Index

गैरकानुनी गर्भपतन गराउँदै मेरी स्टोप्स

पोलिएको उपचारमा कठिनाइ

निःशुल्क औषधि दुरुपयोगको खतरा
रोल्पामा असुरक्षित गर्भपतन कायमै

सूक्ष्म पोषक तत्त्व पूर्ति गर्ने विशेष प्रविधि

पिनासले पनि टाउको दुख्छ
अन्योलमा परेको सामुदायिक औषधि कार्यक्रम
छिटो सन्तान जन्माउनुको पीडा
कब्जियतले हुने एनल फिसर
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थथ न्युज
हेल्थ टिप्स

-.

 

पिनासले पनि टाउको दुख्छ

धेरै मानिसले टाउको दुखेको पीडा अनुभव गर्नेबित्तिकै दुखाइ कम गर्ने औषधि सेवन गर्ने गरेको पाइन्छ। टाउको विभिन्न कारणले दुख्ने गर्छ। जुन कारणले दुखे पनि आफूखुशी दुखाइ कम गर्ने औषधि खानाले तत्काल समस्या केही हल भए पनि पछि अनेक समस्या आउन सक्ने हुँदा टाउको दुखाइको कारण पत्ता लगाएर मात्र औषधि सेवन गर्नु उचित हो।

टाउको दुखेका कारणमध्ये अति पीडादायक समस्या ल्याउने पिनास पनि हो। पिनासका कारण टाउको दुखेको भए दुखाइ कम गर्ने औषधि मात्र खाँदा केही समय दुखाइ कम भए पनि पिनास निको हुँदैन। यसले सधैँ दुःख दिइरहन्छ।

 

 त्यसैले रोगको यकिन गरेर मात्र औषधि खानु लाभदायक हुन्छ। यसले समय पैसा दुवैको बचत पनि गर्छ।मानिसको अनुहारमा रहेका केही हाडहरुको भित्री भागमा हावाले भरिएका खाली ठाउँहरु हुन्छन्, जसलाई पारानाजल साइनस भनिन्छ। यी साइनसहरु निधारदेखि नाकसम्म क्रमशः रहने फ्रोन्टल, इथ्मोइड, स्फेनोइड म्याग्जिलेरी हाडहरुमा हुन्छन् सोहीअनुसार नै यिनीहरुको नाम पनि रहेको छ। प्रत्येक साइनस दुई-दुईवटा गरी जम्मा आठवटा हुन्छन् यिनीहरु नाकको समानान्तर रहेका हुन्छन्।

साइनसले हाम्रो टाउकोलाई हलुका बनाउनुका साथै हाम्रो स्वरमा कम्पन पनि उत्पन्न गर्न सहयोग गर्दछ। यी स्ााइनसहरुका खोपिल्टाका भित्री भागलाई छोप्ने तह (mucosa) विभिन्न कारणले गर्दा सुन्निनुलाई नै साइनसाइटिस वा पिनास भनिन्छ। यी साइनसहरुमध्ये म्याग्जिलेरी साइनसमा यो रोग प्रायः देखा पर्छ।

पिनास विभिन्न कारणले गर्दा हुने गर्छ, जसमध्ये प्रमुख कारण लगातर नाकमा संक्रमण हुनु हो। लगातार रुघाखोकी लागिरहनु अन्य संक्रमण भइरहनाले नाकको संक्रमण साइनसमा प्रवेश गरेर पिनास रोग उत्पन्न गर्दछ। यस्तै दाँतको संक्रमण वा कीराले खाएको दाँत, विशेष गरेर बंगरा उखेल्दा त्यहाँको संक्रमण पनि साइनसमा प्रवेश गरेर यो रोग उत्पन्न हुन सक्छ।

यसका अतिरिक्त फोहोर वा संक्रमित पानीमा पौडी खेल्नु, साइनसका भित्ताहरुमा चोटपटक लाग्नु, नाकको भित्रपट्टिको हाड बाङ्गो हुनु, नाकमा मासु (polyp) पलाउनु, नाकको ट्युमर वा क्यान्सर आदिले गर्दा पनि यो रोग उत्पन्न हुन सक्छ। साथै निरन्तररुपमा चिसो वातावरणको र्म्पक भएमा, धूवाँ, धूलो आदि प्रदूषित वातावरणमा रहनाले मानिसको रोग-प्रतिरोधात्मक क्षमता कमजोर भएमा पनि पिनास रोगले पिरोल्न सक्छ।

पिनास साधारणतया दुई प्रकारका हुन्छन्- तीव्र पिनास (Acute sinusitis) वा दीर्घकालीन वा जीर्ण पिनास (Chronic sinusitis) सोही अनुसार लक्षणहरु पनि हुने गर्दछ। तीव्र पिनासमा ज्वरो आउने, जीउ भारी हुने दुख्ने, टाउको दुवैतिर वा एक भाग मात्र दुख्ने, दुखाइ दाँत, गाला आँखाको माथितिरको भागमा र्ने, साइनसको माथि थिच्दा छुँदा दुख्ने हुन्छ। आँखा चलाउँदा वा दिउँसो घाममा पिनासको कारण हुने टाउकाको दुखाइ बढ्ने गर्दछ। यही तीव्र पिनासको समयमा नै उपचार गरिएन भने यो जीर्ण वा दीर्घकालीन पिनासमा परिणत हुन्छ। यस अवस्थामा लक्षणहरु तीव्र पिनासको भन्दा हल्का हुन्छ तर हरेक क्षण नाक बन्द भइरहने, नाकबाट पानी बगिरहने, टाउको भारी हुने नाकले गन्ध थाहा नपाउनेजस्ता लक्षण बढी देखा पर्छन्।

पिनास सही समयमा पहिचान गरी चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ। प्रायजसो रोगको पहिचान गर्न साइनसहरुको पी.एन.एस. एक्स रे गर्नुपर्ने हुन्छ, जसमा साइनसहरु धमिलो देखिने गर्दछ। पिनास कुन कारणले भएको हो, त्यसको कारण पत्ता लगाएर चिकित्सकले उपचार गर्ने गर्दछन्। यसका अत्तिरिक्त बाफ लिनु (Steam inhalation), दुखेको ठाउँमा तातोले सेक्नु (Hot formentation) पनि अत्यन्त लाभदायक हुने गर्दछ। साथै पिनास गराउने कारणहरु जस्तै- रुघाखोकी लाग्नु, चिसो मौसम वा प्रदूषण आदिबाट आफूलाई जोगाउनुपर्छ। मास्कको प्रयोग गरेर यो समस्याबाट टाढा रहन पनि सकिन्छ।

पिनासको समयमै उपचार गरिएन भने विभिन्न जटिलताहरु देखा पर्न सक्छन्। यी जटिल समस्याहरु साइनसमा मात्र सीमित नभएर आँखा मस्तिष्कसम्म पनि फैलिन सक्छ। साइनसमा हुने जटिलताहरुमा म्युकोसिल (Mucocele) साइनसमा सिँगान भरिनु -सिष्ट ओस्टियोमाइलाइटिस) प्रमुख हुन्। साइनसमा रहेको संक्रमण आँखा मस्तिष्कमा पुगेमा मेनिन्जाइटिस, मस्तिष्कमा पीप जम्मा हुनु (Brain abscess), अरबाइटल सेलुलाइटिस, आँखा रहने खोपिल्टामा पीप जम्मा हुनु (Orbital abscess), केभरनस साइनस थ्रोम्बोसिस जस्ता जटिल समस्याहरु उप्पन्न हुन सक्छन्।

यसरी लगातार पिनासका लक्षणहरु देखा परेमा सम्बन्धित चिकित्सकबाट उपचार गराउनु लाभदायक हुन्छ। तर पिनासलाई ग्यारेन्टीका साथ निको पार्छुनेर गरिने विज्ञापनको पछि नलाग्नु नै बुद्धिमानी हुन्छ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.