|
पछि चिकित्सकसँग कुराकानी गर्दा समयमै अस्पताल ल्याइएकोले गम्भीर असर हुनबाट बच्न सकिएको, ढिलो भएको भए ज्यानमै पनि खतरा पुग्न सक्ने स्थिति रहेको उनले थापाइन् ।
यसको लागि पुरानो साडी वा कपडाको प्याड पछि गएर स्यानिटरी प्याडको रुपमा विकसित हुँदै व्यापकता पाउन थालेको छ । यसका साथसाथै महिनावारीका यी दिनहरूमा महिलालाई सजिलो बनाउन निरन्तर प्रयास भएका छन् र प्राविधिक विकासको साथसाथै नयँँ उत्पादनहरू बजारमा आउने गर्दछन् । यस्तै उत्पादनमध्ये टेम्पोन पनि एक हो । टेम्पोन के हो ? टेम्पोन -त्amउयल) प|mेन्च भाषाबाट आएको शब्द हो । यसको अर्थ प्लग वा स्टपर -क्तयउउभच) हुन्छ । १९औं शताब्दीमा गोली लागेको घाउबाट बगेको रगत रोक्न यसको प्रयोग गरिन्थ्यो । रगत बगिरहेको घाउ वा शरीर -अबखष्तथ) मा राखिने कपास वा अन्य कुनै सोस्ने बस्तु नै टेम्पोन हो । तर अहिले यो शब्दले प्रायजसो महिनावारीको बेलामा रगत सोस्न योनिमा राख्ने तयारी साधन जनाउँछ । यो योनिभित्र नै राखिने हुनाले महिलालाई अन्य न्याप्किन वा कपडाको तुलनामा दैनिक क्रियाकलाप यहँँसम्म कि खेलकुदमा संलग्न हुँदा पनि धेरै सजिलो हुन्छ । योनिबाट निस्कने रगत भित्र नै सोसिने र हावासँग सर्म्पर्क नहुने भएकाले गन्ध पनि कम हुन्छ । फेरि यो एकपल्टको प्रयोगपछि फालिने हुनाले कामकाजी महिलालाई एक किसिमले सजिलो पनि हुन्छ । महिनावारीको बेलामा टेम्पोन प्रयोग गर्ने व्यक्तिलाई कहिलेकाहीँ एक गम्भीर बिरामी हुन सक्ने सम्भावना हुन्छ । यसलाई टक्सिक शक सिन्ड्रोम -त्यहष्अ क्जयअप क्थलमचomभ) भनिन्छ । यस्तो भएमा कहिलेकाहीँ महिलाको मृत्यु पनि हुन सक्छ । त्यसैले यो स्थिति आउन नदिन टेम्पोनका प्रयोगकर्ताले विभन्न किसिमका सावधानी अपनाउनुपर्ने हुन्छ । टक्सिक शक सिन्ड्रोम टक्सिक शक सिन्ड्रोम एक गम्भीर प्रकृतिको बिरामी हो । यस्तो बिरामी हुँदा ज्वरो आउने, बेहोस हुने र शरीरका विभिन्न अ·-प्रत्य·मा समस्या आउने हुन सक्छ । यो केही प्रकारका स्टाफाइलोकोकस अरिअस -क्तबउजथयिअयअअगक बगचभगक) जीवाणुबाट निस्कने विषको कारणले हुने गर्दछ । पहिले योे महिनावारीको बेलामा टेम्पोनको प्रयोग गर्ने महिलाहरूमा मात्र भेटिने विश्वास गरिन्थ्यो तर हालको अध्ययनपछि यसमा फरक मत आएको छ । यो समस्या करिब ५५ प्रतिशत जति स्थितिमा मात्रै महिनावारीसँग जोडिएको पाइएको छ । वास्तवमा यो स्थिति बालबालिका, महिनावारी बन्द भइसकेका महिला वा पुरुषलाई पनि हुन सक्छ । अर्को स्ट्रेप्टोकोकस पायेजेन भनिने जीवाणुले पनि झन्डै यस्तै स्थिति उत्पन्न गराउन सक्छ । यसलाई टक्सिक शकजस्तै सिन्ड्रोम भनिन्छ । टेम्पोनको प्रयोग गर्दा किन यस्तो हुन्छ भन्ने प्रश्नको जवाफमा एकमत पाइँदैन । वास्तवमा योनिमा सामान्य अवस्थामा हुने यस्ता जीवाणुबाट हानि हुने गर्दैन । कसरी यस्तो स्थिति आउँछ भन्ने कुरामा यकिन नभए पनि टेम्पोनको साथमा अक्सिजन ग्यास योनिभित्र हुने र यसले जीवाणुलाई वृद्धि हुन सतह पनि दिने भएकोले जीवाणुको संख्यामा वृद्धि हुन्छ । पछि यसबाट निस्किएको विष रगतमा मिसिन्छ र त्यसका प्रभावहरू देखिन्छन् । टक्सिक शक सिन्ड्रोमका लक्षणहरु उच्च ज्वरो -कामज्वरो), थकान, वाकवाकी, बान्ता, पखाला, छालामा राता दाग -चबकज), आँखा-मुख-घाँटी रातो हुने, भ्रान्ती -अयलागकष्यल) हुने, बेहोस हुने टाउको दुख्ने अनि रक्तचाप कम हुने प्रमुख हुन् । यसको प्रभाव अझै बढ्न थालेपछि मिर्गौला वा कलेजोमा पनि असर पार्छ र त्यसका लक्षणहरू पनि देखिन्छन् । यसको उपचार गर्दा योनिमा वा कुनै घाउमा रक्तश्राव नहोस् भन्नका लागि टेम्पोन प्रयोग गरिएको भए त्यसलाई निकाल्नु आवश्यक हुन्छ । नसाबाट पानी चढाउनुपर्ने मात्रै होइन, रक्तचापलाई नियमित गर्नुपर्ने हुन्छ । त्यसैगरी संक्रमण कम गर्न प्रतिजैविकी औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । यो अलि विरलै मात्र हुने भए पनि गम्भीर प्रकृतिको हुने गर्छ र यसकै कारण करिब ५० प्रतिशत जति व्यक्तिको मृत्यु हुने गर्छ । यस्तो समस्या भएर उपचार गरेका व्यक्ति बाँचेमा त्यस्ता व्यक्तिमा यो समस्या दोहोरिन सक्ने सम्भावना हुन्छ । यो एक आपतकालीन अवस्था हो । सक्दो चाँडो उपचार गराउनर्ुपर्छ । जोखिम कम गर्ने तरिका टेम्पोनको प्रयोग गर्दा केही कुरामा ध्यान दिएमा यसको जोखिमलाई न्यून गर्न सकिन्छ । चाहिनेभन्दा ठूलो अर्थात् बढी रगत सोस्ने क्षमता भएको टेम्पोनको प्रयोग गर्नु हँुदैन । कम सोस्ने क्षमता भएको टेम्पोनको प्रयोग गरेर पनि महिनावारीको रगत व्यवस्थापन गर्न सकिन्छ । टेम्पोन प्रयोग गर्दा ४ देखि ६ घण्टामा यसलाई फर्ेर्नुपर्छ । कहिल्यै पनि ८ घण्टाभन्दा बढी समय निरन्तर रुपमा यसको प्रयोग गर्न हुँदैन । यस्तै टेम्पोनको प्रयोग गरेर राति सुत्नु हुदैन । राति स्यानिटरी प्याडको प्रयोग गर्नु उचित हुन्छ । सधैँ यसको प्रयोग नगरी प्याडसँग आलोपालो गर्दा राम्रो हुन्छ । टेम्पोनलाई छुनुअघि र पछि राम्ररी हात धुनर्ुपर्छ र यसलाई प्रयोग गर्दा सक्दो कम छुनर्ुपर्छ । सम्भव भएमा प्रा·ारिक सुतीले बनेको टेम्पोन प्रयोग गर्नुपर्छ । टेम्पोनको पोका -प्याकेट)मा भएको निर्देशनलाई राम्ररी पढ्ने र पालन गर्ने गर्नुपर्छ । साथै महिनावारीभन्दा फरक किसिमको अर्थात् अस्वाभाविक योनिश्राव भएको स्थितिमा यसलाई प्रयोग गर्नुहँुदैन । यसको प्रयोग गर्दा योनिमा पनि कुनै चोट नलागोस् भन्ने कुरामा ध्यान दिनर्ुपर्छ । टेम्पोनको प्रयोग गर्दा हुन सक्ने खतराबारे परिवार तथा काम गर्ने स्थानका वा नजिकमा रहने व्यक्तिलाई भनिराख्नु बेस हुन्छ, ताकि लक्षण देखिनासाथ तुरुन्तै अस्पताल लान अलमल नहोस् । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |