|
अपागहरुको कहालीलाग्दो / स्वास्थ्य समस्या उपेन्द्रराज सोती/ ramrosoch@yahoo.com
त्यसैगरी भक्तपुर जिल्ला नाहाखेल बस्ने दुवै खुट्टा नभएकी १७ वषर्ीया उमा नेपालीको दाहिने काखी र पिठ्यूँमा पिलो पाकिरहेको अवस्था छ, तर पनि उनले समुचित उपचार गराएकी छैनन् । दैनिक हेरचाह गर्ने आमा बिहानै इँट्टाभट्टामा काम गर्न जाने र साँझ अबेर र्फकने कारणले पुस महिनाभर नुहाइ-धुवाइ गर्न नसकेकाले पिलो आई दुःख दिएको उनी बताउँछिन् । पदम, चुत्चु र उमाको उदाहरणले देशभरिका अपा·लाई सरसफाइको अभावमा भइरहेको समस्या उजागर गर्छ । शारीरिक रुपले हातखुट्टा नभएका, दृष्टिविहीन, बौद्धिक अपा·को सरसफाइको सर्न्दर्भमा कसैबाट पनि चासो देखाएको पाइँदैन । फलस्वरुप सरसफाइको अभावमा लाग्ने विभिन्न संक्रामक रोग र सरुवा रोगहरुबाट धेरैजसो अपा·हरु आक्रान्त रहेको भेटिएको छ । सरसफाइ कुनै पनि व्यक्तिको आधारभूत आवश्यकता हो, अपा· भएकाहरुका लागि सफा रहनु त झनै आवश्यक छ । अपा·हरुको आत्मरक्षा प्रणाली अन्य सपा· व्यक्तिको तुलनामा कमजोर हुने भएकाले पनि सफा रहनु अत्यावश्यक मानिन्छ । सरकारले अन्तरिम संविधान २०६३ को मौलिक हकअर्न्तर्गत वातावरण तथा स्वास्थ्यसम्बन्धी हकमा प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा बाँच्ने हक हुनेछ भनी अधिकार प्रत्याभूति गरेको पनि छ । तर अपा· भएकाहरुका लागि समाजमा अपा·मैत्री भौतिक पर्ूवाधार नहुनाले सरसफाइमा कठिनाइ परिरहेको राष्ट्रिय अपा· महासंघका महासचिव सन्जे वान्तवा बताउँछन् । उनका अनुसार अपा·हरुलाई घर, विद्यालय, क्याम्पस, अस्पताल कार्यालय कहीँ पनि पहुँच भएको शौचालय, स्नानघर छैन । फलस्वरुप फोहोरसँगको सर्ंर्सगमा आउन अपा·हरु बाध्य छन् । अपा·लाई सहज हुने शौचालय र पानीको धारा मात्र पनि पहुँच पुग्ने ठाउँमा भएमा धेरै हदसम्म सफा रहन सक्ने दाबी उनी गर्छन् । महिलाको समस्या झन् कष्टप्रद
त्यसैगरी राष्ट्रिय अपा· महासंघकी केन्द्रीय सदस्य रामप्यारी कार्की भन्छिन्- ँअन्य अपा·को तुलनामा बौद्धिक अपा· भनिने सुस्तः मनस्थितिका अपा·हरुमा सरसफाइको समस्या विकराल रहेको छ । दिमागी हालतका कारण सरसफाइ गरी बस्नर्ुपर्छ भन्ने कुरा थाहा नपाउनाले उनीहरुले विभिन्न संक्रामक रोगहरु पालिरहेका हुन्छन् । झन् उमेर पुगेका केटीहरुले त महिनावारीको समयमा यौना·को पर्याप्त सरसफाइ नहुनाले विभिन्न संक्रमणहरु खेपिरहेका छन् ।’ केटाहरुको पनि यौना·को पर्याप्त सरसफाइ नहुँदा विभिन्न जटिलताहरु देखा परेका छन् । खासगरी बौद्धिक अपा·लाई यस्तो समस्या रहेको कार्की बताउँछिन् । हाल महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत गोर्खाकी दृष्टिविहीन सरिता लामिछानेसँग विद्यालय पढ्दै गर्दाको बौद्धिक अपा· साथीलाई महिनावारीको समयमा यौना·को उचित सरसफाइको अभावमा जटिल संक्रमण भएको र निको हुन लामो समय लागेको अनुभव छ । लाजका कारण महिलाहरुले यौनसमस्या नबताउने, साथै अपा·को सवालमा यौनसमस्या बाहिर आउन निकै समय लाग्ने उनी बताउँछिन् । हाम्रो समाजमा यौनसम्बन्धी कुरामा बहस, छलफल नहुने भएकाले पनि यौनरोग लुकाएर बस्न अपा·हरु बाध्य छन् । महिनावारी, यौनसुरक्षा, यौनरोगलगायतका कुराहरु विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने, कक्षामा छलफल हुनुपर्नेमा सरिता जोड दिन्छिन् । परिवार शिक्षित भएमा पनि अपा· व्यक्तिहरुको सरसफाइमा विशेष ख्याल हुने उनी तर्क गर्छिन् । ग्रामीण क्षेत्रमा पीडा धेरै
सरसफाइका लागि सबैभन्दा आवश्यक पर्ने पानी सहजै नपाउनाले पनि अपा·हरु सरसफाइबाट वञ्चित भइरहेको सरसफाइका लागि कार्यरत संस्था वाटर एडकी अभिलेख प्रबन्धक अनिता प्रधान बताउँछिन् । पानी सजिलै उपलब्ध भएमा धेरै अपा·हरुले शारीरिक सरसफाइबाट वञ्चित हुनु नपर्ने उनको धारणा छ । प्रधानका अनुसार ग्रामीण इलाकाका शौचालय, धारालगायतका ठाउँमा अपा· भएकाहरुलाई सहज हुने किसिमले आड, भरोसा वा समात्ने ठाउँ हुने हो भने उनीहरुका लागि धेरै सजिलो पर्ने उनको अनुभव छ । उनी भन्छिन्- ँघरेलु तवरबाट नै सहयोगी साधन बनाउन सकिन्छ, जसको लागि थोरै पैसा भए पनि पुग्छ ।’ त्रिभुवन विश्वविद्यालय कर्ीर्तिपुरबाट स्नातकोत्तर गर्दै गरेका दृष्टिविहीन वासुदेव अधिकारी र नेसनल कलेजमा १२ कक्षा पढ्दै गरेका दृष्टिविहीन सुशील अधिकारीको समस्या भने बेग्लै छ । छडीको सहायतामा कलेज र बाहिर हिँडडुल गर्ने दुइ दाजुभाइलाई बाटोको फोहोर समस्या बनेको छ । दृष्टिविहीन भएका कारण जोगिएर सडकछेउबाट हिँड्दा दिसा र अन्य फोहोर कुल्चिनाले कोठासम्म फोहोर पुग्ने उनीहरुको भनाइ छ, जसका कारण जुत्ता-चप्पलको दिसा वा फोहोर सफा गर्न उनीहरुलाई बेला-बेलामा झन्झट बेर्होनर्ुपर्छ । ँयसबाट रोग नलाग्ला भन्न सकिंदैन’ -सुशील भन्छन् । डँडेलधुराकी खिना देउवा र धनकुटाकी गंगा भट्टर्राई दुवैको खुट्टामा समस्या छ । एसएलसी पास खिना र १२ कक्षामा अध्ययनरत गंगालाई सरसफाइका बारेमा धेरै कुरा थाहा भए पनि अपा· भएकाले नुहाइ-धुवाइ र शौचालय प्रयोगमा समस्या रहेको उनीहरु बताउँछन् । साना उमेरमा घरपरिवारको सहयोग पाइए तापनि उमेर पुगिसकेपछि शारीरिक सरसफाइ आफैंले गर्नुपर्ने भएकाले समस्या आउने उनीहरुको भनाइ छ । सरसफाइको अभावमा अपा·हरुले सामाजिक अपहेलना पनि खेप्नुपरिरहेको छ । पाथीभरा बस्तीमा बस्ने दृष्टिविहीन भीम ठटाल अपहेलित हुनुपरेको दुःखद घटना सुनाउँदै भन्छन्- ँसाथीको उपचारको सिलसिलामा प्रसूति अस्पताल पुग्ने क्रममा बाटोमा दिसा कुल्चिएको र अस्पतालमा प्रवेश गर्दा स्वास्थ्यकर्मीबाट दर्ुर्व्यवहार भएको थियो ।’ अपा·हरुको सरसफाइको अभावमा शरीरका अंगहरु फोहोर देखिने, नङ लामा हुने, कपाल फोहोर हुनेजस्ता कुराले सामाजिक रुपमा पशुसरह व्यवहार भइरहेको ठटाल बताउँछन् । त्यसो त दृष्टिविहीन सरिता लामिछानेलाई साथीमाझ दिसा कुल्चेर पुग्दा उनीहरुले जिस्क्याएको कुराले अझै पनि मन कुँडिएर आउँछ । समस्याको समाधान अपा· भएकाहरुलाई सफासुग्घर रहन दिनका लागि अपा·मैत्री भौतिक पर्ूवाधारहरु बनाउनु जरुरी छ । जसअर्न्तर्गत घर, विद्यालय, कलेज, अस्पताल, सरकारी कार्यालय, र्सार्वजनिक स्थान जहाँ-कहीँ भौतिक पर्ूवाधार निर्माण गर्दा अपा· भएकालाई दृष्टिगत गरी पर्ूवाधार निर्माण गर्नुपर्ने देखिन्छ । नेपाल भवन निर्माण आचारसंहिता २०६१ मा उल्लेख भएअनुसार ०६१ सालपश्चात् निर्माण हुने सरकारी भवनहरु अपा·मैत्री हुनुपर्ने उल्लेख छ । राष्ट्रिय अपा· महासंघका महासचिव सन्जे वान्तवाका अनुसार कम्तीमा मन्त्रालयबाट अपा·मैत्री पर्ूवाधार बनाएर कामको सुरुआत गरिनर्ुपर्छ, तब मात्र केही हदसम्म भए पनि अपा· भएकाले राहत पाउँछन् । अहिलेको स्थितिमा सरकारी अस्पतालहरुको शौचालयछेउसम्म पनि अपा·को ह्वील चियर नजाने, दृष्टिविहीनहरु जाँदा हिँड्नै नसक्ने गरी भुइँ र भित्ताहरु फोहोर हुनेलगायतका समस्याहरु छन्, जसले गर्दा भर्ना भई उपचार गर्न अस्पतालमा कठिन छ । खुट्टा नभएकाले शौचालय जानुपरेमा भुइँमा घस्रँदै जानर्ुपर्छ, जसका कारण उपचार गर्न अपा· भएकालाई कठिनाइ परिरहेको वान्तवा बताउँछिन् । त्यसैगरी स्कुल, कलेजमा अपा·मैत्री शौचालय नहुनाले शिक्षाबाट पनि अपा·हरु वञ्चित भइरहेको राष्ट्रिय अपा· महासंघकी केन्द्रीय सदस्य रामप्यारी कार्की बताउँछिन् । विकसित देशहरुमा अपा·मैत्री सम्पूर्ण पर्ूवाधार हुने बताउने वान्तवा हाम्रो देशमा न्यूनतमरुपमा भए पनि अपा·को हितमा पर्ूवाधार बन्नुपर्ने माग गर्छिन् । अपा· भएकाहरुका लागि घरपरिवार, समाज र सरकारले धेरै कुरा गर्न सक्छ । अपा·को सरसफाइमा नजिकका आफन्तले चासो राख्ने, कामको सिलसिलामा साथीभाइबाट मद्दत मिल्ने हो भने धेरै हदसम्म अपा· भएकालाई फाइदा मिल्छ । त्यसैगरी हरेक ठाउँमा शौचालय बनाउँदा अपा· व्यक्तिलाई दृष्टिगत गरी बनाउने, धारा अपा·ले खोल्न सक्ने ठाउँमा राख्नेजस्ता कार्यहरु सजिलै गर्न सकिने कार्यहरु हुन् । सरकारले पनि अपा·को सरसफाइमा ध्यान पुर्याउँदै स्वास्थ्यसम्बन्धी नीतिमा अपा·का समस्यालाई पनि समेट्दै कार्य गर्नुपर्नेमा सबै अपा· भएकाहरुको एकमत छ । |
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |