Index

गैरकानुनी गर्भपतन गराउँदै मेरी स्टोप्स

पोलिएको उपचारमा कठिनाइ

निःशुल्क औषधि दुरुपयोगको खतरा
रोल्पामा असुरक्षित गर्भपतन कायमै

सूक्ष्म पोषक तत्त्व पूर्ति गर्ने विशेष प्रविधि

पिनासले पनि टाउको दुख्छ
अन्योलमा परेको सामुदायिक औषधि कार्यक्रम
छिटो सन्तान जन्माउनुको पीडा
कब्जियतले हुने एनल फिसर
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थथ न्युज
हेल्थ टिप्स

 

हेल्थ न्युज

 

रेडियोलोजिस्टहरुको सम्मेलन सम्पन्न

दक्षिण एसियाका रेडियोलोजिस्टहरुको तीनदिने सम्मेलन हालै काठमाडौंमा सम्पन्न भयो। चैत १५ गतेदेखि १७ गतेसम्म आयोजित उक्त सम्मेलनमा दक्षिण एसियाका रेडियोलोजिस्टहरुका साथै अमेरिका, बेलायत, जापान, इजरायल मलावीका करिब सय ५० जना रेडियोलोजिस्टहरुको सहभागिता रहेको थियो।

रेडियोलोजीसम्बन्धी विकसित प्रविधि, ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा रेडियोलोजीसम्बन्धमा करिब एक सयवटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए। नेपाल रेडियोलोजी एसोसिएसनद्वारा आयोजित उक्त सम्मेलनको उद्घाटन गर्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीश केदारप्रसाद गिरीले चिकित्सा विज्ञान विकासको महत्त्वपूर्ण क्षेत्र भएको सम्मेलनले चिकित्सा क्षेत्रको उन्नतिमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो।

सो कार्यक्रममा नेपाल रेडियोलोजी एसोसिएसनका अध्यक्ष डा. बी.एल. जोशीले रेडियोलोजीको क्षेत्रमा विश्वमा धेरै ठूलो प्रगति भएको तर विकासोन्मुख राष्ट्रका लागि यसको प्रयोग चुनौतीपूर्ण बनिरहेको बताउनुभयो। बंगलादेशका डा. एमएसक्यू सिद्धिकी, भारतका डा. एन. कुलसेकरन, पाकिस्तानका डा. नदीम अहमत, श्रीलंकाका डा. इन्द्र लेकमावेह तथा सो सम्मेलनको साइन्टिफिक कमिटीका अध्यक्ष डा. सुनिल प्रधान नेपाल रेडियोलोजी एसोसिएसनका सचिव डा. बिनु लोहनीले सम्मेलनको महत्त्व, छलफलका मुख्य विषयहरुबारेमा प्रकाश पार्नुभएको थियो। उक्त सम्मेलनका अवसरमा रेडियोलोजीका अत्याधुनिक प्रविधिका उपकरणहरुको प्रदर्शनी पनि गरिएको थियो।

पूरै गाउँवासी शाकाहारी

स्वास्थ्यका लागि कोही शाकाहारी हुने गरेको कोही धार्मिक कारणले शाकाहारी बस्ने गरेको अनौठो होइन, तर अचम्म लाग्दो कुरा बर्दिया जिल्लाको सोरहवा गाविस- सट्पटिया गौरी गाउँका पूरै बासिन्दाहरु शाकाहारी छन्। सट्पटिया गाउँका ७२ गौरीगाउँका ३० गरी १०२ घरका एक हजार बासिन्दा शाकाहारी छन्। अहिंसाका प्रचारक जय गुरुदेव -तुलसी दास) का चेला भएका कारण उनीहरु शाकाहारी भएका छन्। ती गाउँमा थारु यादव जातिका मानिसहरुको बसोबास छ।

 स्वास्थ्य संस्थाबाट राउटेहरुको उपचार

जडीबुटीबाट उपचार गर्दै आइरहेका जंगली राजाका रुपमा चिनिने राउटेहरुले स्वास्थ्य संस्थाबाट उपचार गराउन थालेका छन्। दैलेखका राउटेहरु स्वास्थ्य चौकीमा गएर उपचार गराइरहेका छन्। सस्तला-, रामातालको स्वास्थ्य चौकीबाट उनीहरुको उपचार भइरहेको अहेव धर्मराज पाठकले बताए। मुखेनी पूजा शाही खुट्टामा खटिरा आएपछि उपचार गराउन स्वास्थ्य चौकीमा आएकी थिइन्।

 एम्बुलेन्स खोज्न १०२ नं.

तपाईंलाई एम्बुलेन्स चाहिएको भने कुन-कुन संस्थासँग एम्बुलेन्स भनेर अब नम्बर खोजिरहनु पर्दैन। फोनबाट १०२ नं. डायल गरेर एम्बुलेन्स सेवा लिन सकिन्छ।

यो सेवा अहिले काठमाडौं उपत्यकाको लागि मात्र व्यवस्था गरिएको छ। मेडिकल इमरजेन्सी नेपाल नेपाल टेलिकमको सहयोगमा चैतको पहिलो साताबाट यो सेवा सुरु गरिएको हो।

 लामखुट्टे नियन्त्रण गर्न विषादी

औलो रोग सार्ने लामखुट्टे नियन्त्रणका लागि मकवानपुरमा विषादी छर्कने कार्य सुरु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लाको पश्चिमी क्षेत्रको मनहरा गाविसमा विषादी र्छकने कार्य भइरहेको छ।

गतवर्षमनहरा गाविसको वडा नं. मा ५४, वडा नं. मा ५९ अन्य वडामा २७ गरी सय ४० जना औलोरोगी फेला परेका थिए।

 मुटुरोग चिकित्सक एकै ठाउँमा

नेपालमा मुटुरोगसम्बन्धमा भएका प्रगति चुनौतीका विषयमा राजधानीमा हालै छलफल कार्यक्रम आयोजना गरियो। नर्भिक इन्टरनेसनल हस्पिटल शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको संयुक्त आयोजनामा ?नेपालमा कोरोनरी इन्टरभेन्सन कार्डियोलोजी? विषयक चिकित्सकीय गोष्ठी आयोजना गरिएको थियो। गोष्ठीमा सयभन्दा बढी हृदयरोग विशेषज्ञहरुको सहभागिता रहेको थियो।

 आँखा उपचारमा नयाँ रेकर्ड

नेपालमा आँखा उपचार सुरु भएको करिब दशक पुग्न लाग्दा जनकपुरको श्री जानकी आँखा अस्पतालले शल्यक्रियाका क्षेत्रमा एकै दिन सय ४० जनाको शल्यक्रिया गरी विश्व रेकर्ड कायम गरेको छ। सो अस्पतालका मेडिकल डाइरेक्टर डा. हेमचन्द्र झाले एक्लै एकै दिनमा सय ४० जनाको अप्रेसन गरेर रेकर्ड राख्नुभएको बताइएको छ।

सो अस्पतालका व्यवस्थापन समिति अध्यक्ष एवम् अधिवक्ता विनोदकुमार शर्माका अनुसार भारतको तमिलनाडुस्थित मधुरईमा रहेको अरविन्द आँखा अस्पतालमा वार्षिक लाख ५० हजारभन्दा बढीको शल्यक्रिया हुन्छ। तर त्यहाँका चिकित्सकहरुले एकै दिनमा सय ४० जनाको शल्यक्रिया गर्न सकेका छैनन्।

दुई वर्षघि एक वर्षमा हजार शल्यक्रिया भएकोमा सन् २००७ मा १२ हजार जनाको शल्यक्रिया गरेको जानकारी दिंदै डा. झाले प्रतिस्पर्धाको दृष्टिभन्दा सेवाको भावना ठूलो भएकोले यसैमा आफू संघर्षरत रहेको बताउनुभयो। 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.