|
बर्डपलु महामारी पनि बन्न सक्छ लक्ष्मण अधिकारी Adhikari2007@yahoo.com
हाल बर्डपलु रोग र्सर्ने आशंकाले मानिसले कखुरा-हाँसको मासु, अण्डा खाने क्रमलाई ह्वात्तै घटाएका छन् । बर्डपलु झापामा देखा परेपछि कुखुराको मासुको खपत ७० प्रतिशतसम्म घटेको र यसको बजार सामान्य बन्न नसकेको ह्याचरी उद्योग संघले जानकारी दिएको छ । ह्याचरी उद्योग संघका अध्यक्षर् इश्वर शर्माले देशको अर्थतन्त्रमा ४ प्रतिशत योगदान गरेको कुखुरापालन व्यवसायमा असर पुग्दा देशको अर्थतन्त्रमा नै धक्का पुग्ने बताउनुभएको छ । कुखुराको मासु र अण्डा नेपालीहरुको प्रोटिनको राम्रो स्रोत भएकाले यसको उपभोग घटाउँदा र्सवसाधारणको स्वास्थ्यमा पनि असर पर्ने देखिएको छ । मानिसले कुखुरा, हाँस तथा अण्डा खाने क्रम घटाउँदै लानुको मुख्य कारण तिनीहरुमा लाग्न सक्ने बर्डप\mलु अर्थात् एभिएन इन्ýप\mलुएन्जा भाइरस र्सने खतरा नै हो । नेपालका दुवै छिमेकी मुलुकमा पटक-पटक बर्डपलु देखा परेकाले नेपालमा फेरि यो रोग देखा पर्ने खतरा छँदै छ । प्ूर्वी नेपालको सीमाबाट १५-१६ किलोमिटरको दूरीमा पर्ने पश्चिम बंगालमा अहिले पनि बर्डप\mलु देखा परिरहेको र नेपालतिर अवैधरुपमा कुखुरा तथा अण्डाहरु ल्याउने क्रम पर्ण्ारुपमा नरोकिएकाले नेपालका अन्य स्थानमा पनि यो रोग पुनः देखा पर्ने खतरा रहेको छ । यही खतराले गर्दा पनि मानिसहरु कुखुरा, हाँस तथा अण्डा खान हच्किएका छन् । तर के पक्षीहरुमा देखिने बर्डप\mलु भाइरस मानिसमा सजिलै र्सछ - मानिसमा पनि कुखुरामा जस्तै महामारी फैलिन्छ - यस किसिमका थुप्रै जिज्ञासाहरु अहिले मानिसमा देखिएका छन् । बर्डपलु मानिसमा विरलै र्सछ
विश्व स्वास्थ्य संघ नेपालका प्रतिनिधि डा. एलेक्सका अनुसार रुघाखोकीको भाइरस घाँटीमा संक्रमण भएर बसेको हुन्छ भने बर्डप\mलु भाइरस फोक्सोमा संक्रमित भएर बस्ने भएकाले सजिलै र्सदैन । उहाँका अनुसार पक्षी र पक्षीजन्यवस्तुबाट मानिसमा बर्डप\mलु र्सन सक्छ तर हाल मानिसबाट मानिसमा यो रोग सरेको प्रमाणित भएको छैन । स्वास्थ्य सेवा विभाग एभियन इनपलुएन्जा नियन्त्रण आयोजनाका संयोजक डा. मानसकुमार बनर्जीका अनुसार अहिलेसम्म मानिसमा देखिएको एभियन इन्ýप\mलुएन्जामध्ये ९६ प्रतिशत मानिसमा सीधै बिरामी कुखुराबाट रोग सरेको पाइएको छ । बाँकी ४ प्रतिशतमा रोग र्सर्नुको एकिन कारण भेटिएको छैन । तर इन्डोनेसिया, थाइल्यान्ड र भियतनाममा मानिसबाट मानिसमा बर्डपलु भाइरस सरेको अनुमान छ । यो कुराको प्रयोगशालाबाट भने प्रमाणित भएको छैन । त्यसैले यसलाई शंकास्पद घटनाकै रुपमा राखिएको छ । र् बर्डपलु के हो ?
कतिपय जंगली पक्षीहरुमा यो भाइरस पहिलेदेखि नै हुन्छ । उनीहरुमा प्रतिरोधात्मक क्षमता भएका कारण रोग लाग्दैन । तर जब यी पक्षीहरुको सर्म्पर्कमा हाँस, कुखुरा, र्टर्की, मैना, सुगाजस्ता पक्षीहरु आउँछन्, रोग र्सछ र ती पक्षीहरु पनि भकाभक मर्न थाल्छन् । यिनै पक्षीहरुबाट मानिस, घोडा र सुँगुरमा पनि यो भाइरस र्सने गरेको पाइएको छ । र् बर्डप\mलु भाइरसका सतहमा दुइ प्रकारका प्रोटिनहरु रहेका हुन्छन् । हिमाग्लुटिनिन (Haemagglutinin) र (Neuraminidase) नामक यी प्रोटिन तत्त्वहरुको प्रकारका आधारमा यो भाइरसका प्रजातिहरु छुट्याइन्छ । यो भाइरस विभिन्न समयमा विभिन्न प्रजातिमा देखा पर्ने गरेको छ । चराहरुमा देखिने भाइरस र मानिसमा देखा पर्ने भाइरस मिसिएपछि नयाँ किसिमको भाइरस देखा पर्ने हुँदा यसका रुपहरु परिवर्तन भइरहने हुन्छ । भाइरसहरु ए, बी र सी समूहमा विभाजित गरिए तापनि ए र बी समूहका भाइरसले बढी कडा रोग संक्रमण गराउने गरेको पाइएको छ । ह्युमन इन्पलुएन्जा भाइरस ए र बी एकदमै रुप परिवर्तन गर्ने भाइरस हुन् । इन्पलुएन्जा भाइरस ए का अनेक उपसमूहहरु छन् । इन्पलुएन्जा ए भाइरसका विभिन्न उप-प्रजातिहरुमध्ये एच ५ एन १ -एसिया) र एच ७ एन ७ -युरोप)ले मानिसमा रोग लाग्ने गरेको पाइन्छ । हाल देखा परेको बर्डप\mलु एच ५ एन १ हो । सिजनल इन्पलुएन्जाले खासै असर गर्दैन
सिजनल इन्लुएन्जा फैलिएको बेला पूरा जनसंख्याको १० देखि २० प्रतिशतसम्मलाई यसले असर पार्दै यो रोग फैलिने गर्छ । सामान्यतया एक हप्तामा यो उपचारै नगरी पनि निको हुन सक्छ तर यस्तो बेलामा आराम गर्नु र चिसोबाट बच्नु जरुरी हुन्छ । रोगले बढी च्यापेर जटिलता उत्पन्न हुन लागेको अवस्थामा थप उपचारको जरुरत पर्छ । इन्पलुएन्जाको पाण्डामिकले करोडौं मानिसको मृत्यु भएको छ भाइरोलोजिस्ट डा. पाण्डेका अनुसार सिजनल इन्ýप\mलुएन्जा भाइरस र बर्डप\mलु भाइरस एक-आपसमा मिसिएमा नयाँ किसिमको भाइरस देखा पर्छ र यसबाट खतरनाक रोग उत्पन्न हुन्छ । हालैका वर्षरुमा देखिएको बर्डप\mलुले धेरै मानिसलाई असर नगरेको भए तापनि इतिहासको कालखण्डमा सिजनल भाइरसमा एभिएन इन्ýप\mलुएन्जा भाइरस मिसिएर नयाँ रोग देखा परी करोडौं मानिसको मृत्यु भएको तथ्यांक छ ।
विश्वको विगत ३ सय वर्षो इतिहासमा विभिन्न पटक इन्ýप\mलुएन्जा भाइरसको विश्वव्यापी महामारी -इन्ýप\mलुएन्जा पाण्डामिक) देखा परेका छन् । सिजनल इन्ýप\mलुएन्जाभन्दा पाण्डामिक इन्ýप\mलुएन्जा धेरै फरक हुन्छ र कहिलेकाहीँ यो एक्कासि व्यापकरुपमा देखा पर्छ । सन् १९१८ मा देखा परेको स्पेनिस ýप\mलु निकै गम्भीर प्रकृतिको पाण्डामिक हो । यो महामारी फैलिंदा अमेरिकी सैनिक क्याम्पका रोग लागेका सैनिकमध्ये ५ प्रतिशतभन्दा बढीको मृत्यु भएको थियो र कहीँ-कहीँ यो संख्या १० प्रतिशतसम्म पुगेको थियो । भारतमा रहेका बेलायती सैनिकहरुमा रोग लागेकामध्ये ९.६ प्रतिशत र रोग लागेका भारतीय सेनाहरुमध्ये २१.९ प्रतिशतको मृत्यु भएको थियो । विभिन्न समयमा विश्वमा देखा परेको इन्ýप\mलुएन्जाको महामारी यस प्रकार छ । महामारीको नाम कालखण्ड मृत्युसंख्या इन्पलुएन्जा भाइरसको सम्भावित समूह १. एसियाटिक ýप\mलु १८८९-१८९० करिब १० लाख H2N2 २. स्पेनिस ýप\mलु १९१८-२० ४-५ करोड HINI ३. एसियन ýप\mलु १९५७-५८ करिब १०-१५ लाख H2N2 ४. हङकङ ýप\mलु १९६८-६९ करिब १० लाख H3N2 सन् १९१८ मा देखा परेको इन्ýप\mलुएन्जा पाण्डामिकले धेरैजसो स्वस्थ वयष्कहरुको मृत्यु भएको थियो । यो महामारीले वास्तवमा एड्सले २४ वर्षा मारेको संख्याभन्दा बढी मानिसलाई २४ हप्तामा मारेको उल्लेख छ । मानिसमा महामारीको खतरा १ विश्वमा महामारी फैलाएको निकै लामो समयसम्म एभिएन इन्ýप\mलुएन्जा भाइरस देखा परेको प्रकाशमा आएको थिएन । सन् १९९७ मा हङकङमा यो भाइरस देखा परी इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, चीन, भारत, बङ्लादेश आदि हुँदै हालै नेपालमा पनि यो रोग देखा परेको छ । विगत एक दशकयता कतै पनि महामारीको रुपमा यो रोग देखा परेको छैन र यसैबाट महामारी भइहाल्छ भन्न पनि सिकन्न, तर महामारीको खतरा छैन पनि भन्न सकिन्न । विगत १२ वर्षता विश्वका विभिन्न भागमा बर्डप\mलु भाइरस पटक-पटक देखा परिसकेको छ । यसरी देखा परेको एभिएन इन्ýप\mलुएन्जा भाइरस अर्काे सिजनल भाइरससँग मिसिएमा वा रुप परिवर्तन गरेको यसै प्रकृतिको नयाँ भाइरस मानिसमा प्रवेश गरेमा विश्वको कुनै पनि ठाउँमा कुनै पनि बेला एभिएन इन्ýप\mलुएन्जाको आउट ब्रेक भई महामारी फैलिन सक्छ । विश्व स्वास्थ्य संघले भविष्यमा ह्युमन इन्ýप\mलुएन्जा पाण्डामिक आउने जोखिम रहेको चेतावनी दिएको छ । यसमा ए भाइरसको एच ५ एन १ उप समूहको खतरा निकै रहेको विश्व स्वास्थ्य संघले जनाउ दिएको छ । इन्पलुएन्जा महामारीको सामना गर्ने तयारी विभिन्न देशका विभिन्न स्थानमा एभिएन इन्ýप\mलुएन्जा भाइरस पटक-पटक देखिन थालेपछि ह्युमन इन्ýप\mलुएन्जाको महामारी आउने खतरा महसुस गरी स्वास्थ्यसम्बन्धी विश्व संस्थाहरुले यसको सामना गर्ने तयारी सुरु गरका छन् । विश्व स्वास्थ्य संघलगायतका संसथाहरुले यदि मानिसमा इन्ýप\mलुएन्जाको महामारी आएमा त्यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन परियोजनाहरु सुरु गरेका छन् । नेपालमा पनि नेपाल रेडक्रस सोसाइटीको संयोजनमा यस किसिमको कार्यक्रम सुरु भइसकेको छ । यस कार्यक्रमका संयोजक नेपाल रेडक्रस सोसाइटी प्रकोप व्यवस्थापन विभागका निर्देशक पिताम्बर अर्यालका अनुसार मानिसमा इन्ýप\mलुएन्जाको महामारी फैलिएमा त्यसको सामनाको लागि तयारी अवस्थामा रहन रेडक्रसको संयोजनमा नेपाल सरकार, सेभ द चिल्ड्रेन, एआई डट कम र केयर नेपालले संयुक्तरुपमा प्रिपेडनेस कार्यक्रम सुरु गरेका छन् । उहाँ भन्नु हुन्छ- ँहालैका वर्षा बर्डप\mलु विश्वका धेरै ठाउँमा धेरै पटक देखा परिसकेको छ । यसरी देखा परको बर्डप\mलु भाइरस अर्काे सिजनल भाइरससँग मिसिएर संसारको कुनै पनि ठाउँमा आउट ब्रेक हुन सक्छ । बर्डप\mलु भाइरस मानिसबाट मानिसिमा सरेको प्रमाणित नभए तापनि परिवर्तित भाइरस मानिसबाट मानिसमा महामारी -इन्ýप\mलुएन्जा पाण्डामिक) का रुपमा फैलिने भएकाले विश्को जुनसुकै ठाउँबाट जता पनि फैलिन सक्छ । हाल विश्वमा मानिसको आवतजावत धेरै हुने भएकाले नेपालमा पनि यसको असर कुनै पनि बेला पर्न सक्ने हुँदा अन्य केही मुलुकहरुमा जस्तै नेपालमा पनि प्रिपेडनेस कार्यक्रम सुरु गरिएको हो । उहाँका अनुसार यस कार्यक्रमअर्न्तर्गत तयारीको योजना गर्ने, इन्ýप\mलुएन्जा पाण्डामिक आउट ब्रेक भएमा कसरी तयार रहने, कसरी व्यवस्थापन गर्ने भन्ने तालिम, योजनाहरु सुरु गरिएका छन् । स्वास्थ्य संस्थाहरुलाई जोखिमको गम्भीरताबारे जानकारी गराउने गरिएको छ । यस किसिमको परियोजना हाल इलाम, झापा, पर्सर्ााचितवन, नवलपरासी, रुपन्देही, बर्दिया, बाँके, कन्चनपुर र झापा जिल्लामा सुरु गर्न लागिएको छ । पाण्डामिक इन्ýप\mलुएन्जा विश्वको कुनै पनि भागमा कुनै पनि बेला देखा पर्ने र महामारीको रुपमा विश्वभर फैलिने कुरालाई नकार्न सकिन्न । त्यसैले यस्तो अवस्था आएमा के गर्ने भन्ने तयारी गर्नु, जनचेतना जगाउनु अहिले निकै सान्दर्भिक देखिन्छ । यसैगरी नेपालको कुनै पनि भागमा कुनै पनि बेला बर्डप\mलु देखा पर्न सक्ने प्रचुर सम्भावना भएकाले त्यसमा अझ बढी र्सतर्कता अपनाउनु जरुरी छ । तर यसो गर्दैमा कुखुरा, अण्डा खान नै छोड्न जरुरी छैन र राम्रोसँग पकाएर कुखुराको मासु, अण्डा खान सकिन्छ । बिरामी वा मरेको कुखुरा भने खान र छुन पनि हुँदैन । हाच्छ्यूँ गर्दा, खोक्दा रुमाललेे नाक-मुख छोप्नु, व्यक्तिगत सरसफाइमा ध्यान दिनु जरुरी छ । बर्डप\mलु महामारीका लागि समाजका सबै पक्ष सक्रिय र सजग हुन पनि त्यत्तिकै जरुरी देखिन्छ । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |