लामो समयसम्म बच्चा नभएका कारण यस्ता दम्पतीमा बिस्तारै नैराश्यपन र चिन्ताको विकास हुन्छ। यसकारणले प्रभावकारी यौनसम्पर्क राख्न गाह्रो हुने हुन्छ। यस्तो अवस्थामा त्यस्ता दम्पतीलाई मनोवैज्ञानिक परामर्शका साथै गर्भधारणबारेमा जानकारी गराउन आवश्यक छ। मासिक चक्रमा गर्भ रहने अवधिबारे ज्ञान दिन आवश्यक छ। सामान्यतया करिब १० प्रतिशत दम्पतीमा निःसन्तानको समस्या व्याप्त रहे पनि यसरी सामान्य परामर्श (काउन्सिल) दिएकै भरमा पनि केहीले सन्तान लाभ गर्न सक्छन्। एक अध्ययनअनुसार निःसन्तान भएकामध्ये करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी र ४० देखि ५० प्रतिशतमा महिलामा खराबी पाइन्छ। यस्तै १० प्रतिशतमा दुवैमा खराबी पाइन्छ भने बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता लाग्दैन।
अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन -अन्तश्राव) ग्रन्थिको कार्यमा खराबीको कारणले शुक्रकीट बन्न अप्ठ्यारो पर्न सक्छ। त्यसैगरी शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवम् संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली नै थुनिन सक्छ। मानसिक समस्या -लिंग नउठ्ने वा उत्तेजित नहुने, शीघ्र स्खलन हुने) तथा पुरुषमा पिसाब खुल्ने प्वाल बेठाउँमा भयो भने वीर्य योनिमा जम्मा हुन पाउँदैन। त्यस्तै शुक्रकीटको चाल, संख्या, बनावट तथा यसमा पोषिलो पदार्थ अपुग भयो भने पनि निःसन्तानको समस्या हुन सक्छ। डिम्बाशयजन्य तत्त्वहरु, पाठेघरको मुखमा तथा योनिमा अन्तर्निहित खराबी, पाठेघर तथा डिम्बवाहिनी नलीमा खराबी, इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको कार्यमा खराबी तथा इन्डोमेटि्रओसिस महिलाजन्य निःसन्तानका कारणहरु हुन्। महिलाको उमेर ३५ वर्षभन्दा बढी, अपर्याप्त सहवास, मासिक चक्रमा गर्भ रहने समयको अज्ञानता, यौनसम्पर्क राख्दा हुने अधिक पीडा, निःसन्तानका कारण अत्यधिक चिन्ता, उदासीपन, शुक्रकीटलाई असर पुर्याउने -योनिमार्ग चिप्लो बनाउन प्रयोग गरिने) जेल वा क्रिमको प्रयोगका कारण पनि गर्भ रहन नसकिरहेको हुन्छ। भर्खरै विवाह भएका तथा कतिपय दम्पतीलाई महिनावारी -मासिक श्राव) को कतिऔं दिनदेखि शारीरिक सम्पर्क भएमा गर्भ रहन सक्छ भन्ने ज्ञान नहुन सक्छ। प्राकृतिक रुपमा परिवार नियोजन गर्न चाहने तथा परिवार नियोजनका अन्य साधनहरु अपनाउन नचाहने दम्पतीहरुको लागि सुरक्षित चक्र एउटा राम्रो विकल्प पनि हो।
मासिक श्राव नियमित नहुने महिलाहरुको छोटो चक्रमा १८ दिन घटायो भने गर्भ रहने पहिलो दिन निस्कन्छ भने लामो चक्रमा १० दिन घटायो भने गर्भ रहन सक्ने अन्तिम दिन निस्कन्छ। उदाहरणको लागि २५ देखि ३४ दिनसम्म महिनावारी हुने महिलामा सातौं -२५-१८ दिन) दिन देखि चौबीसौं (३४-१० दिन) दिनसम्म गर्भ रहन सक्छ। नियमित रुपमा (प्रत्येक २८ दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दशौं -२८-१८ दिन) दिनदेखि अठारौं (२८-१० दिन) दिनमा यौनसम्पर्क रहे गर्भ रहन सक्छ। तर यसरी हिसाब गरिराख्न झन्झटिलो छ। माथि उल्लिखित हिसाब प्रस्ट भएन भने र गर्भधारण गर्ने इच्छा छैन भने महिनावारी भएको आठौंदेखि बाइसौं दिनसम्म यौनसम्पर्क नराख्न वा शारीरिक सम्पर्क राख्नुपर्ने भए कण्डम -ढाल), फेमिडोम -महिला कण्डम), कमल चक्कीजस्ता अस्थायी साधनहरु अपनाउनुपर्छ। यस्तो क्यालेन्डर विधिको आफ्नै बेफाइदाहरु छन् अर्थात् त्यति सुरक्षितचाहिँ छैन। जस्तै- महिनावारी अनियमित हुने, महिनावारीको लगत राख्न नसक्ने एवम् सुत्केरीपश्चात्को समयमा यो विधि उपयुक्त छैन। त्यसैगरी दम्पती दुवै उत्प्रेरित नभएमा एवम् एक-अर्काको |