शुक्रकीट उत्पादनमा असर सामान्यतया पुरुषले प्रत्येक दिन १ अर्ब २५ करोड शुक्रकीट उत्पादन गर्छ । त्यसको मतलब मुटुको प्रतिढुकढुकीसँगै पुरुषले १ हजार २ सय शुक्रकीट उत्पादन गर्छ । तर अण्डकोषको नसा फुलेको अवस्थामा शुक्रकीट बन्नको निम्ति चाहिने तापक्रमभन्दा बढी नै तातो हुने भएकाले शुक्रकीटको उत्पादन संख्या कम हुन्छ । भ्यारिकोसिल हुने पुरुषहरुमा शुक्रकीट संख्यात्मक र गुणात्मकरुपमा कम र अयोग्य हुन्छन् । त्यसैले यस्ता पुरुषहरु पिता हुने सम्भावना ज्यादै कम हुन्छ । लामो समय भ्यारिकोसिल हुनेहरुको अण्डकोषको तौल घट्ने, नरम र सानो हँुदै आउने हुन्छ । यस्तो अण्डकोषले प्रशस्त संख्यामा शुक्रकीट उत्पादन गर्न सक्दैन । यसको अलावा यस्ता पुरुषहरुमा पुरुष हर्मोनको कमीले गर्दा यौन दर्ुबलताको पनि विकास हुने गर्दछ । फुलेका नसाहरुको कारणले रक्तसञ्चारमा फरक आएर अण्डकोषभित्र तापक्रम वृद्वि हुने र विभिन्न विषालु पदार्थको उत्पादन हुने गर्छ । यी दुवै कुराले शुक्रकीटको उत्पादन र गुणमा नराम्रो असर गर्दछ । नसा फुलेको थाहा पाउने तरिका अण्डकोषको माथितिर गरु?ो अनुभव र पीडा पनि महसुस हुन थालेमा त्यसको कारण नसा फुल्नु हो कि भनी चनाखो हुनुपर्छ । यस्तो अवस्थामा आफैंले उठेर केही बेर उप्रँmदा वा लामो सास फोक्सोभरि तानी पर्ूण्ारुपमा रोकेर पर्खंदा अण्डकोषका नसा फुलेका छन् भने ती नसामा सामान्यभन्दा बढी रगत थुप्रिने हुन्छ । यस अवस्थामा औंलाले छाम्दा नसा फुलेर रहेको आफैं पनि अनुभव गर्न सकिन्छ । यस्तो शंका भए युरोलोजिस्टसँग भेटेर सम्पूर्ण समस्या सुनाउन आवश्यक हुन्छ । खास गरेर वयष्क हुँदै गरेका किशोरले यो कुरालाई विशेष ध्यान दिनर्ुपर्छ । त्यस्तैै दाम्पत्य जीवनमा प्रवेश गरेका पुरुषले एक वर्षन्दा बढी सहवास गर्दै आउँदा पनि पत्नीले गर्भधारण नगरेमा वर्ीय जाँच गराउने र युरोलोजिस्टलाई देखाएर भ्यारिकोसिल छ/छैन परीक्षण गर्नु उचित हुन्छ । किनकि बाँझोपन हुने पुरुषमध्ये ४० प्रतिशतमा भ्यारिकोसिल देखा पर्ने तथ्याङ्कले देखाउँछ । नसा फुल्ने रोगको उपचार अण्डकोषको नसा फुल्ने पुरुषहरुले त्यसको उपचार गर्नै पर्छ भन्ने छैन । तर भ्यारिकोसिल हुने र बाँझो दाम्पत्य जीवन बिताइरहेकाहरुले उपचारलाई प्राथमिकता दिनु उचित हुन्छ । खास गरेर अण्डकोषहरु एक-अर्कोबाट धेरै तल-माथि छन्, तौल पनि एक-आपसमा धेरै फरक देखिन्छ, साथै अण्डकोषहरु पुष्ट र कडा नभई नरम र फितला छन्, दुवैतिरका अण्डकोषका नसा फुलेका छन्, यौन दर्ुबलता दिन-प्रतिदिन बढ्दै गएको छ, वर्ीय जाँच गर्दा शुक्रकीटको संख्यामा ह्रास आएर शुक्रकीटको आकारमा फरक आएको छ र तिनको गतिमा कम भएको छ, वर्ीयको मात्रा पनि घट्दै गएको छ तथा फुलेका नसाहरुले पीडा दिएको छ भने भ्यारिकोसिलको शल्यक्रिया गराउनु नै श्रेयष्कर हुन्छ । अण्डकोषको वृद्धिमा सन्तुलन नभएका वा दुवैतर्फनसा फुलेर भविष्यमा दाम्पत्य जीवन बाँझो तथा यौन दर्ुबलताको सम्भावना ज्यादै भएकाहरुको पनि भ्यारिकोसिलको शल्यक्रिया अनिवार्य हुन्छ । भ्यारिकोसिलको सफल उपचार भन्नु नै शल्यक्रिया हो । बाँझोपनको निम्ति भ्यारिकोसिलको शल्यक्रिया गराउनेहरुले शल्यउपचारपछि पनि निरन्तर चिकित्सकको सल्लाहमा वर्ीय जाँच गर्ने र अरु औषधोपचार गराउनुपर्ने हुन सक्छ । फुलेको अण्डकोषका नसाले शुक्रकीटमा नकारात्मक असर पारेजस्तै तमाखुजन्य पदार्थको सेवनले शुक्रकीटको उत्पादन र वृद्धिमा ज्यादै प्रभाव हुने हुँदा भ्यारिकोसिलको शल्यउपचारपछि कुनै पनि धूमपान गर्ने व्यक्तिले यो अम्मलबाट टाढा नबस्ने हो भने उपचार असफल हुने सम्भावना धेरै हुन्छ । उपचारको परिणाम भ्यारिकोसिलको अप्रेसन गरेपछि तुरुन्तै शुक्रकीटमा देखा परेका सबै कमी-कमजोरी र खराबी हट्छन् भन्ने पूरै ठोकुवा गर्न सकिंदैन । अण्डकोषको तौल सुरुको अवस्थाभन्दा कति घटेको छ र शुक्रकीटको उत्पादनमा त्यसले कस्तो असर पारिसकेको छ, ती कुरामा शल्यक्रियापछिको प्रतिफल भर पर्छ । शल्यक्रियाको परिणाम थाहा पाउन प्रत्येक तीन महिनामा वर्ीय जाँच गरेर हर्ेर्नुपर्ने हुन्छ । अण्डकोषको घटेको तौल र परिणाम शल्यक्रियापछि बढ्ने सम्भावना प्रायः हुँदैन भने पनि हुन्छ । तर बढ्दै गरेका किशोरमा भने भ्यारिकोसिलको शल्यक्रिया गरेपछि अण्डकोषको बढ्ने क्रिया यथावत् रहन सक्छ । तर यस्तो राम्रो परिणाम उपलब्ध गर्न अण्डकोष सानो हुन थाल्यो कि सक्दो छिटो शल्यक्रिया गरिहाल्नर्ुपर्छ । अण्डकोषको तौल र शुक्रकीटको उत्पादनबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । शल्यक्रिया गर्नुअगाडि शुक्रकीटको संख्या घटेर १ करोड प्रतिमिलिलिटरभन्दा कम भएको छैन भने भ्यारिकोसिल अप्रेसनपछि ७० प्रतिशत शुक्रकीटको गुण सुधार हुने गर्दछ । फलस्वरुप ४० प्रतिशत गर्भधारणमा वृद्धि हुन्छ । तर अप्रेसनअगाडि शुक्रकीटको संख्या निकै घटेर प्रतिमिलिलिटर १ करोडभन्दा तल पुगेको भए त्यस्ता दम्पतीमा गर्भधारणको सम्भावना ४० प्रतिशतभन्दा बढी उपलब्ध गर्न सम्भव हुँदैन । भ्यारिकोसिल शल्यक्रियाको औसतमा ७-८ महिनापछि गर्भधारण देखा पर्ने गरेको छ । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |