Index

बर्डपलु महामारी पनि बन्न सक्छ

महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम

अपाहरुको कहालीलाग्दो / स्वास्थ्य समस्या

बजारमा विषाक्त मदिरा

रोग बढाउँदै अस्वस्थकर मासुले
बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग
लापरबाहीले पिनास हुन सक्छ
पाठेघरमा मासु पलाउने समस्या
पाठेघर खस्ने समस्या
राशिफल
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
हेल्थ टिप्स
 
 
 

बजारमा विषाक्त मदिरा

 उपेन्द्रराज सोती

 मदिरापान गर्नेहरुका लागि दुःख सुख दुबै समयका साथी मानिंंदै आएको मदिराले ज्यान पनि लिन थालेपछि मदिरापान गर्नेहरुमा चिन्ताको लहर उर्लिएको नेपाली बजारमा हाल बिक्री भइराखेका मदिरामध्ये केही ब्रान्डका मदिराले नशासँगै मृत्यु पनि दिन थालेका छन् माघ महिनामा मात्र ब्रान्डेड विषाक्त मदिरा पिएर जना घरेलु भट्टीको मदिराबाट जनाले ज्यान गुमाएका छन् देशभरिमा १२ जनाभन्दा बढीको आँखाको ज्योति गुमेको भने २०-२५ जनाले अस्पतालमा मृत्युसँग संर्घष्ा गरिरहेका छन्

खुकुरी भर्जिन ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा बजारमा फैलिएपछि उक्त मदिराको सेवनबाट राजधानीको त्रिवि शिक्षण, काठमाडौं मोडल, लाइफ केयरलगायतका अस्पतालमा जनाको मृत्यु भएको - जनाको आँखाको ज्योति गुमेको हो

 

त्यसैगरी रौतहट जिल्लाको विभिन्न गाविसमा घरेलु मदिराको सेवनबाट जनाको मृत्यु, करिब त्यति नै मानिसको आँखाको ज्योति गुमेको, साथै २०-२५ जना व्यक्ति अस्पतालमा मृत्युसँग संर्घष्ा गरिराखेका छन्

गत साउन महिनादेखि तीन-तीन महिनाको अन्तरालमा विषाक्त मदिराको सेवनबाट देशभरिमा ठूलो संख्यामा मानिसको मृत्यु भएको तथ्याङ्क साउन महिनामा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रोमछाप, सिन्धुलीलगायतका जिल्लामा सोफी नामक सस्तो मदिरा पिएर २५ जनाभन्दा बढीले ज्यान गुमाएका थिए कात्तिक महिनामा भर्जिन ब्रान्डको मदिराबाट राजधानीमा एकको मृत्यु भएको एकको आँखाको ज्योति गुमेको थियो फेरि पनि माघ महिनामा १२ जनाभन्दा बढीको मृत्यु भइसकेको १०-१२ जना मानिसको आँखाको ज्योति गुम्नुले नक्कली मदिरा बजारमा भित्र्याउनेहरुको सञ्जाल बलियो रहेको पुष्टि हुन्छ

कमजोर अनुगमन प्रणाली

बारम्बार घटना दोहोरिनुको पछाडि प्रहरी प्रशासन, आन्तरिक राजस्व, मदिरा उत्पादन गर्ने डिस्टिलरी उपभोक्ताको पक्षमा आवाज उठाउने विभिन्न संघ-संगठनलगायतका निकायहरुको निष्त्रिmयता नै हो भन्नेमा दुइ मत छैन पर्याप्त बजार अनुगमन नहुँदा कालोबजारियाहरुले अवैध धन्दा गरिरहेको आन्तरिक राजस्व विभागका उप-महानिर्देशक नवराज भण्डारी स्वीकार गर्नुहुन्छ

त्यसैगरी राजधानीमा विषाक्त मदिराको ठूलो परिमाण जफत गरेको महानगरीय प्रहरी परिसर बालाजुका डिएसपी मीरा चौधरी विषाक्त मदिरा उत्पादन गर्ने मुख्य अभियुक्त राजकुमार भण्डारीलाई फेला पार्न नसक्नुले फेरि पनि घटना दोहरिन सक्ने तर्क गर्नुहुन्छ

विषाक्त मदिराको केही प्रतिशत मात्र प्रहरीले छापा मारी फेला पारेको स्थिति लुकाइएका बाँकी विषाक्त मदिराहरु केही समयपश्चात् बजारमा नआऊलान् भन्न सकिंंदैन यस सर्न्दर्भमा प्रहरी प्रशासन के गर्दै भन्ने प्रश्नमा डीएसपी चौधरी भन्नुहुन्छ- ँराजकुमार भण्डारीलाई खोज्ने काम तीव्ररुपमा भइरहेको प्रहरी हिरासतमा रहेका अर्का मुख्य अभियुक्त मिलन कार्की अन्य अभियुक्तहरुबाट प्रहरीले थप अनुसन्धान जारी राखेको

प्रहरीले राजधानीका विभिन्न ठाउँबाट विषाक्त मदिरा बेचेको आरोपमा १७ जनालाई समातेको , जसमा विषाक्त मदिराको कारखाना सञ्चालन गर्नेदेखि लिएर सस्तो मूल्यमा किनी उपभोक्तालाई ब्रान्डको मूल्यमा बेच्नेलगायत व्यापारी छन्

प्रहरीले राजधानीको गोंगबु धुम्बाराहीमा अवैधरुपमा सञ्चालन गरेका दुइ मदिरा कारखाना फेला पारेको थियो यसरी व्यवस्थितरुपमा कारखाना नै सञ्चालनमा आउँदा पनि घटनापश्चात् मात्र फेला पर्नुले शंका गर्ने ठाउँ प्रशस्तै भएको र्सवसाधारणको धारणा प्रहरीको जासुसी यन्त्र फितलो भएको स्पष्ट देखिन्छ तर यस कुरालाई डीएसपी चौधरी स्वीकार्नुहुन्न उहाँका अनुसार प्रहरीले सूचना पाएपछि छापा मार्ने, पक्रने काम गरेको अवैध मदिराको हकमा आन्तरिक राजस्व, ब्रान्डेड मदिरा उत्पादनकर्तालगायतका पक्षहरु मुख्य दोषी रहेका छन् ब्रान्डेड मदिरा उत्पादनकर्ताहरुले ब्रान्डलाई धक्का पुग्ने किसिमका गतिविधिका बारेमा सदैव चनाखो रहनुपर्ने आन्तरिक राजस्वले मदिराबाट अत्यधिक राजस्व मात्र नउर्ठाई पर्याप्त अनुगमन पनि गर्नुपर्नेमा डीएसपी चौधरीको जोड

देशभर नक्कली मदिरा

गत साउन महिनामा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायतका जिल्लामा सोफीआतंक मच्चिएको थियो २०-२५ रुपियाँमा पाइने न्यून आय भएकाहरुको पहुँचमा भएको सोफी त्यसपछिका दिनमा प्रतिबन्ध लागेको अवस्था त्यस समयमा पनि धेरैको मृत्यु भइसकेपछि मात्र प्रहरी प्रशासन सरोकारवाला अन्य निकायले चासो राखेका थिए अधिकांश आक्रान्त क्षेत्र दुगम भेग भएकाले सुरुका केही दिनसम्म अज्ञात रोग भनी प्रचारबाजी भएको थियो

त्यसैगरी कात्तिक महिनामा भर्जिन ब्रान्डको मदिरा सेवनबाट एकको मृत्यु भएको अर्कोको आँखाको ज्योति गुमेको थियो आँखाको ज्योति गुमेका ३३ वषर्ीय राजकुमार श्रेष्ठले पिएको मदिरा भर्जिन ब्रान्डको रहेको विधि विज्ञान प्रयोगशालाले दिएको रिपोर्टअनुसार मदिरामा मेथानिल भेटिएको उल्लेख यस विषयमा पीडितका दाजुले उपभोक्ता मञ्च नेपालको सहायतामा भर्जिन उत्पादन गर्ने हाइल्यान्ड डिस्टिलरीलाई क्षतिपर्ूर्ति उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंको क्षतिपर्ूर्ति समितिमा मुद्दा पनि दायर गरेका छन् तर मुद्दाको सवालमा प्रशासनले कारबाही अगाडि नबढाएर राज्यले अपराधीलाई संरक्षण दिइराखेको उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य ऋषिप्रसाद निरौलाको दाबी

यसरी एकपछि अर्को गरी मदिरा काण्ड हुनुको कारण मदिराको सर्न्दर्भमा बनेका ऐन-कानुन फितलो हुनु पनि रहेको देखिन्छ मदिरा ऐन २०३१ को पहिलो संशोधन २०५७ का अनुसार ऐनविपरीत कार्य गर्नेलाई महिनासम्म कैद वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान यसैकारण कानुनी पक्ष फितलो हुँदा अपराधीले सजिलैसँग बारम्बार यस्ता घटना घटाइरहेका छन् माघ महिनामा राजधानीमा भएको मदिराआतंक अपराधीलाई कारबाही नगर्नुको परिणाम हो

राजधानीमा विषाक्त मदिरा फैलाउने मुख्य अभियुक्त राजकुमार भण्डारी २०६५ भदौ गते नक्कली विषाक्त मदिरा बिक्री वितरण गरेको आरोपमा पक्राउ परी भदौ २८ गते ४० हजार धरौटीमा छुटेका थिए उनीमाथि सरकारी छाप-दस्तखत किर्ते मुद्दा पनि परेको त्यसबाट पनि भदौ ३१ मा उम्कन सफल भण्डारीले सञ्चालन गरेको कारखानाबाट उत्पादित मदिराले राजधानीमा ठूलो क्षति पुर्याएको

पक्राउ परेकाहरुले देशका प्रमुख सहरहरुसम्म नक्कली मदिरा पुर्याइएको बताएका छन् नेपालगन्ज, पोखरा, विराटनगरलगायतका स्थानमा थप कारखाना सञ्चालनमा रहेको अभियुक्तहरु स्वीकार्छन् अभियुक्तहरुले भारतको कोलकाताबाट स्टिकर नक्कली मदिराको बिर्को ल्याई सोफी कोडिन मिश्रण गरेर विभिन्न ब्रान्डका मदिराको कलर छनोट गरी सोहीअनुसार बनाएर बेच्ने गरेको खुलासा गरेका छन्   प्रहरीले नक्कली विषाक्त मदिरा बेचविखन गर्नेहरुमध्येका जनालाई कर्तव्य ज्यानअर्न्तर्गत बाँकीलाई कालोबजारी सामाजिक अपराध सजाय ऐनअर्न्तर्गत कारबाही अगाडि बढाएको जनाएको

खानेबित्तिकै पीडा

विषाक्त मदिरा पिएर बिरामी भएकाहरु राजधानीमा रहेका त्रिवि शिक्षण, लाइफ केयर काठमाडौं मोडल अस्पतालमा उपचार गराउन आएका थिए यसरी उपचार गराउन आएकामध्ये आँखाको ज्योति गुमेका ३० वषर्ीय खगेन्द्र पौडेल भन्छन्- ँमदिरा पिएपछि टाउको दुख्ने, वाकवाक लाग्ने, आँखा नदेख्ने, मुटु दुख्नेलगायतका लक्षणहरु देखा परेको थियो गोंगबुको एक होटेलमा ड्राइभर साथीसँग बसी एक क्वार्टर खुकुरी रम खाएको बताउने पौडेललाई मदिरा पिएको राति नै अत्यधिक पीडा भएपछि अस्पताल पुर्याउनुपरेको थियो त्यसैगरी बालाजुमा कार्यरत प्रहरी रमेश शर्मा पौडेलकी श्रीमतीले दिएको जानकारीअनुसार माघ गते ड्युटीपश्चात् साथीहरुसँग मिली मदिरापान गरेका पौडेल त्यसपछि बिरामी भई अस्पताल पुर्याइएका थिए

कसरी पाउने कानुनी उपचार ?

मदिरा सेवन गरेर व्यक्तिको ज्यान गएमा वा अपा· भएमा उपभोक्ता संरक्षण ऐन, २०५४ अर्न्तर्गत क्षतिपर्ूर्ति पाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन, २०५४ ले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा क्षतिपर्ूर्ति समितिको व्यवस्था पनि गरेको तर माघ महिनामा विषाक्त मदिराबाट मृत्यु भएको विषयलाई लिएर कुनै पनि उजुरी नपरेको काठमाडौं रौतहट जिल्ला प्रशासनले जानकारी दिएको ँउपभोक्तालाई आफ्नो अधिकारको जानकारी नभएको कसरी-कहाँ उजुरी गर्ने भन्ने थाहा नभएकोले क्षतिपर्ूर्ति समितिमा उजुरी नभएको उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य ऋषिप्रसाद निरौला बताउनुहुन्छ उपभोक्तालाई सचेत गराउने दायित्व सरकारको भएको कानुन बनेको एक दशक पुगिसक्दा पनि र्सवसाधारण यसबारेमा बेखबर रहनु भनेको राज्यको लाचारीपन भएको उहाँ स्पष्ट पार्नुहुन्छ

उपभोक्ता संरक्षण ऐनमा उपभोक्ताले आफूले उपभोग गरेको मदिराको बोतलकै आधारमा कम्पनीविरुद्ध मुद्दा दायर गर्न सक्ने व्यवस्था   उपभोक्ता संरक्षण ऐन, २०५४ का अनुसार उपभोक्ताले मदिरा पिएको पसल -भट्टी) कम्पनीमाथि पनि सीधै क्षतिपर्ूर्ति दाबी गर्न सक्छ उपभोक्ताले ब्रान्डलाई पैसा तिरेकाले पहिलो दोषी ब्रान्ड नै हुन्छ ऐनमा दोषीलाई अधिकतम १० वर्षसजाय लाख जरिवाना वा दुवै हुन सक्ने व्यवस्था पनि तर उपभोक्तालाई यस कुराको जानकारी नभएकोले न्याय पाउनबाट उपभोक्ता वञ्चित छन्

सरकारले ०६५ असोज गते बजेट भाषण गरेर मदिराको सर्न्दर्भमा निश्चित दायराहरु निर्धारण गरे पनि कार्यान्वयनमा आएको स्पष्ट जानकारी छैन सरकारले निश्चित ठाउँ, निश्चित समय निश्चित उमेरका व्यक्तिले मात्र मदिराजन्य पदार्थ खरिद-बिक्री गर्न पाउने प्रावधान बनाए पनि सम्बन्धित निकायले अनुगमन नगर्दा कार्यान्वयन पक्ष कमजोर देखिएको यसका कारण पनि नक्कली मदिरा बजारबाट सजिलैसँग उपभोक्तामाझ पुगिरहेको , यसरी प्रत्यक्ष असर जनस्वास्थ्यमा परिरहेको सम्बन्धित सरकारी अधिकारीहरु नै स्वर्ीकाछन्

रिपोर्ट के भन्छ ?

यसै क्रममा प्रहरीले माघ महिनाको मदिरा काण्डमा छापा मारी जफत गरेका मदिराको गुणस्तर जाँच्न विधि विज्ञान प्रयोगशाला पठाएको थियो प्रयोगशालाले दिएको रिपोर्टअनुसार प्रयोगशालालाई उपलब्ध गराइएको २२५ नमुनामध्येमा ५१ को मात्र परीक्ष्ँण समाप्त भएको, जसमा वटा नमुनामा मिथाइल अल्कोहल भेटिएको उल्लेख तर डिस्टिलरीबाट परीक्ष्ँणका लागि ल्याइएका मदिरा भने विषादि फेला नपरेको प्रयोगशालाले जनाएको रौतहट जिल्लाबाट पनि विषाक्त रक्सीका कारण अस्पताल भर्ना भएका दुइ पुरुष एक महिलाको रगत परीक्षणका लागि आएको प्रयोगशालाका कार्यकारी निर्देशक भिनुशोभा तुलाधर बताउनुहुन्छ

ग्रामीण क्षेत्रमा पनि घरेलु मदिराको नाममा ठूला-ठूला भट्टीहरु सञ्चालन भइरहेको पुष्टि भएको रौतहट जिल्लाका विभिन्न गाविसमा जनाको मृत्यु हुनुले घरेलु मदिराको नाममा विषाक्त मदिरा उत्पादन भइरहेको स्पष्ट मदिरा ऐन, २०३१ को संशोधन २०५७ अनुसार पनि घरेलु मदिरा उत्पादनलाई अनुमति लिन नपर्नेलगायतका सहज परिस्थिति बनाइदिनाले घरेलु प्रयोगका नाममा दुरुपयोग भइरहेको स्पष्ट

साथै ग्रामीण क्षेत्रमा प्रहरी प्रशासनको पहुँच कम हुनु, पर्याप्त अनुगमन नहुनुलगायतका कमजोरीहरु रहेको स्पष्ट , जसका कारण पनि घरेलु प्रयोगका नाममा हजारौं लिटर मदिरा बनाइन्छन् रौतहट जिल्लामा घर भएका मोहन ठकुरीका अनुसार जनयुद्धताका माओवादीले मदिरा भट्टी सञ्चालन गर्न नदिनाले धेरै हदसम्म नियन्त्रण भएको तर हाल ग्रामीण क्षेत्रमा अधिकांश भट्टीहरु अवैधरुपमा सञ्चालन भइराखेका छन् फलस्वरुप रौतहटमा विषाक्त मदिराबाट ठूलो क्षति भएको

के गर्नुपर्छ घटना दोहोरिन नदिन ?

यसै सिलसिलामा बजारमा नक्कली मदिराको सेवनले मानिसको मृत्यु भएपछि घरेलु रक्सीको माग बढेको तथ्य प्रकाशमा आएको दोलखा, रसुवालगायतका जिल्लाहरुमा घरेलु रक्सी बनाउने कार्यले तीव्रता पाएको यसको कारणले फेरि पनि दर्ुघटना ननिम्त्याउला भन्न सकिंदैन, सम्बन्धित निकायले यसबारेमा छिट्टै ठोस कदम उठाउनुपर्ने देखिन्छ

मदिरापान गर्नेहरुले मदिरा खरिद गर्दा जहाँ पायो त्यहीँबाट नगर्ने, अनुमतिपत्र लिएका आधिकारिक विक्रेताबाट मात्र गर्ने गरेमा धेरै हदसम्म नक्कलीबाट बच्न सक्ने सम्भावना रहन्छ यसैगरी सरकारी संयन्त्रअर्न्तर्गतका प्रहरी प्रशासन, आन्तरिक राजस्व, जिल्ला प्रशासनलगायतले एक-अर्कालाई दोषारोपण नगरी आपसी समन्वयमा काम गर्नुपर्ने देखिन्छ आवश्यक पर्दा रातारात छापा मारी ठूलो परिमाणमा नक्कली मदिरा फेला पार्न सक्ने संयन्त्र अरु समयमा पनि उत्तिकै चनाखो रहनुपर्ने र्सवसाधारणको माग

यस्तै ब्रान्डेड मदिरा उत्पादन गर्ने डिस्टिलरीहरुले आफ्नो ब्रान्डमा धक्का पुग्ने किसिमका गतिविधिमाथि सधैँभरि अनुगमन गर्ने संयन्त्र विकास गर्नुपर्ने मदिरा व्यवसायीहरु बताउँछन्, तब मात्र विषाक्त मदिरा बजारमा आउने क्रम रोकिनेछ मदिरापान गर्नेहरुको मृत्यु हुने ·· हुन थालेपछि विगत महिनादेखि मदिराप्रेमीहरुमा ठूलो सन्त्रास फैलिएको शुद्ध मदिराले पनि कतिपय अवस्थामा स्वास्थ्यमा हानि पुर्याउने भए पनि यो राजस्वको ठूलो स्रोतको रुपमा स्थापित भएको धेरै मानिसले यसलाई मनोरञ्जनका रुपमा उपभोग गर्ने गरिरहेकाले यो समाजको एउटा अभिन्न उपभोग्य वस्तु भएको

त्यसकारण यसको गुण नियन्त्रण वा व्यवस्थापन गर्ने जिम्मेवारी राज्यले लिनर्ुपर्छ राजस्वको ठूलो स्रोतका रुपमा राज्यले स्वीकार गरेको अवस्थामा मदिराको उपभोग गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्ने स्थिति आउन राज्यले दिनुहुँदैन साथै मदिरापान गरेर मृत्यु भएका घाइते भएकाहरुलाई क्षतिपर्ूर्ति उपचारको व्यवस्था गराउन कार्यक्रम राज्य उपभोक्तावादी संस्थाहरु सक्रिय हुनर्ुपर्छ

विषाक्त रक्सी खाइएमा के गर्ने ?

विषाक्त मदिरा शरीरमा प्रवेश गरेपश्चात्को लक्षण के हो ?

- दुइ चरणमा लक्षण देखिन्छन्। पहिलो चरणको लक्षण मदिरा पिएको एक-डेढ घण्टाभित्र देखा पर्छ, जसमा मदिरापान गर्ने व्यक्तिलाई रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने यदि रक्सीको मात्रा धेरै भए मदिरापान गर्ने मानिस बेहोस हुने हुन्छ। त्यसपछिको लक्षण भनेको मदिरा पिएको १० देखि ४८ घण्टापछि सुरु हुने हुन्छ। जसमा आँखाको दृष्टिमा कमी आउन थाल्ने, दिग्भ्रमित हुने, श्वास-प्रश्वासमा समस्या देखिनेलगायतका लक्षणहरु देखिन्छन्।

लक्षण थाहा पाइसकेपछिको प्राथमिक निदान के हो ?

- यदि विषाक्त मदिरा सेवन भएको हो भन्ने शंका भएमा बान्ता गराउने प्रयास गराउनर्ुपर्छ वा थप शुद्ध रक्सी खुवाएर पनि विषाक्त रक्सीमा भएको मिथाइल अल्कोहलको असरलाई कम गराउन सकिन्छ। शुद्ध रक्सीमा इथाइल अल्कोहल हुने हुँदा इथाइल मिथाइलको मिश्रण भएपछि रासायनिक प्रतिक्रिया भई पिसाबको माध्यमबाट मिथाइल बाहिर निस्कन सक्ने हुन्छ तर सकेसम्म चाँडो अस्पताल लानु नै भरपर्दो उपचार हो।

कति मात्रामा मिथाइल अल्कोहल भएको विषाक्त मदिराले आँखाको ज्योति गुम्ने वा मृत्यु हुने हुन्छ ?

- १२५ देखि १५० मिलिलिटर मिथाइल अल्कोहल पिउँदा मृत्यु हुने सम्भावना हुन्छ अन्तर्रर्ााट्रय वैज्ञानिक जर्नलहरुमा उल्लेख भएअनुसार १० मिलिलिटरभन्दा बढी मिथाइल अल्कोहलले आँखा अन्धो हुने ४० मिलिलिटरभन्दा बढी पिउँदा मृत्यु हुने हुन्छ।

आँखाको ज्योति कसरी गुम्छ ?

- आँखाको नसा अप्टिक नर्भ ९इउतष्अ ल्भचखभ० मा मदिराको असरका कारण नसा सुक्ने हुन्छ। त्यसैगरी आँखाको पर्दा रेटिनाको कोषिकाहरु डिजेनेरेसन ९म्भनभलभचबतष्यल० हुँदा पनि आँखाको ज्योति गुम्छ।

रोकथाम के हो ?

- सबैभन्दा राम्रो रक्सी पिउँदैनपिउने, यदि रक्सी पिएपश्चात् अस्वाभाविक लक्षणहरु देखा परेमा तुरुन्त सुविधा सम्पन्न अस्पतालमा जानर्ुपर्छ।

(त्रिवि शिक्षण अस्पताल/बीपी कोइराला नेत्र अध्ययन केन्द्रका आँखारोग विशेषज्ञ डा. देवनारायण शाहसँगको कुराकानी)

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.