कामवेग बढाउन शताब्दियौंअघिदेखि नै विभिन्न किसिमका खाद्यवस्तुको प्रयोग गर्ने गरिएको छ। तर कतिपय स्थितिमा प्रभावकारितासम्बन्धी विवाद पनि आउने गरेको छ। परापूर्वकालदेखि नै विशेष प्रकारको भोजनलाई यौनशक्ति प्रदान गर्ने खानाको रुपमा प्रयोग गरिंदै आएका अनेक उदाहरणहरू भेटिन्छन्। कस्ता प्रकारका भोजनलाई राम्रो मान्ने भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास धेरै पहिलेदेखि गरिए पनि यसमा एकरुपता छैन। त्यसैले भोजन र यौनको बारेमा सही जवाफ पाउन कठिनै पर्ने गर्छ।
रजवर्गमा पर्ने अर्थात् राजसी भोजनले शरीरलाई पोषण गर्छ। यसले शारीरिक सक्रियतालाई बढाउने भएको हुनाले चञ्चलता तथा अधैर्यता बढाउन प्रेरित गर्छ, मनको सन्तुलनमा केही गडबडी ल्याउँछ भनिन्छ। विशेष गरेर मसलायुक्त (Spicy) भोजन तथा शरीरलाई उत्तेजित पार्ने कुरा जस्तै कि कफी, चिया, अण्डा, चकलेटजस्ता कुरा यसमा पर्छन्। तामसी भोजनले शरीरलाई भारी बनाउने अनि मनमस्तिष्कलाई बोधो बनाउने गर्छ भनिन्छ। त्यसैले यसले शरीर तथा मनमस्तिष्कलाई फाइदा पुर्याउँदैन। यस वर्गमा पर्ने भोजनमा मासु, माछा, मद्यपान तथा बासी वा अधिक पाकेको भोजन अनि लसुन पनि पर्छ। यहाँसम्म कि आवश्यकताभन्दा बढी भोजनको सेवन पनि तामसिक नै हो भनिन्छ।
राजसी वा तामसी भोजनले यौनवेगलाई बढावा दिने भएकाले परहेज गर्नुपर्ने कुरा गरिन्थ्यो। यस्ता भोजनले यौनकार्यमा संलग्न हुन प्रेरणा दिने विश्वासले परहेज गर्न लगाइएको थियो। वात्सायनको कामसूत्रमा ६४ कलाका कुरा उल्लेख भएकामध्ये विभिन्न परिकार तथा पेयपदार्थ तयार गर्ने सीपलाई पनि एक महत्त्वपूर्ण कलाको रुपमा लिइनुले भोजन र यौनको सम्बन्धलाई दर्शाउँछ। वैज्ञानिकताका कुरा भोजनसम्बन्धी अनेक कुरा गरिए पनि यस्ता कुरामा वैज्ञानिक परीक्षण महत्त्वपूर्ण हुन्छ। यौनेच्छा टेस्टेस्टेरोन नामको हर्मोन (रागरस)ले सञ्चालित गर्छ। सिपी यौनउत्तेजना बढाउने खानाका रुपमा प्रयोग गर्ने गरेको पाइन्छ। सिपीमा टेस्टेस्टेरोन बन्न आवश्यक जिंक (Zinc) प्रशस्त मात्रामा पाइने भएको हुनाले यसमा केही हदमा वैज्ञानिक तथ्य लुकेको पनि छ। जिंक विभिन्न किसिमका मासुमा राम्रो मात्रामा पाइन्छ। कुरिलो लिंगको आकारसँग केही मिल्ने मात्र होइन, यसमा भिटामिन ‘ई’को मात्रा प्रशस्त पाइन्छ र यो कुरा रागरस अर्थात् हर्मोन उत्पादन गर्न सहयोगी हुन सक्छ। खुर्सानीमा क्यापसाइसिन (Capsaicin) हुने गर्छ र यसले इन्डोफिर्न (Endorphins) निकाल्न सहयोग गर्ने भएको |