Index

बर्डपलु महामारी पनि बन्न सक्छ

महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम

अपाहरुको कहालीलाग्दो / स्वास्थ्य समस्या

बजारमा विषाक्त मदिरा

रोग बढाउँदै अस्वस्थकर मासुले
बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग
लापरबाहीले पिनास हुन सक्छ
पाठेघरमा मासु पलाउने समस्या
पाठेघर खस्ने समस्या
राशिफल
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
हेल्थ टिप्स
 
 
 

बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग

 डा. सुनिता पराजुली

पाँच महिनाको एक शिशुलाई दुइ दिनदेखि रुघाखोकीले च्याप्नुका साथै ज्वरो पनि आएको थियो छिटो-छिटो सास फर्ेने समस्याले पनि सताएकाले उसलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो अस्पतालको र्इमर्जेन्सी कक्षमा ल्याइएको उक्त शिशुको सास फर्ेने गति तीव्र थियो भने कोखा पनि हानेको थियो बच्चालाई निमोनिया भएको निदान गरी केही दिन भर्ना गरेर उपचार गरेपछि स्वास्थ्यमा सुधार भएकाले घर पठाइयो

यस्तै आठ महिनाको अर्को बच्चालाई एउटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सात दिनदेखि ज्वरो, रुघा, खोकी पखाला लागेको भनी उपचार गर्न ल्याइएको थियो जाँच गर्दा बच्चाको श्वास-प्रश्वासको गति अति नै तीव्र रहेको, कोखा हानिरहेको, बच्चा सिता· सुस्त भएको थियो

 बच्चा केही खान वा आमाको दूध चुस्न नसक्ने अवस्थामा थियो उसलाई तत्काल अक्सिजन बाफ दिनेजस्ता प्राथमिक उपचार गरे पनि नसा नभेटिएकाले नसाबाट औषधि दिन भने सकिएन शिशुहरु अति बिरामी भएको, पखाला लागेको बेला नसा खोली औषधि दिन गाह्रो हुन्छ यस्तो अवस्थामा शिशुलाई काठमाडौंको बालअस्पताल वा बढी सुविधा भएको अन्य अस्पतालमा लैजान नै उपयुक्त ठानी बाबुआमालाई सल्लाह दिइयो तर यो सल्लाहलाई उनीहरुले गम्भीरतापर्ूवक लिएनन् उनीहरुले उल्टै देवी-देवता रिसाएका हुन्, अस्पतालले केही गर्न सक्दैन भन्दै बच्चालाई फर्काई घर लैजाने निधोे गरे सुविधा सम्पन्न अस्पतालमा लान नसके त्यही स्वास्थ्य केन्द्रमा भए पनि राखी सक्दो उपचार गर्ने सल्लाह दिँदा पनि शिशुलाई फुकफाक नै गर्ने भनेर गाँउतिरै लिएर हिँडे

बच्चाहरुलाई श्वास-प्रश्वासको रोगको लक्षण देखा परेमा समयमै अस्पताल, स्वास्थ्य केन्द्र वा स्वास्थ्य कार्यकर्ताकोमा लगेर उपचार गर्न सकिन्छ तर जनचेतनाको कमीलगायतका कारणले गर्दा रोग लागे पनि अस्पतालमा ढिला ल्याउने प्रवृत्ति अझ कतिपय ग्रामीण क्षेत्रमा देवी-देउता लाग्ने धामी-झाँक्रीले रोग निर्मूल पार्छ भन्ने विश्वास विद्यमान   नेपालका कैयन् गाउँमा यसरी सामान्यभन्दा सामान्य उपचार नपाएर थुपै्र बालबालिकाको ज्यान गएको तथ्यांकले देखाएको

श्वास-प्रश्वास

पाँच वर्षुनिका बालबालिकामा हुने अधिकांश मुत्युको मुख्य कारण निमोनिया हो श्वास-प्रश्वास रोगको कारणले मात्र विश्वमा करिब २१ लाख बालबालिकाको ज्यान जाने गरेको यसरी मर्नेहरुमा ९० प्रतिशतभन्दा बढी विकासोन्मुख राष्ट्रहरु पर्छन् नेपालमा करिब २४ हजारभन्दा बढी बच्चाहरु निमोनियाको कारणले मर्ने अनुमान गरिएको बालस्वास्थ्य महाशाखाका अनुसार प्रत्येक वर्षनेपालमा पाँच वर्षुनिका बच्चाहरु करिब पाँच पटक बिरामी पर्छन् भने प्रतिहजार बच्चामा सय जनालाई हरेक वर्षनिमोनिया हुने अनुमान यीमध्ये सबैभन्दा धेरै रोगचाहिँ एक वर्षुनिका बच्चाहरुलाई लाग्ने गरेको पाइएको  

सामान्य रुघाखोकी

रुघाखोकी सामान्य रोग हो यसमा औषधिको आवश्यकता पर्दैन घरेलु उपचार गरे मात्र पुग्छ यसका लक्षणहरुमा खोकी लाग्नु, नाकबाट पातलो सिँगान बग्नुको साथै ज्वरो पनि आउन सक्छ तर हेलचेक्र्याइँ गरेमा भने बच्चालाई निमोनिया हुन सक्छ नाकमा सिँगान जमेको भए सफा कपडाको टुक्राले अथवा नुनपानीमा चोबेर सिँगान निकालिदिने, बच्चालाई न्यानो पारिराख्ने तर नगुम्स्याउने, पटक-पटक आमाको दूध खुवाइरहने, महिनाभन्दा बढी उमेरका बच्चामा साबिकभन्दा बढी झोल पदार्थ खानेकुरा पटक-पटक गरी खुवाउनर्ुपर्छ

यसैगरी घाँटीलाई आराम दिन घरेलु उपचार अदुवा, बेसार, तुलसीको पात आदि राखेर पकाएको पानी खुवाउने, बच्चाले छिटो-छिटो सास फेरेको कि अथवा उसको कोखा हानेको कि भनी हर्ेने, बच्चालाई चिसो, धूलो धूवाँबाट बचाउने गर्नुपर्छ यी अति सामान्य लाग्ने घरेलु उपचार गरे बच्चालाई निमोनिया हुनबाट बचाउन सकिन्छ

निमोनिया

निमोनिया भनेको फोक्सोको संक्रमण भई हुने रोग हो नेपालमा बालमृत्युको सबैभन्दा प्रमुख कारण निमोनिया नै हो छिटो सास फेर्नु निमोनिया भएको बच्चामा देखिने पहिलो लक्षण हो निमोनिया भए/नभएको थाहा पाउन बच्चाले प्रतिमिनेट कति पटक सास फर्ेछ भनी गन्नर्ुपर्छ दुइ महिनाभन्दा कम उमेरको बच्चाले एक मिनेटमा ६० वा सोभन्दा बढी पटक सास फेरेमा दुइ महिनादेखि पाँच वर्षम्मको बच्चाले  ५० वा सोभन्दा बढी पटक सास फेरेमा निमोनिया भएको बझ्नर्ुपर्छ यस्तो भएमा तुरुन्तै स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्ताद्वारा उपचार गराउनर्ुपर्छ यदि यसो नगरेमा बच्चाको अवस्था ब्रि्रेर कडा निमोनिया भई मृत्युसमेत हुन सक्छ

दुइ महिनादेखि पाँच वर्षम्मको बच्चाले  छिटो-छिटो सास फेरेमा, कोखा हानेमा, धेरै सुतिरहने अथवा ब्युँझाउन गाह्रो भएमा, झोल कुराहरु पिउन नसकेमा, आमाको दूध राम्ररी खान नसकेमा, कडा कुपोषण भएमा तुरुन्त स्वास्थ्य संस्थामा लानर्ुपर्छ साथै ज्वरो आएमा, सिता· भएमा, नाइटो पाकेमा छालामा पीपले भरिएका फोकाहरु भएमा पनि उपचारका लागि स्वास्थ्य संस्थामा लानर्ुपर्छ समयमै उपचार गरेमा बच्चालाई बचाउन सकिन्छ

श्वास-प्रश्वास रोगको रोकथामका लागि परिवारले केही निश्चित उपायहरु अपनाउन जरुरी बच्चालाई एक वर्षो उमेरभित्रै सबै खोपहरुको मात्रा पूरा गर्नुपर्छ बच्चा महिना नहुन्जेलसम्म आमाको दूध मात्र खुवाउनर्ुपर्छ त्यसपछि आमाको दूधका साथै थप पौष्टिक खानेकुरा पनि खुवाउन जरुरी हुन्छ तेल-घिउ मिसिएको खाना, माछा-मासु तथा फलफूल ख्वाउने गर्नुपर्छ बच्चालाई धूलो, धूवाँ चिसो वातावरणबाट बचाउने   जाडो वा गर्मीमा  सुहाउँदो कपडा लगाइदिने गर्नुपर्छ बच्चालाई न्यानो गरी राख्नर्ुपर्छ तर हावा आउन, जान सक्ने कोठामा राख्नर्ुपर्छ बच्चालाई भान्सा भएको कोठामा नराख्ने, मट्टीतेलको गन्धबाट जोगाउने, भान्छाको धूवाँलाई बाहिर निकाल्ने उपयुक्त व्यवस्था गर्ने बच्चाको सामुन्ने चुरोट-बिँडी खाने गर्नुहुँदैन त्यस्तै तीनदेखि पाँच वर्षो फरकमा बच्चा जन्माउने गर्नुपर्छ

शिशुलाई निमोनियाजस्ता रोगहरुबाट बचाउन रोग लागेमा उपचार गरी निको पार्न सरकारी तवरबाट केही प्रयासहरु गरिएका छन् स्वास्थ्यकर्मीहरुलाई श्वास-प्रश्वास रोगका सम्बन्धमा प्रशिक्षण दिने, ग्रामीणस्तरमा सो बारेमा शिक्षा दिनेेेजस्ता कार्यक्रमहरु निकै पहिलेदेखि सञ्चालित छन्

यसबाहेक समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम स्वास्थ्य मन्त्रालयअर्न्तर्गत बालस्वास्थ्य महाशाखाले सञ्चालन गरेको यो कार्यक्रममा मुख्यतया निमोनिया समयमै निदान गर्न टाइमरको प्रयोग -श्वास-प्रश्वासको गति पत्ता लगाउन) निमोनिया भएमा कोटि्रम ९ऋयतचimयहबशयभि० को प्रयोग गर्न स्वास्थ्यकर्मीहरुलाई तालिम दिने गरिएको यो कार्यक्रम यस वर्षेखि ७५ जिल्लामा सुरु भइरहेको स्वास्थ्य कार्यकर्ताहरु स्वयम्ले पनि दिन सक्ने यो औषधिका कारण निमोनियाबाट हुने मृत्युदर कम हुन सक्ने अपेक्षा गरिएको

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.