Index

गैरकानुनी गर्भपतन गराउँदै मेरी स्टोप्स

पोलिएको उपचारमा कठिनाइ

निःशुल्क औषधि दुरुपयोगको खतरा
रोल्पामा असुरक्षित गर्भपतन कायमै

सूक्ष्म पोषक तत्त्व पूर्ति गर्ने विशेष प्रविधि

पिनासले पनि टाउको दुख्छ
अन्योलमा परेको सामुदायिक औषधि कार्यक्रम
छिटो सन्तान जन्माउनुको पीडा
कब्जियतले हुने एनल फिसर
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थथ न्युज
हेल्थ टिप्स

-.

 

रोल्पामा असुरक्षित गर्भपतन कायमै

हीराबहादुर घर्ती मगर/रोल्पा

रोल्पामा अझै असुरक्षित गर्भपतन गराउने प्रवृत्तिले कैयौं महिलाको ज्यान जोखिममा पर्ने गरेको छ। यही समस्याका कारण बर्सेनि थुप्रै महिला मृत्युको मुखमा पुग्ने गरेका छन्। समान्यतया इच्छा विपरीत गर्भ रहेपछि महिलाले गर्भपतन गराउने गर्छन्। तालिम नलिएका स्वास्थ्यकर्मीबाट असुरक्षित किसिमले गर्भपतन गराउँदा थुप्रै महिलामा स्वास्थ्य समस्या आउने त्यसमध्ये केही महिलाको मृत्यु हुने गरेको छ। यसले गर्दा पनि नेपालमा मातृमृत्युदर उच्च रहेको छ।

कानुनी मान्यता नदिएको अवस्थामा लुकिछिपी गर्भपतन गराउने परापम्परा अझैं कायम छ। यो प्रवृत्तिका कारण मातृमृत्युदर उच्च भएको निष्कर्षछि सुरक्षितरुपमा गर्भपतन गर्न पाउने कानुनी व्यवस्था गरिएको जिल्ला न्यायाधिवक्ता हिरण्य भण्डारी बताउँछन्। मुलुकी ऐन ११ औं संशोधनले सुरक्षित गर्भपतन गर्न पाउने कानुनी व्यवस्था गरे पनि रोल्पा जिल्लामा प्रायः महिलाले अझै पनि लुकिछिपी असुरक्षित गर्भपतन गराउँदै आएका छन्। सदरमुकाम लिवाङमै पनि क्लिनिकहरुमा गुपचुपमा असुरक्षित गर्भपतन गराउने कार्य भइरहेको तर सम्बधिन्त निकायले यसमा कुनै चासो दिएको पाइँदैन।

कानुनमा व्यवस्था भएबमोजिम मान्यताप्राप्त स्वास्थ्य संस्था सूचीकृत स्वास्थ्यकर्मीबाट गर्भपतन गराएमा मातृमृत्यदर घट्ने रोल्पा अस्पतालका डा. मीनचन्द्र अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार ७१ जिल्लामा सुरक्षित गर्भपतन सेवा लागू भइसकेको छ। रोल्पा जिल्ला अस्पतालमा २०६४ असोज १८ गतेदेखि सुरक्षित गर्भपतन सेवा सुरु भएको हो। तर सुरक्षित गर्भपतनका लागि सेवाग्राही महिला हालसम्म कोही पनि नआएको जानकारी गराइएको छ। प्रचारप्रसारको अभावले यसो भएको हुन सक्ने अस्पतालका स्वास्थ्यकर्मी बताउँछन्।

गर्भवती महिलाको मञ्जुरीमा स्वास्थ्य विभाग, परिवार स्वास्थ्य महाशाखाबाट सूचीकृत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिन सक्ने कानुनी प्रावधान छ। गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ, हाडनाता करणी वा बलात्कारबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरा पर्ने वा शारीरिक मानसिकरुपमा अपांग बच्चा जन्मन सक्ने अवस्थामा योग्य चिकित्सकको रायले जुनसुकै अवधिको गर्भसमेत पतन गर्न पाउने कानुनी व्यवस्था रहेको न्यायाधिवक्ता भण्डारी बताउँछन्। गर्भवती महिलाको स्वीकृतिविना ललाई-फकाई, झुक्याई वा प्रलोभन देखाई वा भ्रूणको लिंगपहिचान गरी गर्भपतन गर्न भने नपाइने कानुनी व्यवस्था रहेको अधिवक्ता जीतविक्रम मल्ल बताउँछन्।

१२ हप्तासम्मको गर्भ जिल्ला अस्पताल रेउघामा गर्भपतन गर्न सकिने डा. अधिकारी बताउनुहुन्छ। १८ हप्ता चिकित्सकको रायअनुसार जुनसुकै अवधिको पनि गर्भपतन गर्न पाउने व्यवस्था रुपन्देही, मोरङ काठमाडौंका केन्द्रीय अस्पतालमा मात्र उपलब्ध छ। स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखामा सूचीकृत स्वास्थ्यकर्मीले मात्र जिल्ला अस्पताल रेउघामा गर्भपतन गराउन पाउने कानुनी प्रावधान भए पनि अझै लागू हुन सकेको छैन। सूचीकृत नभएका स्वास्थ्य संस्था, क्लिनिकमा गरिने गर्भपतन कानुन विपरीत भए पनि रोल्पामा त्यही भइरहेको छ। कसैले कानुन विपरीत गरेमा जेल सजाय हुनेसम्मको कानुनी व्यवस्था भए पनि रोल्पामा हालसम्म कोही जेल नपरेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

सेवाग्राही महिलाले कानुनी व्यवस्थाअनुसार सूचीकृत चिकित्सकबाट सुरक्षित गर्भपतन सेवा लिने हो भने यसैका कारण अंगभंग हुने तथा अकालमै मृत्यु हुने समस्याबाट जोगिने थिए। तर सुरक्षित गर्भपतनसम्बन्धी कानुनी व्यवस्थाप्रति ज्ञान नहुनुले रोल्पामा मातृमृत्युदर बढ्दो अवस्थामै छ। गाउँ-गाउँमा रहेका क्लिनिकमा महँगो शुल्क बुझाएर असुरक्षित गर्भपतन गराउनुभन्दा स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँदा सुरक्षित हुनुका साथै शुल्क पनि महँगो पर्दैन। रोल्पाको लिवाङमा सुरक्षित गर्भपतन सेवा भएर पनि आवश्यक पर्ने व्यक्तिले सेवा पाउन सेकेका छैनन्। विद्यमान यस अवस्थाको अन्त्यका लागि यो सेवाबारेमा प्रचारप्रसार हुन आवश्यक छ।

सुरक्षित गर्भपतनसम्बन्धी प्रचारप्रसार जानकारी गराउने उद्देश्यले हालै लिवाङमा सुरक्षित गर्भपतनसम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भयो। जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा गोष्ठी भएको हो। असुरक्षित रुपमा यौनसम्पर्क गरेर इच्छा विपरीत गर्भ रहने स्वास्थ्यको ख्यालै नगरी जोसुकैबाट असुरक्षित गर्भपतन गराएर महिलाहरु मृत्युको मुखमा जानु साँच्चिकै दुर्भाग्यपूर्ण छ। इच्छा विपरीत गर्भ बोकेर गर्भपतनको बाटो रोज्नुभन्दा इच्छा विपरीत गर्भ नै नबोक्ने तथा सुरक्षित यौनसम्पर्कको उपाय अवलम्बन गर्नु बुद्धिमानी हुन्छ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.