Index

बर्डपलु महामारी पनि बन्न सक्छ

महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम

अपाहरुको कहालीलाग्दो / स्वास्थ्य समस्या

बजारमा विषाक्त मदिरा

रोग बढाउँदै अस्वस्थकर मासुले
बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग
लापरबाहीले पिनास हुन सक्छ
पाठेघरमा मासु पलाउने समस्या
पाठेघर खस्ने समस्या
राशिफल
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
हेल्थ टिप्स
 
 
 

तपाईंका घरमा हाम्रा डाक्टर

डा. हरिहर खनाल, फिजिसियन/मुटुरोग विशेषज्ञ

बिन्दु थापा,bindu_thapa@yahoo.com

 

२१ वर्षी युवती हुँ चार वर्षगाडिदेखि मेरो अनुहारमा मखिया ९द्यबिअपजभबमक० ( Blackheads), गिर्खा पोतो आएको यसलाई हटाएर अनुहार चम्किलो बनाउने कुनै उपाय कि ? 

बिन्दुजी, यस्तै खालको समस्याको समाधान साधनाका धेरै अंकहरुमा व्याख्या गरिएका छन् पुराना अंक खोजेमा पाइएलान्, तर पनि केही सल्लाह दिन चाहन्छु पहिलो कुरा अनुहारलाई घामबाट बचाउनुस् दोस्रो कुरा जथाभावी जे पायो त्यही क्रिम, औषधि, केमिकल प्रयोग नगर्नुस् सन्तुलित आहार, सागसब्जी तथा फलफूल यथेष्ट मात्रामा उपयोग गर्नुस् त्यसपछि औषधि पसलमा पाइने मेलालाइट भन्ने क्रिम दिनको दुइ पटक लगाउने गर्नुस् अनि सकेसम्म छिटो नजिकैको छालारोग विशेषज्ञसँग भेटेर गुणात्मक वा खास सल्लाह लिनुस् जिम्मेवार विज्ञलाई देखाएमा तपाईंले भनेजस्तो अनुहार चम्किलो उज्यालो हुनेमा आशावादी बनौं

  प्रेमा ँजलन’, दिक्तेल-, मुढे, खोटाङ

१६ वर्षी भएँ मिन्स भएको पहिलो दिन एकदम पेट दुख्छ, जसले गर्दा कलेज जान पनि सक्दिनँ तर दोस्रो दिनबाट सन्चो हुन्छ किन यस्तो भएको यसको उपचार कसरी सम्भव होला ?

प्रेमाजी, महिनावारीको सुरु-सुरुमा पेट दुख्नु भनेको प्राकृतिक नियम हो यो सबैलाई हुन्छ साथै अलि-अलि दुखेन भने त्यसको महत्त्व नै भएन नि अर्को कुरा उमेर बढ्दै गएपछि, यौनजीवनमा प्रवेश गरेपछि, बच्चा पाएपछि आदि समय, उमेर सामाजिक परिवर्तनसँगै यो दुखाइ पनि घट्दै जान्छ त्यसैले अति नै दुख्ने, अनावश्यक तनाव सृजना हुनेबाहेक अन्य कुरा यावत् हुन् साह्रै दुखेमा वा सहयोगको अपेक्षा लागेमा हामी  चिकित्सकले दुखाइ कम गर्ने बुस्कोपान वा ट्रोटाभेरिन चक्की खान सल्लाह दिने गर्र्छौं सुरक्षितसाथ यो उपयोग गर्न सक्नुहुनेछ उपचारको पीरभन्दा पनि सुझबुझको विकास गर्नेतिर लाग्नुस्

 विनोदमल्ल प्रधाना·, मैतीदेवी, काठमाडौं

३९ वर्षो भएँ उच्च रक्तचापको औषधि Amतबक 5m ब्तभलय छिण् m सेवन गरिरहेको छु आँखा अलि पीरो ज्रि्रोमा खल्लो महसुस हुने गरेको किन होला - यी दुइ औषधिको विशेषता पनि बताइदिनुहुन्थ्यो कि

 विनोदजी, रक्तचापको औषधि नियमित सेवन गरेकोमा बधाई दिन तथा खुशी साट्न चाहन्छु किनभने आधाभन्दा धेरै जटिलता, पक्षघात, मिर्गौला फेल, औषधि सेवनमा नियमितता नहुनाले नै हुने हो अर्को कुरा तपाईंले भनेका दुवै लक्षण यी दुवै औषधिको सेवनको कारणले भएको होइन त्यसको कारण प्रयासको लागि भिटामिन ँबी कम्प्लेक्स उपयोग गरेमा सहयोग हुन्थ्यो भन्ने मलाई विश्वास तेस्रो महत्त्वपूर्ण सल्लाहमा तपाईंले खाएका दुवै औषधिको सयुक्त रुपको एउटै चक्की पाइने हुनाले त्यो नै उपयोग गर्ने कि - औषधिको विशेषताभन्दा पनि परिचयमा सुरक्षित राम्रा औषधि हुन् भन्ने विश्वास गर्न सकिन्छ

 प्रियंका ँकंगाल’, खोटाङ

१६ वर्षी भएँ डण्डिफोर आउँदा चलाउनुहुँदैन भनेर त्यसै छोडिदिएँ तर अहिले सो ठाउँमा काला कोठीजस्ता दाग पोतो बस्न थालेकाले बाहिरफेर जान पनि लाज लाग्छ दाग हटाएर अनुहार कसरी राम्रो बनाउने होला ? 

प्रियंकाजी, तपाईंको जस्तो समस्याको बारेमा धेरै कुरा अगाडिका साधनामा व्याख्या भएका छन् डण्डिफोरका प्रभावकारी तत्त्वहरुमा चिल्लो गुलियो सेवन भएकोले ती सेवनमा नियन्त्रण तथा यो साँच्चिकै ब्रि्रन सक्ने हुनाले निचोर्ने, बिगार्ने नगर्नुहुन सकेसम्म छिटो छालारोग विशेषज्ञ भेटेर उचित उपचार प्राप्त गर्नुहुन सल्लाह दिन चाहन्छु जहाँसम्म वैज्ञानिक प्रमाण नभएका वा बजारका हल्लाका भरमा गरिने प्रचारप्रसारमा लाग्नु र्व्यर्थ कागती, गोलभेंडा, मह, तीतेपाती वा अन्य वस्तु अनुहारमा दलेमा कालो जान्छ भन्ने कुरामा विश्वास गरी अनुहार बिगारेका घटना धेरै छन् त्यसैले वैज्ञानिक रुपमा सुरक्षित प्रमाणित उपाय अवलम्बन गर्ने विशेषज्ञ चिकित्सकको सल्लाह लिनुहुन सल्लाह दिइन्छ

 जनकप्रसाद खरेल, बनेपा, काभ्रे

 मेरो बुबालाई मधुमेह भएकाले इन्सुलिन र्सर्ुइ लिन लागेको दुइ वर्षभयो अहिले उहाँको स्वास्थ्य ठीक इन्सुलिन छोडेर पुनः खाने औषधि सेवन गर्न मिल्दैन होला - सल्लाहको अपेक्षा गर्दछु

 जनकजी, तपाईंका दुइवटा कुरा राम्रो लाग्यो- एक बुबाको उपचारमा नियमितता दोस्रो स्वास्थ्य अवस्था ठीक रहनु तर रगतमा चिनीको मात्रा पर्ूण्ा नियन्त्रित कि छैन भन्ने कुरा स्पष्ट भएन त्यस्तै उक्त इन्सुलिन किन, कहिले कसरी सुरु गरियो भन्ने कुरा थाहा लागेन धेरैजसो अवस्थामा औषधि खाएर नियन्त्रण नभएपछि अन्तिम विकल्पको रुपमा इन्सुलिनको प्रयोग अपनाउने चलन कहिलेकाहीँ धेरै चिनीको मात्रा भएमा इन्सुलिनले पहिलो नियन्त्रण गरेपछि खाने चक्कीमा सार्ने पनि गरिन्छ ती सबै बिरामीका सम्पूर्ण कागजपत्र, पुराना रर्ेकर्ड हेरेर सल्लाह दिन सकिने भएकोले एक पटक सम्पूर्ण रर्ेकर्डसहित भेट्नुपर्यो त्यस्तै मिर्गौला, आँखा, कोलेस्ट्रोल, मुटु, खुट्टाको परीक्षणजस्ता चिनीरोगीले गर्नै पर्ने नियमित परीक्षणहरु गरिएको कि छैन - ख्याल गर्नुस् कि मधुमेहको उपचारमा पर्ूण्ाता सजगता अपनाएमा खराब प्रभाव हुनबाट बचाउन सकिन्छ

  हेमन्त प्रधान, नयाँठिमी, भक्तपुर

 कपालमा चाया पर्नु साधारण भइसक्यो तर शरीरमा समेत चायाजस्तै आउने गरेकोले कुन मलहम वा लोसन लगाउँदा वा केले नुहाउँदा फाइदा हुन्छ - जानकारी पाऊँ

 हेमन्तजी, तपाईंको समस्याको पर्ूण्ा विवरण अलि पाइएन छालाको समस्या पाठ्यपुस्तकमा पनि व्याख्या गर्दा पर्ूण्ाता नहुने हुनाले चित्र, फोटो देखाएर रोगको बारेमा पढ्ने चलन हुन्छ तपाईंको शरीरबाट धूलोजस्तो झर्ने रोग हो या सोरियासिस हो, या साधारण सुक्खा छाला भएर अलि-अलि धूलो आएझैं भएको हो यी अवस्था छालारोगविज्ञले आफ्नै आँखाले हेरेर छुट्याउँछन् हाललाई चिकित्सक नभेट्दासम्म धेरै तातोपानी उपयोग नगर्ने, साबुन पनि ग्लिसिरिनयुक्त वा सुख्खा छालाको लागि बनाइएका खास साबुन उपयोग गर्ने भ्यासेलिन वा ग्लिसिरिन वा नपाएमा सादा स्वच्छ तोरीको तेल नै लगाएर छालाको सुक्खापन कम गराउनुस् त्यसपछि जति सक्यो छिटो छालारोग विशेषज्ञ भेटी उच्चस्तरीय उपचार प्राप्त गर्नुहोस्

  चन्द्रमान तामाङ, बाह्रबिसे, सिन्धुपाल्चोक 

मेरो उमेर ३१ वर्षभयो वर्षगाडि मोटर दर्ुघटनामा परेर दाहिने खुट्टा नचल्ने भएको थियो तर लामो उपचारपछि सामान्यतया हिँडडुल गर्न सक्ने भएको छु मेरी वर्षी छोरी तर दोस्रो सन्तान हुन सकेन, कतै सोही दर्ुघटनाको कारणले होइन - शंका निवारण गर्न पाए आभारी हुने थिएँ

 चन्द्रमानजी, दर्ुघटनाको कारणले खुट्टाको समस्या मात्र भएमा यो समस्या नआउनुपर्ने हो यदि अण्डकोषमा वा शुक्रकीटवाहिनी नलीमा चोट लागेर अवरोध भएको भए यस्तो समस्याको सम्भावना रहन्छ लोग्नेमान्छेको उत्पादकत्व थाहा पाउन अति नै सजिलो एक पटक राम्रो प्रयोगशालामा गएर वर्ीय परीक्षण गराउनुभएमा शंका निवारण भइहाल्छ त्यसैले तपाईंको शंका निवारणका लागि प्रयोगशालाको रिपोर्ट युरो शल्यचिकित्सकको परामर्श आवश्यक भएको सल्लाह दिन चाहन्छु

  किशोर दुलाल, कलंकी, काठमाडौं

 उच्च रक्तचापको औषधि नियमित सेवन गरिरहेको छु हाल रक्तचापको मापन १३०/९० को हाराहारीमा तर खुट्टा सुन्निने, पोल्ने झमझमाउने भने सामान्य रुपमा भइरहन्छ के कारणले यस्तो भएको कसरी निको होला ?

 किशोरजी, सबभन्दा राम्रो खुशीको कुरा रक्तचापको औषधि नियमित सेवन गर्दै हुनुहुँदोरहेछ, रक्तचाप पनि नियन्त्रणमै रहेछ त्यसैले अनावश्यक डरलाग्दा जटिलता हुनेछैनन् तपाईंको समस्याको कारण धेरै तरिकाले सोच्न सकिन्छ या भिटामिनको कमी, या औषधिकै नचाहेको प्रभाव -साइडइफेक्ट), अथवा अन्य कुनै नसा वा रक्तनलीको समस्या, जे पनि हुन सक्छ त्यसको लागि एक पटक मुटुरोग विशेषज्ञ वा फिजिसियन भेटेर छलफल गर्नुभएमा सबै स्पष्ट हुने थियो हाललाई नुनको सेवन कम गर्नुस् खुट्टा झुन्ड्याएर नबस्नुस् भिटामिन र्ँइ४०० मि.ग्रा. दैनिक लिंदै गर्नुस् छिटो गरी आफ्नो चिकित्सक भेट्नुस्

  देवेन्द्र थापा, मिलनचोक, बानेश्वर, काठमाडौं

 मलाई पाइल्स भएको आशंका यो कस्तो रोग हो उपचार कसरी सम्भव होला - जानकारी पाए आभारी हुने थिएँ

 देवेन्द्रजी, तपाईंलाई त्यही रोग भयो भन्ने पक्का भन्न मिल्ने कुनै लक्षण भन्नुभएन, हुन पनि सक्छ नहुन पनि सक्छ पाइल्स अर्थात् नेपालीमा बबासिर भनेको गुदद्वारवरिपरिका रगत फिर्ता आउने सिराहरुमा दबाब बढेर गुजुल्टो परी बेला-बेलामा नदुखीकन छुरो रगत दिसामा देखिने, त्यस्तो रगत कब्जियत हुँदा बढी आउने अवस्था हो यो रोग अवस्थाअनुसार साधारण जटिल पनि हुन सक्छ त्यति मात्रै नभएर धेरै पर पुगेको अवस्थामा दिसा गर्दा बर्ेर्नु आउने ९चभअतum उचयबिउकभ० पनि हुन सक्छ यस्तो रोग हुनेले अवस्थाअनुरुप कब्जियत हुन नदिने, दिसा साह्रो वा कडा हुन नदिने, रक्तनलीको गुजुल्टोमा रक्तचाप वा दबाब घटाउने औषधि नियमित सेवन गर्ने परेमा शल्यक्रिया नै गरेर उपचार गराउन सकिन्छ

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.