Index

बर्डपलु महामारी पनि बन्न सक्छ

महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम

अपाहरुको कहालीलाग्दो / स्वास्थ्य समस्या

बजारमा विषाक्त मदिरा

रोग बढाउँदै अस्वस्थकर मासुले
बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग
लापरबाहीले पिनास हुन सक्छ
पाठेघरमा मासु पलाउने समस्या
पाठेघर खस्ने समस्या
राशिफल
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
हेल्थ टिप्स
 
 

पाठेघरमा मासु पलाउने समस्या

 डा. सुमनराज ताम्राकार

 स्त्री तथा प्रसूति रोग विशेषज्ञ

काठमाडौं उपत्यकाबाहिरको एउटा अस्पतालमा ४५ वर्षी एक महिला महिनावारी हुँदा अधिक रक्तश्राव हुने तथा सानो पेट दुख्ने सिकायत लिएर आइन् तल्लोे पेट जाँच्ने क्रममा कडा खालको मासुको डल्लो भेटियो भिडियो एक्सरे -अल्ट्रासाउन्ड) बाट पाठेघरमा मासु पलाएको निक्र्योल गरियो सन्तानको रहर पुगिसकेकाले पाठेघरका साथै दुवर्ैतर्फको अण्डाशय निकाल्ने शल्यक्रिया गर्राई उपचार गरियो

यस्तै पाँच वर्षघि विवाह गरेकी एक महिलाको पहिलो पटकको गर्भ केही महिनामै तुहिएको थियो दोस्रो पटकको गर्भमा पनि महिना नपुग्दै बेथा लागी बच्चा जन्मिएको थियो तर बच्चा निकै सानो भएकोले अकालमै मृत्यु भएको समस्या लिएर उनी अस्पतालमा आइन् दुइवटा बच्चा खेर गएपछि नियमित यौनसर्म्पर्क गर्दा पनि गर्भ नरहेका कारण निःसन्तान हुने डरले उनी उपचारका लागि आएकी थिइन् उनको स्व्ाास्थ्य जाँचको क्रममा पाठेघरको पछाडिपट्टकिो भित्तामा करिब . वर्गसेन्टिमिटर पाठेघरको माथिल्लो भागमा वर्गसेन्टिमिटरका दुइवटा डल्ला पलाएको -फाइब्रोइड भएको) पत्ता लाग्यो त्यसपछि करिब महिनाअघि उनको पाठेघरको डल्लो मात्र निकाल्ने शल्यक्रिया -मायोमेक्टोमी) गरियो हालै फलोअपमा आएकी ती महिलाको पाठेघरको मुखबाट एक प्रकारको रंग पठाएर पाठेघरको भित्री भाग तथा डिम्बवाहिनी नलीको विशेष खालको एक्सरे लिई जाँच्ने क्रममा कुनै समस्या नदेखिएकोले ती दम्पतीलाई  छिट्टै सन्तान प्राप्त हुने अपेक्षा गरिएको

३० वर्षो उमेर पुग्ने बेलासम्म करिब २० प्रतिशत महिलामा पाठेघरमा मासु पलाउने  -फाइब्रोइड) समस्या हुन सक्छ स्त्रीरोग विभागको बहिर· विभागमा आउने करिब प्रतिशत महिलाहरु फाइब्रोइडको समस्या लिएर आउँछन् यसमा बढीजसो ३५ देखि ४५ वर्षउमेरका हुन्छन् पाठेघरमा मासु पलाउने समस्या

-फाइब्रोइड) हुनुको प्रस्ट कारण नभए पनि करिब ३० प्रतिशतमा वंशाणुगत अन्यमा शारीरिक वृद्धि गराउने विभिन्न तत्त्वहरुले इस्ट्रोजेन नामक हर्मोनमार्फत फाइब्रोइड गराउन सक्ने विश्वास गरिएको   प्रायः फाइब्रोइडको समस्या हुँदा महिनावारी गडबडी पनि हुन्छ

बच्चा नपाएका, उच्च मोटोपन भएका, इस्ट्रोजेनको मात्रा बढ्ता भएका तथा काला जातिका मानिसहरुमा फाइब्रोइड समस्या बढ्ता हुने गरेको गर्भावस्था तथा पिल्स चक्की खाइरहेकामा पाठेघरमा मासु पलाउने समस्या -फाइब्रोइड) तीव्र गतिमा बढ्ने गरेको

फाइब्रोइड प्रायः पाठेघरको माथिल्लो भागमा हुन्छ धेरै संख्यामा पनि हुन्छ पाठेघरको मध्यतहबाट सुरु हुने फाइब्रोइड समस्या समयक्रमसँगै पाठेघरको बाहिरीतिर वा भित्री भागतिर बढ्छ पाठेघरको भित्री तहतिर बढ्ने सम्भावना कम भए पनि यस प्रकारको फाइब्रोइड चाँडै कुहिने संक्रमण -फाइब्रोइडका जटिलताहरु) हुने कारणले महिनावारीको बेला बढ्ता रक्तश्राव हुन्छ

यो समस्या भएका करिब ७५ प्रतिशतमा कुनै लक्षण देखा नपर्न सक्छ अन्यमा महिनावारी हुँदा अधिक रक्तश्राव हुने, सानो पेट दुख्ने, निःसन्तान हुने, सानो पेटमा डल्लो भेटिने तथा गर्भ रह्यो भने गर्भ तुहिने, महिना नपुग्दै बेथा लाग्ने तथा बच्चा सानो हुने हुन्छ उपचारका क्रममा सन्तानको रहर पुगिसकेका तथा ४० वर्षनाघेकालाई पाठेघर निकाल्ने शल्यक्रिया एवम् बच्चा पाउन बाँकी वा बच्चा पाउन इच्छुक महिलाको हकमा फाइब्रोइड -मासुको डल्लो) मात्र निकाल्ने शल्यक्रिया -मायोमेक्टोमी) गर्न सकिन्छ फाइब्रोइडको प्रकृति, अवस्थिति, आकार तथा उपचार विधिको उपलब्धताअनुसार ल्याप्रोस्कोपी वा हिस्टेरोस्कोपीबाट पनि फाइब्रोइडको सफल उपचार गर्न सकिन्छ

यदि पाठेघरमा पलाएको मासुको आकार सानो फाइब्रोइड नै हो भन्ने निक्र्योल भएको भने बेला-बेलामा फलोअप जाँच गर्न सकिन्छ फाइब्रोइडको कारण कुनै लक्षण -अधिक रक्तश्राव/दुखाइ) देखा परेको छैन भने तत्काल उपचार गर्नुपर्ने जरुरत छैन

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.