काठमाडौं, धापासी-७ मा रहेको आयुर्वेद हेल्थ होम आयुर्वेदिक उपचारका लागि विदेशीको गन्तव्यस्थल बनेको छ । यहाँ उपचारका लागि ९३ वटा मुलुकबाट विदेशीहरु आइरहेका छन् । हेल्थहोममा साधना प्रतिनिधिले हालै मात्र अष्ट्रियाबाट आएको एक समूहलाई भेटेको थियो । विभिन्न शारीरिक र मानसिक समस्याको उपचारका लागि आयर्ुर्वेद हेल्थ होमलाई रोजेको उनीहरुले बताए । नेपाली तथा जर्मनको संयुक्त प्रयासमा सञ्चालनमा रहेको हेल्थ होमको प्रभावकारी सेवाका कारण नै विदेशीहरु निरन्तर आइरहेको हेल्थ होमका वरिष्ठ आयर्ुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन् । ँअहिले अष्ट्रियनहरु उपचार गराइरहेका छन्, अर्को हप्तालाई रसियनहरु आउने भएका छन्’ -उनी भन्छन् । आयर्ुर्वेदलाई संसारकै पुरानो उपचार पद्धति मानिन्छ । ऋषिमुनि, वैद्य, तान्त्रिकहरुले जडीबुटीको प्रयोगद्वारा बिरामीको उपचार गर्ने पद्धतिको विकास भई आजको अवस्थामा आइपुगेको हो । आधुनिक चिकित्सा पद्धति आउनुभन्दा अघि आयर्ुर्वेदमा धेरैको विश्वास थियो । तर आधुनिक चिकित्सासँगै आयर्ुर्वेदिक उपचार पद्धति ओझेलमा परेको हो कि भन्ने भान हुन्छ । औषधिको प्रयोगपश्चात् रोग छिटो निको होस् भन्ने चाहनाका कारण आधुनिक चिकित्सा फस्टाएको छ । तर औषधिको प्रयोगपश्चात् प्रभाव छाड्न केही लामो समय लाग्ने आयर्ुर्वेदको पनि महत्त्व नघटेको डा. कोइराला बताउँछन् । ँआयर्ुर्वेदको आफ्नै उचाइ छ, जुन बुझेर मानिसहरु आयर्ुर्वेदतिर आकर्षा भइरहेका छन्’ -उनी भन्छन् । पश्चिमाहरु पर्ूर्वीय दर्शनतिर अभ्रि्रेरित भइरहेको सर्न्दर्भमा आयर्ुर्वेदको भविष्य उज्ज्वल रहको देखिन्छ । सन् १९९५ मा स्थापना भएको आयर्ुर्वेद हेल्थ होमले आयर्ुर्वेदमा उत्कृष्ट प्रविधि मानिएको पञ्चकर्मद्वारा बिरामीलाई सेवा दिइरहेको छ । पञ्चकर्म विधिबाट स्वास्थ्य पर््रवर्द्धन, रोगको रोकथाम र उपचार गराइन्छ । विभिन्न प्रकारका हाड-जोर्नी, मांसपेशी एवम् बाथसम्बन्धी रोग, प्यारालाइसिस, नसा र मांसपेशीको कमजोरी, फिस्टुलाको अप्रेसन, आँखाको कमजोरीका लागि नेत्रकल्प चिकित्साका साथै छालासम्बन्धी रोगहरुका लागि आयर्ुर्वेद हेल्थ होमले उपचार सेवा दिइरहेको जानकारी गराइएको छ । अष्ट्रियाबाट आएर करिब महिना दिनको उपचारपछि स्वदेश र्फकन लागेका जबाको भन्छन्- ँहेल्थ होमले मेरो युवावस्थादेखिको हातखुट्टा र हाडजोर्नीको पीडा हटाइदिएको छ, धन्यवाद हेल्थ होम ।’ विकसित देशहरुले आधुनिक चिकित्सामा ठूलो फड्को मारे पनि मानसिक र शारीरिक पीडा दूर गर्न आयर्ुर्वेदजस्तो अचुक उपाय अरु कुनै नभएको उपचारमा आउने विदेशीहरुको धारणा छ । हेल्थ होमले उपचार केेन्द्रबाट नै आवासीय सेवा दिएर घरकै वातावरणमा विदेशीको उपचार गरिरहेको छ । हेल्थ होममा पीडालाई घटाउन विभिन्न आयर्ुर्वेदिक मसाज सेवाहरु पनि सञ्चालन गरिन्छ । १ घण्टादेखि आयर्ुर्वेद प्याकेज प्रोग्रामलाई २८ दिनसम्मको बनाइएको छ । हेल्थ होमको प्याकेज प्रोग्राम गरी स्वदेश र्फकनेहरुले नयाँ अनुभूति भएको र पीडा दूर भइदिनाले नयाँ जीवन पाएको साधना प्रतिनिधिसँग बताएका छन् । सामूहिक छलफलको क्रममा उनीहरुले आयर्ुर्वेदिक उपचारपश्चात् शरीरमा युवाकालको जोश-जाँगर आएको बताए । यसैबीच आयर्ुर्वेद पद्धतिबाट नै सम्पूर्ण उपचार गर्ने उद्देश्यले काठमाडौं, बालाजुबाट ७ कि.मि. पर तपोवनमा आयर्ुर्वेद मेडिकल रिर्र्सोट बन्न लागेको जानकारी गराइएको छ । ३४ रोपनी जग्गामा मेडिकल रिर्र्सोट बनाएर अन्तर्राष्ट्रिय स्तरको उपचार केन्द्र बनाउन लागिएको डा. कोइराला बताउँछन् । ँकेन्द्र बनेपछि स्वदेशी, विदेशी सबैलाई सम्पूर्ण आयर्ुर्वेदिक उपचारको सेवा दिइनेछ -उनी भन्छन् । आयर्ुर्वेदिक उपचारका लागि नेपालमा जडीबुटीको अथाह स्रोत छ तर यहाँका जडीबुटीहरु भारतीय बजारमा सस्तो मूल्यमा बिक्री भइराखेका छन् । तिनै जडीबुटीबाट महँगो औषधि बनेर नेपाली औषधि बजार ढाकिरहेको छ । ९० प्रतिशतभन्दा बढी आयर्ुर्वेदिक औषधि भारतबाट आउने गरेको पाइएको छ । डा. कोइरालाका अनुसार ३ रुपियाँ लगानी पर्ने औषधि २२ रुपियाँको दरले नेपाल भित्रिरहेको छ । नेपालमै जडीबुटी प्रशोधन केन्द्र र औषधि कम्पनीहरुको निर्माण भएमा ठूलो फाइदा पुग्ने डा. कोइरालाको धारणा छ । यसरी जडीबुटीको अथाह स्रोतबाट फाइदा लिन सकेमा मात्र देशले आर्थिक र स्वास्थ्यका दृष्टिले प्रत्यक्ष फाइदा उठाउन सक्ने देखिन्छ । यसका लागि आयर्ुर्वेदिक औषधि उत्पादन केन्द्र र प्रशोधन केन्द्रको निर्माणमा लगानी गर्नुपर्ने सम्बद्ध चिकित्सकहरुको धारणा छ ।
एकाउन्न वषर्ीय डा. ऋषिराम कोइराला बिहानदेखि राति अबेरसम्म उत्साहका साथ काम गर्छन् । त्यसमा अधिकांश समय बिरामीको उपचारमा नै बित्ने गरेको छ । उनका अनुसार १६ घण्टा काम गर्ने ऊर्जा बिहानको झिसमिसेमा गरिने नाच, व्यायाम, ध्यान र योगले दिने गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा वक्ताका रुपमा पुग्ने गरेका डा. कोइराला सन् २००२ देखि २००७ सम्म अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको परम्परागत चिकित्सा विधाका अध्यक्ष रहेका थिए । आयर्ुर्वेद चिकित्सा क्षेत्रमा अनेक अनुसन्धान गरेका डा. कोइरालाले छाला, पेट र कलेजोसम्बन्धी अनुसन्धानमा श्रेष्ठता हासिल गरेका छन् । डा. कोइरालाले भारतको वनारस हिन्दु विश्वविद्यालयबाट एमडी गरेका हुन् । जागिरे जीवनको सुरुआत अहेवबाट गरेका डा. कोइराला आयर्ुर्वेद पढ्ने प्रेरणा आयर्ुर्वेदका सम्बन्धमा गरिएका अनुसन्धानमूलक किताबहरुले दिएको बताउँछन् । पितासँग जडीबुटीसम्बन्धी प्रशस्त ज्ञान भएका कारण पनि आयर्ुर्वेदप्रति लगाव बढेको उनी बताउँछन् । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |