|
सुत्केरी भएको दशौं दिन सुत्केरी चोख्याउने कार्यका लागि कपडा धुन उनी निकैबेर खटिइन् । त्यसै दिन पानीको गाग्रो बोकेर कान्ला उक्लिंदा झवाट्ट गरेको थियो, एक्कासि उनको पाठेघर तल झरेछ । उनले विगत सुनाउँदै भनिन्- ँत्यस बेला मैले सोबारे कसैलाई भनिनँ, केहीबेर त के भएको भनेर आफैंलाई थाहा भएन । केही दिनमा निको होला भन्ने ठानें ।’ त्यस बेला ठूलो डल्लो योनिद्वारबाट बाहिर निस्केको थियो । उनलाई छिमेकी महिलाको पाठेघर खसेको थाहा थियो । त्यही अनुभवले घुँडा टेकी धकेलेर भित्र पठाइन् । दिसापिसाब गर्दा पनि पाठेघर बाहिर निस्किने भएकाले उनको जीवन कष्टकर छ । उनी शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा समेत पीडित भएकी छन् । हालसम्म उनी कुनै स्वास्थ्यकर्मीकोमा जँचाउन गएकी छैनन् । बिहान-बेलुका हातमुख जोर्ने समस्या छ । परिवारमा कसैको न रोजगारी छ न अन्य कुनै आम्दानीको स्रोत नै छ ।
यस्तै भोर्ले गाविस-९, धुसेनीकी ६२ वषर्ीया सोममाया तितुङको ७ वर्षघि पाठेघर खसेको थियो । आठ वर्षघि उनका श्रीमान्को मृत्यु भयो । सबै काम आफैंले भ्याउनुपर्ने, पँधेरो-घासपात गनुपर्ने भएकाले उनलाई पाठेघर खस्ने समस्या आयो । अहिले रिङ राखेपछि केही आराम भएको सुनाउँदै उनले भनिन्- ँकमजोर स्वास्थ्य स्थिति र रकम अभावले अप्रेसन गर्न सकेको छैन ।’ कोही सहयोगी पाएमा आफू अप्रेसन गर्न तयार रहेको उनले बताइन् । हाललाई महिनामा एक पटक एक घण्टा उकालो हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र जीवजीवे गई रिङ फर्ेर्ने गरेको उनले बताइन् । स्थानीय महालक्ष्मी महिला सहकारीले त्यस्ता रोगले पीडित महिलाहरुलाई २ हजार रुपियाँसम्म सहयोग गर्ने गरी कार्यक्रम ल्याएकोले त्यसप्रति पनि केही महिला आकषिर्त भएको सहकारीकी अम्बिका पौडेल बताउँछिन् । उनी भन्छिन्- ँ स्वास्थ्यमा महिलाको पहुँच वृद्धि हुन सकेको छैन । आगामी दिनमा जिविस महिला विकास तथा विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी पीडित पहिचान गरेर उपचारका लागि पे्ररित गर्नेछौं ।’ यस्तै गत कात्तिकको २० गते भोर्ले-८, भदौरेकी ७ सन्तानकी आमा ४० वषर्ीया सीता तामाङले एक संस्थाले ५ हजार सहयोग गरेपछि ३० हजार रुपियाँ खर्च गरेर भक्तपुरको एक संस्थामा पाठेघरको शल्यक्रिया गराइन् । त्यसपछि उनलाई ९ वर्षेखिको समस्याबाट मुक्ति मिलेको छ । ँसुरुका दिनहरुमा समस्या लुकाएँ, श्रीमान्ले पनि खाना खाइरहेकी छ, बिरामीजस्तो देखिंदैन भनेर त्यति वास्ता गरेनन् तर हिँडडुल गर्न पनि नसक्ने भएपछि उपचार गर्न बाध्य भएँ’ -उनले भनिन् । नौ वर्षै उमेरमा विवाह भएकी अर्की सार्कीबुटी तामाङले भनिन्- ँगतवर्षशल्यक्रिया गरेर जस्ताकोतस्तै भएँ, म त यस्तो समस्या नलुकाईकन अप्रेसन गर्न सबै पीडितलाई सल्लाह दिन्छु ।’ पुरुषले महिलाको समस्या नबुझिदिनाले गाउँका धेरै महिलाहरु यस्ता रोग बोकेर पीडा खप्न बाध्य भएका छन् । पाठेघर खस्ने समस्याबाट पीडित अधिकांश महिला तल्लो पेट तथा दिसापिसाब गर्नेर् ठाउँमा अप्ठ्यारो हुने, हिँडडुल गर्न पनि नसक्ने बताउँछन् । राष्ट्रिय तथ्यांकले १६ देखि ८४ वर्षम्मका ७ लाख महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको उल्लेख गरे पनि रसुवामा स्वास्थ्य क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग कति प्रतिशत महिला यस्ता समस्याबाट पीडित छन् भन्ने स्पष्ट तथ्यांक छैन । सुत्केरी भएको केही दिनमा महिलाहरुले शारीरिक श्रम गर्नुपर्ने बाध्यताका कारण ग्रामीण महिलाहरुमा पाठेघरले आफ्नो स्थान छोडेर तल झर्ने समस्या आउने भोर्लेका स्वास्थ्यकर्मी नारायण पौडेल बताउँछन् । उनका अनुसार स्वास्थ्यपरीक्षणका लागि आउनेमध्ये ४० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । सुत्केरी भएको केही समयपछि नै बढी श्रम गर्ने, गह्रौ भारी उचाल्ने, ढिकीजाँतो गर्ने भएकाले गाउँले महिलामा यस्ता समस्या बढी देखिएको चिकित्सकहरु बताउँछन् । यो कस्तो रोग हो भनेर ग्रामीण महिलामा राम्रो जानकारी छैन । उपचार गरेमा निको हुन्छ भन्ने जानकारी पनि उनीहरुमा छैन । कतिपयले आफ्ना यस्ता समस्या भन्न चाहेर पनि लाज र इज्जतको डरले भन्न सक्दैनन् । १९ वर्षा आमा बनिसकेकी शान्ति तामाङले भनिन्- ँपरिवारमा भन्ने वातावरण छैन, जसले गर्दा रोग पालेर बस्न बाध्य हुनुपरेको छ ।’ परिवारमा समस्या राखेमा महँगो उपचार गर्नुभन्दा दोस्रो विवाह गर्नतर्फलाग्छन् । यस क्षेत्रका पुरुषहरु मजदुरी तथा रोजगारीका लागि अन्यत्र जाने कारण सुत्केरी अवस्थामा पर्याप्त पोषणयुक्त खाना खान नपाउने , सबै किसिमका कामहरु गर्नुपर्ने, आराम गर्न नपाउने कारणले गर्दा महिलामा यस्तो समस्या बढी देखा परेको विज्ञहरुको भनाइ छ । जिल्ला जनस्वास्थ्य अधिकृत गंगाराज अर्यालका अनुसार त्यस्ता समस्या पहिचानका लागि सरकारले उचित कदम चाल्न सकेको छैन । कम उमेरमा सन्तान उत्पादन गर्ने ग्रामीण परम्परा, आराम नगर्नु, गह्रौं काम गर्नु, यौना·को सरसफाइमा उचित ध्यान नदिनु, जनस्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव हुनु, पाठेघर खस्नुको मुख्य कारण रहेको अर्यालको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालयका मेडिकल अधिकृत डा. सौरभ आचार्यका अनुसार कम उमेरमा विवाह हुनु, प्रजनन अंग परिपक्व नभई सन्तान जन्माउनु, शारीरिक श्रम बढी गर्नु, जन्मान्तर कम गर्नु, प्रसूति अवस्थामा स्याहार नपुग्नु, पोषणको कमी हुनु, धूमपान गर्नु, असुरक्षित गर्भपतन गर्नुजस्ता कारणले पाठेघर खस्न सक्छ । उहाँका अनुसार पाठेघर खस्ने समस्याका चार अवस्था हुन्छन्- पहिलो अवस्था पाठेघरले स्थान छोड्ने, दोस्रो अवस्था योनिको मुखसम्म आउने, तेस्रो अवस्था पूरै भाग बाहिर आउने र चौथो अवस्थामा भित्र छिर्न नसक्ने हुन्छ । पहिलो र दोस्रो अवस्थामा कसैलाई रिङपेसरी राखेर यो समस्या हल हुन्छ । चाँडै शल्यक्रिया गर्न नमिल्नेलाई रिङपेसरी राखिन्छ तर अन्य अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ । रसुवाका दक्षिणी भेगका महिलामा यो समस्या बढी पाइएको छ । यस जिल्लामा रहेका १० प्रतिशत महिलामा यस्तो समस्या भएको अनुमान उहाँको छ । प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न लजाउने कारण समस्या लुकेको, तर सुत्केरी अवस्थामा आराम र पोषणयुक्त खानामा ध्यान दिएमा यो समस्या कम हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । जे-जस्तो स्वास्थ्यसमस्या परे पनि धामीझाँक्री लगाउने, महिलामाथिको विभेद, घरमै सुत्केरी गराउने प्रचलन, सुत्केरी श्रीमतीलाई छुन नहुनेजस्ता गलत विश्वासले पनि समस्या बढेको छ । स्थानीय जाग्रित युवा शक्ति क्लबका अध्यक्ष रेबकुमार पौडेलले यस वर्षक्लबको आयोजनामा पाठेघरको शल्यक्रियाको लागि निःशुल्क शिविर राख्ने योजना गरेको बताए । सरकारले महिलाको पाठेघर खस्ने समस्याको उपचार सेवा स्थानीय तहमा गराउन नसक्नु, ग्रामीण तहमा भएका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीहरुमा स्त्रीरोगको छुट्टै परीक्षण गर्ने व्यवस्था नहुनाले पनि ग्रामीण महिलाहरु समस्यामा परेका छन् । महिलाहरु आफ्नो प्रजनन स्वास्थ्यका समस्याहरु पुरुष स्वास्थ्यकर्मीसँग ढुक्क भएर राख्न सक्दैनन् । त्यसैले हरेक स्वास्थ्य चौकीहरुमा महिला स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । विभिन्न स्वास्थ्य संस्थाहरुले गरेको स्वास्थ्य शिविरमा ३० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या पाइएको बताइएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार ३० देखि ४४ वर्षा महिलामा धेरै बच्चा जन्माउने, धूमपान गर्ने, कब्जियत, लहरेखोकी, फोक्सोको समस्याजस्ता कारण पनि पाठेघरको समस्या देखिन्छ । ५० वर्षेखि माथिका महिलामा महिनावारी रोकिएपछि स्ट्रोजन नामक हर्मोनको उत्पादनमा कमी आउने हुँदा पाठेघरमा आवश्यक पानीको मात्रा कम हुन जानाले पनि पाठेघर खस्ने समस्या देखिन्छ । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |