Index

गैरकानुनी गर्भपतन गराउँदै मेरी स्टोप्स

पोलिएको उपचारमा कठिनाइ

निःशुल्क औषधि दुरुपयोगको खतरा
रोल्पामा असुरक्षित गर्भपतन कायमै

सूक्ष्म पोषक तत्त्व पूर्ति गर्ने विशेष प्रविधि

पिनासले पनि टाउको दुख्छ
अन्योलमा परेको सामुदायिक औषधि कार्यक्रम
छिटो सन्तान जन्माउनुको पीडा
कब्जियतले हुने एनल फिसर
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थथ न्युज
हेल्थ टिप्स

-.

 

कब्जियतले हुने एनल फिसर

डा. अभिषेक ताम्राकार

मलद्वारमा हुने विभिन्न किसिमका स्वास्थ्य समस्यालाई धेरैजसो मानिसले लाजका कारण लुकाउने गर्छन्। मलद्वारमा हुने समस्या भन्नेबित्तिक प्रायजसो मानिस पाइल्सलाई नै सम्झने गर्छन्। तर यसका अतिरिक्त मलद्वारमा हुने अर्को समस्या मलद्वार च्यातिनु वा एनल फिसर पनि हो।

 

 

 ठूलो आन्द्राको सबैभन्दा तलको भागमा मलद्वार रहेको हुन्छ यसको लम्बाइमा हुने घाउ (Ulcer) लाई नै एनल फिसर भनिन्छ। यो साधारणतया मलद्वारको लम्बाइमा बीचमा हुने गर्दछ। पुरुषको तुलनामा महिलामा धेरै हुने यो समस्या बूढापाकामा भने त्यत्ति देखा पर्दैन। महिलामा यो मलद्वारको अगाडिपट्टि हुन्छ भने पुरुषमा मलद्वारको पछाडिपट्टि हुने गर्छ।

एनल फिसर हुनुको मुख्य कारण कब्जियत हो। दिसा कडा भइरहनाले त्यो कडा दिसा मलद्वारबाट तल झर्दा मलद्वारको भित्ताहरुमा तनाव उत्पन्न गर्छ। यो समस्या लगातार भइरहेमा मलद्वारका भित्ताहरु च्यातिन्छन् त्यहाँ घाउ भएर एनल फिसर उत्पन्न हुन्छ। यसका अतिरिक्त पाइल्सको समस्या भएको व्यक्तिको गलत तरिकाले शल्यक्रिया गर्नाले, कोलाइटिस, ठूलो आन्द्रा सुन्निने वा कोर्न्स रोगजस्ता आन्द्राका रोगहरु, क्षयरोग, यौनरोगहरुको संक्रमण आदि भएमा साथै समलिंगीहरुले मलद्वारमा गर्ने सम्भोगबाट पनि यो समस्या देखा पर्ने गर्छ।

एनल फिसर तीव्र जीर्ण वा दीर्घकालीन गरी दुई प्रकारका हुन्छन्। तीव्र एनल फिसरमा मलद्वारको तल्लो भागमा रहेको छाला च्यातिन्छ तर यो सुन्निएको चाहिँ हुदैन। यसमा मलद्वारमा रहेको मांसपेशीहरुको तीव्र संकुचन पनि हुने गर्छ, जसले गर्दा मलद्वार धेरै दुख्ने गर्छ। यो दुखाइ दिसा गर्ने इच्छाबाट नै सुरु हुन्छ दिसा गरिसकेको केही घण्टासम्म लगातार भइरहन्छ।

यो समस्या धेरै लामो समयसम्म रहिरहेमा फेरि-फेरि संक्रमण भइरहन्छ, घाउ कडा हुन्छ (Fibrosis), पीप जम्मा हुन सक्छ (Abscess) पछि गएर फिस्टुला बन्न पनि सक्छ, जुन अत्यन्त पीडादायक समस्या हो। आधुनिकीकरणको नाममा समलिंगीहरुले गर्ने मलद्वार सम्भोग वा उत्तेजना जगाउन महिलाले गर्ने मलद्वार सम्भोगले पीडादायक मलद्वार च्यातिने समस्या सिर्जना भई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता हुन्छ। तसर्थ प्राकृतिक तरिका अर्थात् प्रजनन अंगहरुद्वारा गरिनेबाहेक अन्य तरिकाले यौनसम्पर्क राख्नु हुदैन।

साधारणतया यो समस्यालाई प्रायजसोले पाइल्स नै हो भन्ने ठानी विभिन्न ठाउँमा धाएर उपचार गर्ने गर्छन्। पाइल्ससँग केही लक्षण मिले पनि यो नितान्त फरक समस्या भएकोले विशेषज्ञ चिकित्सककोमा गएर उपचार गराउनु फाइदाजनक हुन्छ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.