म संयुक्त परिवारमा बस्थें । मलाई आवश्यकताभन्दा बढी स्वतन्त्रता थियो । बाबुआमा दुवै मादक पदार्थ सेवन गर्थे । स्कुल लाइफदेखि नै जिद्दी स्वभावको थिएँ । लागूपदार्थ खानुहुँदैन भन्ने थाहा भए पनि यसको असरबारे थाहा थिएन । आफ्नो उमेर समूहसँग मैले कहिल्यै संगत गरिनँ । जहिले पनि ठूला कक्षाका साथीहरु मेरो नजिक हुन्थे । यसरी लहैलहैमा लागेर म लागूपदार्थको दर्ुर्व्यसनमा फस्न पुगें ।’ ँमेरो पढाइ राम्रो थियो । जहिले पनि पहिलो-दोस्रो हुन्थें । बुबा गाडी व्यापारी हुनुहुन्थ्यो । घर भैरहवा हो । तीन कक्षामा पढ्दै गर्दा लुकेर चुरोट पिएँ । घरमा थाहा पाएर पनि सानो उमेर भएकाले कसैले केही भनेनन् । यस कुराले मलाई झन् उक्सायो । भैरहवा भारतीय सीमानजिक भएकाले लागूपदार्थ सजिलै पाइन्थ्यो । सीमापारि जान पनि टाढा थिएन । यसरी बिस्तारै लागूपदार्थ प्रयोग गर्ने लत बस्यो । पछि अध्ययनका लागि भारतको केरला पुगें । त्यहाँ झन् स्वतन्त्रता भयो । पैसा पनि घरबाट मागे जति पठाइदिन्थे । यसै क्रममा साथी-संगत पनि आफैंजस्तो बनाएँ र दर्ुर्व्यसनमा लागें ।’
अभिभावकको समुचित रेखदेख नपाएको तर भनेजति पैसा पाएकाले लागूपदार्थ प्रयोग गर्ने लत लागेको उनीहरुको ठम्याइ छ । मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माका अनुसार व्यक्तिपिच्छे समस्या फरक हुने हुनाले लागूपदार्थ प्रयोग गर्नुको कारण पनि फरक-फरक रहेको पाइन्छ । युवाहरुको अन्धकार भविष्य देशमा लागूपदार्थ प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको छ । केन्द्रीय तथ्याड्ढ विभागले वि.सं. २०६३ मा निकालेको आंकडाअनुसार देशभरमा करिब ४७ हजार लागूपदार्थ प्रयोगकर्ताहरु रहेका छन् । तर लागूपदार्थको क्षेत्रमा काम गरिरहेको नार्कोनन नेपालको तथ्याड्ढअनुसार नेपालमा करिब १ लाख ५० हजार लागूपदार्थ प्रयोगकर्ताहरु रहेका छन् । कक्षा ६ देखि -१०?२) पढ्ने एक लाखभन्दा बढी बालबालिका र युवा लागूपदार्थको कुलतमा फस्नुले देशका युवाहरुको ठूलै जमातको भविष्य अन्धकारतिर गइरहेको विश्लेषण गर्न सकिन्छ । नार्कोनन नेपालका कार्यकारी निर्देशक वसन्त कुँवर लागूपदार्थले देशकै भविष्य समाप्त गरिरहेको बताउनुहुन्छ । विशेषतः राजधानीलगायत देशका प्रमुख जिल्लाहरु कास्की, झापा, मोरङ, सुनसरी, रुपन्देही, चितवन, पर्सर्ाा मकवानपुरमा लागूपदार्थ प्रयोगकर्ताको संख्या अधिक रहेको आंकडाले देखाउँछ । लागूपदार्थ प्रयोगका कारण समाजमा अनेक प्रकारका अपराधजन्य घटना घटेका छन् । हत्या, चोरी, डकैतीलगायतका काममा लागूपदार्थ प्रयोगकर्ताको संलग्नता धेरै रहेको पाइएको छ । त्यस्तै समाजमा यौनविकृति र वेश्यावृत्ति हुनुमा लागूपदार्थको ठूलो भूमिका भेटिन्छ । लागूपदार्थ पूवप्रयोगकर्ताहरु लागूपदार्थ किन्ने पैसा नहुँदा जुनसुकै अपराध गर्न अगाडि र्सर्ने गरेको आफ्नो अनुभव सुनाउँछन् । ँलागूपदार्थको तलतल लागेपछि जस्तोसुकै खतरा मोल्न पनि पछि परिंदैन’, नार्कोनन नेपालमा कार्यरत पर्ूवप्रयोगकर्ता सन्तोष घिमिरे भन्छन् । नेपालमा सन् १९६० को दशकमा हिप्पी (पश्चिमा विदेशी) आउन थालेबाट लागूपदार्थ खाने चलनको सुरुआत भएको हो । हिप्पी संस्कृतिलाई पछ्याउँदै काठमाडौंमा युवाहरु लागूपदार्थको दर्ुर्व्यसनमा लागेका थिए । पछि यो क्रम देशकै प्रमुख सहर धरान र पोखराको लाहुरे परिवारमा पनि पाइयो । सुरुमा मुखबाट मात्र लागूपदार्थ खाने गरिएकोमा सन् १९९० को दशकबाट सिरिन्जद्वारा नसा छेडेर पनि प्रयोग गर्न थालियो । सिरिन्जको प्रयोगसँगै लागूपदार्थ प्रयोगकर्तामा एचआईभी संक्रमण र हेपाटाइटिसजस्तो प्राणघातक रोग लाग्ने क्रम बढेर गएको पाइन्छ । मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा लागूपदार्थ प्रयोगकर्तालाई एचआईभी र हेपाटाइटिस र्सर्ने सम्भावना अत्यन्त धेरै रहेको बताउनुहुन्छ । ँप्रयोगकर्ताले र्सर्ुइ साटेर प्रयोग गर्ने भएकाले संक्रमण हुने दर बढेको हो’ -उहाँ भन्नुहुन्छ । एचआईभी संक्रमितमध्ये १० प्रतिशतभन्दा बढी लागूपदार्थ प्रयोगकर्ता रहेको पाइनुले प्रयोगकर्ताको ठूलो हिस्सा एचआईभी जोखिममा रहेको पुष्टि हुन्छ । धेरै सुधारगृह प्रभावकारी भएनन लागूपदार्थ प्रयोगकर्तालाई सुधार गर्नका लागि देशभरि करिब ५० भन्दा बढी पुनर्स्थापना तथा उपचार केन्द्रहरु सञ्चालनमा छन् । तर धेरैजसो केन्द्रले प्रयोगकर्तालाई सुधार गर्ने सवालमा केन्द्रलाई कमाइ गरी खाने भाँडो बनाइरहेको देखिन्छ । भौतिक पर्ूवाधारको न्यूनतम मापदण्ड नहुनु, मनोचिकित्सकलाई प्राथमिकता नदिनु, तालिमप्राप्त परामर्शदाता नहुनु र पर्ूवप्रयोगकर्ताको अनुभवको आधारमा पुनर्स्थापना वा उपचार केन्द्र सञ्चालन गर्नुले यसको विश्वसनीयतामा शंका उठेको हो । अधिकांश पुनर्स्थापना तथा उपचार केन्द्रको सफलताको दर २० देखि ४० प्रतिशत मात्र रहनुले प्रभावकारी काम हुन नसकिरहेको पुष्टि भएको छ । दातृ निकायबाट आउने ठूलो लगानी र बिरामीको अभिभावकबाट उठाइने मोटो रकमले पुनर्स्थापना वा उपचार केन्द्रहरु सञ्चालन भए पनि सेवा दिने सवालमा अधिकांशको सेवा प्रभावकारी नभएको प्रयोगकर्ताका अभिभावक बताउँछन् । विगत तीन वर्षेखि पटक-पटक पुनर्स्थापना केन्द्रमा राखेर २ लाख रुपियाँबराबरको रकम सिध्याइसकेको भक्तपुर गठ्ठाघरका सरोज काफ्ले आफ्नो छोरालाई पुनर्स्थापना केन्द्रले दर्ुर्व्यसनमुक्त बनाउन नसकेकोमा आक्रोश व्यक्त गर्छन् । ँपैसा कमाउने मात्र उद्देश्य हो, अरु केही होइन’ -उनी भन्छन् । डा. विश्वबन्धु शर्मा औषधिको प्रयोगविना लागूपदार्थ प्रयोगकर्ता ठीक नहुने दाबी गर्नुहुन्छ । लागूपदार्थ प्रयोगकर्ता मानसिक रोगी भएकाले केवल ध्यान, योग र परामर्शले मात्र ठीक नहुने उहाँ बताउनुहुन्छ । ँकुनै निश्चित समय सुधारगृहमा राखेर उसलाई परामर्श दिंदैमा प्रयोगकर्ता ठीक हुँदैन, औषधिको प्रयोग पनि उत्तिकै जरुरी मानिन्छ’ -डा. शर्मा भन्नुहुन्छ । हालसालै निको हुने चरणमा पुगिसकेको आफ्नो बिरामी पुनर्स्थापना केन्द्रबाट फर्केपछि आत्महत्या गरेको उहाँ बताउनुहुन्छ । ँखाइरहेको मानसिक रोगको औषधि छुटाइदिनाले यसो भएको हो’ -उहाँ भन्नुहुन्छ । तर पुनर्स्थापना तथा उपचार केन्द्र चलाइराखेकाहरु परामर्शमा बढी जोड दिनुपर्ने ठान्छन् । नार्कोननका कार्यकारी निर्देशक वसन्त कुँवर लागूपदार्थको प्रयोग रोग नभई मानिसमा भएको अनावश्यक इच्छाको संज्ञा दिनुहुन्छ । ँरोगीलाई पो औषधि दिइन्छ’, अनावश्यक इच्छा पाल्नेको इच्छा मार्ने काम पुनर्स्थापना केन्द्रले गर्ने उहाँको तर्क छ । नार्कोनन नेपालले लागूपदार्थ नियन्त्रण र प्रयोगकर्ताको हितमा अभियान छेडेको कुँवर बताउनुहुन्छ । नार्कोनन नेपालमा हाल ६० जना प्रयोगकर्ता सुधार प्रक्रियामा छन् । प्रतिव्यक्ति ८ देखि १० हजार मासिक लिएर नार्कोनन नेपालले लागूपदार्थ प्रयोगकर्तालाई नयाँ जीवन दिने काम गरिराखेको छ । नार्कोननमा आउनेले ६ महिना अनिवार्यरुपमा पुनर्स्थापना केन्द्रमा बस्नुपर्ने नियम छ । उपचारमा आएका ७० प्रतिशतभन्दा बढी प्रयोगकर्ता पर्ूण्ारुपमा सुध्रिएर जाने कुँवर बताउनुहुन्छ । त्यसैगरी देशभरि रहेका पुनर्स्थापना वा उपचार केन्द्रहरुको उपचार पद्धति फरक-फरक हुनाले दर्ुर्व्यसनमुक्त हुन चाहनेहरु अन्योलमा परेका छन् । केन्द्रपिच्छे उपचार गर्नेहरुको तरिका फरक हुनाले सही कुन हो र गलत कुन हो भनी छुट्याउन गाह्रो पर्ने गरेको प्रयोगकर्ताका अभिभावकहरुको धारणा छ । सरकारले २०६३ को राष्ट्रिय नीतिमा उपचार तथा पुनर्स्थापना क्षेत्रमा एउटै विधि छनोट गर्ने प्रक्रिया अघि बढाएको थियो । तर आजसम्म पनि त्यसको काम-कारबाही अघि नबढ्नुले सरकार लागूपदार्थ प्रयोगकर्ताप्रति गम्भीर नभएको भन्न सकिन्छ । सरकारी तवरबाट लागूपदार्थ प्रयोगकर्ताको पुनर्स्थापनाका लागि कुनै पनि काम नहुनुले लागूपदार्थ प्रयोगकर्ता भई कुलतमा लागेका युवा जनशक्तिले थप लागूपदार्थ प्रयोगकर्ता बढाइरहेको नार्कोननका कार्यकारी निर्देशक वसन्त कुँवर बताउनुहुन्छ । लागूपदार्थ प्रयोगकर्ताहरुले आफूलाई चाहिने लागूपदार्थ प्राप्त गर्न ग्राहक संख्या वृद्धि गर्ने गरेका छन् । उनीहरुको लक्षित समूह नयाँ पुस्ता हुने गरेको पाइन्छ । त्यसै कारण लागूपदार्थ प्रयोगकर्तालाई घटाउन लागूपदार्थको बेचबिखनमा कडा प्रतिबन्ध लगाउनु जरुरी भइसकेको छ । पुनर्स्थापना र उपचार केन्द्रका नाममा खोलिएका संस्थाहरुको काम-कारबाहीप्रति सरकारले अनुगमन गर्नुपर्नेमा लागूपदार्थका पर्ूवप्रयोगकर्ताहरुको एकमत छ । व्यवहारमुखी लागूपदार्थ नियन्त्रण कार्यक्रम लागू गर्नुपर्ने आजको आवश्यकता भएको विज्ञहरु औल्याउँछन् । सजिलैसँग लागूपदार्थ उपलब्ध नहुँदा यसको प्रयोगकर्तामा कमी आउने प्रयोगकर्ताको हितमा काम गरिरहेकाहरु बताउँछन् । साथै लागूपदार्थको असरबारेमा व्यापक जनचेतना फैलाउन कमी भइरहेको आमधारणा छ । अभिभावकले पनि आफ्ना सन्तान दर्ुर्व्यसनमा फसिरहेका त छैनन् भनी समयमै विचार पुर्याउनु जरुरी छ । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |