त फुपा र फुपूको छोरी नै भई भन्ने गरेका रहेछन् । यसैले पनि फुपाजुले गरेको कुरा कसैलाई भन्यो भने पक्कै कसैले विश्वास गर्नेछैनन् भन्ने डरले उनी सहेर बसेकी रहिछन् । केही अघि उनको महिनावारी रोकिएको थियो । तर उनकी आमाले ँयो त भई नै रहन्छ बढ्दो उमेरमा’ भनेपछि उनी चुप लागिन् । अहिले पेट देखिएपछि पो उनको गर्भ रहेको कुरा आमा र दिदीलाई थाहा भयो । उनको फुपाजुले यस्तो गरेको भनेपछि दिदी र आमाले उल्टै उनलाई गाली गरेर कुरा बढाएकी भने । इज्जत बचाउन कसैलाई खबर नगरी उनको गर्भपतन गर्न ल्याएका रहेछन् । मैले उनकी दिदीलाई बोलाएर यस्तो घटना त पुलिसमा खबर गर्नुपर्ने भन्दा उनले समाजमा इज्जत जाने र बहिनीको पनि जीवन बर्बाद हुने भएकोले पुलिसलाई खबर नगर्ने भन्दै जसरी भए पनि गर्भपतन गराइदिन आग्रह गरिन् ।’ ती स्त्रीरोग विशेषज्ञले भनिन्- ँबालबालिका र किशोरीहरुलाई हातपात हुने र बलात्कार हुने समस्या बढ्दै गएको छ । शायद पहिला पनि यस्ता घटना हुन्थे होलान् तर बाहिर आउँदैनथिए । कतिपय स्कुलमा प्रधानाध्यापक वा अध्यापकले किशोरी वा बालबालिकालाई घरमा पढ्न बोलाएर वा स्कुलमा बढी समय राखेर यौन दुर्व्यवहार गरेका, चुम्बन गरेका र बलात्कार गरेका घटनाहरु प्रशस्त बाहिर आउने गरेका छन् ।’ एक जना मानसिक रोग विशेषज्ञ अर्को एउटा घटना सुनाउदै भन्छन्- ँकिशोरीहरुलाई चुम्बन गरेका, स्तन छोएका वा नजिक राखेर म्वाइँ ख्वाएका घटनालाई घरमा भन्यो भने पक्कै पनि अभिभावकले गाली गर्छन् भनेर ती किशोरीहरु डराएर बस्छन् । जीउ छुने प्रक्रियाबाट सुरु भएको यो क्रम पछि बलात्कारसम्म पुग्न सक्छ । यसरी दुर्व्यवहार हुँदा किशोरीहरुको बानी-व्यवहारमा परिवर्तन हुँदै जान्छ । चुप लागेर बस्ने, पढाइको स्तर गिर्दै जाने हुन सक्छ । पछिल्ला समयमा यस्ता किशोरीहरुलाई लिएर उनीहरुका आमा-बुबाहरु मकहाँ आएका थिए । त्यसमध्ये एक दम्पतीले कान्छी छोरीलाई पढाउन दिदीकहाँ राखेका रहेन् । दिदीकी छोरी र उनको उमेरमा २-३ वर्षो मात्र फरक रहेछ । भिनाजुले माया गरेर अंगालो मारेको जस्तै गरी यौन दुर्व्यवहार गर्दा रहेछन् । सुतिरहेको कोठामा गएर उनलाई म्वाइँ खाने, उनको स्तनमा हात राख्ने गर्दा रहेछन् । कलेजमा पढ्ने ती किशोरीले कसैलाई पनि भन्न सकिनन् । तर उनको बानी-व्यवहार परिवर्तन हुँदै गएपछि कसैले आमा-बाबुलाई यो त मानसिक रोग हो, त्यसैले विशेषज्ञकहाँ लैजानर्ुपर्छ भनेकाले मकहाँ ल्याएका रहेछन् । आमा-बुबालाई बाहिर राखेर ती किशोरीलाई सोधेपछि सम्पूर्ण कुरा थाहा भयो । ती किशोरीलाई स्नेह दिनु र भइरहेको यौन दुर्व्यवहारबाट मुक्ति दिलाउनुबाहेक अरु कुनै औषधिको जरुरत थिएन । मैले ती आमा-बुबालाई सम्झाएर छोरीलाई त्यो वातावरणबाट मुक्त गर्राई पढाइका लागि अरु नै व्यवस्था गर्न आग्रह गरें । आमा-बाबु बाहिर गएपछि ती किशोरीले मेरो हात समातेर भनिन्- ँथ्याङ्क्यू अंकल, तपाईंले मेरो जीवन बचाइदिनुभयो ।’ यसरी घरमा वा स्कुलमा दुर्व्यवहार हुँदा किन किशोरीले अभिभावकहरुलाई भन्दैनन् भन्ने विषयमा अध्ययन गर्दा प्रमुख कुरा त ँआफूलाई नै उत्ताउली भएकी, तैंले नै त्यस्तो केही गरिहोलिस् अनि तँलाई त्यस्तो गरेको, तैंले नै सहिदिइस् होला अनि उनीहरुको साहस भएको’ भन्छन् अथवा ँत्यस्तो हुँदै नभएको कुरा पनि गर्ने हो -’ भनेर उल्टै पिट्छन् वा झपार्छन् होला भन्ने त्रासले किशोरीहरु चुप लाग्ने गरेको पाइन्छ । बालबालिकालाई त उनीहरुलाई कसैले दुर्व्यवहार गरेको पनि थाहा हुँदैन । चकलेट वा मीठो खानेकुरा दिएर कसैलाई केही नभन भनिएको हुन सक्छ र बालबालिका पनि चुप लाग्छन् । तर उनीहरुको बानी-व्यवहारमा भने परितर्वन हुँदै जान सक्छ । त्यसपछि बलात्कार हुने र किशोरीहरुमा गर्भ रहने स्थिति पनि आउँछ । डा. राजेन्द्र बरालले भन्नुभएको जस्तो डरलाग्दो स्थिति आउन नदिन घरका महिला र पुरुष दुवै सचेत हुनर्ुपर्छ । कतिपय ठाउँमा त बालबालिकालाई स्याहार्न राखेका पुरुषले पनि दुर्व्यवहार गर्ने गरेका हुन्छन् । त्यस्तो बेलामा ७-८ वर्षा बालबालिकालाई पनि बलात्कार गर्ने गरेको देखिएको छ । यसरी नै किशोरीहरुलाई आफ्नै उमेरका किशोर दाजुभाइहरुले पनि माया गर्ने निहुँमा अंगालो मार्ने, हातमा म्वाइँ खाने, शरीरका अन्य भागमा चुम्बन गर्नेजस्ता यौनिक क्रियाकलाप गर्ने गरेको पनि पाइन्छ । यदि किशोरीहरुलाई पहिले नै यसबारेमा ज्ञान भयो भने यो समस्या नियन्त्रण गर्न सकिन्छ । कसैले अभद्र व्यवहार गरेमा, शरीरको कुनै पनि भाग छोएमा, चुम्बन गरेमा वा बलात्कार गर्न कोशिश गरेमा तुरुन्त कसैलाई भनिहाल्नू भनी बाबुआमाले सिकाएमा समस्यालाई बेलैमा नियन्त्रण गर्न सकिन्छ । साथै कसैले त्यस्तो व्यवहार गर्न खोजेमा कडा स्वरमा ँमलाई त्यसो गरेको मन पर्दैन’ भनेर प्रतिवाद गर्न सिकाउनर्ुपर्छ । सानैदेखि यस्तो कुराको ज्ञान गराइयो भने किशोरीहरुमा आफूलाई यस्तो घटना परेमा घरका सदस्यलाई भन्नर्ुपर्छ र कसैले गाली गर्नेछैन भन्ने आत्मविश्वास जागृत हुन्छ । यसले गर्दा यस्ता समस्याबाट जोगिन मद्दत पुग्छ । बालबालिका कतिपय अवस्थामा आफूलाई के गरिरहेका छन् भन्ने कुरा नै बुझ्न नसक्ने अवस्थामा हुन्छन् । उनीहरुले शायद कसैले चिमोटेको, गालामा यौनको दृष्टिकोणले म्वाइँ खाएको आदि भन्न सक्दैनन् । त्यसैले बालिकाहरुलाई चाहिँ विशेष सुरक्षा दिनु जरुरी छ । यस्तो समस्या सहरमा मात्र होइन गाउँघरमा पनि हुन सक्छ । तर गाउँघरमा प्रायः कोही न कोही मानिस भइरहन्छ । बज्यै, फुपू वा छिमेकी महिलाहरुले यस्ता कुरा हुनबाट रोक्न सक्छन् तर घरबाहिर यस्ता घटना हुने प्रशस्त सम्भावना हुन्छ । प्रमुख रुपमा घरका अविभावकहरुले घरमा र बाहिर हुने यस्ता दर्ुघटना रोक्न र किशोरीहरुलाई भयरहित वातावरणमा आफ्नो कुरा राख्न प्रेरणा दिन सक्छन् र सक्नर्ुपर्छ । ँयो कुरा त हाम्रो समाजमा वा हाम्रो घरमा हुनै सक्दैन, यो त अरुको समस्या हो’ भनेर कहिल्यै पनि सोच्नुहँदैन । यौन र प्रेम कहिलेकाहीँ किशोर-किशोरीहरुलाई यौनसम्बन्ध र प्रेममा फरक छुट्याउन गाह्रो हुन्छ । जसले यौनसम्बन्ध राख्छ उसले आफूलाई प्रेम गर्छ र उसैसँग सम्पूर्ण जिन्दगी आनन्दसँग बित्छ भन्ने भावना हुन्छ । किशोरीहरुलाई कुन सम्बन्ध कस्तो हो भनेर प्रेम र यौनका बारेमा जानकारी दिइयो भने उनीहरुले छुट्याउन सक्छन् । उनीहरुलाई सरसल्लाह दिने र भ्रमहरु परेको बेलामा शंका निवारण गर्ने ठाउँ भएमा कतिपय किशोरीले आफ्ना समस्या केलाउन सक्छन् र घरका मानिसलाई भन्न सक्छन् । त्यसैले आमा, दिदी, बुबाहरु सजग भएर आफ्नी छोरी-बहिनीलाई यौन दुराचारबाट बचाउन यस किसिमका जानकारीहरु दिनर्ुपर्छ । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |