|
तपाईंको घरमा हाम्रा डाक्टर डा. हरिहर खनाल मुटुरोग विशेषज्ञ म २० वर्ष भएँ। मेरो जीउमा टीकाजस्ता सेता दाग देखिएका छन्। डाक्टरलाई देखाउँदा घाममा नबस्ने, साबुन प्रयोग नगर्ने भनियो तर निको भएन। उपचारका लागि सल्लाह पाउँ।- दीपेन्द्र अधिकारी, गणेशस्थान-६, नुवाकोट दीपेन्द्रजी, तपाईंको दागको निदान त थाहा भएन। जहाँसम्म विशेषज्ञले हेरेर दिएको सल्लाह हो भने त जसरी पनि त्यो सल्लाह मान्नु नै उत्तम बाटो ठहरिनेछ। बुझ्दाखेरि तपाईंको समस्या च्याउ (Fangal) को संक्रमण भएजस्तै लाग्यो। एक पटक छालारोग विशेषज्ञलाई सम्पूर्ण कुरासहित भेट्नुभएमा स्पष्ट हुनेछ। मेरी श्रीमतीको गर्भ रहेको चार महिना भयो। पेट दुख्ने, खान मन नलाग्ने, विशेष गरेर मुटु दुख्ने गरेको सिकायत गरेकीले भरतपुरमा डाक्टरलाई देखाइयो। यस्तै अन्य हस्पिटलमा पनि उपचार गराइयो तर दुख्न निको भएन। के गरौं ?- जीवनलाल रेग्मी जीवनलालजी, केही महिलालाई खान मन नलाग्ने, उल्टी हुने हुन्छ। त्यसरी खाली पेट भएपछि अमलपित्त -ग्यास्ट्रिक) भई पेट दुख्ने पनि हुन सक्छ। तपाईंले भनेको चिकित्सक वा अन्य स्त्रीरोग विशेषज्ञको सल्लाहअनुसार हिँड्नुस्, बिस्तारै सुधार हुँदै जानेछ। यो अप्ठेरो अवस्था हो, तुरुन्तै रोक्न सकिंदैन। किनकि यो गर्भावस्थाको कारणले भएको हुनाले यो अवस्था रहेसम्म समस्या रहिरहन्छ। अलि-अलि गरेर सुधार हुन सक्छ। यसको उपाय सम्बन्धित चिकित्सकको प्रयासबाट पाउन सकिन्छ। दश महिनापहिले क्षयरोग लागेकाले यहीँका डाक्टरको सल्लाहअनुसार आठ महिना नियमित औषधि गरें। मुटुको क्षयरोग भएकाले मुटुमा दाग देखिएकोमा अहिले त्यस्तो दाग छैन, वजन पनि ५३ किलोबाट ५७ किलो पुगेको छ। म रक्सी-चुरोट खान्न। किन यस्तो भएको र अब पुनः हुन सक्छ कि सक्दैन ?- रामकुमार, हालः मलेसिया रामकुमारजी, क्षयरोग हुने कारण क्षयरोगको कीटाणुको संक्रमण हो, अरु होइन। त्यस्तै एक पटक क्षयरोग भएपछि फेरि नहुने प्रत्याभूति पनि कोही दिन सक्दैन। नराम्रो बानी, लत नभएमा संक्रमणको सम्भावना कम हुने कुरामा ढुक्क हुनुस्। सन्तुलित भोजन गर्नुस्, नियमित कसरत गर्नुस्, नराम्रो बानी नगर्नुस्, फलफूल-सागसब्जीमा जोड गर्नुस्, रोग नलाग्ने कुरामा विश्वस्त हुनुस्। सकारात्मक विचार तथा सोच राखेमा पनि आत्मशक्ति बढ्ने हुन्छ। म २६ वर्षको भएँ। मेरो मिर्गौलामा २ एमएमको पत्थर देखियो। म विदेशमा भएकाले यसको सरल उपचार बताइदिनुभए आभारी हुने थिएँ।- दीपक चौंलागाईं dipak_cha@yahoo.com दीपकजी, २ मिमिको पत्थर भन्नुहुन्छ। ५ मिमिभन्दा सानोलाई पक्कै पत्थर भन्न सकिंदैन। यो यति सानो पत्थर हो कि यदि मिर्गौलाको बीच वा माथिल्लो क्षेत्रमा अवस्थित छ भने धेरै पानी पिएमा सजिलै पिसाबबाट जान सक्छ। त्यस्तै गहतको दालले पनि पत्थर पगाल्ने विश्वास भएकाले त्यो पनि सेवन गर्ने सल्लाह दिन सकिन्छ। मेरो नाइटोमुनि बायाँ भागतिर दुखिरहन्छ ? यो के भएको होला ?- जीतबहादुर कुँवर, हालः मलेसिया कुँवरजी, नाइटोमुनि बायाँपट्टि दुख्ने कारण जुका, आउँ, जार्डिया संक्रमण वा अन्य कोलाइटिसजस्ता समस्या जे पनि हुन सक्छ। पहिले जुकाको एक मात्रा औषधि लिनुस्, दिसा परीक्षण गराउनुस् तथा पेटरोग विशेषज्ञलाई देखाउनुस्। सम्बन्धित रोग विशेषज्ञले मात्र त्यससम्बन्धी पूर्ण परीक्षण, सही निदान तथा उचित उपचार प्रदान गर्न सक्छन्। मेरो मुखबाट दुर्गन्ध आउने भएकाले कसैको अगाडि कुरा गर्न पनि अप्ठ्यारो लाग्छ। यसको उपचार के होला ?- कौशल भट्टराई, हालः ओमान कौशलजी, मुख वा श्वासमा दुर्गन्ध आउने कारणहरुमा मुखमा वा दाँतमा खाना अड्केर वा पेटको खराबी वा फोक्सोको कारण हुन सक्छ। धेरैजसो अवस्थामा दाँत सफा राख्ने, खानापछि नियमित ब्रस गर्ने, जथाभावी खानेकुरा खाने बानी नगर्ने वा खाइएमा तुरुन्त मुख कुल्ला गर्ने गर्नुभएमा गन्हाउन कम हुन सक्छ। त्यस्तै अन्य अवस्थाको मूल्यांकन गर्न एक पटक फिजिसियन वा पेटरोग विशेषज्ञ भेट्नुभएमा स्पष्ट हुनेछ। मेरो ११ वर्षको छोरालाई आठ वर्षघिदेखि Low Plateles count जहिले पनि १०,००० मात्र आउँछ। ५ वर्षम्म कान्ति बालअस्पताल र ३ वर्ष ओम हस्पिटलबाट उपचार गराएँ तर ठीक भएन। कहाँ उपचार गराउँदा होला ?- शैलेन्द्र शैलेन्द्रजी, बच्चाको उपचारको प्रमुख अस्पताल, विविध विषयको ज्ञान भएका बालविशेषज्ञहरुको झुन्ड भएको अस्पताल कान्ति बालअस्पताल नै भएकाले त्यहीँ उपचार गराउनु उचित होला। यदि हाम्रो देशको तहमा निदान नभएमा भारत गएर वा बैंकक गएर भए पनि उपचार गराएका घटना छन्। त्यो सल्लाह पनि बाहिरबाट भन्दा कान्ति बालअस्पतालका आफ्नै चिकित्सकबाट पाउनु बेस हुनेछ। म विदेशमा बसिरहेको ३४ वर्षीय युवक हुँ। ओरल सेक्सबाट पनि भाइरस र्सन सक्छ भन्छन्। के यो सत्य हो ? जसवीर थापा, jas@raha.com थापाज्यू, एचआईभी/एड्स वा अन्य रगतको माध्यमबाट सर्ने रोगका जीवाणुहरु -भाइरस, ब्याक्टेरिया) यौनक्रियाबाट सरेजस्तै ओरल सेक्सबाट पनि र्सन सक्छ। सुरक्षित यौनक्रियाकलाप, सुरक्षित यौनसाथी नभएसम्म सधैँ डर भइरहन्छ। त्यसैले ख्याल गर्नुस्, होस पुर्याउनुस्, आनन्दमयी चिरस्थायी यौनजीवनको लागि सुरक्षितरुपमा प्रस्तुत हुनुस्। म २३ वर्षकी भएँ। मेरो अनुहारमा प्रशस्त रौं आएको छ। कुन डाक्टर वा ब्युटिसियनलाई देखाएमा फेरि रौं नपलाउने गरी उपचार हुन्थ्यो होला ?- हिमा घिमिरे, मोरङ हिमाजी, यसरी अनुहारमा रौं आउनुको कारण हर्मोनमा गडबडी हो कि जस्तो लाग्छ। तपाईंले औषधि खाने गरेको भए त्यसको प्रभाव पनि हुन सक्छ। ब्युटिसियनलाई देखाएर अस्थायी किसिमले रौं हटाउन सकिन्छ तर रौं आउनुको कारण पत्ता लगाई सोही अनुरुप उपायको योजना गर्नु उत्तम हो। तसर्थ सकेसम्म इन्ड्रोक्रिन विशेषज्ञ वा फिजिसियन र छाला विशेषज्ञ भेटेर उहाँहरुको सल्लाह एवम् निदानमा भर गर्नु राम्रो हुनेछ। इन्डोक्रिन विशेषज्ञको सल्लाह महत्त्वपूर्ण हुन्छ। रौं आउने कतिपय कारणहरुको उपचार गर्न सकिन्छ भने कतिको नियन्त्रण मात्र गर्न सकिन्छ। पानी पिउनु लाभदायक भन्ने सुनेकाले म दैनिक २ लिटर जति पानी पिउने गर्छु तर छिन्-छिन्मा पिसाब आइरहन्छ। मिर्गौला तथा सुगर चेक गराउँदा नर्मल छ। अब म के गरौं ?- राज सुब्बा/हालः वानचाई, हङकङ सुब्बाजी, धेरै पानी पिएपछि सोही अनुपातमा धेरै पिसाब लाग्नुलाई अन्यथा नलिनुहोला। हाम्रो शरीरमा कति पानी रहने भन्ने कुरा निश्चित छ। यदि तपाईंले शारीरिक श्रम गरेर पसिना बगाएको भए सोही अनुपातमा पिसाबको मात्रा घट्न सक्थ्यो। त्यसैले जति पानी खाइयो त्यति नै पिसाब जानै पर्यो। सीधै दैनिक २ लिटर पानी पिउनुबाहेक खाना, सागसब्जी, फलफूलबाट पनि केही मात्रामा पानी शरीरमा जाने हुनाले सोही अनुरुप शरीरबाट निर्यात हुने गर्छ। पानी पिउने बानी राम्रो हो। यसले मिर्गौला सफा गर्छ, रगत सफा गर्छ, त्यही हो पिसाब गर्ने समय तथा बानी निर्दिष्ट गर्न सकेमा असुविधा महसुस हुनेछैन। मेरो कान चिलाइरहने र सुकेको जस्तो कानेगुजी आउने गरेकाले जँचाएँ। डाक्टर साबले कुनै समस्या छैन भन्नुभयो। किन चिलाएको र उपचार के होला ?- जनक चर्मकार गाँजरी-१, खुदाइनगर, वैतडी, जनकजी, नाक-कान-घाँटीरोग विशेषज्ञलाई देखाउनुभएमा विशेषज्ञ सेवा प्राप्त हुन सक्ने हुन्थ्यो। हैरान हुने गरी चिलाउने र रोग पनि भएमा त परीक्षण गर्दा कारण भेटिनुपर्ने हो। धेरैजसो अवस्थामा चिलाउने कारण या त एलर्जी या त फङ्गस इन्फेक्सन (Fungud infection) बाट हुने गरेको पाइन्छ। यस अवस्थामा राम्रोसँग निदान र उपचार गर्न नसकिएमा जटिलता पनि थपिन सक्छ। त्यसैले एक पटक पुनः राम्रो स्वास्थ्य संस्थामा गएर नाक--कान-घाँटी विशेषज्ञलाई देखाउनुभएमा उचित सहयोग मिल्नेछ। सकेमा काठमाडौं आएर शिक्षण अस्पताल वा वीर अस्पतालमा सम्पर्क गर्नुभएमा झन् राम्रो हुने थियो। मलाई हेपाटाइटिस ?बी? भएको छ, विदेशमा भएकाले यसको उपचार कसरी गर्न सकिएला ?- शिवप्रसाद न्यौपाने रसुवा/हालः मलेसिया हेपाटाइटिस ?बी? संक्रमित अवस्थाको व्यक्तिले आफूलाई परहेजमा राख्ने, अरुलाई सार्ने काम नगर्ने तथा नियमित परीक्षण गराउने गर्नुपर्छ। धेरै यस्ता घटना पनि छन् कि यसको संक्रमणको मात्रा घट्दै गएर हराएका पनि छन्। त्यसैले आफूले आफ्नै ख्याल गर्ने हो। त्यसपछि सम्पूर्ण तथा गुणात्मक सल्लाहको लागि कलेजोरोग विशेषज्ञ भेटेर सल्लाह लिनु राम्रो हुन्छ। |
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |