दम र खोकी दुइ भिन्नाभिन्नै लक्षणहरु हुन्, जुन श्वास-प्रश्वास प्रणाली र मुटुका रोगहरुसँग सम्बन्धित छन् । यी दुइ शब्दहरु मिलेर बनेको दम-खोकी एक छुट्टै रोग हो । दम र खोकी प्रमुख लक्षणका रुपमा देखिने भएको हुनाले यस रोगलाई दम-खोकी भनिएको हो ।दक्षिण-पर्ूर्वी एसियाका जनतामा नर्सर्ने रोगहरुका कारण उत्पन्न हुने शारीरिक अशक्तताको स्थितिको तालिकामा यो रोग मुटुरोगपछि दोस्रो स्थानमा परेको देखिन्छ । नेपालको सर्न्दर्भमा कुरा गर्दा दम-खोकी एक ठूलो र चूनौतीपर्ूण्ा स्वास्थ्यसमस्याका रुपमा रहेको छ । स्वास्थ्य सेवा विभागको वाषिर्क प्रतिवेदनअनुसार देशका ठूला अस्पतालहरुमा भर्ना भएका वयष्क बिरामीमध्ये दम-खोकी रोगका कारण सबैभन्दा धेरै रोगीको मृत्यु हुने गरेको देखिन्छ । यस्तै प्रकारले विभिन्न अस्पतालको ओपीडीमा जँचाउन आउने रोगीहरुमध्ये दम-खोकीको समस्या लिएर आउनेहरुको चाप आठौं स्थानमा रहेको देखिन्छ भने अस्पताल भर्ना हुनुपर्ने कारणहरुमध्ये दम-खोकी छैटौं स्थानमा रहेको छ । यी तथ्यहरुबाट दम-खोकी वयष्क नेपालीहरुको एक प्रमुख स्वास्थ्यसमस्याका रुपमा रहेको देखिन्छ । दम-खोकी के हो ?
यी दुइ अवस्थाहरु पूरा भएको खण्डमा मात्र दम-खोकी रोग लागेको भनी प्रमाणित हुन्छ । क्षयरोग, रुघाखोकी, दम -ब्रोन्कियल आस्थ्मा), एलर्जीको खोकी आदि रोगहरु दम-खोकीको परिभाषाभित्र पर्दैनन् । कारणहरु दमखोकी रोग लाग्ने मुख्य कारण धूमपान हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २९ प्रतिशत वयष्क जनसंख्याले धूमपान गर्छन् । यीमध्ये ४७ प्रतिशत पुरुष र १२ प्रतिशत महिला रहेका छन् । धूमपान र सर्ुर्तीजन्य पदार्थको प्रयोगले विश्वमा धेरै मानिसको मृत्यु हुने गरेको छ । हृदयघात, मस्तिष्कघात, क्यान्सर, दम-खोकीजस्ता खतरनाक ज्यानमारा रोगहरुको मुख्य जन्मदाता सर्ुर्ती हो । यसकारण विश्वको सबैभन्दा ठूलो हत्यारा सर्ुर्तीलाई मानिएको छ । यदि संसारमा सर्ुर्तीको उत्पादन नहुँदो हो त ५० प्रतिशत स्वास्थ्यसमस्या कम हुने अनुमान छ । धूमपान गर्दा सर्ुर्तीको धूवाँसँगै मिसिएर निकोटिन र कार्बन मोनोअक्साइड श्वासनलीहरु र फोक्सोमा पुग्छ । यसका साथै धूवाँमा रहेका सयौं अन्य हानिकारक तत्त्वहरुले श्वासप्रश्वास प्रणालीलाई मात्र नभई सम्पूर्ण शरीरलाई नै हानि पुर्याउँछ । नियमितरुपमा गरिने धूमपानले शरीरलाई झन्-झन् रोगी बनाउँछ । श्वासनली र फोक्सो रोगग्रस्त भएपछि दम-खोकी उत्पन्न हुन्छ । दम-खोकी रोग लाग्ने अन्य कारणहरुमा चूलोको धूवाँ, उद्योगको धूवाँ र वातावरणको धूवाँ -वायु प्रदूषण) प्रमुख हुन् । छोटकरीमा भन्ने हो भने दमखोकीको प्रमुख कारण श्वास फर्ेर्ने हावामा रहेको धूवाँ नै हो, चाहे त्यो सर्ुर्तीकोे होस् वा दाउरा वा औद्योगिक वस्तुको । नेपालमा धूमपान, धूवाँ र दम-खोकीको स्थिति विश्वमा अत्यधिक धूमपान गरिने देशहरुमध्ये नेपाल पनि अग्रस्थानमा आउँछ । सन् २००३ मा प्रकाशित एक रिपोर्टअनुसार १८ वर्षाथिका नेपालीमध्ये ६१.५ प्रतिशत पुरुष र ३४.६ प्रतिशत महिलाले धूमपान गर्छन् । नेपालका पहाडी र हिमाली जिल्लाहरुमा धूमपान गर्ने वयष्क पुरुष र महिलाहरुको संख्या ७० देखि ८० प्रतिशतसम्म रहेको पाइन्छ । यति ठूलो महिला धूमपान दर विश्वकै सबैभन्दा बढी हो भन्दा फरक नपर्ला । धूमपानका साथै नेपालका पहाडी एवम् हिमाली जिल्लाहरुमा खाना पकाउने चुलोमा दाउरा-भुसको प्रयोग गर्ने र जाडोको मौसममा दाउरा बालेर घरभित्रै आगो ताप्ने चलन छ । यी क्षेत्रहरुमा घरभित्रको धूवाँको निकास हुने व्यवस्था अत्यन्तै कमजोर रहेको हुन्छ साथै झ्याल-ढोका पनि साना र सीमित संख्यामा रहेको देखिन्छ । यसकारण घरभित्र धूवाँ धेरै मात्रामा रहिरहने हुनाले दम-खोकीबाट धेरै जना पीडित हुने गर्छन् । दम-खोकीको प्रकार र लक्षण दम-खोकी रोग मुख्यरुपमा दुइ प्रकारका हुन्छन् । पहिलो प्रकारको दम-खोकीमा फोक्सोभन्दा श्वासनलीहरु धेरै बिग्रिएका हुन्छन् । यसलाई क्रोनिक ब्रोङ्काइटिस भनिन्छ । दोस्रो प्रकारको दम-खोकीमा श्वासनलीहरुभन्दा फोक्सो धेरै बिग्रिएको र तन्किएको हुन्छ । यसलाई इम्फाइजेमा ९Emउजथकझब० भनिन्छ । लक्षणहरु दुवैका उस्तै-उस्तै हुन्, तर कम-बेसी मात्र । मुख्य लक्षणहरु भनेको दम बढ्ने, खोकी लागिरहने, कफ निस्कने, छाती दुख्ने आदि हुन् । क्रोनिक ब्रोङ्काइटिस हुँदा दम बढ्नेभन्दा खोकी लाग्ने बढी हुन्छ र कफ पहेँलो निस्कन्छ । इन्फाइजेमा हुँदा खोकी लाग्ने भन्दा दम बढ्ने बढी हुन्छ र कफ सेतो निस्कन्छ । दम-खोकी रोग भएकालाई जीवाणुको संक्रमण -इन्फेक्सन) भएमा ज्वरो आउने, दम-खोकी दुवै बढ्ने, पहेँलो पाकेको पीपजस्तो कफ आउने, हातखुट्टाका औंला, मुख, ओठ, ज्रि्रो आदि नीलो हुने आदि लक्षणहरु देखा पर्छन् । स्थिति बिग्रि्रदै गएमा फोक्सोले अक्सिजन लिन नसकेर बिरामीको मृत्यु हुन्छ । दम-खोकीबाट मुटुमा पर्ने असर दम-खोकीले श्वासनली र फोक्सोलाई बिगार्ने भए तापनि दर्ीघकालमा यसले मुटुलाई असर पार्छ । क्रोनिक बोङ्काइटिस भएकाहरुको मुटुमा असर छिटो देखिन्छ भने इम्फाइजेमा भएकाहरुको मुटुमा असर अलि ढिलो अवस्थामा मात्र देखा पर्छ । यस रोगबाट मुटुमा पर्ने असर भनेको मुटु सुन्निने र हार्ट फेल हुने हो । दम-खोकी रोगका कारण मुटुको दायाँतर्फा दर्ुइ कोषहरु सुन्निने र अन्ततोगत्वा मुटुभित्रको चाप बढ्न गई मुटुले पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । यो अवस्थामा खुट्टाहरु सुन्निने, पेटमा पानी जम्मा हुने, छातीमा तथा मुटुवरिपरि पानी जम्मा हुने, सास फर्ेन धेरै कठिन हुने लक्षण देखा पर्छ । यो नै हार्ट फेल भएको अवस्था हो । यो अवस्थामा पुगेपछि बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ । फोक्सोको र मुटुको दममा फरक श्वासप्रश्वास प्रणालीको रोगका कारण मात्र नभई मुटुरोगका कारण पनि दम बढ्ने लक्षण देखा पर्छ । दम बढ्ने लक्षण भएका धेरै रोगीले दम-खोकी रोगको औषधि सेवन गरिरहेको भटिन्छ । धेरै स्वास्थ्यकर्मीहरुलाई समेत दम मुटुरोगको लक्षण पनि हुन सक्छ भन्ने ज्ञान नभएको पाइन्छ । यसकारण आजकल धेरै दमका रोगीहरु गलत उपचारको सिकार भएका भेटिन्छन् । मुटुरोग र फोक्सोको रोगबाट उत्पन्न हुने दमबारे फरक थाहा पाइराख्न उचित हुन्छ । यसबारे तालिकामा प्रस्ट पारिएको छ । सबैले बुभ\mनुपर्ने मुख्य कुरा यो छ कि मुटुको दम परिश्रम गर्दा बढ्छ, आराम गर्दा घट्छ, सुत्दा वा सीधा पल्टँदा बढ्छ, बस्दा घट्छ । फोक्सोको दम यत्तिकै आराम गरेर बस्दा पनि बढेर आउँछ, साथमा घाँटीबाट सिटी बजेको जस्तो आवाज आउँछ । बस्दा, पल्टिंदा एकैनास दम बढ्छ र खोकी पनि लगातार लाग्छ । रोग कसरी पक्का गर्ने ? दाम-खोकी रोग पक्का गर्न रोगका लक्षणहरुमा आधारित रही विभिन्न परीक्षणहरु गर्नुपर्ने हुन्छ । दमखोकी भएकाहरुले छातीको एक्सरे अनिवार्य गराउनुपर्छ । मुटुको रोग छ वा छैन, छुट्याउन मुटुको भिडियो एक्सरे र्रर् इसीजी परीक्षण गराउनु जरुरी हुन्छ । यस्तै फोक्सोको कार्य परीक्षण -एँत्)बाट पनि दम-खोकीबारे धेरै जानकारी प्राप्त हुन्छ । मुख्य कुरा दम-खोकी फोक्सोबाट आएको हो वा मुटुरोगका कारण आएको हो, राम्रोसँग छुट्याउनु जरुरी हुन्छ । उपचार र रोकथाम दाम-खोकीको उपचार चिकित्सकको सल्लाहअनुसार गर्नुपर्छ । धूमपान बन्द गर्नुपर्छ । धूवाँ, धूलोबाट टाढा बस्नुपर्छ, चिसोबाट जोगिनुपर्छ । यसैगरी घरभित्र र भान्छा कोठामा दाउरा बाल्दा आउने धूवाँलाई राम्रोसँग बाहिर निस्किने व्यवस्था मिलाउनुपर्छ । भरसक धूवाँरहित चुलोको प्रयोग गर्नुपर्छ । धूवाँ-धूलो भएको ठाउँमा नाक-मुख छोपेर हिँड्नुपर्छ । वायु प्रदूषण नियन्त्रण गर्नेतर्फकदम चाल्नर्ुपर्छ । शुद्ध हावामा बिहानै गरिने प्राणायामको दैनिक अभ्यास पनि यस्ता रोगीका लागि लाभदायी हुन्छ । दक्षिण-पूर्वी एसियाली जनतामा नर्सर्ने रोगका कारण उत्पन्न हुने शारीरिक अशक्तताको स्थिति रोग संख्या प्रतिवर्ष (हजारमा) मुटुरोग २२,३९० दम-खोकी १५,६३० क्यान्सर १३,७४४ मस्तिष्कघात १०,३९५ मधुमेह ४८०७ स्रोतः विश्व स्वास्थ्य संगठन अस्पतालमा स्वास्थ्यजाँच गर्न आउनु, भर्ना हुनु र मृत्यु हुनुका कारणहरु ओपीडीमा आउने १० प्रमुख कारणहरु छालाका रोगहरु झाडा-पखाला पेटको जुका ज्वरो ग्यास्ट्राइटिस कान पाक्ने रुघा-खोकी दम-खोकी पेट दुख्ने आँखा पाक्ने भर्ना हुने ८ प्रमुख कारणहरु प्रसूति झाडापखाला ज्वरो न्यूमोनिया रुघा-खोकी दम-खोकी चोटपटकर् गर्भपतन अस्पतालमा भर्ना भएर मृत्यु हुने प्रमुख कारणहरु बच्चाहरुमा रुघाखोकी झाडापखाला रगतमा संक्रमण वयष्कमा दम-खोकी हृदयघात मस्तिष्कघात नेपालमा धूमपान गर्ने जनसंख्या (१५ वर्षन्दा भाथि प्रतिशतमा) साल स्थान पुरुष महिला १९८० जम्ला ८४.७ ७१.७ सुन्दरीजल, भद्रवास ७८.३ ५८.९ बारा ६२.८ ४८.४ काठमाडौं ६४.६ १४.२ २००० १० जिल्लाहरु ५४ ३१.६ २००७ राष्ट्रिय र्सर्वेक्षण ३१.२ १५.५
स्रोतः डा. पाण्डे तथा विश्व स्वास्थ्य संगठन दम-खोकीका लक्षणहरु साधारण अवस्था दम बढ्ने खोकी लाग्ने सेतो कफ निस्कने छाती दुख्ने जीवाणुको संक्रमण भएको अवस्था धेरै दम बढ्ने र घाँटी बस्ने धेरै खोकी लाग्ने पीपजस्तो कफ निस्कने ज्वरो आउने छाती दुख्ने हात, खुट्टा, ओठ, ज्रि्रो नीलो हुने फोक्सोको दम र मुटुको दममा फरक फोक्सोको दम बस्दा-हिँड्दा एकनास बढ्छ । सुत्दा-उठ्दा एकनास बढ्छ खोकी लाग्छ पहेँलो कफ आउँछ, रगत मिसिंदैन सास लिनभन्दा फाल्न कठिन हुन्छ सास फाल्दा धेरै बेर लाग्छ र सिटी बजेको जस्तो आवाज आउँछ औंला, नाकको टुप्पो, ओठ, ज्रि्रो आदि नीला देखिन्छन् मुटुको दायाँ भागमा असर पर्छ खुट्टा, पेट, छातीमा पानी जम्मा भई सुन्निन्छ तुरुन्त मृत्यु हुँदैन मुटुको दम हिँड्दा-बस्दा घट्छ सुत्दा बढ्छ भने उठ्दा घट्छ खोकी खासै लाग्दैन कफ होइन, फिँज आउँछ । रगत मिसिएर आउन सक्छ सास नपुगेको, निसास्सिएको जस्तो हुन्छ, सास लिन र फाल्न एकनास हुन्छ सिटी बजेको आवाज आउँदैन ज्रि्रो नीलो देखिन्छ मुटुको बायाँ भागमा असर परेको हुन्छ फोक्सोमा पानी जम्मा भई सुन्निन्छ तुरुन्त मृत्यु हुन सक्छ |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |