|
हेल्थ टिप्स चुनौती बनिरहेको क्षयरोग क्षयरोग उत्पन्न गर्ने जीवाणुको औषधिसँग प्रतिरोध गर्ने क्षमतामा (Drug resistant) अविश्वसनीय ढंगले वृद्धि भइरहेकोतर्फविश्व स्वास्थ्य संघले सचेत गराएको छ। रोग उत्पन्न गर्ने जीवाणुहरुमा औषधिलाई पचाउने क्षमता वृद्धि हुँदै गएपछि बिरामी मानिसमा औषधिको कुनै प्रभाव पर्दैन। मानिसमा रोग-प्रतिरोधात्मक क्षमता कमजोर अवस्थामा नै रहन्छ र रोगले च्याप्दै ल्याउँछ। नियमितरुपमा तोकिएको औषधिको खुराक ठीक समयमा नखाएको तथा पूरा अवधि औषधि नखाएका कारण पनि यस्तो समस्या आउँछ। केही देशका क्षयरोगका बिरामीहरुमा जीवाणुको औषधि प्रतिरोधात्मक क्षमता (Drug resistant) अत्यधिकरुपमा बढेको विश्व स्वास्थ्य संघले जनाएको छ। सो संघका अनुसार केही देशका बिरामीमा २० प्रतिशतका हिसाबले यो समस्या वृद्धि भएको र यो अहिलेसम्मकै उच्च वृद्धि भएको बताइएको छ।
क्षयरोगीमा
देखिएको
यो
ड्रग
रेसिस्टेन्ट
समस्या
अथवा
एक्सडीआर
टीबी
(XDR-TB)
गरिब
देशहरुमा
नराम्रोसँग
फैलिंदै
गएकोमा
राष्ट्रसंघीय
विशेषज्ञहरुले
चिन्ता
व्यक्त
गरेका
छन्।
एक्सडीआर
टीबी
महामारीकै
रुपमा
सन्
२००६
मा
अफ्रिकाका
एड्सका
बिरामीमा
देखा
परेको
थियो।
यसका
कारण
विश्वमा हरेक वर्षदेखा पर्ने क्षयरोगका नयाँ बिरामी -करिब ९० लाख) मध्ये झन्डै ५ लाख बिरामीमा एक्सडीआर टीबी देखा पर्न थालेको छ। अमेरिकामा क्षयरोगका बिरामीमध्ये १.२ प्रतिशतमा मल्टी ड्रग रेसिस्टेन्ट भएको पाइएको छ र त्यसमध्ये १.९ प्रतिशतमा सघनरुपमा ड्रग रेसिस्टेन्ट भएका थिए। विश्व स्वास्थ्य संघका अनुसार सबैभन्दा बढी ड्रग रेसिस्टेन्ट टीबी भएका मुलुकमा पूर्वी युरोपियन देश रहेका छन्। यीनमा एक चौथाइ बिरामी अजर्वैजानमा छन्। साथै २० प्रतिशत माल्दोमा र १६ प्रतिशत युक्रेनमा रहेको पाइएको छ। ड्रग रेसिस्टेन्ट टीबी उच्च रुपमा भएका मुलुकमा चीन र भारत पनि पर्न आउँछन्। संख्याका हिसाबले कम भए पनि नेपालमा पनि यो समस्या बढ्दो रुपमा नै रहेको छ। विश्वका हरेक मानिस क्षयरोगको जोखिममा परेका हुन्छन्। एचआईभी/एड्स एउटा निश्चित क्रियाकलापमा सम्लग्न हुँदा सर्ने भएकाले त्यसबाट बच्न सकिन्छ, तर क्षयरोग हवाईजहाज, बसमा यात्रा गर्दा वा समूहमा काम गर्दा पनि सर्न सक्छ। क्षयरोग देखा परेका बिरामीलाई नियमित औषधि सेवन गराएर निको पार्नु यो रोग फैलन नदिने एउटा राम्रो उपाय हो। - एपी सप्ताहान्तमा मृत्यु बढी हृदयघात हुने समयको आधारमा पनि बिरामी बाँच्ने वा मर्ने सम्भावनामा बल पुग्ने गरेको हालैको एक अध्ययनबाट थाहा भएका छ। लस एन्जेल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको हृदयघात केन्द्रका डा. डेबिड एस लिवेस्काइन्डका अनुसार अन्य समयमा हृदयघात हुनेहरुभन्दा सप्ताहान्तको राति हृदयघातको कारण उपचारका लागि अस्पतालमा ल्याइएका बिरामीहरुको मृत्यु हुने सम्भावना धेरै भएको अनुसन्धानबाट पत्ता लागेको छ। उहाँको टोलीले अमेरिकाभरि २४ लाखभन्दा बढी हृदयघातको घटनालाई विस्लेषण गरी अन्य दिनमा अस्पताल भर्ना हुनेहरुको मृत्युदर ७ दशमलव ९ प्रतिशत र सप्ताहान्तको एक राति भर्ना हुनेहरुको सो दर १० दशमलव १ प्रतिशत रहेको पत्ता लगाएको छ। बिरामी निको भई अस्पतालबाट डिस्चार्ज हुने संख्या पनि यही वास्तविकताबाट प्रभावित भएको बुझिएको छ। - इन्टरनेट औषधिको साइड इफेक्ट हालै गरिएका दुईवटा अध्ययनबाट कोरोनरी आर्टरी बाइपास सर्जरीको बेला रक्तश्राव रोक्नका लागि ट्रासाइलोल -एप्रोटिन) ख्वाइँदा बिरामीको मृत्यु हुने र मिर्गौला क्षतिग्रस्त हुने सम्भावना धेरै रहेको पत्ता लागेको छ। ती अध्ययनले बिरामीलाई छोटो र लामो समयको खतरा हुन सक्ने जनाएको छ। क्यानडामा गरिएको औषधि परीक्षणको प्रारम्भिक परिणामले समस्या देखाएपछि गत नोभेम्बरमा ट्रासाइलोल निर्माण गर्ने जर्मन कम्पनी बेयर ए जीले सयुक्त राज्य अमेरिकामा त्यसको बिक्री वितरणमाथि रोक लगाएको थियो। उक्त अध्ययनमा १० हजारभन्दा बढी कोरोनरी आर्टरी बाइपास सर्जरी गराएका रोगी सम्मिलित थिए। ट्रासाइलोल सेवन नगरेका २ हजार २९ जना बिरामीको तुलनामा उक्त औषधि सेवन गरेका १ हजार ३ सय ४३ जना बिरामीमा मृत्युदर ३२ प्रतिशतले बढी देखिएको ड्युक युनिभर्सिटीका एनेस्थेसिओलोजीका सहप्राध्यापक डा. एन्ड्रयु शाले बताए। त्यसैगरी रक्तश्राव घटाउनका लागि प्रयोग गरिने अर्को औषधि अमिनोक्याप्रोइक एसिड सेवन गर्नेका तुलनामा ट्रासाइलोल प्रयोग गर्ने बिरामीको मृत्युदर २७ प्रतिशतले बढी रहेको पाइयो। सन् १९९३ देखि अमेरिकी बजारमा ल्याइएको ट्रासाइलोले मिर्गौलासँग सम्बन्धित सेरम क्रियर्टिनाइन नामक प्रोटिनलाई क्षतिग्रस्त बनाउने हुँदा मिर्गौलाको कार्यमा शिथिलता आउने डा. शा बताउँछन्। संगीत र उपचार फिनल्यान्डका स्वास्थ्य अनुसन्धानकर्ताहरुले हालै गरेको एक अध्ययनअनुसार हरेक दिन केही घण्टा संगीत सुन्ने गर्नाले मुटुका प्रारम्भिक बिरामीहरुलाई फाइदा पुग्ने पाइएको छ। ५४ जना मस्तिष्कघातका बिरामीहरुमा गरिएको उक्त अनुसन्धानपछि यी तथ्यहरु प्रकाशमा ल्याइएका हुन्। श्रव्य पुस्तक प्रयोग नगर्ने एवम् संगीत सुन्दै नसुन्नेहरुका तुलनामा संगीत सुन्नेहरुको मस्तिष्कसँग सम्बन्धित धमनीमा र तिनीहरुको शाब्दिक स्मरण एवम् एकाग्रतामा पनि सुधार आएको पाइएको थियो। साथै उनीहरुको स्वभावमा सकारात्मक लक्षण देखा पर्ने गरेको पनि पाइएको छ। हेलसिन्की विश्वविद्यालय तथा हेलसिन्की मस्तिष्क प्रतिष्ठानका अध्ययनकर्ता टेप्पो सार्कामो भन्नुहुन्छ- ?हालसालै मस्तिष्कघात पीडित भएका र अन्य कुनै ठोस उपचार विधि अपनाउन नसकिने अवस्थामा यो संगीत थेरापी विधि निकै लाभदायक हुन्छ। अस्पतालमा भर्ना भएका यस्ता बिरामीलाई हामीले दुई महिना लामो यो थेरापी उपयोग गर्यौं। आफ्नै चहनाअनुसारको संगीत छनोट गर्ने बिरामीहरुलाई ६ महिनासम्म संगीत सुनायौं। तीन महिनापछि बिरामीहरुमा ६० प्रतिशत शाब्दिक अर्थात् बोलीस्मरणमा सुधार देखियो। यो सुधार श्रव्यपुस्तक प्रयोग गर्ने बिरामीमा १८ र संगीत नसुन्नेमा २९ प्रतिशतमै सीमित रह्यो। त्यसैगरी मानसिक क्रियाकलाप नियन्त्रण र निर्णय गर्नेतर्फ संगीत थेरापी लिनेहरुमा १७ प्रतिशत सुधार देखियो। तर श्रव्यपुस्तक प्रयोग गर्ने र संगीत नसुन्नेहरुमा कुनै पनि सुधार देखिएन। संगीत थेरापीमा राखिएका बिरामीहरु अन्यका तुलनामा कम तनावग्रस्त र कम अन्योलमा भएको पाइएको थियो।? |
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |