Index

बर्डपलु महामारी पनि बन्न सक्छ

महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम

अपाहरुको कहालीलाग्दो / स्वास्थ्य समस्या

बजारमा विषाक्त मदिरा

रोग बढाउँदै अस्वस्थकर मासुले
बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग
लापरबाहीले पिनास हुन सक्छ
पाठेघरमा मासु पलाउने समस्या
पाठेघर खस्ने समस्या
राशिफल
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
हेल्थ टिप्स
 
 
 

रोग बढाउँदै अस्वस्थकर मासुले

 उपेन्द्रराज सोती

नेपालीहरुको भान्छामा मीठो परिकारको रुपमा परिचित मासुबाट पौष्टिक तत्त्वसँगै शरीरमा रोगका कीटाणु पनि प्रवेश गरिरहेका छन् अव्यवस्थित मासु काट्ने प्रक्रिया पकाएर खाने प्रक्रिया पनि उपयुक्त  नहुँदा मासुले पोषणका साथै रोग पनि वृद्धि गरिरहेको विज्ञहरुको भनाइ

पशुवधशाला मासु जाँच ऐन २०५५ कार्यान्वयनमा आउन नसक्नु, मासु बजार अव्यवस्थित हुनु उपभोक्ताहरु स्वास्थ्यप्रति सजग नहुनाले मासुले जटिल समस्या निम्त्याइरहेको उनीहरुको भनाइ मासु पौष्टिकताले भरिपर्ूण्ा खाद्यपदार्थ मानिन्छ तर नेपाली बजारमा उपलब्ध भइरहेको मासुको शुद्धताको कुनै मापदण्ड छैन पशु काट्ने कामदेखि उपभोक्ताले सडकछेउमा बसेर खाने मासुको परिकारसम्मका तरिका अस्वस्थकर भएको भेटेरिनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा. हरि रघु श्रेष्ठ बताउनुहुन्छ

पशुवधशाला मासु जाँच ऐन २०५५ कार्यान्वयनमा आउन नसक्नु मासु उपभोक्ताका लागि स्वस्थ मासु खान नपाउने मुख्य कारण बनेको मासु जाँच ऐन २०५५ अनुसार वधशालामा पशु कटान हुनुपर्ने, वध गर्नुअघि पशुचिकित्सकद्वारा पशुको स्वास्थ्य परीक्षण हुनुपर्ने वधपश्चात् पशुको मासु जाँचलगायतका प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख

त्यसैगरी रोगी वा मरेको पशुको मासु बिक्री गर्न नपाइने, मासुमा छाप वा चिह्न लगाउनुपर्ने, साथै एक जातको पशुलाई अर्को जातको भनी बिक्री गर्न नपाइने ऐनमा उल्लेख तर मासुसम्बन्धी व्यावहारिक कानुन नबनाएर सरकारले ठूलो योजना एकैचोटि जनतामा पुर्याउन खोजेकाले ऐन असफल भएको काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य विभाग प्रमुख डा. बाबुराम गौतम दाबी गर्नुहुन्छ

उहाँका अनुसार करोडौंका लगानीमा बनेका वधशाला मासु व्यवसायीको पहुँचमा नभएको, साथै व्यवसायीलाई पायक पर्ने स्थानमा वधशाला नबन्नुले मासु जाँच ऐन प्रभावकारी बन्न नसकेको हो राजधानीनजिक थानकोट ककनीमा दुइवटा वधशाला बनाइएको थानकोट राजधानीको केन्द्रदेखि किमि ककनी २६ किमिको दूरीमा रहेको

राजधानीमा वर्षौंदेखि तर्राईका जिल्लाहरुबाट राँगा, भैंसी, खसी, बोकालगायतका पशुहरु मासुका लागि ल्याउने गरेको पाइन्छ तर राँगा भैंसी ढुवानीको क्रममा मरेमा वा घाउ-चोट लागेमा पनि सजिलैसँग राजधानी भित्रिने गरेका छन् मरेका राँगा वा भैंसी भित्र्याएबापत पशु क्वारेन्टाइन, नागढुंगा प्रहरी, थानकोट प्रहरीलगायतले प्रत्येक पशुको हजार रुपियाँ लिने गरेका छन् यसरी भित्रिएका राँगा, भैंसी राजधानीकै विष्णुमती, बाग्मती, टुकुचा नदीकिनारमा रातारात काटिन्छन् खुल्ला ठेलागाडा, रिक्सा, भ्यान, खर्पनको मद्दतले मासुपसलसम्म पुर्याइन्छ विष्णुमती, बाग्मती टुकुचाको पानीले सफा गरिने मासु कत्तिको खानयोग्य , उपभोक्ताले सोच्नुपर्ने भएको  

अव्यवस्थितरुपमा जहाँ पायो त्यहीँ सञ्चालन भएका मासुपसलबाट बिक्री हुने मासु स्वस्थ देखिने कुनै आधार छैन मासु सफा गर्ने भुइँ, मासु काट्ने हतियार, अचानो, मासु पेल्ने ग्रयान्डर मेसिनदेखि ढक-तराजुलगायतका सरसामानको सरसफाइ विरलै हुने गरेको भेट्टाइन्छ राजधानीको खिचापोखरी, सातदोबाटो, चाबहिल, गोंगबुलगायतका क्षेत्रको मासुपसलको अवलोकन गर्दा यो कुरा पुष्टि हुन्छ पशुवधशालाको योजना बृहत् भएको त्यसले मासु व्यवसायीलाई आकर्षा गर्न नसकेकोले मासु जाँच ऐन असफल भएको हो यसको विकल्पमा महानगरपालिकाले मासु वधस्थलको अवधारणा अगाडि ल्याएको नमुना वधस्थल कामनपा-१९, कंकेश्वरीमा सञ्चालनमा ल्याएर उपभोक्तालाई स्वस्थकर मासु खाने बानी बसाल्ने कामनपा जनस्वास्थ्य विभाग प्रमुख डा. बाबुराम गौतम बताउनुहुन्छ ँछिट्टै नै कंकेश्वरीको नमुना वधस्थल सञ्चालनमा आउँछ त्यसपछि राजधानीका अन्य ठाउँमा पनि वधस्थल बनाएर स्वस्थ गुणस्तरीय मासु उपभोक्तामाझ पुर्याउने लक्ष्य महानगरपालिकाले लिएको ’ -उहाँ भन्नुहुन्छ

त्यसो मासुबजार अव्यवस्थित हुनुमा मासु व्यवसायी दोषी देखिन्छन् राष्ट्रिय समाज सुधार संस्थाका उपाध्यक्ष अच्युत रञ्जित मासु व्यवसायीहरु आर्थिक रुपले सम्पन्न भए पनि उनीहरुमा शिक्षाको कमी हुनाले उपभोक्ताले अस्वस्थकर मासु खानुपरिरहेको बताउनुहुन्छ ँमासु व्यापारीहरु वधशालामा राँगा वध गर्दा तिर्नुपर्ने सय ५० रुपियाँ देखेर नै तर्सन्छन्’ -उहाँको भनाइ

मासु व्यवसाय गर्ने कुनै व्यवसायीले व्यवस्थितरुपमा पसल सञ्चालन गर्न खोजेमा अन्य सबै व्यवसायीको आँखाको कसिङ्गर हुने रञ्जितको अनुभव यसको कारण पनि पशुवधशाला व्यवस्थित मासुपसल सञ्चालनमा आउन नसकेको हो

भेटेरिनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा. हरि रघु श्रेष्ठका अनुसार मासु व्यवसायी उपभोक्ताले पशुको अवलोकन गरेर रोगी निरोगी खुटयाउन सक्छन् अधिकांश पशुले नियमितरुपमा खाएको खाना उग्राउने गरेको पाइन्छ यदि पशुले उग्राउने कार्य नगरेमा, पशु काम्ने गरेमा, र्याल चुहाइरहेमा, आँखाबाट च्रि्रा निकालेमा राम्ररी हिँडडुल गर्न नसकेमा पशुहरु रोगी मानिन्छन् यस्ता पशुहरु वध गरेर त्यसको मासु उपभोक्तासामु पुर्याउनु भनेको मानिसलाई मन्द विष दिनु जत्तिकै हो

जनावर स्वस्थ भए पनि वध गरिसकेपछि सफा पानीले सफा नगर्ने, ढुवानी गराउने साधन उपयुक्त नहुने, मासु राख्ने ठाउँ सफा नहुने मासुलाई धूलो झिँगाबाट जोगाउन रातो कपडाले छोपेर नराख्ने हो भने उक्त मासु अशुद्ध हुने हुन्छ यस्तो मासुको प्रयोगबाट तात्कालिक असरअर्न्तर्गत झाडापखाला, हैजा, फुड पोइजनजस्ता असरहरु देखा पर्छन् भने दर्ीघकालीन रुपमा ज्यान जान सक्ने रोगहरु लाग्छन्

त्रिवि शिक्षण अस्पतालका पेट तथा कलेजो युनिट विभाग प्रमुख डा. शशी शर्मा मासुलाई राम्ररी नपकाउँदा मासुमा हुने परजीवीहरु नमर्ने त्यस्तो मासु खाँदा मानिसको मस्तिष्कलगायत शरीरका अन्य भागमा हानि पुर्याई रोगी बनाउने बताउनुहुन्छ मासुमा हुने प्रोटिन मानवशरीरलाई अति आवश्यक हुने तर शुद्ध मासुबाट मात्र त्यो आवश्यकता पर्ूर्ति हुन सक्ने डा. शर्मा बताउनुहुन्छ पोलेको थोरै समय मात्र पकाएको मासुका परिकारहरु जस्तो- सेकुवा, छोएला आदिमा रोग लाग्ने कीटाणु जीवितै हुने सम्भावना बढी भएकाले अन्य परिकारको तुलनामा सेकुवा छोएला स्वास्थ्यका दृष्टिले बढी खतरापर्ूण्ा रहेको डा. शर्माको भनाइ जापानमा पोलेको मासुबाट पेटको अल्सर क्यान्सर भएका उदाहरणहरु पनि पाइएका छन् नेपालको सर्न्दर्भमा आधी पकाएको ९जबाि दयष्० िमासु स्वास्थ्यका दृष्टिले निकै खतरनाक

अस्वस्थकर मासुको अत्यधिक प्रयोगले दर्ीघकालीन रुपमा हुने अल्सर, उच्च रक्तचाप, मुटुरोग, तल्लो आन्द्राको रोग, मिर्गौलाले काम नगर्ने, क्यान्सरजस्ता रोगहरु देखा पर्ने डा. शर्मा बताउनुहुन्छ ँमासु अत्यधिक खाएका कारणले करिब पाँच वर्षगाडि त्रि.वि. शिक्षण अस्पतालमा एक जनाको ज्यान गएको अनुभव सुनाउँदै डा. शर्मा मिर्गौला कलेजोका बिरामीले मासुको प्रयोग गर्न नहुने बताउनुहुन्छ

भेटेरिनरी जनस्वास्थ्य कार्यालयका डा. हरि रघु श्रेष्ठ प्रेसरकुकरमा उच्च तापमा राम्ररी पकाएको मासु मात्र खानयोग्य हुने बताउनुहुन्छ प्रेसरकुकरको प्रयोगका कारण मासुबाट महामारी फैलिने सम्भावना निकै कम रहेको उहाँको भनाइ नेपाली उपभोक्ताको मासुबजार

अत्यन्त दूषित भएकोले यसलाई राम्ररी नपकाउँदै धेरै रोग लाग्ने उहाँको धारणा

कतिपय व्यापारीले एउटा पशुको मासुलाई अर्कै पशुको मासु भनेर उपभोक्तालाई ठग्ने गरेको पनि पाइएको राँगा वा भैंसीको मासुमा ह्वीस्की दही मिलाई - घण्टा माडेर नरम बनाएपछि खसीको सेकुवाको मूल्यमा बेच्ने गरिएको उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य ऋषिप्रसाद निरौलाले अनुसन्धानबाट फेला पार्नुभएको

त्यसैगरी खसी कुखुराको मासुमा इन्जेक्सनको माध्यमबाट पानी चढाएर तौल बर्ढाई बिक्री गर्ने गरेको पनि यत्रतत्र पाइन्छ भेटेरिनरी पशु चिकित्सक डा. हरि रघु श्रेष्ठका अनुसार तौल बढाउनका लागि गरिने यस्ता अपराधले जनताको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड भइरहेको

उपभोक्ताको खाने शैलीमा आएको परिवर्तनले पनि रोग बढाइरहेको पश्चिमा शैलीको नक्कल गरेर सडकछेउमा बसी मम, ससेजलगायतका परिकार खानेहरु प्रशस्त देख्न सकिन्छ तर विकसित देशको सडक हाम्रो देशको सडकमा आकाश-जमिनको फरक भएकाले सडकछेउमा खानेहरुले परिकारसँगै रोगका कीटाणु पनि खाइरहेको उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य ऋषिप्रसाद निरौला बताउनुहुन्छ

उपभोक्ताले शुद्ध मासु खान पाउनु नैर्सर्गिक अधिकार हो उपभोक्ताको खाद्यसम्प्रभुत्ताको अधिकारमाथि कसैले पनि बाधा-अड्चन गर्न नपाइने विश्व स्वास्थ्य संगठनको नीति रहेको तर नेपालमा यसको परिपालना भएको पाइँदैन अझ ग्रामीण क्षेत्रका केही पिछडिएका जातिमा मरेका भैंसी, पाडा अन्य जीवजन्तुको मासु खाने प्रचलन रहेको निरौला बताउनुहुन्छ ँगाउँमा कसैको भैंसी, पाडा मरेमा सिंगै गाउँमा भोज चल्छ, धार्नीका धार्नी मासु भाग लगाएर गाउँलेहरु खान्छन्’ -उहाँ थप्नुहुन्छ

यसरी खान नहुने मासुको प्रयोगबाट ग्रामीण क्षेत्र आक्रान्त सरकारले लागू गरेको पशुवधशाला मासु जाँच ऐन २०५५ कार्यान्वयन गराउन देशभरिका सरकार मातहतका निकायहरुले प्रयास गरे पनि सफल भएको पाइँदैन हेटौंडा नगरपालिकामा केही समय कुखुराको मासुलाई ऐनअर्न्तर्गत रहेर बेच्ने प्रयास गरिए पनि धेरै समय उपभोक्तामाझ यो कार्य सफल हुन सकेन तर पाल्पा, गुल्मीमा भने सुधारिएको मासुपसलको अवधारणा केही हदसम्म सफल भएको मानिन्छ सुधारिएको मासुपसलको न्यूनतम मापदण्ड भनेको सफा ठाउँमा निरोगी पशु काटेर, सफा पानीले सफाइ गरी धूलोबाट जोगाउन रातो कपडाले छोपी राख्नु नै हो साथै तापक्रमअनुसार डिप प्रिmजको प्रयोग पनि अत्यावश्यक मानिएको

धेरै मानिसको रुचिको खाद्यवस्तु मासु गुणस्तरीय हुन जरुरी गुणस्तरीय मासु प्राप्तिका लागि उपभोक्ताले खाने शैलीमा पनि परिवर्तन गर्नुपर्छ जहाँ पायो त्यहीँ मासु नकिन्ने, नखाने गर्नाले धेरै हदसम्म

रोग लाग्नबाट बच्न सकिन्छ

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.