|
वार्षिक राशिफल -ज्यो. रामानन्द शर्मा मेष मंसिर्रपर्यन्त गोचर शुभ छ। धार्मिक-आध्यात्मिक अभिरुचि बढ्ने, धार्मिकस्थल एवम् तीर्थाटन गर्ने अवसर मिल्ने, विद्यार्थीवर्गलाई सफलता मिल्नेछ। वैदेशिक रोजगारको अवसर मिल्ने, कसै-कसैलाई अचल सम्पत्ति वृद्धि हुनेछ। परोपकारादि कार्यप्रति रुचि बढ्नेछ। अविवाहितहरुलाई विवाह-बन्धनमा गाँसिने मौका मिल्नेछ। कसै-कसैलाई सन्तान प्राप्तिको योग छ। सेवाक्षेत्रमा पदोन्नति हुनेछ। शेष वर्ष संघर्षमा बित्नेछ। मान हानि हुनेछ। आर्थिक संकटको योग छ। रोजगारमा व्यवधान नहोला भन्न सकिन्न। वृष वर्षमिश्रति फलदायक छ। अढैय्या शनिको कुप्रभावले विरोधीसँग संघर्षको स्थिति नआउला भन्न सकिन्न। रोगव्याधिले पारिवारिक सदस्यलाई समेत दुःख दिनेछ। आवास परिवर्तनको योग छ। सेवाक्षेत्रमा स्थानान्तरणको सम्भावना छ। वैदेशिक रोजगारको सिलसिलामा हण्डर हुनेछ। राजनीतिक क्षेत्रमा विरोध उत्पन्न हुनेछ। मन नकारात्मक सोचले भरिनेछ। गोचरमा स्थित राहु-केतुको शुभ-प्रभावले आकस्मिक भाग्योन्नति हुने, विरोधी पराजित, अचल सम्पत्ति वृद्धि हुने, राजनीतिक सफलता हासिल हुनेछ। मिथुन वर्षमिश्रति फलदायक छ। आकस्मिकरुपमा विदेश यात्राको प्रसंग बन्नेछ। रोगव्याधिबाट मुक्ति मिल्नाले स्वस्थ जीवन बिताउन पाइनेछ। सट्टापट्टा, शेयर आदि कारोबारबाट पर्याप्त आम्दानी हुनेछ। अध्ययनको सिलसिलामा विदेश जानुपर्ने देखिन्छ। रोजगार क्षेत्रमा प्रगति हुनेछ। वैवाहिक जीवनमा समझदारी बढ्नेछ। कृषि, पशुपालन व्यवसायबाट आम्दानी हुने, राजनीतिक उपलब्धि हासिल हुने, विरोधीमाथि विजयश्री मिल्नेछ। पौष लागेपछि प्रतिकूल परिस्थिति आउला। मन चिन्तित हुने, स्वास्थ्य-बाधा, सम्मानमा आघात पुग्नेछ। कर्कट वर्षमिश्रति देखिन्छ। साढेसाती शनिको कुप्रभावले गर्दा विविध समस्यासँग जुझ्नुपर्ने, कार्यक्षेत्रमा समस्या तेर्सिनेछन्। प्रयासअनुसार कमै सफलता मिल्नेछ। आर्थिक नोक्सानी हुनेछ। वायु एवम् पित्तदोषको कारणले गर्दा विविध रोगव्याधि आइलाग्नेछन्। शारीरिक चोटपटक लाग्न सक्छ। नजदिकी व्यक्तिहरुसँग वैरभाव हुनेछ। गोचरमा स्थित केही ग्रहहरुको शुभ-प्रभावले विदेश यात्राको अवसर मिल्ने, राजनीतिक प्रतिष्ठा बढ्ने, सन्तानपक्षबाट सुख-सन्तोष, व्यापारमा वृद्धि हुने, वाञ्छित उपलब्धि मिल्नेछ। सिंह मंसिर्रपर्यन्त गोचर सप्रिएको छ। व्यापार-व्यवसायमा प्रयास गरेअनुरुप सफलता मिल्नेछ। रियल स्टेट, शेयर, कृषि, पशुपालन आदि व्यवसायबाट आम्दानी हुनेछ। विवाह आदि शुभ-मांगलिक कार्य हुनेछ। स्थायी लाभ मिल्नेछ। विद्यार्थीवर्गलाई उच्च सफलता मिल्नेछ। सकारात्मक सोचको विकास हुनेछ। सन्तान सुख मिल्ने, मानसिक क्षमता बढ्नेछ। सद्गुण बढ्नेछन्। पौष लागेपछि प्रतिकूल परिस्थिति आइलाग्ने, व्यापार-व्यवसायमा घाटा, विवाद बढ्ने, रोगव्याधिले दुःख दिने, यात्रा विफल, पारिवारिक अशान्ति, खर्च बढ्नेछ। कन्या मंसिरपर्यन्त अशुभ गोचरको प्रभावले गर्दा हरेक क्षेत्रमा प्रतिकूल परिस्थिति नआउला भन्न सकिन्न। वैदेशिक रोजगारको सिलसिलामा हन्डर खानुपर्नेछ। रोगव्याधिको भय छ। मानसम्मानमा चोट नपुग्ला भन्न सकिन्न। जमिन जायदादसम्बन्धी विवादले चर्को रुप लिनेछ। राज्यपक्षबाट कष्ट मिल्नेछ। पौष लागेपछि समयमा सुधार आउनेछ। विचाराधिन योजनाहरु कार्यान्वयन हुनेछन्। साहस, पुरुषार्थ बढ्नेछ। रोजगारमुखी शिक्षामा लगानी हुनेछ। राजनीतिक सफलता मिल्नेछ, शुभ-कार्यको आयोजना हुनेछ। तुला वर्षशुभ-अशुभ दुवै खाले परिणाम लिएर आउँदै छ। गोचरमा स्थित एघारौं स्थानको शनिले शुभ परिणामहरु लिएर आउनेछ। फलाम, सिमेन्ट, ढुंगा, माटो, छाला आदि व्यवसायबाट आम्दानी हुनेछ। जुनियरवर्गबाट सहयोग, रियलस्टेट आदि व्यवसायबाट विशेष लाभ मिल्नेछ। अर्कोतिर गोचरमा स्थित अन्य ग्रहहरुको अशुभ प्रभावले गर्दा राजनीतिक क्षेत्रमा असफलता मिल्ने, गृह-सुखमा कमी आउने, स्वजनबाट मनमुटाव, अशान्ति, कार्ययोजना निष्फल, व्यवसायमा व्यवधान, यात्रा असफल हुनेछ। वृश्चिक मंसिर्रपर्यन्त समय-परिस्थितिले धेरैजसो क्षेत्रमा साथ दिनेछ। हरेक खाले व्यापार-व्यवसायबाट पर्याप्त आम्दानी हुनेछ। वैवाहिक सुख मिल्नेछ। सन्तानपक्षबाट गौरवान्वित हुने मौका मिल्नेछ। मान, प्रतिष्ठा, ख्याति बढ्नेछ। दान, पुण्य एवम् परोपकारादि कार्यमा रुचि बढ्नेछ। रोजगारको अवसर मिल्नेछ। सेवाक्षेत्रमा पदोन्नति हुनेछ। पौष लागेपछि परिस्थिति प्रतिकूल नहोला भन्न सकिन्न। स्थान परिवर्तनको योग छ। समाजमा विरोध हुने, जीवन साथीसँग वैमनस्यता उत्पन्न हुनेछ। धनु मंसिर्रपर्यन्त अशुभ गोचरले हरेक क्षेत्रमा प्रतिकूल हुनेछ। विरोधीहरुको संख्या बढ्नेछ र संघर्ष चर्किनेछ। विद्याध्ययनमा धेरै प्रयासपछि मात्र सफलता मिल्नेछ। शारीरिक व्याधि बढ्नेछ। उदर विकार, नेत्रपीडा आदि रोगले दुःख दिनेछ। रोजगारमा विघ्न-बाधा नहोला भन्न सकिन्न। आर्थिक पक्ष तहसनहस हुनेछ। विदेश यात्राको क्रममा कष्ट बेहोर्नुपर्नेछ। पौष लागेपछि समयमा सुधार आउनेछ। लेनदेनसम्बन्धी कारोबार सफल हुनेछ। परीक्षामा सफलता मिल्नेछ, प्रतिष्ठा बढ्नेछ। मकर वर्षमिश्रति फलदायक छ। गोचरमा स्थित छाया ग्रहहरुको शुभ-प्रभावले सामाजिक, राजनीतिक सक्रियता बढ्नुको साथै प्रतिष्ठासमेत बढ्नेछ। वाहनलाभ मिल्नेछ। सेवाक्षेत्रमा उच्च मूल्यांकन हुनुको साथै पदोन्नति हुनेछ। व्यापारादि स्वतन्त्र व्यवसायबाट आशातीत धनलाभ मिल्नेछ। गोचरमा कतिपय ग्रहहरुको अशुभ प्रभावले समाजमा अपमानित हुनुपर्ला। खराब व्यक्तिको संगतबाट घाटा हुनेछ। जीवनसाथीलाई रोगले दुःख दिनेछ। आर्थिक पक्ष कमजोर हुनेछ। कुम्भ मंसिर्रपर्यन्त गोचर सप्रिएको छ। कृषि, वाणिज्य, पर्यटन, शेयर, ठेक्कापट्टा, वस्त्राभूषण आदि व्यवसायबाट आम्दानी हुनेछ। विवाह आदि मांगलिक कार्य सम्पन्न हुनेछ। विद्याध्ययनमा प्रगति हुनेछ। विलासितासम्बन्धी सामग्री जोडजाम हुनेछ। कर्मचारीवर्गलाई पदोन्नति मिल्नेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। पौष लागेपछि प्रतिकूल परिस्थिति नआउला भन्न सकिन्न। विश्वासपात्र व्यक्तिबाट धोका मिल्नेछ। रोगव्याधि, मानसिक पीडा थपिनेछ। आर्थिक नोक्सानी हुनेछ। मीन वर्ष विविध सफलताले भरिएको छ। शुभ-कार्यमा अभिरुचि जाग्नेछ। कसै-कसैलाई गृह-निर्माणको अवसर मिल्नेछ। आरोग्य लाभ मिल्नाले जीवनदायिनी शक्तिको विकास हुनेछ। भूमि आदि अचल सम्पत्ति वृद्धि हुनेछ। विपरीतलिंगीसँगको मित्रता प्रेममा परिणत हुनेछ। रोजगारको सिलसिलामा विदेश यात्राको अवसर मिल्नेछ। वर्षको उत्तरार्द्धमा अझ बढी सफलता मिल्नेछ। परीक्षा-प्रतियोगिता तथा सामाजिक-राजनीतिक क्षेत्रमा वाञ्छित सफलता मिल्नेछ। |
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |