|
रोग बढाउँदै छ अस्वस्थकर मासुले
नेपालीहरुको भान्छामा मीठो परिकारको रुपमा परिचित मासुबाट पौष्टिक तत्त्वसँगै शरीरमा रोगका कीटाणु पनि प्रवेश गरिरहेका छन् । अव्यवस्थित मासु काट्ने प्रक्रिया र पकाएर खाने प्रक्रिया पनि उपयुक्त नहुँदा मासुले पोषणका साथै रोग पनि वृद्धि गरिरहेको विज्ञहरुको भनाइ छ । पशुवधशाला र मासु जाँच ऐन २०५५ कार्यान्वयनमा आउन नसक्नु, मासु बजार अव्यवस्थित हुनु र उपभोक्ताहरु स्वास्थ्यप्रति सजग नहुनाले मासुले जटिल समस्या निम्त्याइरहेको उनीहरुको भनाइ छ । मासु पौष्टिकताले भरिपर्ूण्ा खाद्यपदार्थ मानिन्छ तर नेपाली बजारमा उपलब्ध भइरहेको मासुको शुद्धताको कुनै मापदण्ड छैन । पशु काट्ने कामदेखि उपभोक्ताले सडकछेउमा बसेर खाने मासुको परिकारसम्मका तरिका अस्वस्थकर भएको भेटेरिनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा. हरि रघु श्रेष्ठ बताउनुहुन्छ । पशुवधशाला र मासु जाँच ऐन २०५५ कार्यान्वयनमा आउन नसक्नु मासु उपभोक्ताका लागि स्वस्थ मासु खान नपाउने मुख्य कारण बनेको छ । मासु जाँच ऐन २०५५ अनुसार वधशालामा पशु कटान हुनुपर्ने, वध गर्नुअघि पशुचिकित्सकद्वारा पशुको स्वास्थ्य परीक्षण हुनुपर्ने र वधपश्चात् पशुको मासु जाँचलगायतका प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख छ । त्यसैगरी रोगी वा मरेको पशुको मासु बिक्री गर्न नपाइने, मासुमा छाप वा चिह्न लगाउनुपर्ने, साथै एक जातको पशुलाई अर्को जातको भनी बिक्री गर्न नपाइने ऐनमा उल्लेख छ । तर मासुसम्बन्धी व्यावहारिक कानुन नबनाएर सरकारले ठूलो योजना एकैचोटि जनतामा पुर्याउन खोजेकाले ऐन असफल भएको काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य विभाग प्रमुख डा. बाबुराम गौतम दाबी गर्नुहुन्छ । उहाँका अनुसार करोडौंका लगानीमा बनेका वधशाला मासु व्यवसायीको पहुँचमा नभएको, साथै व्यवसायीलाई पायक पर्ने स्थानमा वधशाला नबन्नुले मासु जाँच ऐन प्रभावकारी बन्न नसकेको हो । राजधानीनजिक थानकोट र ककनीमा दुइवटा वधशाला बनाइएको छ । थानकोट राजधानीको केन्द्रदेखि ७ किमि र ककनी २६ किमिको दूरीमा रहेको छ ।
अव्यवस्थितरुपमा जहाँ पायो त्यहीँ सञ्चालन भएका मासुपसलबाट बिक्री हुने मासु स्वस्थ देखिने कुनै आधार छैन । मासु सफा गर्ने भुइँ, मासु काट्ने हतियार, अचानो, मासु पेल्ने ग्रयान्डर मेसिनदेखि ढक-तराजुलगायतका सरसामानको सरसफाइ विरलै हुने गरेको भेट्टाइन्छ । राजधानीको खिचापोखरी, सातदोबाटो, चाबहिल, गोंगबुलगायतका क्षेत्रको मासुपसलको अवलोकन गर्दा यो कुरा पुष्टि हुन्छ । पशुवधशालाको योजना बृहत् भएको र त्यसले मासु व्यवसायीलाई आकर्षा गर्न नसकेकोले मासु जाँच ऐन असफल भएको हो । यसको विकल्पमा महानगरपालिकाले मासु वधस्थलको अवधारणा अगाडि ल्याएको छ । नमुना वधस्थल कामनपा-१९, कंकेश्वरीमा सञ्चालनमा ल्याएर उपभोक्तालाई स्वस्थकर मासु खाने बानी बसाल्ने कामनपा जनस्वास्थ्य विभाग प्रमुख डा. बाबुराम गौतम बताउनुहुन्छ । ँछिट्टै नै कंकेश्वरीको नमुना वधस्थल सञ्चालनमा आउँछ । त्यसपछि राजधानीका अन्य ठाउँमा पनि वधस्थल बनाएर स्वस्थ र गुणस्तरीय मासु उपभोक्तामाझ पुर्याउने लक्ष्य महानगरपालिकाले लिएको छ’ -उहाँ भन्नुहुन्छ । त्यसो त मासुबजार अव्यवस्थित हुनुमा मासु व्यवसायी दोषी देखिन्छन् । राष्ट्रिय समाज सुधार संस्थाका उपाध्यक्ष अच्युत रञ्जित मासु व्यवसायीहरु आर्थिक रुपले सम्पन्न भए पनि उनीहरुमा शिक्षाको कमी हुनाले उपभोक्ताले अस्वस्थकर मासु खानुपरिरहेको बताउनुहुन्छ । ँमासु व्यापारीहरु वधशालामा राँगा वध गर्दा तिर्नुपर्ने ३ सय ५० रुपियाँ देखेर नै तर्सन्छन्’ -उहाँको भनाइ छ । मासु व्यवसाय गर्ने कुनै व्यवसायीले व्यवस्थितरुपमा पसल सञ्चालन गर्न खोजेमा ऊ अन्य सबै व्यवसायीको आँखाको कसिङ्गर हुने रञ्जितको अनुभव छ । यसको कारण पनि पशुवधशाला र व्यवस्थित मासुपसल सञ्चालनमा आउन नसकेको हो । भेटेरिनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा. हरि रघु श्रेष्ठका अनुसार मासु व्यवसायी र उपभोक्ताले पशुको अवलोकन गरेर रोगी र निरोगी खुटयाउन सक्छन् । अधिकांश पशुले नियमितरुपमा खाएको खाना उग्राउने गरेको पाइन्छ । यदि पशुले उग्राउने कार्य नगरेमा, पशु काम्ने गरेमा, र्याल चुहाइरहेमा, आँखाबाट च्रि्रा निकालेमा र राम्ररी हिँडडुल गर्न नसकेमा पशुहरु रोगी मानिन्छन् । यस्ता पशुहरु वध गरेर त्यसको मासु उपभोक्तासामु पुर्याउनु भनेको मानिसलाई मन्द विष दिनु जत्तिकै हो । जनावर स्वस्थ भए पनि वध गरिसकेपछि सफा पानीले सफा नगर्ने, ढुवानी गराउने साधन उपयुक्त नहुने, मासु राख्ने ठाउँ सफा नहुने र मासुलाई धूलो र झिँगाबाट जोगाउन रातो कपडाले छोपेर नराख्ने हो भने उक्त मासु अशुद्ध हुने हुन्छ । यस्तो मासुको प्रयोगबाट तात्कालिक असरअर्न्तर्गत झाडापखाला, हैजा, फुड पोइजनजस्ता असरहरु देखा पर्छन् भने दर्ीघकालीन रुपमा ज्यान जान सक्ने रोगहरु लाग्छन् । त्रिवि शिक्षण अस्पतालका पेट तथा कलेजो युनिट विभाग प्रमुख डा. शशी शर्मा मासुलाई राम्ररी नपकाउँदा मासुमा हुने परजीवीहरु नमर्ने र त्यस्तो मासु खाँदा मानिसको मस्तिष्कलगायत शरीरका अन्य भागमा हानि पुर्याई रोगी बनाउने बताउनुहुन्छ । मासुमा हुने प्रोटिन मानवशरीरलाई अति आवश्यक हुने तर शुद्ध मासुबाट मात्र त्यो आवश्यकता पर्ूर्ति हुन सक्ने डा. शर्मा बताउनुहुन्छ । पोलेको र थोरै समय मात्र पकाएको मासुका परिकारहरु जस्तो- सेकुवा, छोएला आदिमा रोग लाग्ने कीटाणु जीवितै हुने सम्भावना बढी भएकाले अन्य परिकारको तुलनामा सेकुवा र छोएला स्वास्थ्यका दृष्टिले बढी खतरापर्ूण्ा रहेको डा. शर्माको भनाइ छ । जापानमा त पोलेको मासुबाट पेटको अल्सर र क्यान्सर भएका उदाहरणहरु पनि पाइएका छन् । नेपालको सर्न्दर्भमा आधी पकाएको ९जबाि दयष्० िमासु स्वास्थ्यका दृष्टिले निकै खतरनाक छ । अस्वस्थकर मासुको अत्यधिक प्रयोगले दर्ीघकालीन रुपमा हुने अल्सर, उच्च रक्तचाप, मुटुरोग, तल्लो आन्द्राको रोग, मिर्गौलाले काम नगर्ने, क्यान्सरजस्ता रोगहरु देखा पर्ने डा. शर्मा बताउनुहुन्छ । ँमासु अत्यधिक खाएका कारणले करिब पाँच वर्षगाडि त्रि.वि. शिक्षण अस्पतालमा एक जनाको ज्यान गएको अनुभव सुनाउँदै डा. शर्मा मिर्गौला र कलेजोका बिरामीले मासुको प्रयोग गर्न नहुने बताउनुहुन्छ । भेटेरिनरी जनस्वास्थ्य कार्यालयका डा. हरि रघु श्रेष्ठ प्रेसरकुकरमा उच्च तापमा राम्ररी पकाएको मासु मात्र खानयोग्य हुने बताउनुहुन्छ । प्रेसरकुकरको प्रयोगका कारण मासुबाट महामारी फैलिने सम्भावना निकै कम रहेको उहाँको भनाइ छ । नेपाली उपभोक्ताको मासुबजार अत्यन्त दूषित भएकोले यसलाई राम्ररी नपकाउँदै धेरै रोग लाग्ने उहाँको धारणा छ । कतिपय व्यापारीले एउटा पशुको मासुलाई अर्कै पशुको मासु भनेर उपभोक्तालाई ठग्ने गरेको पनि पाइएको छ । राँगा वा भैंसीको मासुमा ह्वीस्की र दही मिलाई ३-४ घण्टा माडेर नरम बनाएपछि खसीको सेकुवाको मूल्यमा बेच्ने गरिएको उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य ऋषिप्रसाद निरौलाले अनुसन्धानबाट फेला पार्नुभएको छ । त्यसैगरी खसी र कुखुराको मासुमा इन्जेक्सनको माध्यमबाट पानी चढाएर तौल बर्ढाई बिक्री गर्ने गरेको पनि यत्रतत्र पाइन्छ । भेटेरिनरी पशु चिकित्सक डा. हरि रघु श्रेष्ठका अनुसार तौल बढाउनका लागि गरिने यस्ता अपराधले जनताको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड भइरहेको छ । उपभोक्ताको खाने शैलीमा आएको परिवर्तनले पनि रोग बढाइरहेको छ । पश्चिमा शैलीको नक्कल गरेर सडकछेउमा बसी मम, ससेजलगायतका परिकार खानेहरु प्रशस्त देख्न सकिन्छ । तर विकसित देशको सडक र हाम्रो देशको सडकमा आकाश-जमिनको फरक भएकाले सडकछेउमा खानेहरुले परिकारसँगै रोगका कीटाणु पनि खाइरहेको उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य ऋषिप्रसाद निरौला बताउनुहुन्छ । उपभोक्ताले शुद्ध मासु खान पाउनु नैर्सर्गिक अधिकार हो । उपभोक्ताको खाद्यसम्प्रभुत्ताको अधिकारमाथि कसैले पनि बाधा-अड्चन गर्न नपाइने विश्व स्वास्थ्य संगठनको नीति रहेको छ । तर नेपालमा यसको परिपालना भएको पाइँदैन । अझ ग्रामीण क्षेत्रका केही पिछडिएका जातिमा मरेका भैंसी, पाडा र अन्य जीवजन्तुको मासु खाने प्रचलन रहेको निरौला बताउनुहुन्छ । ँगाउँमा कसैको भैंसी, पाडा मरेमा सिंगै गाउँमा भोज चल्छ, धार्नीका धार्नी मासु भाग लगाएर गाउँलेहरु खान्छन्’ -उहाँ थप्नुहुन्छ । यसरी खान नहुने मासुको प्रयोगबाट ग्रामीण क्षेत्र आक्रान्त छ । सरकारले लागू गरेको पशुवधशाला र मासु जाँच ऐन २०५५ कार्यान्वयन गराउन देशभरिका सरकार मातहतका निकायहरुले प्रयास गरे पनि सफल भएको पाइँदैन । हेटौंडा नगरपालिकामा केही समय कुखुराको मासुलाई ऐनअर्न्तर्गत रहेर बेच्ने प्रयास गरिए पनि धेरै समय उपभोक्तामाझ यो कार्य सफल हुन सकेन । तर पाल्पा, गुल्मीमा भने सुधारिएको मासुपसलको अवधारणा केही हदसम्म सफल भएको मानिन्छ । सुधारिएको मासुपसलको न्यूनतम मापदण्ड भनेको सफा ठाउँमा निरोगी पशु काटेर, सफा पानीले सफाइ गरी धूलोबाट जोगाउन रातो कपडाले छोपी राख्नु नै हो । साथै तापक्रमअनुसार डिप प्रिmजको प्रयोग पनि अत्यावश्यक मानिएको छ । धेरै मानिसको रुचिको खाद्यवस्तु मासु गुणस्तरीय हुन जरुरी छ । गुणस्तरीय मासु प्राप्तिका लागि उपभोक्ताले खाने शैलीमा पनि परिवर्तन गर्नुपर्छ । जहाँ पायो त्यहीँ मासु नकिन्ने, नखाने गर्नाले धेरै हदसम्म रोग लाग्नबाट बच्न सकिन्छ ।
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |