|
हाल शिक्षण अस्पतालमा दैनिक करिब ९-१० जना पिनासका बिरामी आउने गरेको उहाँले जानकारी दिनुभएको छ ।मानिसको टाउकोका केही हाडहरुमा हावा भरिएका खोपिल्टाहरु हुन्छन्, जसलाई ँसाइनस’ भनिन्छ । यी साइनसहरु निधारको अगाडिपट्ट िनाकको दुवैतिर गालाभित्र रहेका हुन्छन् । यस्ता साइनसहरुले टाउकाको हाडलाई हलुका बनाउने र बोलीलाई प्रस्ट पार्ने काम गर्छन् । साइनस क्याभिटीहरुको भित्र वरिपरि म्युकस झिल्लीले ढाकिएको हुन्छ, जुन तल नाकको म्युकस झिल्लीमा गएर खुल्छ । त्यसैले साइनसबाट निस्कने र्याल पदार्थ नाकबाट सिँगानको रुपमा बाहिर निस्कन्छ । कुनै कारणले यो निस्कने बाटो बन्द भई भित्र जम्न गएमा त्यसमा संक्रमण पैदा हुन्छ र पिनासका लक्षणहरु देखिन थाल्छन् । पिनास भन्नाले तिनै साइनस क्याभिटीभित्रको सुजन हुनु हो ।
पिनास साधारणतया दुइ प्रकारको हुन्छ- तीव्र पिनास (Acute Sinusitis ) र द्ीघकालीन पिनास (Chronic Sinusitis) । तीव्र पिनासको लक्षणमा ज्वरो आउने, टाउको दुवैतिर वा एक भाग मात्र दुख्ने, आँखा चलाउँदा दुख्ने र आँखाभन्दा माथिको भागमा पीडा हुन्छ । यदि तीव्र पिनासको समयमा उपचार नभएमा दर्ीघकालीन पिनास हुन्छ । दर्ीघकालीन पिनासको अवस्थाका लक्षणहरुमा हरेक क्षण नाक बन्द भइरहने, नाकबाट पानी बगिरहने, टाउको भारी हुने र नाकले गन्ध थाहा नपाउने हुन्छ । पिनासको उपचार त्रि.वि. शिक्षण अस्पतालकी नाक-कान-घाँटीरोग विशेषज्ञ डा. नरमाया थापाका अनुसार एलोपेथिकअर्न्तर्गतको उपचारमा पिनासको अवस्थाअनुरुप एन्टिबायोटिक औषधि दिइनुका साथै नाकमा राख्नका लागि विभिन्न नोजल ड्रप दिइन्छ । पीडा भएमा पीडालाई कम गर्ने औषधि खान सल्लाह दिइन्छ । यदि दर्ीघकालीन पिनासको अवस्था भए अप्रेसन गर्नुपर्ने पनि हुन सक्छ । नरदेवी आर्युर्वेद चिकित्सालयका डा. चन्द्रकान्त ज्ञवालीका अनुसार पिनासको उपचारअर्न्तर्गत पहिलो चरणमा नाकका स्रोतहरुलाई खोल्ने र कफलाई हटाउने किसिमका आयर्ुवेदिक औषधिहरु दिइन्छ । यसका साथै चिसो खाद्यपदार्थ दही, माछा, केरा, कफवर्द्धक मिर्ठाईहरु खाँदै नखाने र धूलो-धूवाँबाट बच्ने सल्लाह दिइन्छ । हालका दिनमा दैनिक ५-६ जना पिनासका बिरामी नरदेवी अस्पतालमा आउने गरेको उहाँ बताउनुहुन्छ । आयर्ुर्वेदिक पद्धतिअर्न्तर्गत पर्ूण्ारुपमा पिनास निको हुने डा. ज्ञवाली दाबी गर्नुहुन्छ । तर यसको लागि अलि लामो समय लाग्ने उहाँ बताउनुहुन्छ । आर्युवेदिक उपचारअर्न्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । डा. ज्ञवालीका भनाइमा यस विधिअर्न्तर्गत स्नेहन र स्वेदनका तरिकाहरु अपनाइन्छ । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार-टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने काम गरिन्छ । करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनर्ुपर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाकको प्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ । समयमै उपचार नगरे के हुन्छ ? पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फर्ेन अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ । संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरुपमा संक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ । पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरुमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिन सकिन्छ ।
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |