Index

बर्डपलु महामारी पनि बन्न सक्छ

महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम

अपाहरुको कहालीलाग्दो / स्वास्थ्य समस्या

बजारमा विषाक्त मदिरा

रोग बढाउँदै अस्वस्थकर मासुले
बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग
लापरबाहीले पिनास हुन सक्छ
पाठेघरमा मासु पलाउने समस्या
पाठेघर खस्ने समस्या
राशिफल
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
हेल्थ टिप्स
 
 
 

राम्रो स्वास्थ्यका लागि शिशु स्याहार

प्रस्तुतिः अधिकारी

शिशुको हेरचाह राम्रो नभएका कारण धेरै शिशुको मृत्यु हुने गरेको नेपालमा धेरै शिशुको जन्म घरमै हुने गरेकाले पनि शिशु मृत्युदर निकै बढी देखिएको हो सकेसम्म स्वास्थ्यसंस्थामा शिशु जन्माउने गरेमा वा दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा प्रसूति गराएमा धेरै बालबालिकालाई ज्यान जोखिममा पर्नबाट जोगाउन सकिन्छ साथै बाबुआमाले भर्खर जन्मिएको शिशुको हेरचाहमा विशेष ध्यान पुर्याउन सकेको खण्डमा पनि बालबालिकालाई अकाल मृत्यु हुनबाट जोगाउन सकिन्छ

सामान्य अवस्थामा जन्मिएको शिशुलाई सुकेको सफा कपडाले पुछेपछि न्यानो कपडाले बेरेर राख्नर्ुपर्छ तर जन्मनासाथ शिशुलाई नुहाउनुहुँदैन २४ घण्टापछि मनतातो पानीले नुहाउनर्ुपर्छ शिशुलाई सकेसम्म आमासँगै टाँसेर राख्नर्ुपर्छ आमाको दूध खुवाउनर्ुपर्छ सुरुको बिगौती दूध फाल्नुहुँदैन यस्तो दूध खुवाउँदा बच्चाको रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ

शिशु जन्मनेबित्तिकै रुन्छ, यदि रोएन भने मुख तथा नाकको फोहोरमैला सफा गरिदिनर्ुपर्छ ढाड या पैतालामा झड्का दिँदा पनि शिशु रोएन भने मुख वा मास्कबाट श्वास-प्रश्वास गराउनर्ुपर्छ शिशुलाई महिनासम्म पानी खुवाउनुहुँदैन पानीको मात्रा पनि आमाको दूधबाटै पूरा गराउनर्ुपर्छ शिशुलाई पानी खुवाउँदा रोगको संक्रमण हुने सम्भावना बढी भएकाले महिनासम्म पानी नखुवाई सोको मात्रा दूधबाटै पूरा गर्नुपर्छ नवजात शिशु धेरै नीलो , शिशुको दिसा-पिसाब गर्ने प्वाल छैन, दूध चुस्न सक्तैन भने स्वास्थ्यकर्मीको सल्लाह लिनर्ुपर्छ

शिशुले जन्मेको २४ घण्टाभित्र दिसा ४८ घण्टाभित्र पिसाब गर्छ त्यो अवधिसम्म दिसा-पिसाब नगरे आत्तिनुपर्दैन तर त्यो भन्दा निकै ढिलो भएमा ध्यान पुर्याउनर्ुपर्छ

बच्चा जन्मिएको दुइ दिनभित्र जन्डिस देखिएमा असामान्य हो यसको उपचार गर्नुपर्छ तीन दिनपछि देखिएको पहेँलोपन तथा जन्डिस बिहान-बेलुका ना· बनाएर घाममा राखेपछि प्रायः हट्छ तर निकै दिन रहेमा उपचारको आवश्यकता पर्छ

चौथो दिनदेखि बच्चालाई दैनिक मततातो पानीले नुहाउन सकिन्छ तर बच्चालाई खुला चिसो हावामा राख्नुहुँदैन, न्यानो कपडा लगाएर राख्नर्ुपर्छ बच्चाहरु सामान्यतया १८ देखि २० घण्टासम्म सुत्छन् सुते पनि / घण्टामा दूध खुवाइरहनर्ुपर्छ दूध खुवाउँदा बच्चालाई कोल्टो नपारी ठाडो पारेर खुवाउनर्ुपर्छ

शिशु रोएमा बाबु-आमा आत्तिएर फकाउने, खुवाउने प्रयास गर्छन् तर शिशुलाई दैनिक मिनेट जति रुन दिएमा राम्रो एक्सरसाइज हुन्छ यो लाभदायक नै हुुन्छ तर धेरै बेर रोइरहन दिनुहुँदैन

जन्मेको पहिलो हप्ता शिशुका लागि निकै महत्त्वपूर्ण हुन्छ शिशु मृत्युदरको १० प्रतिशत पहिलो हप्तामै भएको पाइएको त्यसकारण पनि यस अवस्थामा विशेष ध्यान पुर्याउनर्ुपर्छ शिशु मृत्युका मुख्य कारणहरुमा चिसोका कारण लाग्ने विभिन्न रोगहरु -निमोनिया आदि), विभिन्न रोगको संक्रमण, सन्तुलित पोषण नहुनु आदि नै हुन्

चिसोबाट बचाउनका लागि न्यानो कोठामा राख्ने, आवश्यक मात्रामा कपडा लगाइदिने, धेरै जाडो भएमा आमाले छातीमा टाँसेर राख्ने गर्नुपर्छ सुतेको ठाउँमा पिसाब गरेमा तुरुन्तै कपडा फर्ेर्नुपर्छ बच्चा सुतेको कपडा नबदलेका कारण पुठ्ठामा साना बिमिरा आउन सक्छन्, त्यसैले यस्तो कपडा बराबर बदल्नर्ुपर्छ शिशुलाई यस्ता बिमिराबाट बचाउन मस्तसँग सुत्न दिनका लागि डायपरको प्रयोग गर्न सकिन्छ अहिले बजारमा विभिन्न किसिमका डायपरहरु पाइन्छन् राम्रो खालको डायपरले पिसाब राम्रोसँग सोस्ने भएकाले शिशुलाई निकै आराम पुर्याउँछ मस्तले सुत्न सक्छ यस्ता डायपर समय-समयमा फेरिरहनर्ुपर्छ

रोगको संक्रमण हुन नदिनका लागि शिशुलाई बराबर धेरै मानिसले चलाइरहने गर्नुहुँदैन कपडाहरु धोएपछि आइरन गरेर लगाउनु लाभदायक हुन्छ

शिशुलाई सकेसम्म दिउँसो मनतातो पानीले बराबर नुहाइदिनर्ुपर्छ नुहाउँदा जुन पायो त्यही साबुन प्रयोग गर्नुहुँदैन उनीहरुलाई बेबी सोप प्रयोग गरेर नुहाइदिनर्ुपर्छ बेबी सोपको प्रयोगले शिशुलाई संक्रमण हुनबाट बचाउँछ यो साबुन शिशुलाई पीरो नहुने गरी बनाइएको हुन्छ

नुहाएपछि सफा तौलियाले पुछेर बेरिदिनर्ुपर्छ शरीरलाई सुख्खा पारेर बेबी पाउडर लगाउन सकिन्छ यस्ता पाउडरले पनि शिशुको शरीरमा हुने संक्रमणबाट बचाउँछ शरीर गन्हाउँदैन बच्चालाई महिनासम्म खासै ठोस आहारको जरुरत पर्दैन आमाको दूधले नै पुग्छ तर आमाको दूध प्रशस्त मात्रामा आएन भने अन्य दूध पनि खुवाउनर्ुपर्छ बोतलबाट अन्य दूध खुवाउँदा बोतल राम्रोसँग उमालेर मात्र दूध खुवाउनर्ुपर्छ, नत्र जीवाणुहरुको संक्रमण भई बच्चालाई पखाला लाग्नेलगायतका समस्या देखिन सक्छन्

पाँच महिनासम्म बच्चाको पाचनशक्ति राम्रो भइसकेको नहुने भएकाले ठोस आहार खुवाउनुहुँदैन चाँडै अरु ठोस खानेकुरा खुवाउँदा कतिपयलाई एलर्जी पनि हुन सक्छ यदि वजन पर्याप्त मात्रामा बढेको दूधले नै उसलाई खाना पुगिरहेको भने अन्य खानेकुरा खुवाउन हतार गर्नुपर्दैन

पाँच महिना पुगेपछि बच्चालाई आवश्यकताअनुसार सुरुमा पिसेको, लतपतिएको, गिलो खानेकुरा खुवाउनर्ुपर्छ सुरुमा लिटो, जाउलो पिसेको आलु, पिसेको गाजर दिन सकिन्छ पाकेको स्याउलाई ताछेर उमालेपछि पिसेर लेदो बनाइ खुवाउन सकिन्छ भात पकाएर गिलो बनाई दूधसँग खुवाउन सकिन्छ त्यस्तै गरी आलुलाई पनि उसिनेर मसिनो बनाई पिसेर दूधमा राखी खुवाउन सकिन्छ सुरुमा बच्चालाई एक-दुइ चम्चा दैनिक एक-दुइ पटक दिन सकिन्छ पछि मात्रा बढाउँदै लानर्ुपर्छ कुनै खाना खुवाउँदा पचेन भने त्यस्तो खाना खुवाउनुहुँदैन

सुरुमा खुवाएका ठोस खाना राम्रोसँग पचाउन सकेमा यी खानालाई निरन्तरता दिई दोस्रो चरणमा दाल, मासु खुवाउनर्ुपर्छ फलफूल थप गर्नुपर्छ यस बेला दैनिक / पटक ठोस खाना खुवाउन सकिन्छ महिना पुगेपछि गहुँबाट बनेका खाना, लिटो आदि खुवाउनुपर्छ बिस्तारै परिवारकै खाना खाने बानी पनि गराउँदै जानर्ुपर्छ फलफूलको रस वा जुस पनि खुवाउन सकिन्छ आमाको दूध खानेलाई दैनिक तीन पटक ठोस आहार आमाको दूध नखानेलाई पटकसम्म ठोस आहार खुवाउनुपर्छ

शिशुको हेरचाहमा आमाको महत्त्वपूर्ण भूमिका हुने भए तापनि परिवारका अन्य सदस्यको पनि उत्तिकै भूमिका हुन्छ बच्चा जन्मिएदेखि पाँच वर्षभत्रमा बीसीजी, डीपीडी, पोलियो, दादुरा आदि खोपहरु लगाउनर्ुपर्छ यसले विभिन्न रोगहरुबाट बचाउँछ

यी विशेष कुराहरुमा ध्यान पुर्याउन सके शिशुको मृत्युदर घटाउन मात्र होइन राम्रो स्वास्थ्य बनाउन पनि मद्दत पुग्छ

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.