यदि मेकअप गरिएको छ भने पसिनाले मेकअप बिग्रिएर टाटेपाटे हुन गई कुरुप देखिन्छ । तर्सथ सही ढंगले सरसफाइका साथै उचित प्रकारको सौर्न्दर्य सामग्रीको प्रयोग गरी मेकअप र सजिलो हेयर स्टायल राख्नु आवश्यक हुन्छ ।
पसिनासँगै शरीरभित्र भएका अनावश्यक दूषित पदार्थ, रसायन र तापलाई बाहिर फ्याँकिन्छ । यसरी पसिना निस्केर दुगन्ध फैलन नदिनको लागि दिनहुँ नुहाउनु जरुरी हुन्छ । शरीरलाई सफा र सुगन्धित बनाउन सुगन्धयुक्त सफा पानीले नुहाउँदा धेरै फाइदा पुग्छ । ब्याक्टेरिया छिटो बन्न नदिनको लागि फिटकिरीयुक्त पानीले शरीरका हरेक भागहरु पखाल्नर्ुपर्छ । गर्मीका कारण घमौरा, घाउ-खटिरा निस्कन्छ भने प्रिकली हित साबुन प्रयोग गरी नुहाउँदा पोल्ने, चिलाउने समस्याबाट बच्नुका साथै घमौरा, घाउ-खटिराको रोकथाम हुन्छ । बेकि· पाउडर वा सोडायुक्त पानीले शरीर पखाल्नाले पनि धेरै हदसम्म समस्याबाट छुटकारा मिल्छ । एन्टिसेप्टिक वा सैन्डल वुड साबुनले नुहाउँदा पनि फाइदा हुन्छ ।
यदि काखी
गन्हाउने समस्या छ भने काखीका रौंहहरु हटाउनु आवश्यक हुन्छ । गर्मी याममा कटन वा पसिना सोस्ने खालको हल्का कपडाबाट बनेको पहिरन लगाउनु उचति हुन्छ । हतार-हतार हिँड्ने, हडबडाउने, लाज मान्ने आदि बानीलाई पनि नियन्त्रण गर्ने प्रयास गर्नु आवश्यक हुन्छ । सरसफाइका साथै उचित सौर्न्दर्य प्रसाधन एवम् सीमित मेकअप र उचित हेयर स्टाइलले गर्मी मौसममा पनि व्यक्तित्वलाई आकर्ष बनाइदिन्छ । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |