Index

गैरकानुनी गर्भपतन गराउँदै मेरी स्टोप्स

पोलिएको उपचारमा कठिनाइ

निःशुल्क औषधि दुरुपयोगको खतरा
रोल्पामा असुरक्षित गर्भपतन कायमै

सूक्ष्म पोषक तत्त्व पूर्ति गर्ने विशेष प्रविधि

पिनासले पनि टाउको दुख्छ
अन्योलमा परेको सामुदायिक औषधि कार्यक्रम
छिटो सन्तान जन्माउनुको पीडा
कब्जियतले हुने एनल फिसर
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थथ न्युज
हेल्थ टिप्स

-.

 

गैरकानुनी गर्भपतन गराउँदै मेरी स्टोप्स

वरुण पनेरु/डडेल्धुरा

विगत दुई महिनादेखि डडेल्धुरामा सुनौलो परिवार नेपालअन्तर्गत सञ्चालित मेरी स्टोप्स शाखा डडेल्धुराले गैरकानुनीरुपमा गर्भपतनलगायत अन्य स्वास्थ्य सेवाहरु प्रवाह गरिरहेको छ। गैरकानुनीरुपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको सो संस्थाका बारेमा स्थानीय प्रशासन स्वास्थ्य निकायलाई कुनै जानकारी नभएको बताइएको छ।

 स्थानीय जनतालाई प्रजनन स्वास्थ्यबारे परामर्श सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको मेरी स्टोप्स डडेल्धुरा शाखाले विगत दुई महिनादेखि गैरकानुनीरुपमा गर्भपतन सेवा सञ्चालन गर्दै मोटो रकम असुल्ने गरेको पाइएको छ।

 

 सेवा सञ्चालनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति नै नलिई सो शाखाले गैरकानुनीरुपमा गर्भपतन गराउँदै आएको हो। प्रजनन स्वास्थ्य सेवाअन्तर्गत परामर्श सेवाका लागि मात्र अनुमति पाएको मेरी स्टोप्स डडेल्धुराले मनोमानी ढंगले अवैध गर्भपतन गराउन थाले पनि स्थानीय प्रशासनले कुनै कारबाही गरेको छैन। डडेल्धुरा जिल्लामा स्वास्थ्य सेवा दिने अनुमति नै नलिएको सो शाखामा गर्भपतन सेवामा दक्षता नभएका स्वास्थ्यकर्मीहरुले सेवाग्राहीबाट हजारौं रुपियाँ लिएर गर्भपतन गराउने गरेका छन्।

स्रोत भन्छ- गर्भपतनसम्बन्धी आवश्यक तालिम लिई नेपाल सरकारबाट मान्यताप्राप्त डाक्टरले मात्र सुरक्षित गर्भपतन गराउन पाउने कानुनी प्रावधानको उल्लंघन गर्दै मेरी स्टोप्स डडेल्धुरामा अनुमति नै नलिई स्टाफ नर्सबाट गर्भपतन गराउने गरिन्छ।

स्वास्थ्य मन्त्रालयबाट अनुमति नपाएको अवस्थामा पनि आफूहरुले गर्भपतन सेवा सुरु गरेको सो शाखाका कर्मचारीले सञ्चारकर्मीहरुसमक्ष स्वीकारेका छन्। हामीलाई हाम्रो निर्देशकले गर्भपतन गराउनुस् भनेकाले हामी मातहतका कर्मचारीले यो काम गरेका हौं, एक कर्मचारी भन्छन्- व्यक्तिगतरुपमा हामी दोषी होइनौं।

मेरी स्टोप्सले स्वास्थ्य मन्त्रालयको अनुमतिविना एवम् कानुनले गर्भपतनका लागि मान्यता नदिएका कर्मचारीबाट सेवा सञ्चालन गरेको दुई महिना बितिसक्दा पनि डडेल्धुरा प्रशासन तथा स्वास्थ्य कार्यालय मूकदर्शक अवस्थामा छ। गैरकानुनी गर्भपतन सेवा बन्द गराई जनताको स्वास्थ्य अधिकार संरक्षण गर्नुको सट्टा प्रशासन स्वास्थ्य कार्यालयलाई सो संस्थाका बारेमा कुनै जानकारी नै छैन।

यससम्बन्धमा हालसम्म कुनै जानकारी नभएको तपाईंहरुमार्फत मात्रै सो संस्थाको बारेमा जानकारी पाएको भन्दै प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले सो जिम्मा स्वास्थ्य कार्यालयको भएको जिकिर गर्नुभयो। तपाईंले जानकारी दिनुभयो, प्रजिअले भन्नुभयो- अब स्वास्थ्यलाई बुझन पठाउँछु। वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णदत्त भट्टले भने हालसम्म सो संस्थाका बारेमा कुनै जानकारी नभएको स्वीकार गर्दै अनुसन्धानका लागि तत्कालै कर्मचारी खटाइने दोषी पाइएमा कारबाही गरिने बताउनुभयो। यस्तो सूचना पाएर हामी अत्यन्तै गम्भीर भएका छौं, भट्टले भन्नुभयो- हामी सो संस्थाको अनुगमन गरेर कारबाही गर्छौं।

स्थापनाकालदेखि हालसम्म गराइएका गर्भपतन संख्याबारे बताउन नचाहने मेरी स्टोप्स डडेल्धुराले आफ्नो पोल खुल्ने संकेत पाएपछि बुझन गएका सञ्चारकर्मीहरुलाई कुनै तथ्यांक उपलब्ध गराएनन्। हालसम्म सो शाखामा दर्जनौंको गर्भपतन भइसकेका छन् भने दक्ष कर्मचारीबाट गर्भपतन नभएका कारण गर्भपतन गराउनेहरुको स्वास्थ्य स्थिति नाजुक बनेको छ।

स्टाफ नर्सबाटै गर्भपतन गराएकी नवदुर्गा- मतेकाडाकी ललिता जोशी फागुन महिनामा पाँचदेखि टिम हस्पिटलमा थिइन्। दुई सातापहिले मेरी स्टोप्स डडेल्धुरामा गएर गर्भपतन गराएकी जोशीको निरन्तर रगत बग्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो। जोशीको अवस्था निकै गम्भीर रहेको टिम अस्पतालले जनाएको छ। गम्भीर अवस्थाकी बेहोस जोशीलाई मंगलबार मात्रै दुई जना सुरक्षाकर्मीसहित पत्रकार दीपक सिंहले रक्तदान गरेका थिए।

सुनौलो नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको मेरी स्टोप्समा नेपालका उच्च पदस्थ राजनेता पूर्वप्रधान सेनापति प्यारजङ थापाकी श्रीमतीको लगानी रहेको थाहा भएको छ। मेरी स्टोप्स हाल नेपालका ४२ जिल्लाका ५३ स्थानमा सञ्चालित छ। सञ्चारकर्मीहरुले अवैधरुपमा गर्भपतन गराएको सम्बन्धमा प्रश्न उठाउन थालेपछि मेरी स्टोप्सका सञ्चालकहरुले आफूहरुबाट गल्ती भएको अबदेखि अवैधरुपमा गर्भपतन नगराउने जानकारी दिएका छन्।

सुदूरपश्चिमका कैलाली, कन्चनपुर डडेल्धुरामा यसका शाखाहरु सञ्चालित छन्। नेपाली राजनीतिमा सक्रिय उच्च पदस्थ राजनेताहरुको संरक्षण रहेको सो शाखालाई स्थानीय प्रशासनले समेत सहयोग गरिरहेको बताइन्छ।  

पाठेघर खस्ने रोगका बिरामी पन्ध्र सय

डडेल्धुरा जिल्लाभरि हजार सय महिला पाठेघर रोगबाट ग्रसित भएको थाहा भएको छ। जिल्लामा बर्सेनि हजार महिला गर्भवती हुने गरेका छन्। तीमध्ये ३० प्रतिशत महिला