|
शंकर खनाल khanalnpj@yahoo.com हेटौंडाका दीपक परियारको घरमा आगलागी हुँदा उनकी ९ वर्षकी छोरी दीपाको ज्यान गयो भने २४ वर्षीया पत्नी सीता र १० महिनाको छोरा दिवसलाई आगोले पोल्यो। दिवसलाई पूर्णरुपमा निको भइसकेको छ भने सीता अझै काठमाडौंको वीर अस्पतालमा उपचार गराउँदै छन्। हटिया-६, कुमालटारस्थित घरमा राति लोड सेडिङ भएको समयमा मैनबत्ती बालेर सुतेको बेलामा अचानक आगलागी भयो। ‘छोरालाई आगोबाट निकालेर छोरीलाई बचाउन जाँदा उनी पनि आगोमा परिन्’, परियारले साधनासँग भने- ‘ढाड र दुईवटा हातमा प्लास्टिक सर्जरी गर्नुपर्ने भएको छ।’ सीताको अनुहारसमेत नराम्रोसँग पोलिएको छ। यस्तै रोल्पा जिल्लाको भवाङ-७ का खिम घर्तीकी नौ महिनाकी छोरी मुनाको आगोले पोलिएर दुवै खुट्टा काम नलाग्ने अवस्थामा पुगेका छन्। अगेनुनजिक राखेर मुनाकी आमा बाहिर काम गर्न गएको बेला आगोमा पल्टिएर उनी पोलिइन्। उपचारका लागि उनले बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल हुँदै काठमाडौंको कान्ति बालअस्पताल पुर्याए। सानो लापरबाहीबाट उनकी छोरीको जीवन अपांग बनिरहेको छ। खिम घर्तीले साधनासँग कुरा गर्दै भने- ‘शायद दुवै खुट्टा काटेर फाल्नुपर्ने हुन्छ होला।’ परियार र घर्ती मात्र होइन, राजधानीका सरकारी अस्पतालमा अहिले आगोले पोलिएर थुप्रै बिरामीको उपचार भइरहेको छ। यो क्रम प्रायः वर्षभरि नै चलिरहेको हुन्छ। अचानक भएको आगलागी होस् वा आफ्नै सानो लापरबाही र जीवनदेखि विरक्तिएर जल्न पुगेकाहरु, कुरुप र अंगभंग भएर जीवन बिताइरहेका छन्। पहिले घरेलु उपचार गाउँघरमा आगोले पोलिनेबित्तिकै सुरुमा घरेलु उपचार गरिन्छ। कतिपयले गाउँमा जडीबुटी बनाएर लगाउँछन्। कालीकोटमा आगोले पोलेमा धाइराको चुक बनाएर लगाउने, आलुको लेप लगाउने, मेहेलको भुटन बनाएर लगाए घाउ चाँडो सुक्छ भन्ने सामाजिक मान्यता भएको दाहा-४ का अम्ब बहादुर शाही बताउँछन्। वनमा खर काट्न गएको बेला डढेलोले उनकी २६ वर्षीया पत्नी राजेन्द्रा शाहीको शरीरमा आगो लागेको थियो। उनीसँगै गाउँकै १०/१२ जना डढेलोको आगोबाट पोलिएका थिए। त्यस्तै गरी आगोले पोल्दा अण्डा फुटाएर लगाउने, गोबर, गोलभेंडा र घिउकुमारी दल्ने गरिएको पनि पाइन्छ। शहरबजारमा पोल्नेबित्तिकै पानीमा डुबाउने र तत्काल स्वास्थ्य संस्थामा लैजाने चलन सुरु भइसकेको छ। ग्रामीण क्षेत्रमा अझै पनि तत्काल स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ भन्ने कुराको चेतना नभएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु बताउँछन्। वीर अस्पतालको बर्न वार्ड इन्चार्ज नरदेवी बरिया भन्छिन्- ‘घटनालाई धेरैले समान्यरुपमा लिने गरेका छन्। जलेको प्रकृतिअनुसार थोरै जलेर पनि धेरै असर गर्छ। यसबारे सबैलाई थाहा छैन।’ पोलेको उपचार के हो ? आगोले पोलेमा पोलिएको प्रकृतिअनुसार तत्काल घरैमा पनि प्राथमिक उपचार गर्न सकिन्छ। सुरुमा भिजेको कपडाले शरीरमा लागेको आगो निभाउनुपर्छ, त्यसपछि लगाएको कपडा फुकाल्ने र पोलिएको भाग सम्भव भए तत्काल पानीमा डुबाउनुपर्छ। यस सम्बन्धी विज्ञ स्वास्थ्यकर्मीका अनुसार १५ देखि २० डिग्री सेन्टिग्रेट तापक्रमको पानीमा करिब आधा घण्टा जति डुबाउनुपर्छ। बगिरहेको धाराको पानीमा राखे अझ राम्रो। पोलेको भाग पानीमा डुबाउने हो भने चिसोले छालामा भएको तापलाई कम गर्छ। यसो गर्दा दुखाइ कम हुने, पोलेको ठाउँमा शीतल हुनुका साथै आगोले खाएको भागभन्दा भित्री भाग जल्न पाउँदैन। त्यसपछि सफा सुतीको कपडाले छोप्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन्। पोलिएको ठाउँमा फोका आउनुलाई प्राकृतिकरुपले छालाको सुरक्षा गर्ने प्रक्रिया मानिन्छ। फोका आएमा फुटाउनुहुन्न। फुट्यो भने बाहिरी सम्पर्कबाट छालामा संक्रमणको खतरा हुने भएकाले छोपेर राख्नुपर्छ। समयमा उपचार नगर्ने हो भने छालाबाट शरीरमा भएका झोल पदार्थहरु -सोडियम, सुगर, क्याल्सियम र प्लाज्मा) हरु बाहिर निस्किई मानिस कमजोर हुन्छ। संक्रमणबाट जोगाउन नै अस्पतालले पोलिएका बिरामीलाई छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरेका हुन्छन्। उनीहरुलाई बाहिरी मानिस र अरु बिरामीसँगको सम्पर्कबाट पनि टाढा राखिएको हुन्छ। वीर अस्पतालका बर्न युनिट इन्चार्ज डा. बाबुराम पौडेल संक्रमण -इक्फेक्सन) भएर घाउ पाक्ने डरले पनि बिरामीलाई छुट्टै राख्ने गरेको बताउँछन्। ‘यदि कसैलाई आगोले पोल्यो भने तत्काल पानीमा डुबाउनेबाहेक अरु केही पनि नगरी तुरुन्त |